सीडीएससीका प्रमुख कार्यकारी अधिकृत गुप्ताको कार्यकाल सकिँदै, नवीकरण नगर्ने बोर्डको संकेत

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताको कार्यकाल यसै सातादेखि सकिने भएको छ । ४ वर्षअघि २०७२ असोज ३० गते नियुक्त भई कात्तिक ११ गतेदेखि कार्यभार सम्हालेका गुप्ताको यही असोज १० गतेदेखि कार्यकाल सकिन लागेको हो । गुप्ताको कार्यकाल सकिन लागेपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेड सञ्चालक समितिमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि अनौपचारिक छलफल सुरु भएको छ । गुप्तालाई अर्को कार्यकालको लागि निरन्तरता दिने कि नयाँ सीईओ ल्याउने छलफल हुने गरेको एकजना सञ्चालकले जानकारी दिए । गुप्ता र बोर्डबीच पछिल्लो समयमा त्यति राम्रो सम्बन्ध छैन ।  खासगरी सीडीएससीले ल्याएको ‘मेरो शेयर’ एप्लिकेसनको अपग्रेड गर्ने सम्बन्धमा गुप्ता र सञ्चालक समितिबीच विवाद भएकाे थियाे । पछिल्लाे समय विवाद बढेपछि सञ्चालक समिति अध्यक्ष चन्द्रसिंह साउद लगायतले उनलाई निरन्तरता दिन नचाएकाे एक सञ्चालकले बताए । गुप्तालाई नै निरन्तरता दिने हो भने उनको कार्यकाल सकिनु अघि नै बोर्डले निर्णय गर्नुपर्छ । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत समेत रहेका बोर्डका अध्यक्ष साउदले भने नयाँ गुप्ताको कार्यकाल सकिएपछि बोर्ड बसेर नयाँ सीईओ नियुक्ति प्रक्रिया अघि बढाउने बताए । ‘अहिलेको सीईओको कार्यकाल सकिएपछि नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने प्रक्रिया अघि बढ्छ, बोर्ड बैठक बसेर छनौट समिति बनाउँछौं’ साउदले विकासन्युजसँग भने । सीडीएस एण्ड क्लियरिङ लिमिटेड नेपालको एकमात्र केन्द्रिय निक्षेप प्रणाली र राफसाफको काम गर्ने संस्था हो । देशभर ७४ डिपोजिटरी पार्टनर, करिब २४० भन्दा बढी सूचीकृत कम्पनी छन् ।

सन नेपाल लाईफ इन्स्योरेन्सद्वारा १० लाख बराबरको मृत्यु दावी भुक्तानी

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मृतकका परिवारलाई मृत्यु दावी बापतको १० लाख ३५ हजार रुपैयाँ बराबरको रकम भुक्तानी गरेको छ । कम्पनीले धनुषामा आयोजित एक कार्यक्रममा सो रकम बराबरको चेक मृतकको हकवाला श्रीमती अनिता कुमारी मण्डलालाई हस्तान्तरण गरेको हो । उक्त चेक धनुषाधाम नगरपालिकाका मेयर वालेश्वर मण्डल र कम्पनीका महाप्रबन्धक कमलराज गौतमले संयुक्त रुपमा मृतकका श्रीमतीलाई हस्तान्तरण गरेका हुन् । मृतक मण्डलाले १५ वर्ष अवधिको नवीन आजीवन जीवन बीमा योजनामा बिमाङ्क १० लाख रुपैयाँको जीवन बीमा गरेका थिए ।

