७० प्रतिशत मत ल्याएर चुनाव जित्छु–शेखर गोल्छा
नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् उद्यमी शेखर गोल्छाले । हाल एशोसिएट उपाध्यक्ष रहेका गोल्छाको लागि महासंघको टप नेतृत्वमा पुग्ने यो अन्तिम खुड्किलो हो । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए भने तीन वर्षपछि स्वतः अध्यक्ष बन्ने छन् । नेपालका पुरानो र ठूलो व्यवसायिक घराना गोल्छा हाउसबाट प्रतिनिधित्व गर्ने भएकोले पनि उनको उम्मेदवारी बढी चासो र महत्वको बनेको छ । के छन् त शेखर गोल्छाको चुनावी अजेण्डा, तयारी, रणनीति र गतिविधि ? प्रस्तुत छ गोल्छासँग सम्पादक रामकृष्ण पौडेलले गरेको विकास वहस । चुनावमा भोट माग्दा के के एजेण्डा राख्नुभएको छ ? चेम्बर आन्दोलनमा मैले दुई दशकभन्दा बढी समय दिएको छु र महासंघको कार्यसमिति सदस्य तथा उपाध्यक्ष गरी १० वर्ष काम गरेको छु । म महासंघको नेतृत्व गर्न सक्षम छु र मैले नेतृत्वको लागि उम्मेदवारी दिएको छु । म बरिष्ठ उपाध्यक्षमा उठेको छु । चुनाव जितेपछि पहिलो तीन वर्ष अध्यक्ष भवानी राणालाई सघाउँछु । उहाँको भिजन, मिसनलाई सफल बनाउन मद्दत गर्छु । संशोधिन विधानको मर्म पनि यहि हो । त्यसबाहेक मेरा केही सपना छन् । उद्योग वाणिज्य महासंघलाई थिङ ट्याङको रुपमा विकास गर्न चाहान्छु । यसको सचिवालय चुस्त दुरुस्त बनाउन चाहान्छु । सचिवालयलाई जिम्मेवार र पारदर्शी बनाउन चाहान्छु । जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको लागि सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसँग समन्वय गरी अलि बढी कार्यक्रम ल्याउन प्रयास गर्ने छु । त्यस्तै, मैले अहिले काम गरिरहेका श्रम ऐन, सामाजिक सुरक्षा ऐन अन्तिम चरणमा पुगेको छ, त्यसलाई संसदबाट पास गराउनेतर्फ काम गर्नेछु । भोट माग्ने क्रममा भोटरहरुले तपाई समक्ष कस्ता माग राखे ? महासंघका सदस्यहरुले कस्तो सेवाको अपेक्षा राखेका छन् ? महासंघमा १०४ जिल्ला नगर उद्योग वाणिज्य संघ सदस्य छन् । ९९ वस्तुगत संघ सदस्य भएका छन् । ८०० भन्दा बढी एसोसिएट सदस्यहरु छन् । सदस्यता बढ्ने क्रम तीब्र रुपमा बढेको छ । नेपाल उद्योग वाणिज्य महासंघको हाइट धेरै बढीसकेको छ । महासंघका सबै सदस्यहरु कुनै न कुनै रुपमा महासंघका गतिविधिमा सहभागी हुन चाहान्छन्, जोडिन चाहान्छन् । चुनावी अभियानको क्रममा म ५० जिल्लामा भ्रमण गरेँ । जिल्ला उद्योग वाणिज्य संघका साथीहरुको कुरा सुनेँ । ७० प्रतिशत समस्या समान छन् । ती समस्या समाधान गर्न हामी सबै लाग्ने हो । मैले केमा जोड दिएको छु भने समस्या समाधान गर्नुमात्र महासंघको काम होइन, नयाँ अवसरको खोजी गर्नुपर्छ, जसले अझ बढी उद्योग र व्यापार फस्टाओस, अझ बढि समृद्धि छाओस । ५० वटा जिल्ला भ्रमण गर्दा क–कसलाई के–के कमिटमेन्ट गर्नुभयो ? जिल्लाहरुमा मुख्य तीन प्रकारका समस्या छन् । पहिलो, स्थानीय समस्या छन्, जस्तै कही सडकको कमी छ, कही पुल छैन, कही सीमानाका समस्या छन् । दोस्रो, नीतिगत समस्या जस्तै, थ्रेसहोल्डको समस्या, मिसम्याचको समस्या, करका दरको समस्या । उनीहरु चाहान्छन् कि यस्तो समस्या केन्द्रले उठाईदियोस् । तेस्रो, सम्बन्धको समस्या छ जस्तै, ओडीओपी, ओभीओपी, महासंघ र जिल्ला तथा नगर उद्योग वाणिज्य संघबीच मिलेर गरिएका अन्य कार्यक्रम । ती समस्याहरु समाधान गर्ने मेरो प्रतिवद्धता हो । मैले हेलिकप्टर चार्टर गरेको सत्य हो । धेरै ठाउँमा गाडीमा गए र केही जिल्लामा हेलिकप्टर मै गए । हेलिकप्टर चार्टर मेरो निजी खर्चमा भएको छ । मसँग क्षमता छ भने मैले किन खर्च नगर्ने ? तपाईले चुनाव जित्नुहुन्छ ? म ढुक्क छु, चुनाव जित्छु । मत मेरो पक्षमा छ । ७० प्रतिशत मत पाएर चुनाव जित्छु । जित्नुभयो भने हार्ने टिमप्रति कस्तो व्यवहार गर्नुहुन्छ ? उनीहरुलाई पनि टिममा सामेल गरेर महासंघलाई अगाडि बढाउने छु । हार्नुभयो भने ? किशोर प्रधानजीलाई सबैभन्दा पहिला म माला लगाईदिन्छु, बधाई दिन्छु र उहाँलाई सहयोग गर्ने विश्वास दिएर बाहिरिने छु । तपाईको प्रतिस्पर्धी किशोर प्रधानको कमजोरी के हो ? किशोर दाईलाई मैले चिनेको २५ वर्ष भईसक्यो । उहाँले चेम्बर मुभमेन्टलाई, महासंघलाई