पोखरा विश्वविद्यालयले दुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्ने
पोखरा । पोखरा विश्वविद्यायले दुई महिना भित्र शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ । शुक्रबार पोखरामा विश्वविद्यालयका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलेलसँगको नीतिगत छलफलपछि विश्वविद्यालयले दुुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो । विश्वविद्यालयले गण्डकी प्रदेश त्यस आसपासका क्षेत्रका मेडिकल कलेजहरूलाई सम्बन्धन दिने र अन्य विश्वविद्यालयमा पढाइ नभएका विषय समावेश गर्ने छलफल भएको विश्वविद्यालयका रजिष्ट्रार दीपक भण्डारीले जानकारी दिए । उनका अनुसार विश्वविद्यालयमा पिजियोथेरापी र अप्टोमेटिप विषयको अध्यापनको तयारी भइरहेकोछ । जसका लागि अहिले भौतिक संरचनाको काम भइरहेको छ । यसअघि बसेको विश्वविद्यालयको सभाले नयाँ विषय र मेडिकल कलेजको सम्बधन दिने विषयमा समेत निर्णय गरिसकेको थियो । छलफलमा मन्त्री पौडेलले मुख्यगरी तीन विषयमा ध्यान दिन आग्रह गरे । उनले भौतिक पूर्वाधार, नयाँ विषय र अन्य विश्वविद्यालयभन्दा फरक कोर्स तयार गर्न सुझाव दिएका छ । विश्वविद्यालय सुधारका लागि कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आवश्यक छलफल गर्ने मन्त्री पौडेलको भनाइ छ । ‘विश्वविद्यालय सुधारका लागि अन्य विश्वविद्यालयका पदाधिकारीसँग छलफल भइरहेको छ,’ उनले भने, ‘नयाँ योजना र नीतिगत विषयलाई जोड दिनुस्, आवश्यक परे प्रधानमन्त्रीसँग कुरा गर्छु ।’
लोक सेवाको स्थगित परीक्षाहरु फागुन ७ गते देखि
काठमाडाैं । स्थगित भएको लोक सेवा आयोगका परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुने भएका छन् । आयोगकाे बुधबार बसेकाे बैठकले काेराेना भाइरसकाे कारण स्थगित भएकाे परीक्षा फागुन ७ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेकाे हाे । आयोगले तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह (अप्राविधिक/प्राविधि), शाखा अधिकृत वा सो सरह ढप्राविधि) र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको छ ।
त्रिविका स्थगित परीक्षा फागुन १ गतेदेखि हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका स्थगित परीक्षा फागुन १ गतेदेखि हुने भएको छ । त्रिवि अन्तर्गतकाे परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सूचना जारी गर्दै स्थगित परीक्षाको तालिका प्रकाशित गरेको हो । तालिका अनुसार स्थगित परीक्षाहरु फागुन १ गतेबाट हुने भएको छ । कोभिड-१९ संक्रमण तीव्र रुपले बढेपछि त्रिविले माघ मसान्तसम्मको लागि तय भएको सेमेष्टर तथा वार्षिक परीक्षाहरु स्थगित गरेको थियो ।