जनता बैंक र सगरमाथा इन्स्युरेन्सबीच बैंकासुरेन्स सम्झौता
काठमाडौं । जनता बैक नेपाल लिमिटेड र सगरमाथा इन्स्युरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्धार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन बीमा सेवा दिने अभिप्रायले उक्त सम्झौता गरेको हो । जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सगरमाथा इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको सबै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
स्टयाण्डर्ड चार्टड बैंक र शिखर इन्स्योरेन्सबीच बैंकएस्योरेन्स सम्झौता सम्पन्न
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लि. र स्टयाण्डर्ड चार्टड बैंक नेपाल लिमिटेडबीच बैंकएस्योरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा स्ट्याण्डर्ड चार्टड बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुस र शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले एक समारोहका बीच हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात बैंकका सेवाग्राहीहरुले सुलभ रुपमा शिखर इन्स्योरेन्सबाट अग्नि बीमा, मोटर बीमा, स्वास्थ्य बीमा, दुर्घटना बीमा, यात्रा चिकित्सा बीमा लगायत विभिन्न निर्जिवन बीमा सेवा प्राप्त गर्न सक्नेछ । शिखर इन्स्योरेन्सको विस्तारित शाखा संजालको माध्यमबाट स्टयाण्डर्ड चार्टड बैंकका ग्राहकले सुलभ रुपमा बीमा सुविधा तथा दाबी फछ्र्यौट सुविधा प्राप्त गर्न सक्ने इन्स्योरेन्सले जनाएकाे छ । सम्झौता पश्चात माघ १८(आजै) बाट नै शिखरले बैंकका ग्राहकलाई बीमा सेवा प्रदान गरिएको छ ।
६५ हजार ९५६ ले पाए प्रिमियर इन्स्योरेन्सको एफपीओ
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको थप निष्कासन (एफपीओ) बिहीबार बाँडफाँड भएको छ । आवेदन दिने मध्ये ६५ हजार ९५६ जनाले मात्र १० कित्ताका दरले एफपीओ पाएका छन् । यी मध्ये ५ जनाले ११ कित्ता एफपीओ पाएका छन् । ७९९ रुपैयाँमा ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ निष्कासन भएको थियो । कुल आवेदक मध्ये १ लाख ८६ हजार ४७५ आवेदन छनौट भएका थिए । माग भन्दा ५.७४ गुणा आवेदन परेको थियो ।