७३२ स्थानमा बैंक शाखा पुगे, अझै २१ स्थानमा बैंक पुग्न वाँकी

<p>काठमाडौं । वाणिज्य बैंकको शाखा ७ सय ३२ स्थानीय तहमा विस्तार भएको छ । वि.स २०७६ असार मसान्तसम्मको तथ्याङ्ग अनुसार ७ सय ५३ स्थानीय तहमध्ये जम्मा ७ सय ३२ तहमा मात्र बै‌क शाखा पुगेकाे हाे । वि.सं.२०७५ सालमा ६ सय ३१ स्थानीय तहमा बैंक शाखा विस्तार भएको थियो । अब २१ स्थानीय तह बैंक शाखा [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकको शाखा ७ सय ३२ स्थानीय तहमा विस्तार भएको छ । वि.स २०७६ असार मसान्तसम्मको तथ्याङ्ग अनुसार ७ सय ५३ स्थानीय तहमध्ये जम्मा ७ सय ३२ तहमा मात्र बै‌क शाखा पुगेकाे हाे ।

वि.सं.२०७५ सालमा ६ सय ३१ स्थानीय तहमा बैंक शाखा विस्तार भएको थियो । अब २१ स्थानीय तह बैंक शाखा पुग्न रहेको नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले काठमाडौंको र्याडिसन होटलमा आर्थिक वर्ष २०७६।७७ को मोद्रिक नीति प्रस्तुत गर्ने क्रममा बताएका हुन् ।

२०७६ जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुको शाखा संख्या ३५३९, विकास बैंकहरुको १२५०, वित्त कम्पनीहरुको २०५ र लघुवित्त वित्तीय संस्थाहरुको ३५७० गरी कुल शाखा संख्या ८५६४ पुगेको छ । २०७५ जेठ मसान्तमा यस्तो संख्या ६४१४ रहेको थियो ।

Share News