धेरै योगदान दिनुभएको छ । तर अहिले महासंघको नेतृत्व लिनको लागि उहाँ भन्दा म बढी सक्षम छु । यसपटक निर्वाचित हुनु भनेको आगामी ६ वर्ष महासंघको नेतृत्व गर्ने जिम्मेवारी तपाईले पाउनु हो । ६ वर्षमा महासंघमा के के परिवर्तन ल्याउनुहुन्छ ? आगामी १० वर्षमा देशले पुरै काचुली फेर्नेछ । महासंघले फेर्ने होइन, देशविकासको महत्वपूर्ण आधार बनेको छ । संविधान बनेको छ, चुनाव हुँदैछ, देशमा राजनीतिक स्थायीत्व हुँदैछ र आर्थिक विकासका अजेण्डाले प्राथमिकता पाउँदैछ । आर्थिक विकासको अभियानमा महासंघ धेरै भन्दा धेरै मानिसलाई सहभागी गराउन चाहान्छ । नीजि क्षेत्रको क्षमता विकासका लागि देश विदेशबाट लिन सक्नेसम्मको सहयोगलाई लिएर जिल्ला जिल्लामा पुर्याउने काम गर्नेछु । ठूला साना सबै उद्योगलाई म एउटै तराजुमा राखेर हेर्नेछु । त्यसको लागि सचिवालय बलियो बनाउनुपर्छ । महासंघको हेरेक चुनावमा हरेक उम्मेदवारको नारा बन्दै आएको छ ‘सचिवालय सुधार’ । अहिले पनि तपाई महासंघको पावरफुल उपाध्यक्ष हुनुहुन्छ तर सचिवालयको कार्यकारी प्रमुख पद विगत एक वर्षदेखि खाली छ । महासंघको सचिवालयले पूर्व अध्यक्षहरुलाई चिठ्ठी पनि पुर्याउँदैन भन्ने कुरा बारम्बार आएको छ । तपाईले गर्न चाहेको सुधार के हो ? मेरो स्पेशलाईजेशन पिपुल म्यानेजमेन्टमा हो, सिस्टम म्यानेजमेन्टमा हो । म यस्तो अर्गनाईजेशनबाट आएको व्यक्ति हुँ जसले १६ हजार मानिसलाई रोजगारी दिएको छ । नेपालमा पहिलोपटक उद्योग खोल्ने अर्गनाईजेशनबाट आएको छु । प्रोफेशनल म्यानेजमेन्ट कसरी गर्नुपर्छ मलाई राम्रो ज्ञान छ । महासंघमा पनि प्रोफेशनल म्यानेजमेन्ट जरुरी छ । प्रोफेसनल डिजी आवश्यक छ, त्यहाँका कर्मचारीको क्षमता विकास गर्नुछ । त्यसपछि सचिवालयको कार्यसम्पादन क्षमतामा सुधार आउनेछ । आईटीको प्रयोग गरेर कम्यूनिकेशन सिस्टममा सुधार जरुरी छ । जिल्लाको समस्याहरुको बारेमा लगबुक मेन्टेन गरेर समाधान गर्दै जानुपर्छ । हरेक प्रोसेस पारदर्शी बनाउँदै जानुपर्छ । तपाईले महासंघको सचिवालयको मात्र सुधारको कुरा गर्नुभयो । केही जिल्ला नगर उद्योग वाणिज्य संघ, बस्तुगत संघ कार्यलय विहिन/अस्तव्यस्त छन्, उनीहरुको क्षमता विकासबारे तपाईको योजना के छन् ? तपाईको भनाई ठिक छ । धेरै जिल्ला तथा नगर उद्योग वाणिज्य संघको सचिवालय राम्रो र व्यवस्थित छ । केही कमजोर छन् । बस्तुगत संघहरुको पनि क्षमता विकास जरुरी छ । त्यसतफै पक्कै पनि हामी केही काम गर्छौ । सचिवालयमा राख्ने भनिएको थिङक ट्याङकले के काम गर्छ ? सचिवालयमा विज्ञ समूह बनाउँछौ । त्यो समूहले हरेक साता वा १५/१५ दिनमा हरेक आर्थिक गतिविधिलाई सुक्ष्म अध्ययन गरी त्यसबाट पर्ने असरबारे रिपोर्ट दिन्छ । त्यो रिपोर्टको आधारमा हामी सरकारलाई सुझाव दिन्छौं । सबैलाई थाहा छ कि नेपालमा उद्योग नखुल्नु, रोजगारी सिर्जना नहुनु, आन्तरिक उत्पादन कम हुनु, आयात बढ्नु, निर्यात नबढ्नु अर्थतन्त्रको मुख्य समस्या हुन् । अर्थविद्हरुले भनिरहेका छन् कि उद्योग चाहियो जसले रोजगारी पनि बढाउँछ, निर्यात पनि बढाउँछ । औद्योगिकरणको विषयलाई तपाईले चुनावी नारा किन बनाउनु भएन ? कुल ग्राहस्थ उत्पादनमा उद्योगको योगदान घट्दै गएको छ । पहिला १४ प्रतिशत थियो, अहिले ५ प्रतिशत मात्र छ । यसमा २/३ वटा कारण छन् । जब सरकार राजश्वमुखी बन्छ, नीजि क्षेत्र व्यापार तिर जान्छ । जब सरकारले रोजगारी सिर्जन गर्ने, उत्पादन बढाउने नीति लिन्छ तब उद्योग पनि खुल्न थाल्छन् । तर राजनीतिक अवस्थामा सरकार पनि राजश्वमुखी भयो, देश व्यापार तिर गयो, रोजगारीको लागि मानिस विदेश जान बाध्य भए । आर्थिक रुपमा कमजोर संघको क्षमता विकासमा खर्च भएको छ भने म त्यसलाई गलत भन्दिन र यस्तो खर्चलाई चुनावसँग जोड्न मिल्दैन । तर निजी स्वार्थको वा भोटको लागि खर्च भएको छ भने त्यो गलत हो, त्यो गलत काम म गर्दिन । एक त उद्योगको लागि बजार सानो छ । दोस्रो, बिजुली थिएन, उद्योग मैत्री ऐन कानुन भएन । पूर्वाधार कमी थियो । पछिल्लो समय विद्युत आपूर्तिमा सुधार भएको छ, ऐन कानुनमा सुधार आएको छ, सरकारले पूर्वाधार निर्माणमा बजेट बढाएको छ । अब उद्योगको लागि अनुकूल