गहना बेचेर शुरु गरेकाे नाइटिङ्गेल स्कूलको भ्यालु अहिले एक अर्बभन्दा बढी छ– तेजुलाल चौधरी

कुनै बेला सरकारी स्कूलमा मावि तहको स्थायी शिक्षक हुनुहुन्थ्यो तेजुलाल चौधरी । जब उहाँलाई इच्छा विपारित विकट स्थानमा जबरजस्ती सरुवा गरियो, तब उहाँले जागिरै छाडेर नयाँ बाटो लिनुभयो । नयाँ भाग्यरेखा त्यहिबाट कोरियो । र, अहिले उहाँ नेपाली काँग्रेसको नेता, सांसद्, राज्यमन्त्री र शिक्षा क्षेत्रको सम्मानित व्यक्तित्व बन्नुभएको छ । उहाँले २०४९ सालमा स्थापना गरेको नाइटिङ्गेल स्कूल अहिले करिव २५ सय विद्यार्थी पढिरहेका छन् । यस स्कूलमा उहाँकै शब्दमा एक अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको छ । नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कूललाई नेपाल सरकारले २०७०, ७१ र ७२ सालमा लगातार राष्ट्र भरिकै उत्कृष्ठ स्कूल भनेर सम्मान गरेको छ । यस विद्यालयले बोर्ड फस्ट र नाइटिङगेल नर्सिङले टप विद्यार्थीहरु जन्माइरहेको छ । सप्तरी जिल्लाबाट २०७० र २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट लगातार दुई पटक निर्वाचित सांसद समेत रहनुभएका यस विद्यालयको अध्यक्ष तेजुलाल चौधरीसँग नाइटिङ्गेल स्कूल, निजी लगानीमा सञ्चालित विद्यालयलको भविष्य र सरकारको सम्भावित नीतिमा केन्द्रीत भएर कुराकानी गरेको छौं । तेजुलाल चौधरी, अध्यक्ष–नाइटिङगेल इन्टरनेशनल सेकेण्डरी स्कूल नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कूललाई एउटा अभिभावकको रुपमा कसरी बुझ्ने ? नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कूल आजभन्दा २५ वर्षअघि ललितपुर जिल्लाको कुपन्डोलमा स्थापना भएको हो । वैशाखदेखि स्कूल २६ वर्षमा प्रवेश गर्दैछ । परिश्रम गरौं, सम्मानित होउ भन्ने मुख्य धेय लिएर स्कूलको स्थापना गरेको हुँ । फ्लोरेन्स नाइटिङ्गेलको नामबाट खुलेको स्कूल हो । स्कूलको शुरुवाती अवस्थामा धेरै संघर्ष, दुःख गर्नु परेको थियो । मैले श्रीमतीको गहनासमेत बेचेर स्कूलमा लगानी गरेको थिएँ । स्कूल स्थापनाताका आफ्नै किसिमको इतिहास छ । नेपालको शिक्षा नियमावली २०४८ आउैगर्दा एकैचोटी हाइस्कूल स्वीकृत दिने चलन थियो । त्यसैलाई टेकेर सिधै हाइस्कूल खोलेको थिए । एकै पटक ६ क्लासदेखि ४०/५० जना विद्यार्थीहरुबाट स्कूल शुरुवात गरेको थिएँ । स्कूलले केही इतिहास कायम गरेको छ । नेपालको हरेक क्रियाकलापमा भाग लिने, विजय हासिल गर्दै आएको छ । यस स्कूलबाट १४ ब्याज विद्यार्थीले एसएलसी दिइसकेका छन् । हाम्रा विद्यार्थीहरुले राष्ट्र, अन्तर्राष्ट्रिय जगतमा विभिन्न क्षेत्रमा ख्याती कमाइसकेका छन् । मध्यम विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर स्कूल स्थापना गरिएको हो । ठूलो घरघरनाका नभइ कर्मचारीहरुको छोराछोरीहरु यस विद्यालयमा पढ्छन् । स्कूलमा पढाइ अतिरिक्त क्रियाकलाप, व्यक्तित्व विकास लगायतका हरेक क्षेत्रमा विद्यार्थीहरु सवल र अब्बल दर्जाका उत्पादन भएका छन् । हाल स्कूलमा अहिले २२ सय भन्दा बढी विद्यार्थीहरु अध्ययरत छन् । ११ र १२ कक्षा मा करिब तीन सय विद्यार्थी छन् । नर्सिङमा कोटा अनुसार १२० जना अध्ययनरत छन् । नर्सिङ कलेजतर्फ हामीले दुई पटक नेपाल टप गरिसकेका छौं । स्कूलमा धेरै पटक हामीले बोर्ड फस्ट ल्याएका छौं । शिक्षा मन्त्रालयले राष्ट्रको, क्षेत्रको उत्कृष्ठ विद्यालयको रुपमा धेरै पटक सम्मान गरेको छ, पुरस्कृत गरेको छ । हामीले सस्तो शुल्क लिएर गुणस्तरीय र प्राविधिक शिक्षा प्रदान गरिरहेका छौं । तपाई आफैले चाहीँ कस्तो स्कूल पढ्नु भएको हो ? म सरकारी स्कूल पढेको हुँ । पहिला म सरकारी