एनआईसी एशिया क्यापिटलले १ अर्बको सामुहिक लगानी कोष निष्काशन गर्ने, माघ २ देखि बिक्री शुरु
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको सामुहिक लगानी कोष निष्काशन गर्ने भएको छ । ७ बर्षे बन्दमुखी योजना रहेको एनआइसी एशिया ग्रोथ फण्डलाई नेपाल धितोपत्र बोर्डले सो मात्राको कोष निष्कासन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति अनुसार क्यापिटलले आगामी माघ २ गतेदेखि सर्वसाधारणमा ईकाइ बिक्री गर्न लागेको छ । एनआइसी एशियाग्रोथ फण्डले १ अर्ब रुपैयाँ बराबरको रु १० अंकित मूल्य दरका १० करोड ईकाइ सर्व-साधारणमा बिक्री गर्न लागेको छ । मागभन्दा बढी आवेदन परेको खण्डमा यो योजनाको आकार १ अर्ब पच्चीस करोड रुपैयाँसम्म पुर्याउन सकिनेछ । म्युच्युअल फण्ड भएका कारण कोषमार्फत संकलित रकम धितोपत्र नियमावलीको अधिनमा रहि विभिन्न क्षेत्रमा लगानी गरिनेछ । उक्त ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकरण गराई धितोपत्रको दोश्रो बजारमा कारोवार गर्ने व्यवस्था मिलाइनेछ । कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्नेछन् । कोष परिपक्व हुने समयमा लगानीकर्ताले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने छन् । कोष परिपक्व हुने समयमा लगानीकर्ताले कम्पनीको खुद सम्पत्तिका आधारमा आफ्नो लगानी फिर्ता पाउने छन् । सेयर बजारको विषयमा पर्याप्त ज्ञान नभएका नवप्रवेशी लगानीकर्ताका लागि मात्र नभई लगानीमा विविधताचाहने अनुभवी लगानीकर्ताका लागिपनि सामुहिकलगानी कोष एक राम्रो विकल्प हुन सक्छ । विशेषज्ञद्धारा सञ्चालित लगानीमा विविधता, सानो रकमबाट लगानी गर्न सकिने जस्ता विविध विशेषताहरुका कारण सामुहिक लगानी कोषको आकर्षण बढ्दो छ ।
सगरमाथा इन्स्योरेन्सको नाफा ३३.५९ प्रतिशतले वृद्धि, पुँजी १ अर्ब पुर्याउने
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत अार्थिक वर्ष खुद नाफा ३३.५९ प्रतिशतले वृद्धि गरेकाे छ । कम्पनीले उक्त अार्थिक वर्ष २७ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । साथै, कम्पनीले गत आर्थिक वर्षमा व्यवसायमा २६.७० प्रतिशत वृद्धि गरि एक अर्ब ४० करोड ९० लाख रुपैयाँ प्रिमियम आर्जन गरेको शुक्रबार सम्पन्न कम्पनीको २१औँ वार्षिक साधारणसभामा जानकारी गराइयाे । साथै, कम्पनीले पुस २० गतेसम्म ८१ करोड ८८ लाख रुपैयाँ बीमा प्रिमियम संकलन गरिसकेको र लक्षित प्रिमियम हासिल गर्न सफल हुने बताएको छ । कम्पनीको कूल लगानी १ अर्ब ३० करोड रुपैयाँ भन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ८२ लाख रुपैयाँ रहेको छ । बीमा समितिबाट चालु आवको असार मसान्त सम्ममा पुँजी एकअर्ब पुर्याउने निर्देशन बमोजिम कम्पनीले गत आवको खुद नाफा र चालु आवको मुनाफाबाट एक मुष्ठ बोनस सेयर जारी गर्ने कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले बताएका छन् । त्यसपश्चात नपुग रकम बराबर हकप्रद सेयर जारी गरी कम्पनीको चुक्ता पुँजी एक अर्ब पुर्याउने निर्णय गरेको छ । कम्पनीले आफ्नो पुँजी वृद्धि योजना बीमा समितिमा पेश गरिसकेको छ । साथै, चालु आवको मुनाफाबाट एक मुष्ठ लाभांश वितरण गर्ने गरि समिक्षा वर्षको वितरण योग्य मुनाफा १६ करोड ५३ लाख रुपैयाँ वासलातामा सारेको कम्पनीका अध्यक्ष मानन्धरले बताएका छन् ।