वातावरण बन्दैछ । महासंघको नेतृत्वले यसतर्फ महत्वपूर्ण भूमिका खेल्नुपर्छ । राजनीतिक नेतृत्व वा प्रशासनिक संयन्त्रले जहिले पनि आलोचना गर्दै आएको छ कि निजी क्षेत्रमा स्वच्छ व्यवसाय गर्ने संस्कारको विकास हुन सकेन । स्वच्छ व्यवसाय गर्नेलाई प्रोत्साहित गर्न महासंघले किन काम गरिरहेको छैन र स्वच्छ व्यवसायकि वातावरण निर्माण गर्ने एजेण्डा महासंघको चुनावमा किन उठ्दैन ? मुल्य अभिवृद्धि कर लागु भएपछि नेपालमा कर प्रणालीमा धेरै सुधार आएको छ र फेयर विजनेशको वातावरण बन्दै गएको छ । मलाई लाग्छ, ९० प्रतिशत बिजनेश ट्याक्सको परिधिमा छ, पारदर्शी छ । खुला बजार बढी नाफा लिन प्रयास गर्नु गलत होइन । अब विधानको बारेमा कुरा गरौं । महासंघले पूर्वअध्यक्षहरुको असन्तुष्टिका बीच विधान संशोधन गर्यो । अहिले पनि पूव अध्यक्षहरु विधान संशोधन गर्नु गल्ती थियो, भूल भयो भनेर सार्वजनिक रुपमा बोलिरहनु भएको छ । पूर्वअध्यक्षहरुले गलत व्याख्या गरिरहेका हुन् कि तपाईहरुले महासंघलाई गतल बाटोमा लग्दै हुनुहुन्छ ? विधान संशोधनले महासंघ अझ सुधार हुँदैछ । वरिष्ठ उपाध्यक्षले तीन वर्षसम्म आफूलाई ग्रुम गर्न पाउँछ, विभिन्न क्षेत्रलाई नजिकबाट हेर्न पाउँछ । वरिष्ठ उपाध्यक्षले अध्यक्षता लिनको लागि राजनीति गर्नु आवश्यक पर्दैन । जब बरिष्ठ उपाध्यक्ष हुन्छ तब राजनीतिकबाट मुक्त पनि हुन्छ । बरिष्ठ उपाध्यक्ष भएको तीन वर्षपछि विधानअनुसार अध्यक्ष भईहाल्छ । उसले सहि तरिकाले काम गर्न पाउँछ । यो कुनै नौलो प्रयोग पनि होइन । फिक्की, सीआईआई, सीएनआईमा पनि छ । त्यसकारण विधान संशोधन संस्थाको लागि एकदमै राम्रो निर्णय हो । ‘जब बरिष्ठ उपाध्यक्ष हुन्छ तब राजनीतिकबाट मुक्त पनि हुन्छ’ भन्ने भनाई त वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणाको व्यवहारले गलत सावित गरिसक्यो नि । तपाईलाई भन्दा बढी चुनाव उहाँलाई लागेको देखिन्छ ? मलाई त्यस्तो लाग्दैन । आफूपछिको नेतृत्वमा बेटर मान्छे आवस भन्ने चाहाना सबैलाई हुन्छ । मलाई लाग्छ उहाँ त्यही भूमिकामा हुनुहुन्छ । विधान संशोधनको महत्वपूर्ण भाव के थियो भने अध्यक्ष पदमा चुनाव धेरै महँगो, जटिल भयो, चुनावमा ग्रुपिजम भयो, निर्वाचनपछि पराजित समूहले महासंघलाई सहयोग गरेन । तर विधान संशोधनपछि वरिष्ठ उपाध्यक्षको निर्वाचन अध्यक्षको भन्दा महँगो, पेचिलो, ग्रुपिजम देखियो नि ? म यसमा दुईवटा कुरा भन्छु । एउटा चुनाव नीतिगत रुपमा गलत काम होइन, प्रजातान्त्रिक अभ्यास हो र यसले संस्थालाई बलियो नै बनाउँछ । चुनाव जितेपति अहंकार गर्नु, हारेपछि प्रतिशोध लिन समस्याको जड हो । यो मनस्थितिबाट हामी बाहिर जानुपर्छ । हुनसक्छ चुनाव पहिला अध्यक्षको जस्तै अहिले वरिष्ठ उपाध्यक्ष पदको लागि हुन्छ । तर तीन वर्षपछि कुलिङ टाइम हुन्छ । त्यसपछि सबैको अध्यक्ष बन्न सक्छ । अर्कोकुरो पहिला पहिला भन्दा अहिलेको चुनाव महँगो छैन, कम खर्च भएको छ । विगतका चुनावमा अध्यक्षको उम्मेदवार गाडी लिएर भोट माग्न जिल्ला भ्रमणमा जान्थे, तपाई हेलिकप्टर लिएर भोट माग्न जानुभयो, कसरी भयो सस्तो चुनाव ? यो सरकारी चुनाव होइन । करको दुरुपयोग गरेर, राज्यको ढुकुटी खर्च गरेर हेलिकप्टर उडाएको पनि होइन । महासंघको चुनाव निजी क्षेत्रको चुनाव हो, उद्योग व्यवसायीको चुनाव हो । सरकारी निकायको चुनाव भन्दा महासंघको चुनाव अलि खर्चिलो हुन्छ । मैले हेलिकप्टर चार्टर गरेको सत्य हो । धेरै ठाउँमा गाडीमा गए र केही जिल्लामा हेलिकप्टर मै गए । हेलिकप्टर चार्टर मेरो निजी खर्चमा भएको छ । मसँग क्षमता छ भने मैले किन खर्च नगर्ने ? मैले कर तिरेको ह्वाइट मनि खर्च गरेको हुँ । मैले कर तिरेर कमाएको पैसा साथीहरुको सुख दुःखमा खर्च गर्छु भने त्यो कसरी गलत हुन सक्छ ? मैले गलत गरे भन्ने मलाई लाग्दैन । म फेरी पनि महासंघको काममा आवश्यक पर्दा हेलिकप्टर चार्टर गर्छ । उद्यमी व्यापारीहरुले घरमै हेलिप्याड राख्नु, निजी हेलिकप्टर तथा प्लेन राख्नु, आफ्नो कामको सिलसिलामा निजी प्लेनमा यात्रा गर्नु नयाँ कुरा होइन, विश्वभर देखिएकै विषय हो । तर महासंघमा अध्यक्षको लागि भन्दा उपाध्यक्षको लागि चुनाव महँगो