नयाँ पुस्तालाई समेत स्थान दिँदै महालक्ष्मी लाइफ इन्स्योरेन्स

काठमाडौं । नेपालकै कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्सले अनुभवीदेखि नयाँ पुस्ताका जनशक्तिलाई समेत कम्पनीमा स्थान दिँदै आएको छ । अनुभवी र नयाँ पुस्तालाई बीमा क्षेत्रमा समेट्ने अभियान स्वरुप पछिल्लो समय बीमा बजारमा रहेका कर्मचारीलाई दक्ष बनाउन कम्पनीले विभिन्न समयमा प्रशिक्षण कार्यक्रम संचालन गर्दै आएको हो । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका डेपुटी सीईओ रामेश्वर श्रेष्ठले बीमा बजारमा कामगर्ने जनशक्तिलाई दक्ष बनाउन प्रशिक्षणहरू दिँदै आएको बताए । ‘बीमा बजारमा काम गर्न चाहने कर्मचारीमा बीमाका बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान हुन आवश्यक हुन्छ,’ उनले भने ‘हामी आफै तालिमको आयोजना गरेर कर्मचारीलाई यस्तो ज्ञान दिइरहेका छौं ।’ श्रेष्ठले बीमा बजारमा आफूहरूको कम्पनी नयाँ उत्साहका साथ उपस्थित भएको र यसले बजारलाई थप स्वस्थ बनाउन मद्दत मिलेको बताए । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले यसरी दिन्छ तालिम महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ कर्मचारीहरूलाई आफ्नो कार्यालयमै तालिम दिँदै आएको छ । यस्तै, बीमा क्षेत्रकै नियामक निकाय बीमा समितिले दिने तालिममा सो कम्पनीको सहभागिता रहेको पाइन्छ । साथै, भोलिका दिनमा अन्य तालिममा समेत आफूहरू सकेसम्म सहभागी हुने कम्पनीको उदेश्य रहेको छ । बीमा क्षेत्रमा दक्ष कर्मचारी मात्र दिगो हुने हुँदा कम्पनीले आफ्ना कर्मचारीलाई दक्ष बनाउने अभियान थालनी गरेको हो । दक्षतालाई बढ्वा गर्न नसकेको अवस्थामा कर्मचारीहरूले बीमा क्षेत्रबाट हात झिक्नु पर्ने अवस्था नआओस् भन्ने हाम्रो ध्येय हो, डेपुटी सीईओ श्रेष्ठले भने ‘ अहिले आफू दक्ष बन्नुभन्दा पनि कम्पनी फेर्नुलाई उत्तम उपायको रुपमा लिइदै आएको छ । महालक्ष्मी इन्स्योरेन्स कम्पनीले आफ्नो कम्पनीमा आवद्ध कर्मचारीहरूको हितलाई प्राथमिकतामा राख्दै नयाँ कर्मचारीहरुलाई विभिन्न विभागमा काम सिक्ने मौका दिँदै आएको छ । यसरी मौका दिएको अवस्थामा कर्मचारीहरुको सिकाइ अनुसार कम्पनीले पद बढुवा समेत गर्ने गरेको छ । प्रशिक्षणका लागि बजेट भन्दा समय दिँदै महालक्ष्मी  महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीहरुको प्रशिक्षणका लागि भनेर कुनैपनि बजेट छुट्याएको छैन तर, इच्छुकहरूलाई भने प्रथमिकता दिँदै आएको छ । सोही इच्छुकहरूलाई प्राथमिकतामा राखेका कारण कम्पनीले राजधानी भित्रका आफ्ना सबै शाखाका इन्चार्जहरूमा नयाँ व्यक्तिलाई अवसर दिदै आएको छ । यस कारण राखिन्छ बीमा कम्पनीहरुमा नयाँ कर्मचारी महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ कर्मचारीहरूमा काम गर्ने उत्साह धेरै हुने भएकाले बीमा क्षेत्रमा त्यस्ताले स्थान पाउने बतायो । तर बीमा कम्पनीले पनि ६ महिना काम गरेको कर्मचारी र नयाँ कर्मचारीहरु छन् भने ६ महिनाको अनुभव