काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुला शाखाको बिहीबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
महाकाली नगरपालिका वडा न. ४, खलंगा स्थित दार्चुला शाखाको महाकाली नगरपालिका नगर प्रमुख हंसराज भट्ट तथा उघोग बाणिज्य संघ, दार्चुलाका अध्यक्ष मंगल सिंह ठगुनाबाट उद्घाटन भएको हो ।
समाजसेवी तथा वरिष्ठ चार्टड एकाउटेन्ट भाष्कर सिह लालाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न सरकारी निकायका प्रमुखहरु, बिभिन्न राजनितीक दलका अध्यक्ष एवम् प्रतिनिधिहरु, पत्रकार तथा स्थानीय समाजसेवीको उल्लेखनिय सहभागिता रहेको थियो ।