नेप्से आठ अङ्कले घट्यो, ६७ करोडको कारोबार

काठमाडौँ । मङ्गलबार र बुधबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने आठ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.२७ बिन्दुले घटेर एक हजार २६०.४७ मा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५३ अङ्कले घटेर २७१.४५ बिन्दुमा झरेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकममा भने वृद्धि भएको छ । कूल १७७ कम्पनीको ८९ लाख ८५ हजार ३५३ कित्ता शेयर रु ६७ करोड एक लाख ६९ हजार ९२९मा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूह सबैको शेयर ओरालो लागेको छ । बैंकिङ ६.५९, होटल २४, विकास बैंक ४.८१, जलविद्युत् १२.५१, वित्त ३.३५, निर्जीवन बीमा ६२.४५, उत्पादन १.४, अन्य ५.६७, लघुवित्त ७.५, जीवन बीमा ५३.९७ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ । स्टकका अनुसार आज कारोवारका आधारमा सिद्धार्थ इक्विटी फण्ड शीर्ष स्थानमा छ । उक्त योजनाको रु पाँच करोड ५२ लाख २२ हजार २४७, प्रभु बैंक रु पाँच करोड ५१ लाख ४३ हजार ७१७, नेपाल बैंक रु चार करोड ७३ लाख २४ हजर ५४२, नेपाल दूरसञ्चार कम्पनी रु तीन करोड ८८ लाख तीन हजार ३९४, मेगा बैंक रु तीन करोड १६ लाख ६१ हजार ५६४, प्रिमियर इन्स्योरेन्स रु तीन करोड १२ लाख दुई हजार ६५३ र सिभिल बैंक रु दुई करोड ७३ लाख २१ हजार ३६८ मा कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार आज सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९९ प्रतिशतले कमाए । समिट लघुवित्त वित्तीय संस्था ९.९६, स्वावलम्बन लघुवित्त वित्तीय संस्था ९.७६, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ६.४९, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था ४.२१ र सिटीएक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले ४.०८ प्रतिशतले कमाए । त्यस्तै युनियन हाइड्रोपावर लिमिटेड ६.५५, प्रुडेन्टियल इस्योरेन्स ५.६१, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ४.१६, स्वदेशी लघुवित्त वित्तीय संस्था ३.८१, वेस्ट फाइनान्स कम्पनी ३.८० र सानिमा इक्विटी फण्डका लगानीकर्ताले ३.७९ प्रतिशतले गुमाए ।

सानिमा लाईफ इन्स्योरेन्सको नयाँ बीमा योजना बजारमा, ११ घातक रोगको ५० लाख रुपैयाँसम्म बीमा सुविधा

काठमाडौ । सानिमा लाईफ इन्स्योरन्स कम्पनीले ‘सानिमा घातक रोग रक्षावरण योजना’ राइडर बजारमा ल्याएको छ । ११ प्रकारको घातक रोगको जोखीम बहन हुने किसीमले सो योजना बजारमा ल्याइएको हो । घातक रोगको बीमा सुविधा ५० हजार रुपैयाँ देखी ५० लाख रुपैयाँसम्मको जोखिम बहन हुने प्रकृतीको छ । बीमा योजनामा प्रवेश गर्न चाहने बिमितको उमेर १८ देखी ५५ वर्षसम्म तोकिएको छ । बीमा अवधि भने ५ वर्षदेखी २५ वर्षसम्म रहने कम्पनीले जनाएको छ । यस्तै, बिमितको अधिकतम बीमा शुल्क भुक्तानी उमेर ६५ वर्षसम्म रहेको छ । कार्यक्रमको प्रमुख आतिथिका रुपमा रहेका बीमा समितिका अध्यक्ष चिरञ्जीवि चाँपागाईले भने–‘पछिल्लो २ वर्षमा बीमा कम्पनीहरुले नयाँ पोलिसी जारी गरिरहेका छन र बीमा क्षेत्रको आकर्षणपनि बढ्ने क्रममा रहेको छ ।’ उनले बीमा र अभिकर्ता बिच महत्वपूर्ण सम्बन्ध रहने भन्दै चर्चा गरेका थिए । यस्तै, कार्यक्रममा सानिमा लाईफ इन्स्योरेन्स कम्पनीका निर्देशक सुवर्णदास श्रेष्ठले कार्यक्रमको सभापतित्व गरेका थिए । उनले रोगले बिरामीहरुलाई मात्र नभई आफन्तहरुलाई समेत पिडा दिएको देखेकाले बजारमा आफूहरुले ११ रोग किसिमका रोग लक्षित बीमा योजना ल्याएकोमा प्रकाश पारे । कम्पनीको महाप्रबन्धक शिवराम तिमल्सीनाले भने–‘हामीहरुले पैसा हुनेहरुकोलागि मात्र नभएर मध्यम आय भएका बिमितहरुपनि सहज हुने गरी यो बीमा पोलिसी ल्याएका हौँ ।’ सानिमा इन्स्योरेन्स कम्पनीका ब्राण्ड एम्बेस्डर जितु नेपाल देखी (कार्डीयोलोजिस्ट) डक्टर टी.एन. भट्राई, किड्नी विषेशज्ञ (नेफ्रोलोजिस्ट) डक्टर कल्पना श्रेष्ठ लगायतको कार्यक्रममा उपस्थिती थियो । कम्पनीले तोकेको विशेष शर्त सानीमा लाईफ इन्स्योरेन्स कम्पनीले विषेश शर्तको रुपमा दुईवटा बुँदाहरु अछि सारेको छ । बुँदा नम्बर १ मा भने प्रतिक्षा अवधि भनेर बीमा योजना प्रारम्भ भएको वा बीमा पुनर्जागरण भएको ९० दिनसम्म प्रतिक्षा अवधि कायम गरिएको छ । अर्को बुँदामा भने अस्तित्व अवधि भनेर घातक रोग निरुपण अवधि भन्दै ३० दिन कायम गरिएको छ । सानीमा लाईफ इन्स्योरेन्स कम्पनीले आफूले तोकेका ११ वटा घातक रोग बिमितलाई लागेको प्रमाणीत भएमा शर्तहरुको प्ररिधिमा भित्र रही मुल बीमाङ्कको आधारमा ५० लाख बीमा सुविधा एकमुस्ट प्रदान गर्ने बताएको छ । यस्ता छन् सानिमा घातक रोग रक्षावरण योजना भित्र पर्ने ११ घातक रोग १. कडा प्रकृतिको क्यान्सर २. निरन्तर डायलसिसको आवश्यकता पर्ने गरी भएको मृगौला विफलता ३. निरन्तर लक्षण सहितको मल्टिपल स्क्लेरोसिस ४. मुख्य अंग, बोन म्यारो प्रत्यारोपण ५. ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरुको मर्मत ६. प्राइमरी पलमोनरी आटिरिअल हाइपर टेन्सन ७. कडा प्रकृतिको प्रथम हृदयघात ८. स्थायी प्रकृतिको मस्तिष्कघापत ९. विषेश कडा प्रकृतिको कोमा १०. एओर्टा ग्राफ्ट शल्यक्रिया ११. कोरोनरी धमनी बाईपास ग्राफ्ट

लक्ष्मी बैंकको ११०औँ शाखा पोखराको अमरसिहं चोकमा

काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल बिस्तार गर्ने क्रममा आफ्नो ११०औँ शाखा पोखराको अमर सिहं चोकमा सञ्चालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बंैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८जिल्लामा ११०शाखा, २ एक्स्टेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८शाखा रहित बैंकिङ्ग एजेन्टहरु छन् ।