यस वर्ष जीवन बीमा कम्पनीको बजार ५० प्रतिशतले विस्तार हुन्छ-मनोजकुमार लाल कर्ण
यस वर्ष ९ वटा जीबन बीमा कम्पनीहरु सञ्चालनमा आएका छन् । त्यसमध्ये एक हो यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड । असोज ६ गते सञ्चालनमा आएको यो कम्पनीको अधिकृत पुँजी २ अर्ब १५ करोड रुपैयाँ छ । त्यसमा संस्थापकहरुको लगानी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ छ भने सर्ब साधारणको लागि ६४ करोड ५० लाखको सेयर निष्काशन गर्दैछ । प्रस्तुत छ बीमा बजारको विकास र लगानीको प्रतिफलबारे यूनियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णसँग गरिएको विकास वहस । मनोज कुमार लाल कर्ण, प्रमुख कार्यकारी अधिकृत–यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तपाईको आफ्नै समिक्षामा नयाँ कम्पनीहरुमध्ये यूनियन लाइफ कुन पोजिशनमा छ ? पहिलो, दोस्रो वा तेस्रो भन्नेतिर हामी छैनौ । हामी धेरै भन्दा धेरै मानिसको आर्थिक जीवनको सुरक्षा गर्न चाहान्छौं । हामीले ७ प्रकारका जीवन बीमा पोलिसी जारी गरिरहेका छौं । नयाँ पोलिसीहरु बनाउनेतर्फ काम भईराखेको छ । लघुबीमा, म्यादी बीमा, सावाधिक बीमा, बालबालिका बीमा, लिमिटेड पेमेन्ट पोलिसी सञ्चालनमा छन्, जुन बजारमा अरुले पनि ल्याएका छन् । त्यसबाहेक हामीले ‘मनिव्याक होल लाइफ पोलिसी’ ल्याएको छौं । यो पोलिसी पुरै नयाँ छ र अरु भन्दा धेरै फरक छ । ७० वर्षसम्म एक्सिडेन्टल कभर हुन्छ । ९९ वर्ष पुरा भएपछि फेरी हामी होल सम इन्स्योर भुक्तानी गर्छौ । सामान्यतय मानिसहरुको कति रकमको जीवन बीमा गर्छन ? पहिला १/२ लाख रुपैयाँ कुल बीमा रकमको मात्र जीवन बीमा हुन्थ्यो । अहिले १०/१५ लाख रुपैयाँको बीमा सामान्य भईसक्यो । ५० लाख, एक करोड, दई करोडको बीमा गर्ने अभ्यास पनि शुरु भईसक्यो । सामान्यतया अभिकर्ताले हजुवाको भरमा २ लाख वा ५ लाख वा १० लाखको बीमा गर्न सुझाव दिन्छन् । त्यो गलत तरिका हो । हुनुपर्छ के भने–वार्षिक आम्दानीको १० गुणासम्म कुल बीमाङ्कको बीमा गराउनु उपयुक्त हुन्छ । वार्षिक २ लाख आम्दानी गर्नेले २० लाखको बीमा गर्दा हुन्छ । वार्षिक ५ लाख आम्दानी गर्नेले ५० लाख रुपैयाँको बीमा गर्दा हुन्छ । ९ वटा नयाँ बीमा कम्पनीहरुको आगमनपछि बजारको विकास कसरी होला ? हालसालैको तथ्याङ्क अनुसार १० प्रतिशत नेपालीले जीवन बीमा गरेका छन् तर त्यो हल्का फुल्का बीमा हो । वार्षिक ५० हजार बचत गर्न सक्ने मान्छेले वार्षिक १० हजार रुपैयाँ प्रिमियम बुझाउने बीमा गरिरहेको छ । उसले आफ्नो क्षमता अनुसार बीमा गरेको छैन । ५ वटा रोटी खान सक्ने मान्छेलाई एउटा मात्र रोटी खान दियो भने ऊ भोकै हुन्छ । अहिले बीमा बजारमा यस्तै भईराखेको छ । त्यसैले म के भन्छु भने वास्तवमा २ प्रतिशतभन्दा बढी नेपालीले बीमा गरेकै छैनन् । बीमाको बजार विकास भएको देशमा ४० प्रतिशत नागरिकले बीमा गरेको हुन्छन् । हामीकोमा बीमा नै भएको छैन । धनीले पनि बीमा गरेको छैन, मध्यम वर्गले पनि बीमा गरेको छैन, गरिबले पनि बीमा गरेको छैन् । अब बजार विस्तार हुन्छ । नयाँ बीमा कम्पनीहरु पनि प्रतिस्पर्धामा उत्रिएका छन् । पुराना कम्पनीहरु पनि झन् बढी मिहेनतका साथ व्यवसायिक गतिविधि बढाएका छन् । सबैले शाखा विस्तार र अभिकर्ता परिचालनमा जोड दिएका छन् । कसरी आकर्षक पोलिसी बनाउने भन्नेमा ध्यान गएको छ । नयाँ होस् वा पुराना, सबै बीमा कम्पनीहरु बजार विस्तारमा लागेका छन् । यसले बजार विस्तार गर्न मद्दत गर्छ । २०२९ सालमा बीमा संस्थानले जीवन बीमा शुरु गर्यो । २०४६ सालमा नेशनल लाईफ इन्स्योरेन्स आएपछि बजारमा अलिकति परिवर्तन आयो । २०५८ सालमा नेपाल लाईफ, एलआईसी, एलिको (हालको मेटालाइफ) आउँदा बजारमा धेरै परिवर्तन आयो । २ वटा कम्पनी मात्र सञ्चालन भईरहेको बेलामा ३ वटा बीमा कम्पनी थपिदा माहौल नै छुट्टै बन्यो । २०६४ सालमा फेरी ४ वटा जीवन बीमा कम्पनी आए, एशियन लाइफ, गुराँस लाइफ, प्राइम लाइफ र सूर्या लाइफ । त्यसले अर्कै आहौल बन्यो । २०७४ सालमा फेरी ९ वटा जीबन बीमा कम्पनी थपिए । यसले बीमा बजारमा छुट्टै तरङ्ग पैदा गरेको छ । अहिलेको माहौल विचित्र टाइपको छ । हरेक बीमा कम्पनीको दर्जनौ संख्यामा शाखा विस्तार गरिरहेका छन् । हालै बनेका नगरपालिकाहरुमा बीमा कम्पनीको शाखा खुल्दैछन् । अभिकर्ताहरु गाउँगाउँ पसेका छन् । गाउँगाउँबाट पैसा आउन थालेको छ । यस वर्ष जीवनबीमा तर्फ प्रिमियम ५० प्रतिशतले वृद्धि हुनेछ । गत वर्ष १२ अर्ब प्रिमियम थियो, यस वर्ष १७ अर्ब रुपैयाँ प्रिमियम आउँछ । एक वर्षको ५०० करोड प्रिमियम थपिदैछ । यो ठूलो फड्को हो । तपाईको कम्पनीले कति प्रिमियम संकलन गर्छ ? त्यो नभनौं । हामी यति बीमा गराउँछौं भनेर अंकको कुरा अहिले गर्दैनौ । बीमा सबैले गर्नुपर्छ भन्ने सन्देश लिएर जान्छौं । हामी अरुको भन्दा बढी बीमा गर्छौ भनेर अहिले भन्दा पनि भन्दैनौ । किनकी १० देखि ४५ वर्ष पुराना कम्पनीहरु छन् । यद्यपी अरुको भन्दा राम्रो सेवा लिएर बजारमा गईरहेको छौं । करिव एक हजार अभिकर्ता परिचालन गरेका छौं । एक हजार जना अभिकर्ता सबै सक्रिय छन् ? अहिले त हामीले तालिम दिएर भर्खरै परिचालन गरेका छौं । ती मध्ये सबैले राम्रो गर्न सक्छन् भन्ने हुँदैन । बीमा अभिकर्ताको तालिम लिने हजारौ हुन्छन् तर पूर्ण रुपमा यसैलाई पेशा बनाएर काम गर्न कम हुन्छन् । अभिकर्ता बन्नेहरु मध्ये ५० प्रतिशत कामै गर्दैनन् । बाँकी ५० प्रतिशतलाई पनि नियमित रुपमा मोटिभेशन, रिफ्रेशमेन्ट दिन सकिएन भने सुतिहाल्छन् । बीमा अभिकर्ताको काम ‘टफ’ (कठिन) छ र सबैले यो काम गर्न सक्छन् भन्ने हुँदैन । नयाँ र पुराना बीमा कम्पनीको बजारीकरण गर्ने शैलीमा के कति फरक हुन्छ ? सबैले मार्केटिक गर्ने तरिका उस्तै हो । अभिकर्तालाई प्रोत्साहित गर्ने, ठाउँठाउँमा शाखा खोल्ने, राम्रो बीमा पोलिसी बनाउने । हामीले २५ वटा शाखा खोलिसकेका छौं । नयाँ कम्पनीका लागि नेटर्वक विस्तार गर्न समय लाग्छ, कम्पनीको सञ्चालन विधि र प्रणाली बनाउन समय लाग्छ । ब्राण्डिङ गर्न केही समय लाग्छ । पुराना कम्पनीले भन्दा नयाँ कम्पनीले बढी मिहेनत गर्नैपर्छ । बैंकले जस्तै बीमा कम्पनीहरुले ब्रान्चलेस सर्भिस दिन सक्दैनन् ? सक्दैन । पहिला जनता बैंकमा जान्थे । अहिले बैंक जनताको घरमा जान्छन् । पहिला बैंकहरु न्यूरोडमा एउटा शाखा भयो काठमाडौंमा भईहाल्छ भन्ने सोच्दथे । अहिले न्यूरोडमा मात्र भएर पुगेन, कालिमाटीमा पनि चाहियो, ठमेलमा पनि चाहियो, कान्थिपथमा पनि चाहियो, थापथालीमा पनि चाहियो, चोकचोकमा चाहियो । काठमाडौंमा एउटै बैंकको शाखा १५/२० खुलेका छन् । नेपालगञ्जमा शाखा खोलेर धनगढीको विजनेश आउँदैन । विराटनगरमा शाखा खोलेर विर्तामोडको विजनेश आउँदैन । ‘मेरो बीमा गर्नु छ’ भनेर ग्राहकले बीमाको अभिकर्तालाई खोज्दै हिड्ने वा बीमा कम्पनीको शाखामा जाने दिन कहिले आउँला ? अमेरिकामा वा बेलायतमा जस्तो बीमा कम्पनीको वेवसाईट हेर्ने, प्रडक्ट फिचर हेर्ने, अनलाइनबाट फारम भर्ने र कार्डबाट प्रिमियम पेमेन्ट गर्ने सिस्टम नेपालमा बन्ने धेरै समय लाग्छ । यसको लागि धेरै लामो समय लाग्छ । अमेरिकामा वा बेलायतमा जस्तो बीमा कम्पनीको वेवसाईट हेर्ने, प्रडक्ट फिचर हेर्ने, अनलाइनबाट फारम भर्ने र कार्डबाट प्रिमियम पेमेन्ट गर्ने सिस्टम नेपालमा बन्ने धेरै समय लाग्छ । अहिले हामीले जति विज्ञापन गरे पनि, जति शाखा विस्तार गरे पनि बीमा गर्न मान्छे बीमा कम्पनीमा आउँदैन । अभिकर्ताले ‘बीमा गर्नुहोस्, बीमा गर्नुहोस्’ भन्दै मान्छेलाई १० चोटीसम्म भन्नै पर्छ । १० पटक गएपछि मात्र बीमा गर्छ । कोही कोही यस्ता व्यक्ति हुन्छन्–‘त धेरै पटक आइस्, तेरो लागि मैले यति बीमा गरिदिएँ’ भन्छन् र बीमा गर्छन । अहिलेकाे समयमा स्वेच्छिक बीमाको अभ्यासबारे सोच्दै नसोचौं । यस कम्पनीले साधारण सेयर कहिले निष्काशन गर्छ ? २ अर्ब १५ करोड अधिकृत पुँजी भएको कम्पनी हो यूनियन लाइफ । त्यसमा संस्थापकहरुको लगानी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ छ । ३० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्काशन गर्छौं । सम्बन्धित निकायले स्वीकृत दिएमा यसै वर्ष साधारण सेयर निष्काशन गर्छौं । साधारणसभाबाट निर्णय भईसकेको छ । कम्पनीका लगानीकर्ताका लाभांश कहिले पाउन सक्छन् ? अहिले भन्न सकिदैन । कम्पनी गत वर्ष पनि नाफामा छ, यस वर्ष पनि नाफामा जान्छ । सेयर पुँजी मुद्दती खातामा राखेका छौ । केही राम्रा कम्पनीको अक्सन सेयरमा लगानी गरेका छौं । कम्पनीलाई निरन्तर नाफामा लैजान सकिन्छ । तैपनि लगानीकर्ताले छोटो अवधिमा लाभांशको आश गर्नु भएन । जीवन बीमा कम्पनीमा लगानी गर्नु भनेको दीर्घकालिन लगानी हो ।