सिभिल क्यापिटल र एनएलजी इन्स्योरेन्सबीच संझौता
काठमाडौँ । सिभिल क्यापिटल मार्केट लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच संझौता भएको छ । सिभिल क्यापिटलका कर्मचारी र उक्त क्यापिटल मार्फत शेयर कारोबार गर्दै आएका सेवाग्राहीहरुलाई निर्जीवन बीमामा विशेष छुट दिने बारेमा संझौता भएको हो । त्यसैगरी एनएलजीका कर्मचारी र सेवाग्राहीहरुलाई सिभिल क्यापिटल मार्फत शेयर कारोबार गराउने संझौता भएको हो । संझौता पत्रमा सिभिल क्यापिटलका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत शुसील महर्जन र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिलबहादुर पन्तले हस्ताक्षर गरेका छन् ।
६.४३ अंकले बढ्यो नेप्से, ३५ करोडको कारोबार
काठमाडौ । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचकमा ६.४३ अंकले बढेको छ । ०.५६ प्रतिशतले बढ्दा परिसूचक ११४९.९९ बिन्दुमा पुगेको छ । सोमबार १७१ कम्पनीले शेयर कारोबार गरेका छन् । १२ लाख ६५ हजार ६ सय ६२ कित्ता सेयर खरिद बिक्री हुँदा ३५ करोड २८ लाख १० हजार ७ सय ५० रुपैयाँको कारोबार भएको छ । सोमबार २ सूचक बाहेक अन्यमा हरियाली देखियो । बैंक समूह १०.१५, होटल समूह ३३.६७, विकास बैंक समूह ६.३७, जलविद्युत समूह २.८७, वित्तीय समूह २.०७, निर्जीवन बीमा समूह २९.७, माईक्रोफाईनान्स समूह २.२८ र जीवन बीमा समूह २.२ अंकले बढेका छन् । उत्पादन मूलक समूह ४.४४ र अन्य समूह ५.९२ अंकले घटेका छन् । नेशनल माईक्रोफाईनान्स वित्तीय संस्थाका लगानीकर्ताले ५.४५ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका भने यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९.८७ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
२०७६ सालमा कुन कुन दिन बिदा हुन्छन् बैंक तथा वित्तीय संस्थाहरु(सूचि सहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले विक्रम सम्बत २०७६ सालको बैंक तथा वित्तीय संस्थाहरु बिदाको सूचि सार्वजनिक गरेको छ । राष्ट बैंकले पर्व, दिवस, जात्राका अवसर गरी २१ प्रकारका बिदाको सूचि सार्वजनिक गरेको हो । यी बाहेक नेपाल सरकारले सार्वजनिक बिदाको घोषणा गरेको दिन बैंक तथा वित्तीय संस्था बन्द हुने जनाइएको छ । २०७६ बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म बैंकिङ कारोबारको समय निर्धारण गरिएको छ । साथै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म बैंकिङ कारोबार हुने उल्लेख छ । प्रत्येक शुक्रबार भने बिहान १० बजेदेखि अपरान्ह १२ः३० बजेसम्म मात्र बैंकिङ कारोबार हुने राष्ट्र बैंकले निकालेको सूचनामा उल्लेख छ । बिदाको सूचि हेर्न तल क्लिक गर्नुहोस्ः NRB-Holiday-list