मेडिकल शुल्कबारे गृहमन्त्रीको ध्यानाकर्षण  

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा मेडिकल कलेजले लिएको शुल्कका सम्बन्धमा गराएको ध्यानाकर्षणलाई आफूले गम्भीरतापूर्वक लिएको बताएकी छिन् । सात विद्यार्थी सङ्गठनले आज मन्त्रालयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री खाँणले यस सम्बन्धमा परामर्श गरेर अघि बढ्ने आश्वासन दिएका छन् । ध्यानाकर्षणपत्र बुझाउनेमा नेपाल विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैठौँलगायत विद्यार्थी सङ्गठन थिए । मन्त्री खाँणले शिक्षा मन्त्रालयमार्फत यो विषय आएमा आफूलाई सहज हुने र शिक्षा मन्त्रीलाई पनि ध्यानाकर्षण गराउन आग्रह गरेका थिए । विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, मणिपाल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएर ज्याजति गरेको भन्दै छानबिन गरी दोषी भेटिए कारबाही गर्न माग गरेका छन् । रासस

दुगड ग्रुपले २५ जना विद्यार्थीलाई उच्च शिक्षा अध्यनको लागि छात्रवृति दिने

काठमाडौं । एम भी. दुगड़ ग्रुपले २५ जना विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि छात्रवृति घोषणा गरेको छ । कम्पनीले अध्यक्ष मोतीलाल दुगडको ७५ औं जन्मोत्सव अवसरमा आर्थिक स्थिती कमजोर भएका २५ विद्यार्थीको लागि छात्रवृति घोषणा गरेको हो । कम्पनीले अध्यक्ष दुगडको जन्मोत्सवको अवसरमा देशभर रहेको शाखामा रक्तदान कार्यक्रम गरी ६६६ युनिट रगत संकलन गरेको छ । यति मात्र नभएर कम्पनीले सोलुखुम्बु र रामेछाप जिल्लामा निशुल्क आँखा शिविर पनि संचालन गरेको छ । पुस १८ गते मंगलबार देखि २३ गते शनिबारसम्म सोलुखुम्बु र रामेछाप संचालित शिविरमा ९५० जनाले आँखा जाँच गरेका थिए । जसमध्ये ६० जनाको मोतियाबिन्दुको र ३ जनाको आँखामा मासु पलाएकाहरुको सफल शल्यकृया गरिएको थियो । त्यसैगरी कम्पनीका सम्पूर्ण कर्मचारीहरुले देशव्यापी रुपमै वृहत वृक्षरोपण गर्नेुको साथै विरगंजमा अवस्थित मानव सेवा आश्रमका ६४ जना वृद्धाहरुलाई खाना खुवाएका छन् ।    

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले सीसीएमसीसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । बिदाको मोडालिटीका बारेमा केही बेरमा सूचना निकाल्ने तयारी भएको मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिए । आईतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को व्यवस्थापन समितिको बैठकको माघ १५ गतेसम्म विद्यालयमा हिउँदे बिदा दिन सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा मन्त्रालयले विद्यालय बन्दको निर्णय गरेको हो ।