ग्लोबल ग्लोबल आइएमईको शाखा संखुवासभाको भोटखोलामा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले संखुवासभा जिल्ला, भोटखोला गाँउपालिका वडा नं. ३ हटिया बजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । सोमबार भोटखोला शाखा कार्यालय थप भएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १३५ पुगेको छ । वाणिज्य बैंकहरुले २४३ स्थानीय तहमा आफ्नो शाखा स्थापना गरी संचालनमा ल्याउनु पर्ने नेपाल राष्ट्र बैंकको प्रावधान अनुरुप ग्लोबल आइएमई बैंकलाई तोकिएका १७ स्थानीय तहमध्ये १७ वटै स्थानहरुमा आफ्ना शाखा संचालनमा ल्याएको जनाएको छ । संखुवासभा जिल्ला र त्यस वरपरका बासिन्दालाई सेवा पु¥याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ । ।

वीरगञ्जको मुरली चोकमा सिद्धार्थ बैंकको शाखा सञ्चालन

काठमाडौँ । सिद्धार्थ बैंकले वीरगंज महानगरपालिकाकोे मुरलीचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमी माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्तशाखाहरु सञ्चालनमा ल्याएको हो । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकिङ्ग प्रणालीलाई थप प्रविधि मैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा ल्याएको छ, जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ ।

सनराइज बैंक लिमिटेड तथा डलर स्मार्ट ग्लोबल बीच सम्झौता

काठमाडौँ । सनराइज बैंक लिमिटेड तथा डलर स्मार्ट ग्लोबल बिच विप्रेषण सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापछि अनलाइन रेमिट्यान्स प्रणालीबाट अष्ट्रेलिया र हङ्ग्रकङ्गमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । डलर स्मार्ट मार्फत पैसा पठाउँदा कुनै पनि सेवा शुल्क नलाग्ने साथै उच्च विनिमय दरमा रकम पठाउन सकिने जनाइएको छ । हाल यो सुविधा अष्ट्रेलिया र हङकङमा मात्र रहेको र आउने दिनहरुमा शाखा बिस्तार सहित अन्य मुलुकहरुमा समेत सेवा बिस्तार गरिने डलर स्मार्टले जनाएको छ । डलर स्मार्टको सेवा लिन सेवाग्राहकहरुले डलर स्मार्टको वेभसाइटमा गइदर्ता प्रक्रिया पुरा गर्नु पर्नेेछ । यसरी पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका १०४ वटै शाखा तथा बैंकका देशभरी छरिएका एजेन्ट सञ्जाल मार्फत सजिलै नगद प्राप्त गर्न सकिनेछ । साथै बैंक खाताको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सीमित नभई देशका अरु विभिन्न वाणिज्य र विकास बैंकको खाताहरुमा समेत एकैदिनमा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ ।