पानस रेमिट र टीएमएलबीच संझौता, अब मलेसियाबाट पनि रेमिट सेवा

काठमाडौँ । पानस रेमिट प्रालि र मलेसियामा रहेको टीएमएल रेमिट्यान्स सेन्टरबीच संझौता भएको छ । टीएमएल रेमिट्यान्स मार्फत मलेसियाबाट आउने विप्रेषण रकम नेपालमा पानस रेमिट मार्फत भुक्तानी गर्ने सम्झौता भएको हो । सम्झौतामा पानस रेमिटको तर्फवाट मुख्य कार्यकारी अधिकृत धर्म पौडेल र टीएमएल रेमिट्यान्सको तर्फबाट मुख्य कार्यकारी अधिकृत अलबर्ट लिमले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार टीएमएलको मलेसिया भर रहेका ६० शाखा मार्फत नेपाल पठाएको विप्रेषण रकम नेपालमा प्राप्त गर्ने व्यक्तिले पानस रेमिटको नेपाल भर रहेको ७००० भुक्तानी केन्द्रहरु बाट सहज रुपमा भुक्तानी पाउन सक्ने छन्। पानस रेमिटले विगत नौ वर्ष देखि यूरोप, अमेरिका, अस्ट्रेलिया, क्यानाडा र मध्यपूर्बी देशहरुबाट नेपाल रेमिट्यान्स भित्रयाई रहेको छ।

सिटी एक्सप्रेस र मलेसियाको “भ्यालू”बीच रेमिटान्स सम्झौता

काठमाडौं । मलेसियाको रेमिटान्स कम्पनी भ्यालू र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सेवा सुरु भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र भ्यालूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न रावोले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । भ्यालूको मलेसिया भरी २ हजार एजेन्ट्लोकेशन् साथै मोबाईल एप र ईन्टरनेट बैंकिङ्को सेवा उपलब्ध रहेको छ । मलेसियाबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ६ हजार भन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सकिने भएको छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा विगत १२ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्ट्हरुबाट ६ हजारभन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

राष्ट्र बैंकद्वारा ३ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री खुल्ला

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तीन अर्ब रुपैयाँको अल्पकालीन सरकारी ऋण पत्र (ट्रेजरी बिल) बिक्री खुल्ला गरेको छ । राष्ट्र बैंकले ९१ दिनको लागि एक अर्ब रुपैयाँ बराबर र ३६४ दिनका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सोमबार जारी गरेको हो । राष्ट्र बैंकले सरकारलाई आवश्‍यक पर्ने ऋण उठाउन ट्रेजरी बिल जारी गर्छ । अल्पकालीन आन्तरिक ऋण उठाउन प्रयोग गरिने यस्तो खालको ट्रेजरी बिल २८, ९१, १८२ र ३६४ दिने गरी चार किसिमका हुन्छ । आज खुला गरिने ट्रेजरी बिलको जारी मिति मंगलबारलाई राखिएको छ । सरकारले चालू आर्थिक वर्षमा एक खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।