भयो कि भन्ने मेरो प्रश्न ? चुनावको क्रममा ५० वटा जिल्ला घुम्दा मैले एक पटक पनि वालेट निकालिन । डिजेलको लागि मैले पैसा तिरेँ हेलिकम्पटरको पैसा मैले तिरेँ । होटलमा बस्न, खान, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्न लागेको खर्च सबै जिल्लाका साथीहरुले गरे । जिल्लाका साथीहरु सक्षम छन्, मैले खर्च गर्नु परेन । यो उद्योगी व्यापारीको चुनाव हो । अलिकति खर्च पक्कै पनि हुन्छ । बुटवलमा भव्य ठूलो कार्यक्रम भयो । ६० जिल्लाबाट साथीहरु आए । मैले एक पैसा खर्च गर्नु परेन । हेटौडामा, जनकपुरमा, विराटनगरमा, नेपालगञ्जमा धेरै ठूला कार्यक्रम भए, मैले र राजधानीबाट गएका मेरा साथीहरुले एक पैसा पनि खर्च गर्नुपरेन, सबै जिल्लाका साथीहरुले खर्च गरे । तर पैसा तिरेर भोट किनेकोसम्म आरोप लाग्छ । त्यो सबै गलत हो । तपाईले उठाउनुभयो भोट किन्ने कुरा । महासंघका पूर्वअध्यक्षहरुले अनौपचारिक कुराकानीमा भन्नुहुन्छ, चुनाव जित्न अन्तिममा जिल्लाको १५ देखि १७ भोट किन्नै पर्छ । यो चुनावका भोट किनबेच हुन्छ कि हुन्न ? हुँदैन । आर्थिक रुपमा कमजोर संघको क्षमता विकासमा खर्च भएको छ भने म त्यसलाई गलत भन्दिन र यस्तो खर्चलाई चुनावसँग जोड्न मिल्दैन । तर निजी स्वार्थको वा भोटको लागि खर्च भएको छ भने त्यो गलत हो, त्यो गलत काम म गर्दिन । जमाना पहिला जस्तो छैन । १०४ उद्योग वाणिज्य संघ मध्ये ९० भन्दा बढीको आफ्नै भवन छ । जिल्ला, नगर, वस्तुगत वा एसोसिएट भोट पैसाले किनिन्छ भन्ने कुरा कसैले नसोचे हुन्छ । तपाईले महासंघमा आफ्नो परिवारले तीन पुस्तादेखि योगदान गरेको बताउँदै आउनुभएको छ । चुनावमा यो कुरालाई तपाईले जोड दिएर उठाउनुको कारण के हो ? यस संस्थासँग म भावनात्मक रुपमा जोडिएको छु । महासंघ बनाउने, देशभरका निजी क्षेत्रका संस्थालाई जोडेर बलियो संस्था बनाउने सोच राख्नेमा मेरा बुवा हुलासचन्द्र गोल्छा । महासंघको विधान उहाँले नै तयार गर्नुभयो । चेम्बरको लागि उहाँले धेरै समय दिनुहुन्थ्यो । संस्था बलियो भयो भने आफ्ना समस्या यी संस्थाबाट अगाडि बढाउन सकिन्छ भन्ने कुरा उहाँले मलाई बुझाउनु भएको थियो । महासंघको कुनै पनि कार्य समितिमा हाम्रो संस्थाको प्रतिनिधि रहन्थ्यो । यो संस्थालाई निरन्तर माया गर्ने र यो संस्थालाई बलियो बनाउने हाम्रो विगतको प्रयास सम्झाउन खोजेको हुँ । ५१ वर्षदेखिको सम्बन्ध, मेरो काम र क्षमताका मूल्याङकन हुन्छ र मलाई नेतृत्वको जिम्मेवारी दिनुहुन्छ भनेर नै मैले उम्मेदवारी दिएको हुँ ।
ठूला उद्योग, व्यापारीले सेयरमा लगानी गर्न थालेपछि सेयरको मूल्य बढ्यो -कमलेशकुमार अग्रवाल
पछिल्लो दुई सातामा सेयर बजारमा करिव २०० अंकले वृद्धि आयो । यसको कारण के हुन्, अब बजार कता जान्छ ? सेयर किन्ने कि बेच्ने, कुन कम्पनीको सेयर किन्ने धेरैको मनमा कौतुहलता छ । विगत २५ वर्षदेखि सेयर बजारमा निरन्तर लगानी गर्दै आउनुभएको लगानीकर्ता तथा नेपाल चेम्बर अफ कमर्शका महासचिव कमलेशकुमार अग्रवालसँग हामीले यिनै विषय सोधेका छौ । उहाँ नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका र एनएमबी बैंकका सञ्चालक पनि हुनुहुन्छ । यसअघि राष्ट्रिय बीमा संस्थानको पनि सञ्चालक हुनुहुन्थ्यो । प्रस्तुत छ अग्रवालसँग विकासन्युजले गरेको सेयरवार्ता : कमलेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका महासचिव तपाईको खास व्यवसाय के के हुन ? म धरानको सामान्य परिवारमा जन्मे हुर्केको मान्छे हुँ । २०४३ सालमा काठमाडौं आएर व्यापार गरे । गार्मेन्ट, कार्पेट, पश्मिना, पेपर लगायत विभिन्न सामानको व्यापार गरे । केही बन्द गरे, केही व्यापार अहिले पनि चलिरहेको छ । २०५८ सालमा म्याट्रेस उद्योग खोलेँ । उद्योग चलाउन गाह्रो छ । अहिले छोराले उद्योग हेर्छ । म पछिल्लो समय कर्पोरेट सेक्टरमा बढी संलग्न छु । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र एनएमबी बैंकमा सञ्चालक समिति सदस्य छु । त्यसभन्दा अघि मैले नेपाल डलौट कम्पनीको बोर्डमा लामो समय काम गरेँ । राष्ट्रिय बीमा संस्थानको सञ्चालक समितिमा, काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सञ्चाक समितिमा रहेर काम गरेँ । नेपाल चेम्बर अफ कमर्शमा महासचिव, माडवरी सेवा समितिमा उपाध्यक्ष छु । हरेक दिन दुई बजेअघि आफ्नो व्यापार हेर्छ, त्यसपछि कर्पोरेट सेक्टर, सोसियल सेक्टरका मिटिङहरुको, प्रोग्रामकहरुमा जान्छु । तपाईसँग दुई वटा पब्लिक कम्पनीको सञ्चालक हुनुहुन्छ, कति सेयर छ ? मेरो सिद्धान्त के हो भने हरेक वर्ष नाफाको ३० प्रतिशत सेयरमा लगानी गर्छु । २०४९/५० देखि मैले यसरी नै सेयरमा लगानी गर्दै आएको छु । तर म ठूलो लगानीकर्ता होइन । सानो लगानीकर्ताले धेरै ठूलो जोखिम लिएर लगानी गर्न सक्दैन । बजार बढ्दैमा बैंकबाट कर्जा लिएर आक्रामक लगानी म गर्दिन र बजार घट्दैमा म धैर्यता गुमाउँदिन । तपाई कतिखेरा सेयर किन्नुहुन्छ र कतिखेरा बेच्नुहुन्छ ? निश्चित समय त हुँदैन । म जहिले पनि राम्रा कम्पनीको सेयरमा मात्र लगानी गर्छु । किनेको भन्दा ४०/५० प्रतिशत मूल्य बढ्यो, नाफा राम्रो आयो भने बेच्छु र नाफा बुक गर्छु । नोक्सान भयो भने हमेसा बेच्दिन । लाभांश लिएर बस्छु । घाटा खाएर कहिल्यै सेयर बेच्नुहुन्न ? कहिलेकही घाटा खाएर पनि बेच्नुपर्छ । मसँग सेयर कारोबार गरेको २५ वर्षको अनुभव छ । कुनैबेला घाटा खाएर पनि बेचेको छु तर समग्रमा सेयर बजारमा राम्रो कमाएकै छु । यदि प्रमोटर सेयर पब्लिक बनाउन शुरु भयो भने पब्लिक सेयरको मूल्य घट्न थाल्छ त्यसले नयाँ र साधारण सेयरधनीलाई मर्कापर्छ । अहिले कुनै कम्पनीको पब्लिक सेयरको मूल्य २००० रुपैयाँ छ भने प्रमोटर सेयरको मूल्य १००० रुपैयाँ छ । यदि पब्लिक र प्रमोटर सेयर समान गर्ने हो भने त्यहि कम्पनीको सेयरको मूल्य १२०० रुपैयाँ हुनेछ । प्रमोटरलाई २०० रुपैयाँ फाइदा हुँदा पब्लिकलाई ८०० रुपैयाँ नोक्सान हुन्छ । यस्तो अवस्था आउनु राम्रो हो ? सरकारले यसलाई उचित मान्न सक्छ ? पब्लिकको प्रेसर सरकारले थेग्न सक्छ ? सेयर बजारमा घाटा खाएर राती निद्रा नलागेको अनुभव छ कि छैन ? कहिल्लै पनि त्यस्तो भएन । किनकी मैले आफ्नो व्यापारको नाफाको केही हिस्सा मात्र सेयरमा लगानी गर्दै आएको हुँ । कहिलेकही नोक्सान हुँदैमा आत्तिनु पर्ने अवस्था आएन । किनकी अर्थशास्त्रको नियम नै हो बजारमा कहिले मूल्य बढ्छ, कहिले घट्छ । एक पटक मूल्य घटेपनि पछि बढ्छ भनेर म धैर्यताका साथ बस्छु । तपाईले किनेको सेयरको मूल्य पनि बढेन, कम्पनीले वर्षौसम्म लाभांश पनि दिएन भने के गर्नुहुन्छ ? हो, त्यस्तो अवस्थामा सहेर बस्ने वा घाटामा बेच्ने । नेपालमा कम्पनीले दिने लाभांश वा कम्पनीको वित्तीय अवस्थाको विश्लेषण गरेर सेयरमा लगानी गर्ने अभ्यास छैन । बजारको शुरुवातमा नै गल्ती के भयो भने कम्पनीको संस्थापक सेयर ७० प्रतिशत हुनुपर्ने, सर्वसाधारणलाई ३० प्रतिशत दिनुपर्ने व्यवस्था गरियो । संस्थापक सेयर कारोबारमा नियन्त्रण गरियो, पब्लिक सेयर कारोबार खुुला गरियो । एउटै कम्पनीको समान मूल्य अंकित सेयरको बजार मूल्य फरक फरक हुने अवस्था सिर्जना गरियो । कम्पनीले दुबै सेयरलाई दिने लाभांश समान हो तर बजार मूल्यमा ठूलो अन्तर हुन्छ । त्यो नै गलत भयो । संसारमा कही नभएको विभेदकारी नीति नेपालमा लागू भयो । संस्थापक सेयर कारोबार आज कम मूल्यमा हुन्छ, कम मात्रामा कारोबार हुन्छ । पब्लिकको सेयर करिव दोब्बर मूल्ममा कारोबार हुन्छ । पब्लिक सेयरको कारोबार पनि बढी हुन्छ र मूल्यमा पनि धेरै उतारजडाब आउँछ । सेयरको आपूर्ति कम हुँदा मूल्य बढ्ने र आपूर्ति बढी हुँदा मूल्य घट्ने गरेको छ । तपाईसँग कति वटा कम्पनीको सेयर छन् ? कम्पनी भन्दा पनि क्षेत्रगत रुपमा हेर्नुपर्छ । अधिकांश वाणिज्य बैंक र बीमा कम्पनीको सेयर छ मसँग । यी कम्पनीको प्रमोटर र पब्लिक दुबै प्रकारका सेयर हुन्छन् । विज्ञ सञ्चालक भएकोले नेपाल लाइफको सेयर मसँग छैन । प्रमोटर सेयर किनेपछि थन्क्याउँछु किनकी ती सेयर किन्नुको उदेश्य लाभांश खानु नै हुन्छ । पब्लिक सेयर मूल्य बढेपछि बेच्ने उदेश्य हुन्छ । बजारमा भर्रखरै प्रवेश गरेका नयाँ लगानीकर्तालाई कस्ता कम्पनीको सेयर किन्न सुझाव दिनुहुन्छ ? कारोबारका हिसावले दैनिक जसो टप पाइपमा पर्ने वा टप टेनमा पर्ने कम्पनीको सेयर किन्नु राम्रो हुन्छ । कम्पनी