स्कूल माविको स्थायी शिक्षक थिएँ । म ललितपुरकै सरकारी स्कूलमा जागिरे थिएँ । वदनियतपूर्ण मलाई ललितपुरकै पहाडमा सरुवा गरियो । त्यसपछि मैले स्कूल छोडेर आफै केही गर्छु भनेर अघि बढेको हुँ । अहिलेसम्म यस स्कूलमा कति लगानी गर्नुभएको छ ? जुत्ता नखोलिकन, खाना नखाइकन बिहानदेखि बेलुका रातदिन नभनिकन, परिवार, छोराछोरीलाई छोडेर भएपनि नेपालको टप स्कूल कसरी बनाउने भनेर धेरै वर्ष मिहेनत गरेँ । एक नम्बरमा कसरी ल्याउने मेरो एउटै उद्देश्य त्यही थियो । अहिले यो स्कूलको आफ्नै भवनहरु छन् । ४÷५ वटा भवनहरु छन् । भौतिक सुविधा सम्पन्न स्कूल भएको छ । नाइटिङ्गेलको, स्कूल, कलेज, नर्सिङको ब्राण्ड चल÷अचल सम्पत्ति बिक्री गर्नु पर्दा मूल्य कति राख्नुहुन्छ ? बिक्री गर्ने कुरा नगरौं । सबै जोड्ने हो भने, यसको भ्यालु एक अर्ब रुपैयाँ भन्दा बढी नै हुन्छ, घटी छैन । स्वास्थ्य र शिक्षा निजी क्षेत्रले होइन, राज्यले सञ्चालन गर्नुपर्छ भन्ने विचार बारम्बार आउँछ । यस्तो विचार सुन्दा आफ्नो लगानी कति सुरक्षित ठान्नुहुन्छ ? संविधानमा यो विषयमा ३ वटा कुरा प्रष्टै लेखिएको छ । कुनै पनि क्षेत्रमा सरकार, निजी र सहकारीबाट लगानीको हुनसक्छ । म आफै पनि पूर्व राज्यमन्त्री भएको नाताले नेपाल सरकारलाई निजी स्वास्थ्य र शिक्षालाई कसरी व्यवस्थित बनाउनेतर्फ ध्यान दिन आग्रह गर्दछु । सही व्यवस्थापन गर्नका लागि आग्रह गर्दछु । नेपाल सरकार तथा स्थानीय निकायहरुलाई सामुदायिक स्कूल, स्थास्थ्य क्षेत्रलाई सबैभन्दा पहिले सुधार्न सक्नुप¥यो । अरबौ÷खरबौं रकम सरकारले लगानी गर्छ । सरकारसँग रेकर्ड छ ? सरकारी स्कूल राम्रो भए किन बोर्डिङ खोल्नु प¥यो ? कुनै पनि अभिभावकले आफ्नो छोराछोरी राम्रो पढोस्, ठूलो मान्छे बनोस् भन्ने सोच्छन् । त्यही भएर सरकारी स्कूलहरुले त्यसलाई सम्बोधन गर्न नसकेपछि निजी तथा आवासिय विद्यालयहरुको जन्म भएको हो । यदि निजी स्कूलहरु नखुलेको भए धनढ्याहरु छोराछोरीहरु पहिलेको झै डार्जिलिङ, भारत लागयत देश पढ्न जान्थे । अहिले पनि कहीँ कतै गइरहेका छन् । गिटी बालुवा बोक्नेको छोराछोरी पनि निजी स्कूलमा पढ्छन् भन्नुभयो । साँच्चैकै पढ्छन् त ? शुल्क त महङ्गो नि ? हजार÷पन्ध्रसय रुपैयाँ शुल्क लिएर पनि निजी स्कूल सञ्चालन भएका छन् । अहिले पनि काँधका कपडा बेच्ने एक जैसुवालले आफ्नो दुई छोराहरुलाई यसै नाइटिङ्गेल स्कूल पढाएर इञ्जिनियर बनाए । यस्ता विद्यर्थीलाई नाइटिङ्गेलले क्षात्रवृत्ति दिएको छ । नाइटिङ्गेलमा विद्यार्थीको लागि शुल्क कति निर्धारण गर्नुभएको छ ? शुल्क एकदम सस्तो छ । ३ हजार ३ सयदेखि ४ हजार ५ सय रुपैयाँसम्म छ । वार्षिक भर्ना शुल्क १० देखि २१ हजार रुपैयाँसम्म छ । बीचमा कुनै शुल्क लाग्दैन । सरकारले शिक्षामा गरेको लगानी बालुवामा पानी खन्याएको भन्छन् नि, तपाईको यसप्रतिको बुझाइ कस्तो छ ? सरकारले जसरी शिक्षामा लागानी गरिरहेको ९० प्रतिशत रिटर्न आउदैन । १ क्लासमा भर्ना हुने बच्चा दशौं बाह्रौं लाख हुन्छन् । एसएलसी दिने समयमा ४ लाख मात्र हुन्छ । ५ लाख बच्चा कहाँ हराउछ थाहा छैन । हराएको बच्चालाई के गर्ने । के तालिम दिने, के शिप सिकाउने, कुन जातीका बच्चाहरु स्कूल छोड्छन् ? कस्ता बच्चाहरुले पढ्दैनन्, किन छोड्छन् ? अहिलेसम्म नेपाल सरकारले पार्टीकुलर रुपमा यस सम्बन्धि अध्ययन गरेको छैन । म विगतमा राज्यमन्त्री भएको थिए । शिक्षा क्षेत्रमा बसेर काम गरेको ४ वर्ष भयो । जति लगानी गरेता पनि पार्टीकुलर स्थानीय सरकारले २÷३ वटा कुरा गर्न सकेन भने सोचेअनुसारको शिक्षामा परिवर्तन आउन सक्दैन । एउटा सबैभन्दा पहिले ७५३ वटा स्थानीय तह