कालिमाटीमा जनरल ईन्स्योरेन्सको ४० औँ शाखा बिस्तार

काठमाडौ । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको ४० औँ शाखा राजधानीको कालीमाटीमा बिस्तार भएको छ । सोमबार एक समारोहका बीच प्रतिनिधि सभाका सांसद कृष्णगोपाल श्रेष्ठले शाखा कार्यालय उद्घाटन गरेका हुन् । उक्त शाखा उपत्यका भित्रको ११ औँ शाखा सञ्जाल हो । शाखा शुभारम्भको अवसरमा जनरल ईन्स्यारेन्स कम्पनीका महाप्रबन्धक एस.के. टमोटले भने-‘विगत एक बर्षदेखी कालिमाटीमा शाखा खोल्ने हाम्रो ईच्छा अहिले आएर पूरा भएको छ ।’ टमोटले आगामी दिनमा कालिमाटी क्षेत्रका बिमितलाई जनरल बीमामा थप सहज हुनेमा जोड दिए । कालिमाटीमा खुलेको ११ औँ शाखामा तत्कालका लागि ५ जना कर्मचारी रहने छन् । आगामी दिनमा शाखा संख्या ४० बाट ६० बनाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ । कालिमाटीमा सोमबार उद्घाटन गरिएको शाखामा महिला प्रमुख रहेको कम्पनीको जनाएको छ । यस्तै, हालसम्म कम्पनीको ६ वटा शाखामा महिला नै प्रमुख रहेको कार्यक्रममा जानकारी गराईयो ।

सुधारिएको नेप्सेलाई कारोबार रकमको समेत साथ, ह्याङओभरबाट तग्रिँदै लगानीकर्ता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक सुधारको दिशामा फर्किएको छ । सोमबारको शेयर बजारमा ५.७५ अंकको वृद्धिसँगै नेप्से परिसूचक १२६०.१० विन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ र फ्लोट इन्डेक्समा समेत सुधार देखिएको छ । आजको बढेको नेप्से परिसूचकलाई कारोबार रकमले समेत साथ दिएको छ । कुन ४८ करोड १४ लाख ९२ हजार रुपैंया बराबरको कारोबार भएको छ जुन अघिल्लो हप्ताहरुको औसत कारोबार रकम भन्दा बढी हो । परिसूचक र कारोबार रकममा देखिएको सुधारले बजार थप सकारात्मक दिशामा जाने संकेत समेत गर्छ । बिहीबारदेखि नै बजारले सुधार संकेत देखाएको भए पनि धितोपत्र बोर्डले ल्याएको सम्पत्ति शुद्धीकरणससम्बन्धी निर्देशिकाको नाममा आइतबारको बजारमा केही चलखेल भएको थियो, फलस्वरुप बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे थियाे । आजदेखि भने बजार दिनभर स्थिर रह्यो भने अन्तिम घण्टामा सुधारात्मक देखियो । आजको बजारमा अधिकांश स्क्रिपहरुमा लगानीकर्ताले विवेकशील रुपमा कारोबार गरिरहेको देखिएको छ । आज शिवम् सिमेन्टको शेयरमूल्य ९ रुपैंयाले बढेर ६६० रुपैंया पुग्दा ५ करोडभन्दा धेरै कारोबारसहित सर्वाधिक कारोबार हुने कम्पनी बन्न सो कम्पनी सफल भएको छ । जनउत्थान र गणपति माक्रोफाइनान्सका शेयरहरुमा पोजेटिभ सर्किट ब्रेकर लाग्दा मल्टिप्रोपोज फाइनान्समा नेगेटिभ सर्किट लागेको छ । उपसमूहतर्फ होटल, माइक्रोफाइनान्स र अन्य समूह १ प्रतिशत भन्दा धेरै विन्दुले बढ्दा विकास बैंक, जीवन तथा निर्जीवन बीमा र म्युचुअल फण्ड समूहमा झिनो गिरावट देखिएको छ ।

धादिङको विशालनगरमा प्रभु बैंकको आरुघाट शाखा बिस्तार

काठमाडौँ । प्रभु बैंक लि. ले धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २, विशालनगरमा सोमबारदेखि बैंकको आरुघाट शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले एक समारोहकाबीच बैंकको आरुघाट शाखा कार्यालयको उद्घाटन गरेका हुन् । आरुघाट शाखा कार्यालय उद्घाटन कार्यक्रममा धादिङ जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ धादिङका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।