राम्रो भएकोले नै ती कम्पनीको सेयर बढी कारोबार हुन्छ । नेपाल लाईफ एउटा उदाहरण हो । म भएकोले मात्र राम्रो भनेको होइन, विगतमा दिएको प्रतिफल, वर्तमान अवस्था, भविष्य पनि धेरै राम्रो छ यो कम्पनीको । त्यसैले यो कम्पनीको सेयर कारोबार पनि धेरै हुने गरेको छ । धेरै दिन टप फाइभमा हुुन्छ, घटेको बेलामा पनि टप टेनमा परेको हुन्छ । दोस्रो, बैंक र बीमा कम्पनीको सेयर किन्दा फाइदा छ । यी कम्पनीहरुको नाफा पनि बढ्छ, लाभांश पनि बढ्छ । कम्पनीहरु संस्थागत रुपमा बलिया हुँदै गएका छन् । यी संस्था पारदर्शि छन्, वेल रेगुलेटेड छन् । बैंकहरुको निक्षेपको व्याज बढाए तर मुद्दतीको मात्र । मुद्दतीको हिस्सा थोरै छ । तर बैंकहरुले सबै कर्जाको व्याज बढाए । यसले बैंकको नाफा बढाउँछ । बैंकहरुले पुँजी वृद्धिको क्रममा हकप्रद र बोनस सेयर दिने भएकोले पनि यो क्षेत्र राम्रो छ । बीमा कम्पनीहरुको भविष्य धेरै राम्रो छ । बीमाको पहुँच जम्मा ६/७ प्रतिशत मान्छेमा छ । यो बजार ८० प्रतिशतसम्म विस्तार हुने सम्भावना हन्छ । दीर्घकालिन सोचका साथ लगानी गर्नेले कम्पनीको वित्तीय अवस्था, विगत कस्तो थियो, अहिले कस्तो छ, कम्पनीको रेपुटेशन कस्तो छ, बोर्ड कस्तो छ, म्यानेजमेन्ट कस्तो छ सबै पक्षको गहिरो अध्ययन आवश्यक हुन्छ । प्रमोटर सेयर किन्ने हो भने यी पक्षको अध्यायन अत्यान्त जरुरी हुन्छ । तर साधारण सेयर किन्नेले यस्तो केही पनि हेरेका हुँदैनन् । मार्केट ट्रेनलाई उनीहरुले पछ्याएका हुन्छन् । पछिल्लो दुई साता सेयर बजारमा करिव २०० अंकको वृद्धि आयो, त्यसको कारण के हुन् ? अहिले सेयर मूल्य बढ्ने समय होइन । धेरै कम्पनीको बुक क्लोज भईसक्यो, लाभांश बाँढिसके । तर बजार बढ्यो । यसको कारण के हुन्छ भने स्थानीय तहको निर्वाचनको मिति घोषणा भयो । यो निर्वाचनपछि केन्द्र र प्रदेशको पनि निर्वाचन हुन्छ । राजनीतिक स्थायीत्व हुन्छ भन्ने सन्देश आयो । लगानीकर्तामा आत्मविश्वास बढ्यो । दोस्रो, पुँजी वृद्धि गर्नु पर्ने बाध्यताका कारण यो वर्ष बैंक तथा वित्तीय संस्थाहरुले रिजर्भमा भएको पैसा पनि बोनस सेयरको रुपमा वितरण गर्छन । बीमा कम्पनीहरुको पनि पुँजी वृद्धि हुन्छ भन्ने सन्देश बजारमा आएको छ । बीमा कम्पनीहरुले पनि बोनस र हकप्रद सेयर जारी गरेर नै पुँजी वृद्धि गर्ने हो । त्यसकारण मूल्य बढेको देखिन्छ । तेस्रो, विगत ३/४ महिनमा वित्तीय बजारमा तरलताको संकट थियो । त्यो हट्दै गएको छ । अब व्याजदर घट्छ भन्ने आधारमा पनि लगानीकर्ता सेयरमा लगानी गर्न थाले । चौथो, नेप्से १२/१३ सय हुँदा सेयर किन्नेहरुले अहिले राम्रो कमाए । त्यसले बजारमा अरु लगानीकर्तालाई पनि आकर्षित गर्यो । पाँचौ कारण के हो भने अहिले पनि उद्योग र व्यापारको वातावरण बनेको छैन । उद्योगी र व्यापारीहरु पनि सेयरमा लगानी गरेका छन् । छैटौ, राजधानीबाहिर पनि सेयर कारोबार शुरु भयो । लगानीको चाहाना भएको तर राजधानीमा मात्र कारोबार हुने भएकोले गर्न नसकी बसेका मानिसहरु सेयर बजारमा आए । त्यसैले कारोबार पनि बढेको छ । अहिलेको वृद्धि कति दिगो होला ? बजार धेरै नै संवेदनशिल छ । बजारमा धेरै स्पेकुलेशन छ । सानो सानो सूचनाले पनि बजारमा धेरै स्पेकुलेशन हुने गरेको छ । पब्लिक थोरै, प्रमोटर सेयर धेरै हुनु र पब्लिक र प्रमोटर सेयर मूल्यमा धेरै ग्याब हुनुले पनि बजारमा स्पेकुलेटरहरुलाई चलखेल सहयोग पुगेको छ । १० वर्ष पुराना बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकको स्वीकृतिमा क्रमशः प्रमोटर सेयर पनि पब्लिक सेयर बनाउन पाउने भए, अब त बजारमा पब्लिक र प्रमोटर सेयरको मूल्य अन्तर पनि कम हुँदै जाला नि, होइन ? प्रमोटर सेयर हिस्सा ७० प्रतिशतबाट ५१ प्रतिशतमा ल्याउन पनि धेरै समय लाग्यो, धेरै कठिन भयो । बाँकी प्रोटर सेयरलाई पनि पब्लिक बनाउने कार्य सजिलो छैन र छिट्टै हुने सम्भावना पनि छैन । यदि प्रमोटर सेयर पब्लिक बनाउन शुरु भयो भने पब्लिक सेयरको मूल्य घट्न थाल्छ त्यसले नयाँ र साधारण सेयरधनीलाई मर्कापर्छ । अहिले कुनै कम्पनीको पब्लिक सेयरको मूल्य २००० रुपैयाँ छ भने प्रमोटर सेयरको मूल्य १००० रुपैयाँ छ । यदि पब्लिक र प्रमोटर सेयर समान गर्ने हो भने त्यहि कम्पनीको सेयरको मूल्य १२०० रुपैयाँ हुनेछ । प्रमोटरलाई २०० रुपैयाँ फाइदा हुँदा पब्लिकलाई ८०० रुपैयाँ नोक्सान हुन्छ । यस्तो अवस्था आउनु राम्रो हो ? सरकारले यसलाई उचित मान्न सक्छ ? पब्लिकको प्रेसर सरकारले थेग्न सक्छ ? त्यसैले प्रोटर सेयरलाई पब्लिक सेयरमा कन्भर्ट गर्ने कार्य सजिलो छैन ।