छ । प्रत्येक स्थानीय तहको परीक्षाको प्रणाली छ । पाठ्यक्रम केन्द्रकै भएपनि स्थानीय सरकारको पनि आफ्नै पाठ्यक्रम हुन्छ । मेयर, स्थानीय प्रमुखहरु शिक्षामा राम्रो दख्खल राख्छन् । त्यहाँको शिक्षा राम्रो हुन सक्छ । हैन भने सबै ठाँउको शिक्षा राम्रो हुन सक्दैन । तत्कालै सरकारले नमूना कानून बनाएर केन्द्र, प्रदेश, स्थानीय सरकारले के–के गर्ने भनेर जिम्मा दिनुपर्छ । सरकारले प्राविधिक शिक्षामा जोड दिनु पर्छ । तराईवासीका, जनजाति, थारु लगायतका छोराछोरी शिक्षाबाट बञ्चित छन् । उनीहरुलाई समेट्न सरकारले आवासीय विद्यालयको अबधारणामा ल्याउनुपर्छ । नमूनाको रुपमा त्यस्ता विद्यालयहरु सञ्चाल गर्नुपर्छ । सरकारले १२ कक्षासम्म सम्पूर्ण व्यवस्था गरेर विद्यार्थीलाई निःशुल्क पढाउनु पर्छ । आगामी योजना के–के छन् ? नाइटिङ्गेलस्कूल अबको २/४ वर्षमा विश्वस्तरिय शिक्षा दिने सोचका साथ अघि बढेको छ । सम्पूर्ण सेवासुविधा सम्पन्न हुन्छ । जस्तै प्रतेक क्लासमा मल्टिमिडिया प्रोजेक्ट जडान गरिन्छ । यसैपालि २० ओटा क्लासमा जडान गर्दैछौं । विश्वको शिक्षासँग प्रतिस्पर्धा गर्ने हिसाबले अघि बढ्दैछौं । प्रविधि, सिकाइ लगायत हरेक दृष्टिकोणले प्रतिस्पर्धात्मक रुपमा अघि बढ्दैछौं । केही वर्षमै अन्तर्राष्ट्रिय स्कूलहरुसँग जोडिने योजना छ । विद्यालयमा आइटी सम्बन्धि प्रविधिहरु अहिले के–के छन् ? ३÷४ प्रकारका विभिन्न प्रविधिहरु प्रयोग गरिरहेका छौं । क्लासमा प्रत्येक दिन १/२ ओटा प्रोजेक्टर अथवा मल्टिमिडियाको प्रयोग गर्र्नु पर्ने व्यवस्था गरेकाछौं । कोर्ष तथा बाहिरको विषयमा मल्टिमिडियाको प्रयोग गरिन्छ । बच्चाहरु स्कूल पुग्यो पुगेन । स्कूल पुग्ने वित्तिकै घरमा म्यासेज जान्छ । गाडीमा चढ्ने बित्तिकै मोबाइलमा म्यासेज जान्छ । गाडी कहाँ पुग्यो ? अथवा जाममा छ भने अभिभावकले मोबाइलमार्फत थाहा पाउछन् । भएका सुविधाहरुलाई व्यापक रुपमा प्रयोग गरेका छौं । शुल्क तिरेको छ, छैन? बाँकी कति छ ? घरमै बसीबसी हेर्न सकिन्छ । स्कूल कलेजमा दक्ष जनशक्ति आकर्षित छैन । जनशक्ति व्यवस्थापन कसरी गर्नु भएको छ ? नेपालमा जनशक्ति अभाव ठूलो समस्याको रुपमा आएको छ । राम्रो जनशक्ति विदेश पलायन हुने अथवा आफै रोजगारी सृजना गर्ने, ठूला–ठूला बैंकहरुमा जागिर खान जाने लगायतका समस्या छन् । उनीहरु शिक्षा पेशातर्फ आकर्षण गर्न तथा भएकाहरुलाई पनि टिकाइ राख्न गाह्रो छ । उनीहरुलाई कति तलब दिदा बस्छन् । अनुमान गर्न गाह्रो छ । यद्यपि नाइटिङ्गेलमा २५ वर्षदेखि काम गर्ने शिक्षकहरु अझै करिब २० जना छन् । उनीहरुनै यो स्कूलको खम्बाको रुपमा रहेका छन् । १५ वर्ष जागिर गर्नेहरु ३०/४० जना छन् । हामी प्रत्येक वर्ष केही न केही तलब बढाउछौं । कम्तिमा पनि हामी शिक्षकलाई सरकारी स्केल बराबरको तलब दिन्छौं । अहिल राम्रो शिक्षक छन् भने उनीहरुको माग अनुसार तलब दिन्छौं । शिक्षकको माग अनुसार कति वर्षको लागि हो करार गरेर तलब दिने प्रचलन पनि आइसकेको छ । यहि स्कूल पढेका विद्यार्थीहरु करिब १०/१२ जनाले पढाउँछन् ।

टाईसुट लगाएर मात्र राम्रो होइन्न,मुटु बलियो हुनुपर्छ – सीर्इअाे शोभनदेव पन्त

