
काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले नेपाली बैंकहरुको एटीएम सिस्टम ह्याक गरी लाखौँ रकम लुटिएको बताएका छन् । धेरै पैसा देशभित्रकै बैंकका एटीएम र केही पैसा देश बाहिरका एटीएमबाट पनि लुटिएको उनले बताए ।
लाखौं रकम लुटिएको छ, तर यति नै लुटियो भन्ने यकिन भइसकेको छैन-उनले भने ।
शनिबार राति नबिल बैंकको एटीएमबाट अबैधानिक तरिकाले पैसा लुट्दै गरको अवस्था ५ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेपछि नेपाली बैंकका एटीएम ह्याक भएको तथ्य सार्वजनिक भएको छ ।
सोही घटनाबारे जानकारी दिन महानगरीय प्रहरी परिसरले भर्खरै आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष ढुंगानाले लुटिएको रकमको लेखाजोखा र अनुसन्धान भइरहेको बताए । उनले भने-‘तर निक्षेपकर्ता आत्तिनु पर्दैैन, तपाईँहरुको पैसा कसैले झिकेको छैन ।’