पूर्वअध्यक्षहरुको कान्छी औंला नसमाएको मात्र हो, मसँग प्रतिवद्ध टिम छ-अनुपबहादुर मल्ल
अनुपबहादुर मल्ल, उपाध्यक्षको उम्मेदवार – नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालको बस्तुगत उपाध्यक्ष पदमा अनुपबहादुर मल्लले उम्मेदवारी घोषणा गर्नुभएको छ । महासंघमा अरु निर्वाचन प्यानल बनाएर प्रतिस्पर्धा गर्दै छन् तर मल्लले आफूलाई स्वतन्त्र रुपमा उम्मेदवार घोषण गर्नुभएको छ । उहाँको उम्मेदवारी किन ? कसरी चुनाव जित्ने योजना छ ? नेपाल कंग्री कार्पेट उद्योगका अध्यक्ष, नेपाली गलैंचा निकासीकर्ता संघको अध्यक्ष, नेपाल जर्मन चेम्बर अफ कमर्शका प्रथम उपाध्यक्ष समेत रहनु भएका मल्लसँग महासंघको निर्वाचनमा केन्द्रीत भएर गरिएको कुराकानी । महासंघको निर्वाचनमा दुई समूहबीच संगठित रुपमा प्रतिस्पर्धा हुँदैछ, तपाईले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गर्नुको कारण के हो ? मैले उद्योग वाणिज्य महासंघको कार्यसमितिमा चार कार्यकाल निर्वाचित भएर काम गरेको छु । त्यसअघि दुई कार्यकालमा उत्पादन वृद्धि समिति, गुणस्तर समिति, आयआर्जन समितिमा रहेर काम गरेको छु । विगत १८ वर्षदेखि म महासंघमा रहेर काम गर्दै आएको छु । मैले महासंघको निर्यात प्रवद्र्धन समितिमा रहेर धेरै महत्वपूर्ण कामहरु गरेको छु । उद्योग, व्यापार र सेवाका सबै क्षेत्रमा धेरै काम गरेको छु । मैले गरेको काम धेरै साथीहरुलाई थाहा छ । कार्यसम्पादन, अनुभव र मेरो क्षमताको आधारमा म महासंघको उपाध्यक्ष बन्न योग्य छु । साथीहरुले मलाई उपाध्यक्षमा उठ्न आग्रह गर्नुभएको छ । साथीहरुको आग्रह र नेतृत्वमा रहेर काम गर्ने आफ्नो चाहानाका साथ मैले उम्मेदवारी दिएको छु । अरु चुनावी प्यानल बनाएर प्रतिस्पर्धा गर्दै छन्, तपाई एक्लै कसरी जित्नुहुन्छ ? म एक्लै छैन । मलाई सहयोग गर्ने साथीहरु हुनुहुन्छ । मलाई जिताउन साथीहरु खटेर लागिराख्नु भएको छ । प्लेनको टिकट किनिदिएर, हेलिकप्टर चार्टर्ड गरेर, होटलमा बस्ने खाने सबै सुविधा दिएर जाउँभन्दा जो कोही साथीहरु पनि जान्छन् । साथीभाईसँग भेट पनि हुन्छ । रमाईलो पनि हुन्छ । तर त्यसरी जम्मा गरेको भीडले भोट दिन्छ भन्ने निश्चित छैन । दोस्रो, म पूर्व अध्यक्षहरुको कान्छी औला समातेर हिँडिरेको छैन । महासंघका पूर्वअध्यक्षहरु उम्मेदवारहरुको पक्ष र विपक्ष भाषण गर्दै हिड्नु राम्रो होइन । वहालवाता अध्यक्ष पशुपति मुरारका र अब बन्ने अध्यक्ष भवानी राणा एउटा समूहको चुनावी प्रचारमा हिड्नु पनि राम्रो होइन । भैरहवाको स्टेजको फोटो देखेर म त दङ्ग परे । निर्वाचनको बेलामा पक्ष र विपक्ष हुन्छ तर उहाँहरु निर्वाचनको मैदानमा नै उत्रनुभयो । यो ठिक कि बेठिक ? पत्रकारहरुले मूल्याङकन गर्ने, लेख्ने र बोल्ने विषय हो । महासंघका मतदाताहरुले मूल्याङकन गर्ने विषय हो । निर्वाचनमा नचाहिदो इन्भल्भमेन्ट भईराखेको छ । यसअघिको निर्वाचनमा सबैभन्दा बढी मत मैले पाएको थिएँ । ८७ भोट खसेकोमा ६७ भोट मैले पाएको थिएँ । त्यसअघि मैले एशोसिएटतर्फ लगातार तीन पटक निर्वाचन जितेको थिएँ । महासंघमा अघिल्लो निर्वाचनमा सबैभन्दा बढी मत ल्याउनेलाई यसपल्ट उपाध्यक्षको उम्मेदवार बनाउने अभ्यास छैन । त्यसैले म त यस पटकको उपाध्यक्षको स्वभाविक उम्मेदवार हुँ । मैले महासंघमा १८ वर्ष काम पनि राम्रो गरेको छु । साथीहरुको सपोर्ट पनि पाएको छु । त्यसैले मैले यस पटक उपाध्यक्षको उम्मेदवारी दिने निर्णय गरेको हुँ । हामीले हाम्रो टिम घोषणा गरेको हौं । तर तपाईको टिमका साथीहरू त अन्तै गए रे नि ? मैले अघि नै भने सित्तैमा प्लेनको टिकट पाएपछि, अरुले नै हेलिकप्टर चार्टर्ड गरिदिएपछि, सित्तैमा होटलमा बस्ने खाने सबै सुविधा पाएपछि घुमघाम गर्ने, रमाईलो हेर्ने मौका कस्ले छोड्छ ? कही मेला