शोभनदेव पन्त, प्रमुख कार्यकारी अधिकृत, बैंक अफ काठमाण्डू लिमिटेड शोभनदेव पन्त करिव आठ महिना अघिदेखि बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा हुनुहुन्छ । व्यवस्थापन विषयमा मास्टर डिग्री हासिल गर्दा त्रिभुवन विश्वविद्यालयमा उत्कृष्ट भएर ‘गोल्ड मेडल’ पाउनु भएका पन्त विगत ३३ वर्षदेखि निरन्तर बैंकिङ क्षेत्रमा काम गर्दै आउनु भएको छ । संकटमा पुगेको लुम्बिनी बैंकलाई स्वस्थ्य बैंकको रुपमा रुपान्तरण गर्न सफल भएका, संस्थागत सुशासनमा खरो रुपमा उत्रने र वृहत अर्थतन्त्रबारे पनि अध्ययन र विश्लेषण गर्ने भएकाले बैकिङ क्षेत्रमा उहाँको नाम निकै आदरपूर्वक लिइन्छ । बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १३.५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । त्यसपछि पनि बैंकको चुक्ता पुँजी राष्ट्र बैंकको सीमाअनुसार न्यूनतम ८ अर्ब रुपैयाँ पुग्दैन । पछिल्लो वर्षमा यस बैंकको व्यवसाय वृद्धि पनि निकै सुस्त छ । बैंकहरुको भीडमा एक दशकअघि बैंक अफ काठमाण्डूको जति चर्चा हुन्थ्यो, अहिले त्यति छैन् । कुनै समय यस्तो थियो, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा बढी सेयर कारोबार हुने कम्पनीहरुको सूचिमा जहिले पनि बैंक अफ काठमाण्डूको नाम आउँथ्यो । अचेल यस्तो सूचिमा बैंकको नाम विरलै देखिन्छ । बैंक अफ काठमाण्डू के गर्दैछ ? यहाँ भित्रको समस्या के हो ? प्रस्तुत छ विकासन्युजका लागि प्रधान सम्पादक रामकृष्ण पौडेलेले पन्तसँग गरेको विकास वहस । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्ज भएर पनि राष्ट्र बैंकले तोकेको समयभित्र चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगेन, यसको कारण के होला ? ६१ लाख कित्ता संस्थापक सेयर बढाबढ मूल्यमा बिक्री गर्यौ । त्यसबाट ६१ करोड रुपैयाँ पुँजी थपियो र अहिले बैंकको पुँजी ६ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । संस्थापक सेयर लिलामी गर्दा करिव ९३ करोड रुपैयाँ प्रिमियम संकलन भएको छ । गत आर्थिक वर्षको नाफा ८२ करोड ७५ लाख रुपैयाँ छ । गत वर्षको वासलात बैंक सञ्चालक समितिबाट स्वीकृत भएको छ । राष्ट्र बैंकबाट स्वीकृत भएर आउन मात्र बाँकी छ । यी सबै गरेर चुक्तापुँजी ८ अर्ब २८ लाख रुपैयाँ हुन्छ । ८ अर्ब पुँजी पुगेन भन्ने समस्या बैंक अफ काठमाण्डूमा छैन । ९३ करोड प्रिमियमलाई चुक्ता पुँजी कसरी गणना भयो ? पुँजी भनेको सेयरधनीको पैसा हो । प्रिमियम बापत आएको पैसा सेयरधनीको पैसा हो । त्यो पैसा बैंकको खातामा जम्मा भईसकेको छ । त्यसलाई पुँजी नमान्नु पर्ने कुनै कारण नै छैन । कुनै पनि नर्मस्बाट त्यो पुँजी हो । प्रिमियमबाट जम्मा भएको ९३ करोड रुपैयाँ पुँजीको रुपमा नै लिनुपर्छ भनेर हामीले राष्ट्र बैंकलाई अनुरोध गरेका छौ । त्यो ९३ करोड रुपैयाँलाई अहिले नै इक्विटिमा कन्भर्ट गर्न मिल्दैन थियो ? तपाईको प्रश्नलाई यसरी बुझौ । हामीले एफपीओको प्रक्रिया १ वर्ष अघिदेखि नै गरेका थियौ । यो विषयमा राष्ट्र बैंक लगायत सबै नियामक निकायहरु जानकार छन् । तर विभिन्न कारणले त्यो प्रक्रियाले लामो समय लियो र केही महिनाअघि मात्र सम्पन्न भयो । हामीले गत असार मसान्तको वासलातलाई अन्तिम रुप दिदैछौं । अवस्था के हो भने राष्ट्र बैंकले तोकेअनुसार पुँजी खातामा आईसकेको छ, एउटा शिर्षकबाट अर्को शिर्षकमा लैजान मात्र बाँकी हो । त्यसैले यसलाई रिकक्नाईज गरेर जान हामीले राष्ट्र बैंकलाई अनुरोध गरेका छौं । मलाई लाग्छ, राष्ट्र बैंक पनि यसमा सहमत हुन्छ । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंकबीच मर्जरले यो बैंकलाई के फाइदा भयो ? पहिलो फाइदा भनेको चुक्ता पुँजी पुर्याउनको लागि हकप्रद सेयर निष्काशन गर्नु परेन । २०७५ असार मसान्तको नाफाबाट हामीले सेयरधनीलाई नगद लाभांश दिनेछौं । मर्जरपछि विजनेश कन्सोलिडेशन भएको छ । ट्यालेन्ट कन्सोलिडेशन भएको छ । खर्च घटाउने र इफिसियन्सि बढाउने काम भएको छ । कस्टुमरबेस राम्रो भएको छ । सेवा दिने क्षमता विकास भएको छ । गाडी आफ्नो कुसन, एब्जर्व क्यापासिटी मेन्टेन गर्दै