शेयर बजारमा सामान्य सुधार, एनसीसी बैंकको सबैभन्दा बढी कारोबार
काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९६ बिन्दुले बढेर एक हजार २६१.०७ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४ बिन्दुले बढेर २७१.४४ मा पुगेको छ । सामान्य अङ्कले बढेको बजारमा आज कारोवार रकम भने सामान्य देखिएको छ । कूल १७४ कम्पनीको १३ लाख २४ हजार ५१९ कित्ता शेयर रु ३६ करोड ४७ लाख ७३ हजार ३३० बराबरको खरीद–बिक्री भए । स्टकका अनुसार कारोवार भएका १२ उपसमूहमध्ये आज ६ उपसमूहको शेयर बढेको छ भने ६ उपसमूहको शेयर भने घटेको छ । बैंकिङ १.३९, जलविद्युत् १.०२, निर्जीवन बीमा ५.३१, उत्पादन १९.९५, लघुवित्त २.२३ र जीवन बीमा ०.३ अङ्कले बढेको छ । यस्तै व्यापार २.६२, होटल २१.२५, विकास बैंक ०.५२, वित्त ०.७ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले घटेको छ । स्टकका अनुसार आज कारोबारका आधारमा एनसीसी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ५३ लाख ८४ हजार ७१६ बराबरको कारोबार भयो । त्यस्तै प्रभु बैंकको रु दुई करोड २८ लाख ८२ हजार ८४४, शिवम् सिमेन्ट रु एक करोड ९१ लाख ९२ हजार ३०९, नेपाल बैंक लिमिटेड रु एक करोड ७९ लाख ४० हजार २४२, सिद्धार्थ बैंक रु एक करोड ३६ लाख ९५ हजार ३११, र मुक्तिनाथ विकास बैंकको रु एक करोड ३६ लाख बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ९.९२, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ७.५६, लक्ष्मी लघुवित्त वित्तीय संस्था ४.१५ र युनिलिभर नेपालका लगानीकर्ताले ४.०३ प्रतिशतले कमाए । यस्तै मल्टिपर्पोज फाइनान्स कम्पनी ९.६६, राधी विद्युत् कम्पनी ५.५९, गुराँस लघुवित्त वित्तीय संस्था ४.७६, अरुण काबेली पावर ४.२१ र मुक्तिनाथ विकास बैंकका शेयरधनीले ३.५ प्रतिशतले गुमाए ।
मस्र्याङ्दी हाइड्रोको सबै सेयर किन्यो बुटवल पावरले, २८२ मेगावाटको आयोजना बन्दै
काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडले मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनी प्रालिको सबै सेयर खरिद गरेको छ । मनाङ जिल्ला स्थित २८२ मेगावाटको मस्र्याङ्दी हाइड्रोपावर प्रोजेक्टको कम्पनी मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनी प्रालिको कायम सेयरधनीहरु राजरत्न इनर्जी होल्डिङस् प्रालि र मस्याङ्दी पावर कम्पनी प्रालिको सबै ८८५९६० कित्ता सेयर खरिद गरेको हो । मस्र्याङ्दी हाइड्रो पावर प्रोजेक्टले चिनियाँ साझेदारहरु एससीआइजी, इन्टरनेशन, क्यासी इन्टरनेशनल र एससीआईजी इन्टरनेशनल नेपाल ज्वाइन्ट डेभलपमेन्ट प्रालिको संयुक्त लगानीमा २८२ मेगावाट क्षमताको आयोजना निर्माणको प्रक्रियामा रहेको छ । सो आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र प्राप्त भई विद्युत खरिद बिक्री प्रक्रियामा रहेको छ ।
प्रुडेन्सियल इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने, चुक्ता पूँजी १ अर्ब २ करोड हुने
काठमाडौँ । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा असार १० गते सिमरा बारामा सम्पन्न भएको छ । कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको विशेष साधारण सभाबाट चुक्ता पूँजीको ६०% हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ । साविक ६४ करोड १५ लाख २० हजार चुक्ता पूँजीबाट हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार हुने कम्पनीले जनाएको छ ।