लाग्दै छ भनेपछि भीड हेर्न पनि मानिसहरुको भीड लाग्छ । वातावरण हेर्न पनि उहाँहरु जानु भयो । तर उहाँहरूले मलार्इ सहयाेग गरिरहनुभएकाे छ । ६० प्रतिशत साथीहरु महासंघको राजनीतिबाट दिक्क भएका छन् । उनीहरु स्वतन्त्र व्यक्तिलाई भोट दिन चाहान्छन् । साथीहरुले मेरो काम देख्नु भएको छ, मेरो हिम्मत देख्नुभएको छ । म जालझेल गर्दिन, स्पष्ट बोल्छु । आँटिलो र सक्षम व्यक्तिको रुपमा उहाँहरुले मलाई नै भोट हाल्नुहुन्छ । बस्तुगततर्फ उपाध्यक्षमा उठेका दुबै साथीहरु म भन्दा पछि महासंघमा लाग्नु भएको हो । काम गरेको हिसावले पनि उहाँहरु भन्दा म अगाडि छु । तपाईको टिममा १४ जना सदस्य उम्मेदवार हुन्छन् ? १४ जना उम्मेदवार बन्नैपर्छ भन्ने जरुरी छैन । कतिलाई समायोजन गर्नुपर्छ । अर्को टिममा भएका राम्रा साथीहरुलाई पनि हामीले एकोमोडेशन गर्नुपर्छ । निर्वाचनमा केही देखिने काम हुन्छन् त केही रणनीतिक कदम पनि हुन्छन् । तपाईलाई जिताउन पर्छ भनेर लाग्ने साथीहरु को को हुन् त ? सबैको नाम लिँदा केही साथीहरुलाई अप्ठ्यारो पर्छ । फेल्ट एशोसिएशनका, फ्रेट फरवार्डर एशोसिएश, केमिकल्स एण्ड मेडिकल्स इक्वीप्मेन्ट एशोसिएशन, कपडा तथा सिलाई संघ, मत्स्य व्यवसायी संघले खुलेर सहयोग गर्नुभएको छ । हाल बस्तुगत परिषद्मा रहेका हामी ४ जना उम्मेदवार नै भयौ, दिनेश श्रेष्ठसहित । हाल महासंघको कार्यसमितिमा रहेका साथीहरु मध्ये केही साथीहरुको संस्थामा नेतृत्व परिवर्तन भईसकेको छ र नयाँ साथीहरु आएका छन् । १४ सिटमा ९० प्रतिशत नयाँ उम्मेदवार रहनेछन् । निर्वाचनमा तपाईको अजेण्डा के हुन् ? उत्पादन, व्यापार र सेवा क्षेत्रको विकास सँगै गरियो भने मात्र देशको अर्थतन्त्र दरिलो हुन्छ । तीन वटै क्षेत्रलाई महत्व दिएर मैले थुप्रै काम गरेको छु । यी तीन क्षेत्रको विकासका लागि हामी १४ सदस्य मध्ये सबैले एक एक कल्सटरमा काम गर्ने गरि संरचना बनाइनेछ र जिम्मेवारी बाँडफाँड हुन्छ । अधिकार विकेन्द्रीत गरेर टिम वर्कको काम गर्नुपर्छ । चुनाव आउन अझै २० दिन बाँकी छ । तपाईले आफ्नो उम्मेदवारी समर्पण गर्ने सम्भावना कति छ ? रात पर्छ, दिन आउँछ । ऋतु परिवर्तन हुन्छ, परिस्थिति परिवर्तन हुन्छ । सम्भावना धेरै हुन्छन् । हप्ठ्याराहरुले हलचल ल्याउन सक्छ । अरु साथीले पनि निर्णय परिवर्तन गर्न सक्नुहुन्छ । अहिलेसम्म मलाई लाग्दैन कि मेरो उम्मेदवारी फिर्ता हुनेछ । महासंघको निर्वाचन महँगो भयो, बेथिति आए भनेर त्यसलाई सुधार गर्ने भनेर विधान संशोधन भयो, तर निर्वाचत पहिला भन्दा महँगो र थप प्रतिस्पर्धी भएको देखियो नि ? सबै कुरा तपाईले देखिरहनु भएको छ । उपाध्यक्षको उम्मेदवार हेलिकप्टर चढेर भोट माग्न हिड्नु भएको छ । प्लेन चार्टर्ड गरेर सभा सम्मेलनमा मान्छे जुटाईराख्नु भएको छ । तैपनि मलाई लाग्छ, पहिला भन्दा अहिले निर्वाचनको हलचल कम छ । हुनसक्छ, म स्वतन्त्र उठेकोले मैले भीड कम देखिरहेको छु । सामान्यतया जहाँ भीड छ, चनाव त त्यसैले चित्छ नि ? केही दिन अघिमात्र उत्तर प्रदेशमा निर्वाचन भयो । निर्वाचन क्यापेनको क्रममा भारतीय जनता पार्टीको सभामा जति भीड हुन्थ्यो, काग्रेस आईको सभामा पनि त्यतिकै भीड देखिन्थ्यो । तर परिणाम किन एक पक्षीय रुपमा मोदीको पक्षमा आयो ? भीडले चुनाव जितिदैन । अर्को कुरा पनि भन्छु म । अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा हिलारी क्लिन्टनले जित्छिन् भनेर सबै मिडियाले प्रचार गरे तर जित डोनाल्ट ट्रपको भयो । ६० प्रतिशत साइलेन्ट मत कसले पाउँछ भन्ने कुरा महत्वपूर्ण हो । भीड जम्मा गरेर चुनाव जितिन्छ भन्नु कमजोर मानसिकता हो । गएको निर्वाचनमा म पहिलो पटक बस्तुगततर्फबाट उठेको थिए । धेरै साथीले भन्थे, तँ नयाँ छस्, गाह्रो छ जित्न । तर मैले सबैभन्दा बढी मत पाए । यस पटक पनि हेर्नु न रिजल्ट । मसँग प्रतिवद्ध साथीहरु छन् । मैले त बस्तुगत तर्फ आन्तरिक निर्वाचन गरौ, जसले बढी मत पाउँछ उसैलाई उपाध्यक्ष बनाउँ भनेर प्रस्ताव गरेको थिएँ । साथीहरुले मान्नु भएन । आन्तरिक प्रतिस्पर्धामा साथीहरु डराउनुभयो । मेरो प्रस्ताव ठाडै अस्वीकार गर्नुभयो । त्यसैले मलाई चुनावसँग कुनै डर छैन ।