निरन्तर अगाडि बढिरहेको छ । बैंकले आगामी वर्ष सेयरधनीलाई कति लाभांश दिन सक्छ ? सेयरधनीलाई औषत १०/१५ प्रतिशत लाभांश दिन सकिन्छ । ४/५ वर्षपछि २० प्रतिशतसम्मको लक्ष्य लिएर काम गरिहेका छौं । बैंक अफ काठमाण्डूको विजनेश ग्रोथ ज्यादै कम भयो, यो बैंक ज्यादै टेडिशनल भयो भन्ने टिप्पणी बजारमा सुनिन्छ । व्यालेन्ससिटले पनि त्यो देखाउँछ । किन यस्तो भईराखेको छ ? सबै गाडी प्रतिघण्टा १२० किलोमिटरको गतिमा गुड्छन् भन्ने छैन । सबै गाडी दुर्त गतिमा गुड्नुपर्छ भनेर हामीले सोच्नु पनि हुँदैन । गाडीको अवस्था कस्तो छ, सडकको अवस्था कस्तो छ ? ब्रोकिङ सिस्टम कस्तो छ ? गाडीको इन्जिन कस्तो छ ? फ्यूल कस्तो छ ? यी सबै विषयमा चालक सचेत हुनुपर्छ । बैंकको विजनेश हरेक वर्ष ४० प्रतिशत, ५० प्रतिशत, ६० प्रतिशतले हुनुपर्छ, नाफा पनि त्यसरी नै बढ्नुपर्छ, सेयरधनीले पनि त्यत्तिकै नाफा पाउनु पर्छ भनेर सोच्नु नै गलत हो । बैकिङ क्षेत्रको ग्रोथ भनेको आर्थिक वृद्धिसँग तुलना गरिनुपर्छ । देशको आर्थिक नीति कस्तो छ ? मौद्रिक नीति कस्तो छ ? वृहत अर्थतन्त्रका सूचकहरु कस्ता छन् ? तुलनात्मक रुपमा हेरिनुपर्छ । राम्रो बैंकको इण्डिकेटर के हुन् ? नाफा मात्र हो ? बढी नाफा खोज्नुहुन्छ भने जग्गा व्यापार गर्दा होला, सुन, चाँदीको व्यापार गर्दा होला । सीमा क्षेत्रको व्यापार होला । त्यस्तो नाफा बैंकमा खोज्ने होइन । नेपालमा त बैंकहरुले धेरै नाफा दिएका छन् । बैंक अफ काठमाण्डूले १५ प्रतिशत नाफाको कुरा गरेको छ, केही बैंकहरुले ३०/४० प्रतिशत पनि नाफा दिएका छन् । यो त अति धेरै नाफा भयो । विश्वमा वित्तीय क्षेत्रले कति नाफा दिन्छ ? हेरौ न, यूरोपको हेरौ, अमेरिकाको हेरौ, भारतमा नै हेरौं । भारतमा बैंकले १० प्रतिशत नगद लाभांश दियो भने त्यो धेरै राम्रो मानिन्छ । नेपालमा एउटा बैंकले ४७ प्रतिशत लाभांश दियो तर सीईओले बीचैमा राजीनामा दिएर हिड्नु पर्यो । ४७ प्रतिशतले पनि पुगेन । यो तर्कमा पनि बजारले विचार गर्नुपर्छ । कुनै पनि बैंकका सेयरधनीले हरेक वर्ष ४० प्रतिशत पाएका छन् भने त्यसमा अरु कसैले मूल्य चुकाएकै छन् । यस्ता विषय अलिकति भिन्न तरिकाले हेरिनुपर्छ भन्ने मलाई लाग्छ । बैंक अफ काठमाण्डूको कुरा गर्नुहुन्छ भने यो बैंक दिगो रुपमा अगाडि बढिरहेको छ । आजै बढी लाभांश खाने भन्दा पनि आगामी सयौं वर्षसम्म दिगो रुपमा सञ्चालन हुने योजनामा अगाडि बढिरहेको छ । अगाडिको सडकमा खाल्टाखुल्टी हुन सक्छ, भिजिविलिटी कम हुन सक्छ, त्यो अवस्थामा पनि जोखिममा नपर्ने तरिकाबाट यो बैंकलाई ड्राइभ गर्दैछौं । हामी ऋणको कर्जा क्वालिटीमा, एसेटको क्वालिटीमा हामीले धेरै ध्यान पुर्याएका छौं । यस बैंकको पुँजी २ अर्ब हुँदा पनि लाभांश स्थिर थियो, ८ अर्ब पुँजी भएपछि पनि लाभांश स्थिरनै हुनेछ । पुँजीबादी अर्थव्यवस्थामा ठूलो संस्था हुनु र बढी लाभांश दिनुलाई नै राम्रो मानिदो रहेछ । त्यसैले विओके किन सानो भएर बस्ने ? यो बैंकले किन थोरै लाभांश बाँड्ने ? तपाईको प्रश्न स्वभाविक हो । सँगसँगै सबै संस्थाको आफ्नै विशेषता हुन्छन्, आ–आफ्नो दृष्टिकोण हुन्छन्, आ–आफ्नो इतिहास हुन्छन् । मलाई लाग्छ, संस्था सानो होस् वा ठूलो, व्यालेन्ससिट प्रुडेन्ट हुनुपर्यो, त्यसभित्रका रिस्क डाइमेन्सनहरुलाई प्रपरली म्यानेज गरिएको हुनुपर्यो । यस्ता संस्था संकटको बेलामा पनि टिक्नेछन् । कुनै पनि कम्पनीको सीईओले भनिरहेका हुन्छन् कि मैले नेतृत्व गरेको कम्पनीले अरु कम्पनीको भन्दा राम्रो गरिरहेका छन् । बैंक अफ काठमाण्डू अरु बैंक भन्दा कसरी राम्रो छ ? टाईसुट लगाएर मात्र राम्रो हुइन्न, मुटु बलियो