इसेवामा विदेशबाट रकम प्राप्त गर्दा दशैँ-तिहार भर सय रुपैयाँ बाेनस पाइने
काठमाडाैं । इसेवा मनि ट्रान्सफरले दशैँ तिहार तथा छठलाई लक्षित गर्दै ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत इसेवा मनि ट्रान्स्फर मार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा सय बराबरको रिचार्ज जित्न सकिन्छ । इसेवा मनि ट्रान्स्फरका एजेन्ट मार्फत रकम प्राप्त गर्दा सय बराबरको रिचार्ज पाइने छ भने सिधै इसेवा खातामा रकम प्राप्त गर्दा इसेवा खातामा सय बोनस प्राप्त गर्न सकिनेछ । यो योजना मंसिर ६ गतेसम्म लागु हुनेछ । यो योजना विदेशबाट रेमिट्यान्स् पठाउनेको हकमा मात्र लागु हुने कम्पनिले जनाएकाे छ । रेमिट्यान्स् क्षेत्रलाई सरल र छिटो बनाउनको लागी अग्रसर रहकोे इसेवा मनि ट्रान्स्फरले जापान, मलेसिया, बहराइन, युएसएका साथै युरोपियन मलुकबाट रेमिट्यान्स् भित्राउदै आएको छ । हालको विशम परिस्थितिमा डिजिटल माध्यमबाट पठाइने रकम नै सुरक्षित, समयको बचत तथा आर्थिक फाइदा मिल्ने हुनाले नेपालको रेमिट्यान्स् क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स् भित्राउन आफुहरुले काम गरिरहने कम्पनीको भनाई छ ।
६ जनामा कोरोना देखिएपछि बीमा समिति सिल, अब वर्क फ्रम होम
काठमाडौं । बीमा समितिका ६ जना कर्मचारीमा कोरोना पोजेटीभ देखिएपछि बीमा समितिको कार्यालय नै सिल गरिने भएको छ । समितिका अनुसार कार्यालयमा आएर दैनिक काम गर्ने ६ जनामा कोरोना देखिएपछि भोलि अर्थात सोमबारदेखि समितिको कार्यालय नै सिल गरिने भएको हो । कार्यालय एक साताका लागि सिल हुने बीमा समितिले जानकारी दिएको छ । बीमा समितिको कार्यालय सिल हुने भएपनि सेवाग्राहीलाई दिइने सेवा भने यथावथ रहेको बताइएको छ । अब बीमा समितिका कर्मचारीहरुले भोलिबाट वर्क फ्रम हम अर्थात घरबाटै काम गर्नु पर्ने भएको छ । बीमा समितिको भौतिक संरचना साँघुरो भएका कारण समिति सिल गर्न बाध्य भएको बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जानकारी दिए । ‘हाम्रो भौतिक संरचना साघुँरो छ, कार्यालयमा नै कोभिड देखिएको अवस्थामा काम गर्न सहज भएन, एक हप्ता हामीले कार्यालय बन्द गर्ने निर्णय गरेका छौं, अब एक हप्तापछि अवस्था हेरेर पुनः कार्यालयबाटै कर्मचारीहरुले काम गर्नु हुनेछ’, उनले भने । बीमा समितिमा विभिन्न सामाग्रीहरु प्रयोग गर्दा एक अर्कामा कोभिड–१९ सर्न सक्ने सम्भावना अत्याधिक रहेकोले कार्यालय सिल गरेर घरबाटै काम गर्नु वाहेको विकल्प नरहेको समिति बताउँछ ।
युएइको अल फरदान एक्सचेन्ज मार्फत जिएमई रेमिटबाट पैसा पठाउँदा जित्नुहाेस् उपहार
काठमाडाैं । युएइको अल फरदान एक्सचेन्ज र जिएमई रेमिटले दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहरकहरुको लागि आकर्षक उपहार योजना घोषणा गरेको छ । यस योजनामा हरेक हप्ता लक्की ड्र मार्फत बिजेता घोषणा गरी आकर्षक उपहार प्रधान गरिनुकाे साथै ६ लाख सम्म बम्पर उपहार प्रदान गरिने रेमिटले जनाएकाे छ । यस योजनामा भाग लिनकाे लागि युएइको अल फार्डेन एक्सचेन्ज मार्फत जिएमई रेमिटबाट पैसा पठाउनु पर्नेछ । यो योजना नोभेम्भर १४ सम्म लागु हुनेछ । यस अवधिभरी युएइको अल फरदान एक्सचेन्ज मार्फत जिएमई रेमिटबाट पैसा पठाउने सम्पुर्ण सेवाग्राही यो उपहार योजनामा स्वत सहभागी हुनेछन् ।