अब एक्सेल डेभलपमेन्ट बैंकबाटै एशियन लाईफको जीवन बीमा किन्न पाइने
काठमाडौं । अब एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडबाट एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा खरिद(किन्न) गर्न पाइने भएको छ । एशियन लाईफ ईन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकबीच “जीवन बीमा सेवा“ सम्बन्धी सम्झौता भएसँगै ग्राहकले उक्त सेवा पाउने भएका हुन् । एशियन लाईफले जीवन बीमा सेवालाई सहजरुपमा बढी भन्दा बढी सर्वसाधारणको पहुँचसम्म पुर्याउने उद्देश्यले एक्सेलसँग सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा एशियन लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र एक्सेल डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।
वार्षिक साधारणसभाको १५ दिन नहुँदै कुमारी बैंकले बोलायो विशेष सभा, एजेन्डा के ?
काठमाडौं । वार्षिक साधारणसभा भएको १५ दिन नहुँदै कुमारी बैंकले विशेष साधारणसभा बोलाएको छ । बैंकले जेठ ३१ गते डिल्लीबजारस्थित एक पार्टी प्यालेसमा दिउँसो १२ः३० बजे बस्तेगरी विशेष साधारणसभा बोलाएको हो । बैंकले दुई साता अघि अर्थात् बैशाख २६ गते मात्रै साधारणसभा सम्पन्न गरेकाे थियाे तर सञ्चालनक समितिकाे निर्वाचन हुन सकेकाे थिएन । सञ्चालकमा महिला प्रतिनिधित्वको सुनिश्चिताको माग गर्दै एक महिलाले अदालतमा रिट दायर गरेपछि अदालतले सञ्चालकको निर्वाचन गर्न रोक लगाएपछि यस्तो निर्वाचन हुन सकेको थिएन । त्यसरी रोकिएको सञ्चालक निर्वाचन गर्नकै लागि कुमारीले उक्त साधारणसभा बोलाएको हो । सो साधारणसभाको प्रयोजनको लागि बैशाख २० गतेलाई बुकक्लोज मिति तय गरिएको छ । सो दिनसम्म शेयर होल्डिङ गर्नेहरु निर्वाचनमा सहभागी हुन पाउनेछन् ।
सिरहा र सर्लाहीमा नेपाल बङ्गलादेश बैंकको शाखा बिस्तार
काठमाडौँ । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो थप दुई शाखा संचालनमा ल्याएको छ । जेठ ७ गतेदेखि सिराहा जिल्लाको मिर्चैया र सर्लाही जिल्लाको मलङ्गवा शाखा कार्यालय सञ्चालन गरेको हो । उक्त शाखाहरुकोे उद्घाटन सम्बन्धितनगरपालिकाका उच्च पदाधिकारीहरु तथा बैंकका संचालक ईन्द्रबहादुर थापाले गरेका हुन् ।