हुनुपर्छ । बैंक अफ काठमाण्डूको मुटु बलियो छ । एसेट क्वालिटी सलिड छ । विदवाउट एनि हेजिटेशन म यो भन्न सक्छु । लुम्बिनी बैंकको पनि एसेट क्वालिटी राम्रो थियो, विओकेको एसेट क्वालिटी पनि राम्रो छ । कस्टुमर बेस राम्रो छ, त्यो पनि क्वालिटी कस्टुमर । दुबै बैंकका ट्यालेन्ट योङ एण्ड स्मार्ट स्टाफ छन् । हामीले स्टाफ ट्रेनिङमा ठूलो लगानी गरेका छौं । सिष्टम राम्रो छ । सर्भिस क्वालिटी राम्रो छ । सर्भिस क्वालिटी राम्रो छ भन्नुभयो, ऋणिलाई ३/३ महिनामा ब्याज बढाउने बैंकिङ क्षेत्रको रोग यो बैंकमा छ कि छैन ? बैंक अफ काठमाण्डूले ब्याजदर बढाएको भन्ने गुनासो तपाईले बजारमा सुन्नु भएको छ ? जुन बैंकले बढी नाफा गर्छ त्यो नाफामा कसैले बढी मूल्य तिरेको हुन्छ । हुनतः बैंकले निक्षेपकर्तालाई बढी व्याज दिए पनि आलोचना हुन्छ, ऋणिसँग बढी व्याज लिए पनि आलोचना हुन्छ । बढी नाफा गर्यो भने पनि आलोचना हुन्छ, कम नाफा गर्यो भने पनि आलोचना हुन्छ । हेर्ने दृष्टिकोण फेयर हुनुपर्यो । तपाईहरुले बैंकहरुको स्प्रेडदर हेर्न सक्नुहुन्छ । विओकेको स्प्रेडदर ३.८ प्रतिशत मात्र छ । विगत एक वर्षमा कुनै बैंकले ४० अर्ब निक्षेप बढायो, कर्जा पनि त्यसरी नै बढायो । यहि अवधिमा बीओकेको कर्जा, निक्षेप वृद्धि नै देखिएन, किन ? गल्ती यहि भएको छ । हामीले बैंकहरुलाई को ठूलो बन्ने भन्ने प्रतिस्पर्धामा दौडाईरहेका छौं । यो नै गलत हो । कुन गाडी बढी कुद्ने भनेर प्रतिस्पर्धा गरायौं भने त्यसले जोखिम निम्त्याउने छ । यस्तो प्रतिस्पर्धाकै कारण हो आज बजारमा धेरै समस्या देखिएको । ब्याजदरमा धेरै उतारचढाव आएको हो । बैंकले कति लाभांश वितरण गर्यो, निक्षेप तथा कर्जाको वृद्धि कति प्रतिशतले भयो भन्ने वित्तीय सूचकाङ्कहरु आफैमा महत्वपूर्ण हुन्छन् । वित्तीय संस्थामा हेर्नै पर्ने तर हाम्रो समाजले नहेरेको र नबुझेको विषय के छन् भने बैंकको सम्पत्तिको गुणस्तर कस्तो छ ? बैंकले कति जोखिम बोकिरहेको छ ? के हप्तैपिच्छे ८ वटा शाखा खोल्ने बैंक मात्र राम्रो हो ? मलाई लाग्दैन कि सबै बैंकको शाखा पाँच÷पाँच सय हुनुपर्छ । कुनै पनि देशमा हेर्नु भयो भने कुनै बैंक ठूला हुन्छन्, कुनै साना हुन्छन्, कुनैले उच्च दरको ग्रोथ गरिरहेका हुन्छन्, कुनैले कम दरको ग्रोथ हासिल गरिरहेका ह्न्छन् । सबैले समान वृद्धि हासिल गरेको कँही पनि हुँदैन । सबैलाई स्वतन्त्रता हुनुपर्छ । कोही ५०० शाखा खोल्छन्, कोही १०० शाखामा खुशी होलान्, कोही ४० प्रतिशत लाभांशमा पनि बेखुश होलान्, कोही २० प्रतिशत लाभांशमा पनि खुशी होलान् । के नियामक निकायले सबै बैंकको ५०० शाखा हुनुपर्छ भन्ने ? के सबै बैंकले ४० प्रतिशत नै लाभांश दिनुपर्छ भन्ने ? त्यस्तो हुन सक्दैन । यस बैंकको बोर्डमा कहिले देखिने गरी, कहिले सुनिने गरी द्वन्द्व हुने गरेको छ । साथै बैंकले लिने नीतिमा भएको अस्थीरताले पनि बैंक अफ काठमाण्डू प्रतिस्पर्धामा पछाडि परेको बताइन्छ, बास्तविकता के हो ? सामान्यतया जुनसुकै बैंकका आ–आफ्ना लक्ष्यणहरु छन् । बैंकहरुको स्थापनाको क्रममा विभिन्न कम्बोनेन्ट बनेका हुन्छन् । ती कम्बोनेन्टहरुबीच अलिअलि घर्षण, अलिअलि फ्रिक्सन हुन्छन् । सबै बैंकमा, सबै समाजमा, सबै देशमा यस्तो घर्षण हुन्छ । सकारात्मक परिणाम आउँदासम्म यस्ता घर्षण र फ्रिक्सनलाई स्वभाविक रुपमा लिनुपर्छ । मेरो अनुभवमा यो बैंक स्मूथले चलिरहेको छ । भविष्यमा बैंकहरुको ब्याजदर अब कसरी विकसित भएर जाला ? यो प्रश्न त ज्योतिसलाई सोध्नुपर्ला । बढो गाह्रो छ अनुमान गर्न । तपाई त्रिभुवन विश्वविद्यालयको पनि गोल्ड मेडलिष्ट । ३३ वर्षसम्मको बैकिङ अनुभव