बैतडीको मेलौलीमा एनसीसी बैंकको नयाँ शाखा संचालन

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक)ले बैतडी जिल्लाको मेलौली नगरपालिका, वडा नं. ७, मेलौलीमा शाखा कार्यालय औपचारिक रुपमा संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको मेलौली नगरपालिकाका नगर प्रमुख कृष्ण सिंह नायक र बैंक संचालक समितिका सदस्य माधवप्रसाद भट्टले शनिबार संयुक्त रुपमा उद्घाटन गरे । साथै बैंक संचालक समितिका सदस्य भट्टले शाखा उद्घाटनको ताम्रपत्र अनावरण गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रमेशराज अर्यालले स्वागत मन्तब्य व्यक्त गर्नुका साथै उक्त शाखाका शाखा प्रबन्धक महेन्द्रबहादुर चन्दले उपस्थित प्रमुख अतिथि र अन्य अतिथिलाई धन्यवाद ज्ञापन गरेका थिए ।

४२ स्थानीय तहमा अझै पुगेनन् बैंकका शाखा

काठमाडौँ । मुलुकभरका कूल ४२ वटा स्थानीय तहमा अझै पनि बैंकका शाखा खुल्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महीनाको आर्थिक विवरणअनुसार ७५३ स्थानीय तहमध्ये ७११ तहमा मात्रै बैंकका शाखा कार्यालय पुगेका छन् । सरकारले वित्तीय पहुँच पु¥याउने लक्ष्यका साथ सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पु¥याउने लक्ष्य राखेको भए पनि अझै शाखा पुग्न नसकेका हुन् । सरकारले स्थानीय तहमा नै बैंकका शाखा पु¥याई वित्तीय पहुँच पुर्याउने र हरेक नेपालीको एक बैंक खाता खोल्न अभियान नै सञ्चालन गरिरहेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहमा बैंकका शाखा पु¥याएर वित्तीय पहुँच पु¥याउने लक्ष्य राखिएको छ । बैंकको विवरणअनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये गत माघ मसान्तसम्म मात्रै १२९ बैंकका शाखा खुलेका छन् । यस्तै प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये १३३ वटामा शाखा खुलेका छन् । सो प्रदेशमा तीन वटा स्थानीय तहमा मात्रै पुग्न बाँकी छन् । प्रदेश नं ३ का ११९ स्थानीय तहमध्ये ११४ वटा शाखा खुलेका छन् । सो प्रदेशमा अझै चार वटा स्थानीय तह वित्तीय पहुँचबाट टाढा रहेका छन् । गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये हालसम्म ८२ वटा, प्रदेश नं ५ का १०९ स्थानीय तहमध्ये १०७ वटा बैंकका शाखा खुलेका छन् । कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ६४ वटामा बैंकका शाखा पुगेका छन् । सुदूरपश्चिमको ८८ स्थानीय तहमध्ये ८२ वटामा बैंकका शाखा खुलेका छन् । अझै छ वटा स्थानीय तहमा बैंकका शाखा नखुल्दा वित्तीय पहुँच पुग्न सकेको छैन । देशभर नै बैंक तथा वित्तीय संस्थाका शाखा माघ मसान्तमा सात हजार ७३१ वटा पुगेका छन् । त्यस्ता शाखा सङ्ख्या गत असार मसान्तमा छ हजार ६५१ रहेका थिए । केन्द्रीय बैंकको इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको सङ्ख्या गत असार मसान्तमा १५१ रहेकामा माघ मसान्तमा बढेर १५७ पुगेका छन् । यस्तै माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढ्दा १६४ वटा बैंक तथा वित्तीय संस्था सो प्रक्रियामा समावेश भएका छन् । त्यसमध्ये १२२ वटा संस्थाको इजाजत खारेज भई ४२ संस्था कायम भएका छन् ।

कञ्चनपुरको कृष्णपुरमा एनसीसी बैंकको नयाँ शाखा सञ्चालन

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) ले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका, वडा नं. ५ कृष्णपुरमा शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमाल र बैंक संचालक समितिका सदस्य चन्द्रप्रसाद बास्तोलाले शुक्रबार संयुक्त रुपमा एक कार्यक्रमका बीच उद्घाटन गरे । साथै बैंक संचालक समितिका सदस्य चन्द्रप्रसाद बास्तोलाले ताम्रपत्र अनावरण गरे । उक्त कार्यक्रमको अध्यक्षता कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालले गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तब्य व्यक्त गर्नुका साथै उक्त शाखाका प्रबन्धक रविन्द्र केसीले उपस्थित प्रमुखअतिथि र अन्य अतिथिलाई धन्यवाद ज्ञापन गरेका थिए ।