कञ्चनपुरको झलारीमा प्रभु बैंकको शाखा बिस्तार
काठमाडौँ । प्रभु बैंक लि. ले कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नं. १०, झलारीमा सोमदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।बैंकको झलारी शाखा कार्यालयको शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले एक समारोहका बीच उद्घाटन गरेका हुन् । शाखा कार्यालय उद्घाटन कार्यक्रममा कञ्चनपुर जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ कञ्चनपुरका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।
मेगा बैंकबाट युनाइटेड इन्स्योरेन्सको निर्जीवन बीमा सेवा पाइने
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र युनाइटेड इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र युनाइटेड इन्स्योरेन्स कम्पनीका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । यो सम्झौतापछि मेगा बैंकका ग्राहकहरुले घर, गाडी, उद्योग व्यावसाय, स्टक लगायतका निर्जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई सुविधा हुने मेगा बैंकको विश्वास छ । ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट युनाइटेड इन्स्योरेन्समा निर्जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।
नेपालका २ वटा बीमा कम्पनी मिलियन डलर राउण्ड टेबुलमा सहभागी
काठमाडौँ । मिलियन डलर राउण्ड टेबल(एमडीआरटी) मा नेपालका २ वटा बीमा कम्पनीहरु सदस्य भएका छन् । सो सदस्यता लिनेमा एलआईसी नेपाल र युनियन लाईफ इन्स्योरेन्स रहेका छन् । वार्षिक १० लाख अमेरिकी डलर बराबरकाे प्रिमियम संकलन गर्ने अभिकर्ता यसमा सहभागी हुन पाउँछन् । एमडीआरटीमा बीमा कम्पनी सहभागी हुनुपर्छ । तर संस्था सहभागी भएपनि त्यसको फाईदा भने अभिकर्ताले पाउने गर्छन् । अभिकर्ताले व्यक्तिगत रुपमा सदस्यता लिन पाउने प्रावधान नभए पनि बीमा कम्पनी सहभागी हुँदा उनीहरुले प्रत्यक्ष लाभ पाउँछन् । युनियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) मनोजकुमार लालकर्णका अनुसार युनियन लाईफ ईन्स्योरेन्सका १० जना अभिकर्ता एमडीआरटीका लागि छनोट भएका छन् । बीमा बजारका अन्तर्राष्ट्रिय तरिका बुझ्दै अघि बढ्न आवश्यक रहेकोले यूनियन लाइफले एमडीआरटीकाे सदस्यता लिएकाे बताए । एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासका अनुसार मिलियन डलर राउण्ड टेबल बीमा अभिकर्ताको मेहनतले सम्मान पाउने ठाउँ हो । मिलियन डलर राउण्ड टेबलमा विश्वका सम्पूर्ण कम्पनीहरुलाइ एउटै नियम लाग्ने भएकाले सबैले यहाँबाट धेरै कुरा सिक्न पाउने उनले बताए । अभिकर्ताको संख्यामा कमी अभिकर्ताको संख्या पर्याप्त मात्रामा भएपनि सक्रिय अभिकर्ताको कमी रहेको जानकाहरुले बताउँदै आएका छन् । हाल बीमा क्षेत्रमा अभिकर्ता बन्न चाहने धेरै भएपनि पूर्ण रुपमा यहीँ पेशा अँगाल्नेहरु निकै कम रहेको पाईन्छ । पछिल्लो समय अभिकर्ता पेशामा आवद्धहरुले पनि राम्रै आम्दानी गरेको पाईन्छ । सोही आम्दानीलाई आधार बनाएर उनीहरुले आफ्नो जीवनशैली राम्रो बनाएको तथा व्यवसायिक जीवनतर्फ गएको उदाहरणपनि भेटिन्छन् । के हो ‘एमडीआरटी’ ? ‘एमडीआरटी’ भनेको अभिकर्तालाई काम गर्न सर्वोच्च शक्ति प्रदान गर्ने अन्तर्राष्ट्रिय संस्था हो । सिकागो अमेरिकामा रहेको सो संस्थाले विश्व भरका अभिकर्ताको हितमा काम गर्दै आएको छ । एमडीआरटीले संसारभरका कम्पनीलाई लक्षित गरेर टार्गेट प्रदान गर्छ । ‘एमडीआरटी’ को पूरा रुप मिलियन डलर राउण्ड टेबल हुन्छ । यसमा आवद्ध हुन चाहने देशले आफ्नो टार्गेट बनाउन आवश्यक हुन्छ । टार्गेट सोही अमेरिकी संस्थाले नै प्रदान गर्छ । एमडीआरटीको सदस्य हुनुको फाईदाहरु सदस्यता पाएपछि छलफल तथा भेलामा सहभागी हुने अवसर पाउन सकिन्छ । त्यस्ता छलफलमा विश्वका बुद्धिजीविहरु सहभागी हुने गर्छन् । एमडीआरटी विभिन्न कम्पनीका अभिकर्तालेपनि आफ्नै संस्थाको मानेर सदस्यता लिन सक्ने ठाउँ हो । यसरी सदस्यता लिएका अभिकर्ता सर्वोच्च शक्ती प्राप्त गरे बराबर हुन्छन् । अनेकौँ विषेशता भएका कारण एमडीआरटीमा जोडिनु राम्रो पक्ष मानिन्छ । यसरी जोडिएपछि अभिकर्ताको टार्गेट सालै पिच्छे वृद्धी भईरहन्छ । प्रत्येक जनवरी १ मा एमडीआरटीको समय खुल्ला हुने गर्छ । सोही समयमा इच्छुकले सदस्यता लिन सक्छन् । एमडीआरटीका साथ–साथै सिओटी, टिओटी समेत बुझ्न आवश्यक हुन्छ । एमडीआरटीका लागि कुनैपनि कम्पनीले ४४ देखी ४५ लाख रुपैयाँको बीचमा प्रिमियम ल्याउन आवश्यक हुन्छ । १ करोड ३२ लाख ४८ हजार रुपैयाँ प्रिमियम ल्याएका कम्पनीले सिओटी अन्तर्गत काम गर्न सक्छन् । २ करोड ६४ लाख ९६ हजार रुपैयाँ प्रिमियम जम्मा गरेका संस्थाले टीओटी अन्तर्गत काम गर्न सक्छन् । सिओटीको अर्थ भने ‘कोर्ट डाउन द टेबल’ हुन्छ भने टीओटीको अर्थ ‘टप अफ द टेबल’ हुन्छ । एमडीआरटी र सिओटीको मिटिङ् एकै पटक हुने गर्छ । तर, टिओटीको मिटिङ् भने अलग्गै हुन्छ । टिओटीको मिटिङ् चाहिँ सबैभन्दा धेरै प्रिमियम संकलन गर्नेहरुका लागि हुन्छ ।