छ । केही न केही त भविष्यावाणी गर्न सकिन्छ नि ? एक्सेसिभ ल्याण्डिङ (अधिक कर्जा प्रवाह) जहाँ जहाँ लगानी भएको छ त्यहाँ नियामक निकाय सचेत हुनैपर्छ । केही बैंकको अधिक शाखा विस्तार, अधिक कर्जा प्रवाहले अहिले सबै बैंकमा समस्या भएको छ । अहिले एउटा मात्र बैंकलाई दोष दिएर समस्याका समाधान हुँदैन । जसले जहाँ अधिक लगानी गरेका थिए, त्यतिबेला नै नियामक निकायहरुले के भईरहेको छ भने भनेर हेरिदिएको भए अहिलेको समस्या आउने नै थिएन । अल्पकालिन सोच र योजना, तत्काल र अधिकतम नाफाको खोजी, त्यसैमा आधारित भएर गरिएको अधिकतम कर्जा लगानी अहिलेको समस्या हो । निक्षेप हराएको समस्या होइन, अधिक कर्जा लगानी समस्या हो । केही बैंकहरुले २ प्रतिशत व्याजदरमा बचत खातामा प्रशस्त निक्षेप संकलन गरिरहेका छन् । केही बैंकहरुले बचत खातामा ८ प्रतिशत व्याज दिदा पनि निक्षेप पाउन सकेका छैनन् । ६ प्रतिशत नोक्सान खाएर बस्ने निक्षेपकर्तालाई जागरुक गराउन जरुरी छ । विकसित देशमा ०.२५ प्रतिशत ब्याज फरक पर्दा निक्षेपकर्ताले जसले बढी दिएको छ, त्यसमा निक्षेप राख्छन् । तर हामीकहाँ ६ प्रतिशत फरक पर्दा पनि पैसा यताको उता गर्दैनन् । बजारमा यस्तो धेरै समस्या छन् जसको समाधान हामीले पनि गर्न सकेका छैनौ । सुरक्षाको कुरा गर्नु हुन्छ भने आज २८ वटै बैंकको सुरक्षाको मापदण्ड एउटै हो । सीसीडी रेसियो, क्यापिटल एडेक्वसी सबैको लागि समान नियम हो । मुलुकको आर्थिक वृद्धि दर र बैकिङ क्षेत्रको वृद्धिदरबीचको अन्तर सम्बन्ध कस्तो हुनुपर्ने हो ? जीडीपी ग्रोथ र फाइनान्सियल सेक्टरको ग्रोथबीच कुनै न कुनै प्रकारको सम्बन्ध हुन्छ । तर हामीकहाँ धेरै फ्याक्टरले काम नगरेको अवस्था पनि देखिन्छ । तर हामीकहाँ धेरै कुरा मिल्दैन । जीडीपी ग्रोथ र बैंकहरुको लागि चार गुणासम्म पुँजी वृद्धिको ग्रोथलाई हेर्ने हो मेल खाँदैन । पुँजी वृद्धिको ग्रोथ अनुसार विजनेश ग्रोथ नहुँदा बैंकहरुले पछिल्लो समय ठूलो समास्या भोग्नु परेको छ । हामीकहाँ निक्षेपको वृद्धि रोकिएको छैन तर लगानी योग्य पुँजीको अभाव छ । किनभने निक्षेप परिचालन भन्दा कर्जा लगानी विस्तार उच्चदरमा बढी भयो ।

डा. उपेन्द्र देवकोटाकाे उपचार कसैले गर्न नसके म सक्छु –सुवास सुब्बा

सुवास सुब्बा लिम्बु, कार्यकारी निर्देशक, ग्रीन वेल्थ इन्डस्ट्रिज ग्रीन वेल्थ इन्डस्ट्रिजले अन्तिम विकल्पको नरासहित आयुर्वेदिक उपचारलाई अघि बढाएको छ । कुनै पनि ठाँउमा, कसैबाट पनि उपचार गर्न नसकिने रोगको लागि अन्तिम विकल्पको रुपमा उक्त इन्डस्ट्रिलाई आयुर्वेदिक विधिबाट उपचार गर्दै आएको छ । प्रस्तुत छ दैनिक ५० जनासम्म उपचार भइरहेको उक्त इन्डस्ट्रिका कार्यकारी निर्देशक सुवास सुब्बा लिम्बुसँग विकासन्युजका पृथराज थेगिमले गरेको कुराकानी । अन्तिम विकल्पको नारासहित आयुर्वेदिक उपचार गर्दै आउनु भएको छ । त्यसलाई कसरी बुझ्ने ? अन्तिम विकल्प भन्नाले कहीँ कतै उपचार हुन नसक्ने रोगको उपचार मेरो इन्डस्ट्रिबाट हुन्छ भन्न खोजेको हो । प्राकृतिक हर्बल विधिबाट उपचार गर्दै आएको छु । काँही पनि कसैले पनि जाति गर्र्न नसक्ने रोगको उपचार म गर्छु । यहाँ विभिन्न स्वदेशी विदेशी अस्पतालले गर्न नसकेको भनिएका रोगहरुको उपचार हुन्छ । विभिन्न किसिमको क्यान्सर, किड्नी फेल, प्यारालाइसिस्, हड्डी खिइने, थाइराइड, एड्स लगायत रोगको उपचार गर्छु । अहिलेसम्म तपाई उपचार केन्द्रमा आएर कतिले उपचार पाए ? करिब ३ सय जनालाई जटिल रोगको उपचार गरेको छु । साधारण नसा च्यापेको, पायल्स लगायत रोगको गन्ती छैन, धेरैको उपचार गरेको छु । सबै उपचारहरु सफल भएका छन् । कसैले निको