ठमेलमा कामना सेवाको ८७ औं शाखा बिस्तार
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवाविस्तारको क्रममा ठमेलमा विहीबार ८७औं शाखा कार्यालय बिस्तार गरेको छ । बैंकका अध्यक्ष सुदीप आचार्य तथा प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शाखा कार्यालय उद्घाटन तथा कारोबार शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बैंकका संस्थापक कृष्ण आचार्य तथा संचालक चतुराखर अधिकारीले बैंकले द्रुतगतिमा शाखा तथा कारोबार विस्तार गरेको बताए । त्यसैगरी प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकको हाल सम्मको संक्षिप्त जानकारी दिँदै भावी योजनाहरुको बारेमा प्रकाश पारेका थिए ।
नेप्से परिसूचक लगातार ओरालो, ४.६९ अंकले घट्दा कारोबार ५८ करोडमात्रै
काठमाडौ । नेप्से परिसूचक लगातार ओरालो लाग्ने क्रममा जारी छ । साताको अन्तिम दिन बिहीबारपनि नेप्से परिसूचक घट्ने क्रमले नै निरन्तरता पायो । आज नेप्से परिसूचक ४.६९ अंकले घटेको हो । ०.३६ प्रतिशतले घट्दा परिसूचक १२८४.५९ बिन्दुमा पुगेको हो । बिहीबार सेयर बजारमा १७२ कम्पनीले सेयर कारोबार गरेका छन् । १८ लाख ५९ हजार २ सय ४८ कित्ता सेयर खरिद बिक्री हुँदा ५८ करोड ८८ लाख २२ हजार ६सय २५ रुपैयाँको कारोबार भएको छ । होटल समूह ३.६३, विकास बंैक समूह ३.४६, वित्त समूह १८.५५ र अन्य समूह १.५४ अंकले बढेका छन् । बाँकी समूह घटेका छन् । बैंक समूह ५.६२, ट्रेडिङ समूह ५.१५, जलविद्युत समूह ३.९७, निर्जीवन बीमा समूह ११.३१, उत्पादनमूलक समूह १४, माईक्रोफाईनान्स समूह ५.०६ र जीवन बीमा समूह ८५.२ अंकले घटेका हुन् । बजार घटेको दिन कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडका लगानीकर्ताले ९.६५ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, पाँचथर पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ५.१० प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
५ रुपैयाँभन्दा कम शुल्कमा नै बीमा पोलिसी, सनलाइफले दिन्छ १० लाखको सुरक्षा
काठमाडौ । महङ्गो शुल्कमा मात्र बीमा हुन्छ भन्ने भनाई सन नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडसँग मिल्दोजुल्दो देखिदैन । सो कम्पनीले ५ रुपैयाँभन्दा कम शुल्कमा नै बीमा पोलिसी बिक्री गर्दै आएको छ । सन नेपाल लाईफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले भने- ‘जीवनमा बीमाको ठूलो महत्व हुन्छ, हामीले आर्थिक अवस्था कमजोर भएका वर्गले समेत बीमा गर्न सक्ने गरी पोलिसी बिक्री गर्दै आएका छौँ ।’ अर्यालले बीमा वर्तमान समयमा निकै आवश्यक भएकोमा जोड दिए । ५ रुपैयाँभन्दापनि कममा बीमा: ५ रुपैयाँ भन्दा कममा १० लाख रुपैयाँ बराबरको सुरक्षा सन नेपाल लाईफले दिँदै आएको पाईन्छ । पाँच बर्षको अवधिको लागि दैनिक पाँच रुपैयाँभन्दा कम लागतमा ५ लाख रुपैयाँ बराबरको जोखिम र १८ घातक रोग विरुद्ध ५ लाख रुपैयाँ गरी १० लाख रुपैयाँ बराबरको सुरक्षण हुँदै आएको जनाएको छ । १६ बर्षदेखी ६५ बर्ष उमेरका इच्छुक व्यक्ती सो बीमा योजनामा सहभागी हुन सक्नेछन् । साथै, उमेरको आधारमा बीमा शुल्कमा केही तल–माथि कम्पनीले जनाएको छ ।