ग्लोबल आइएमई र नेपाललाइफबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. र नेपाललाइफ इन्सुरेन्स कम्पनीलि.बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि. का १३४ वटै शाखाहरु मार्फत नेपाललाइफ इन्सुरेन्स कम्पनी लिको जीवन बीमायोजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्तगर्न सकिने छ । उक्त सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकका तर्पmबाट सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र नेपाललाइफ इन्सुरेन्स कम्पनी लिको तर्पmबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हस्ताक्षर गरेका छन् ।

‘आइएमई पे’ बाट इपीएस कोरियन भाषा परीक्षा शूल्क भुक्तानी गर्न सकिने

काठमाडौं । वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक नेपाली नागरिकले भाषा परीक्षाको आवेदन शूल्क ‘ आइएमई पे’ मार्फत भुक्तान गर्न सकिने भएको छ । चैत ८ गतेदेखि १७ गते सम्म सेवाग्राहीहरूको पायक पर्ने स्थानमा रहेका ‘ आइएमई पे’ का सम्पूर्ण एजेन्ट पार्टनरका अतिरिक्त स्मार्ट फोनवाहक सेवाग्राहीहरू आफैंले ‘आइएमई पे’ डाउनलोड गरि सिधैं इ.पी.एस कोरिया टोपिक परीक्षा शूल्क भुक्तान गर्न सक्ने छन् । ‘आइएमई पे’ का सम्पूर्ण एजेण्ट पार्टनरहरूले सेवाग्राहीहरूको फारम भर्ने काममा सहजीकरण गर्ने छन् । परीक्षा शूल्क भुक्तानीका लागि परीक्षार्थीहरूको पुरा नाम, पासपोर्ट र मोबाइल नम्बर स्पष्टसँग उल्लेख गर्नुपर्नेछ । परीक्षा शूल्क चौबिस (२४) अमेरिकन डलर दस्तुर लाग्नेछ । उक्त सम्बन्धित दिनका लागि निर्धारण गरेको विनिमय दरमा हुनेछ । परीक्षा शूल्क भुक्तानी सफल भएपछि परीक्षार्थीहरूले टिपाएको मोबाइल नम्बरमा एसएमएस मार्फत भौचर नम्बर प्राप्त हुनेछ र उक्त भौचर नम्बर परीक्षा फारम भर्ने बेलामा प्रयोग गर्नु पर्नेछ ।

कामना सेवा विकास बैंकबाट एभरेष्ट इन्स्योरेन्सका सेवा पाइने

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सो सम्झौता पत्रमा बिहीबार कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् । संझौतापछि बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जीवन बीमालेखहरु उपलब्ध हुने छन् । साथै बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।