हासिल गरेकालाई प्राथमिकता राख्दै आएको छ । साथै, कर्मचारीहरूले समेत केही नजानेको अवस्थामा कुनैपनि कम्पनीमा प्रवेश गर्न रुचाउने र सिकेपछि अर्को कम्पनीमा जान रुचाउने गरेको पाइन्छ । अवसर खोज्दै बाहिरिने कर्मचारी अहिले दिक्क मान्दै कम्पनी छाड्दै केही समय पहिला बीमा क्षेत्रमा कर्मचारीहरुले आफ्नो बढुवा (प्रमोशन) खोज्दै कम्पनी परिवर्तन गर्ने चलन रहेको थियो । तर, आजभोलि भने बीमा कम्पनीमा काम गर्दै आएका कर्मचारीहरूले आफ्नो कम्पनीबाट दिक्क लागेको अवस्थामा अर्को कम्पनीमा प्रवेश गर्न रुचाउने परिपाटी बढदै गएको पाइन्छ । यसमा भने विज्ञहरूले बीमा कम्पनीको संख्यामा वृद्धी भएको कुरालाई जोड दिएका छन् । चाँडै कम्पनी परिवर्तन गर्नु अव्यवसायिक महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले दिएको जानकारी अनुसार चाँडै कम्पनी परिवर्तन गर्नु अव्यसायिक हो । उनले कर्मचारीले ६ महिना वर्ष दिनमा केही सीप हासिल गर्न तथा सिक्न कम्पनी परिवर्तन गर्नु व्यवसायिक नै मानिएपनि २ महिना ३ महिनामा नै कम्पनी परिवर्तन गर्नु अव्यसायिक नभएको बताए । साथै, छिट्टै कम्पनी परिवर्तन गर्नुले कर्मचारीमा दिगोपना रहेको छैन । वैदेशिक तालिममा महालक्ष्मीको सहभागिता न्यून महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारीमा आफ्नो सहभागिता न्यून रहेको जनाएको छ । कम्पनी आफै उदाउने क्रममा रहेकोले वैदेशिक रोजगारीमा सहभागीता न्यून रहेको बताएको हो । कम्पनीले बीमा समिति, पूनर्बीमा तथा आफ्ना आन्तरिक तालिम नै कर्मचारीहरुलाई सिपालु बनाउने स्थान रहेको बताएको छ । विभाग प्रमुखमा अनुभवी, शाखाहरूमा नयाँ कर्मचारी कम्पनीको विभागमा प्रमुखमा अनुभवी कर्मचारीहरू राखेको छ । उनै कर्मचारीबाट शाखाहमा रहेका नयाँ कर्मचारीहरुले सिक्ने मौका पाउँछन् । शाखामा रहेका कर्मचारीहरूले भोलिका दिनमा बीमा क्षेत्र हाक्ने सिप ग्रहण गर्ने मौका पाएपनि विभाग प्रमुखहरूमा भने वर्तमान अवस्था सम्हाल्ने अनुभवीहरु चाहिने बताए । यस्ता छन् आगामी दिनमा कम्पनीको रणनीति कम्पनीले आगामी दिनमा क्षेत्रगत रुपमा सक्रिय भएर काम भएको छ । देशको विभिन्न स्थानमा आफूहरु सक्रिय रहँदै आएको र आगामी दिनमा समेत सो कुरालाई निरन्तरता दिने इन्स्योरेन्स कम्पनीको तर्क छ । कम्पनीले इलाम, बुटवल, नेपालगंजमा बीमा सम्बन्धी तालिम संचालन गरिसकेको छ । यस्तै, तिहार पछाडि नै कम्पनीले नारायणघाटका कर्मचारीहरुर्ला तालिम दिने योजना बनाएको छ । हाल बीमा सम्बन्धी राम्रो इन्स्टिच्युटको अभाव रहेकाले राम्रा जनशक्ती उत्पादनमा समस्या रहेको कम्पनीको बुझाइ रहेको छ । आगामी दिनमा भने बीमा क्षेत्रको कर्मचारीहरूलाई दक्ष बनाउन सो क्षेत्रमा नेपाल आफैले समेत आत्मनिर्भरताको बाटो अपनाउन आवश्यक रहेको देखिन्छ । हाल एक्चुरीदेखि अन्य कुरामा भारतमा भर पर्नु पर्ने अवस्था रहँदै आएपनि नेपालमा सम्भव हुने कुराहरूमा सुधार गर्न सकेमा बीमा क्षेत्रलाई थप विकास गर्न सकिने उनीहरूको भनाइ छ ।