भएन भनेर गुनासा गरेका छैनन् । सामान्यतया हेरेर अथवा जाँचेर नै रोग पत्ता लगाउछु । उपचार गर्ने क्रममा बजेट भएकाहरुले खर्च गर्न हिच्किचाउन नहुने मेरो प्रष्ट मान्यता छ । उपचार गर्न नसक्नेहरुलाई भने निःशुल्क पनि उपचार गरिदिने गरेको छु । पछिल्लो समय वरिष्ठ डाक्टर उपेन्द्र देवकोटालाई दुर्लभ क्यान्सर रोग लागेको छ । उहाँले मुलुकबाहिर उपचार गराउँदै हुनुहुन्छ । केही हप्ताअघि मात्र उहाँको अस्पतालबाट उच्च अधिकारी मलाई भेट्न आएका थिए । मैले भने उपेन्द्र देवकोटालाई कुनै देशमा पनि उपचार हुन नसके मेरोमा ल्याउनु । उनको उपचार म गरिदिन्छु । किनभने त्यस्ता डाक्टरलाई हामीले जोगाइ राख्नु पर्छ । म उनलाई आयुर्वेदिक विधिबाट उपचार गर्छु । मैले दिएको औषधि खाइदिनु पर्छ । उपचार अवश्य हुन्छ । कतिपय अवस्थामा बिरामीहरुको उपचार गर्छु । उनीहरु जाती हुन्छन् तर मुख बार्दैनन् । मुख नबार्दा जाती भएको बिरामी पनि पछि फेरी बितेका पनि छन् । स्वदेशमै उत्पादन भएको कच्चा पदार्थ उपचारको लागि प्रयोगमा ल्याउने गरेकोछु । त्यो बाहेक उपचारको लागि आवश्यक विभिन्न इलेक्ट्रोनिक लगायतका सामाग्रीहरु भने खरिद गर्ने गरेको छु । उपचार शुल्क कतिसम्म लिने गर्नु भएको छ ? जटिल उपचार गर्न फुल डोजको लागि ४५ हजार रुपैयाँ शुल्क लाग्छ । त्यसको लागि एक महिनाभन्दा बढी औषधी खानु पर्छ । पहिला पहिला कोही कोहीलाई निःशुल्क पनि उपचार गरिदिएको छु । अहिले पनि ४/५ को निःशुल्क उपचार गरिरहेको छु । ती बिरामीहरुलाई अपाङ्गता, क्यान्सर, प्यारालाइसिस लगायतको समस्या छ । उनीहरुलाई आफैसंग राखेर उपचार गरिहेको छु । गएको २ वर्षदेखि त्यसरी बिरामी राख्न थालेको हुँ । निःशुल्क उपचार गर्दा खर्च होला, स्रोत कहाँबाट जुटाउँदै हुनुहुन्छ ? स्रोत म आफैँ जुटाइरहेको छु । सहयोग मागे दिन्छन् होला । तर म माग्ने पक्षमा छैन । बेलायत लगायत युरोपका देशहरु त्यतिकै धनि भएका होइनन् उनीहरुले गरिब देशलाई सहयोग गर्ने गरेका छन् । पुण्य गरेको कारणले आशिर्बाद मिलेको हो । त्यसैले मैले पनि धर्म र आशिर्बादको लागि सहयोग गरेको हुँ । वृद्धाश्रम खोल्ने मेरो सोच छ । अहिले मसँग ८/१० जना असहाय बालबालिका छन् । दुई वर्षअघिदेखि राख्न शुरु गरेको हुँ । शुरुवातमा ३÷४ जना थिए । वैशाखदेखि केही बालबालिका थपिँदैछन् । अब ८/१० जना थप्ने सोचमा छु । कहीँ कतै उपचार नहुने रोग निको पार्छु भन्नुभएको छ । बिरामीले कसरी विश्वास गर्ने ? अस्पतालमा जाँदा पहिले नै रकम जम्मा पार्न लगाउछन् । यहाँ त्यस्तो छैन । एक महिनाको लागि औषधी खानु पर्यो भने औषधी खाएको केही दिनमै औषधीले असर देखाउँछ । त्यसपछि बिरामीे आफैले निको भएको महशुस गर्दै पैसा बुझाउने हो । बिरामीले एकै पटक ठूलो रकम बुझाउनु पर्दैन । बिरामीले विश्वास गर्ने सम्पूर्ण वातावरण छ । र, बिरामीहरुले विश्वास गरेका छन् । यही निको भएकाहरुले अरु बिरामीहरुलाई भनेको भरमा मेरोमा उपचारको लागि टाढा टाढाबाट बिरामीहरु आउने गरेका हुन् । उपचारको लागि कहाँ–कहाँबाट आउछन् ? अहिले मात्रै डिल्ली, जापान, यूकेबाट आएका छन् । एउटा प्यारालाइसीस्, अर्को रोगै पक्ता नभएका बिरामी आएका छन् । उपचार हुँदैछ । विभिन्न ठाँउमा उपचार गरेर निको नभएपछि यहाँ आएका हुन् । त्यसरी नै विभिन्न मुलुकहरुबाट बिरामी उपचारको लागि आउने गरेका छन् । आन्तरिक रुपमा भने नेपालको पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका बिरामीहरु आउँछन् । दैनिक २० देखि ५० जनासम्म रोगीहरु आउने गरेका छन् । तपाईले आयुर्वेदिक विज्ञान सम्बन्धी अध्ययन गर्नु भएको हो ? हैन । मैले भारतको कालेम्पुङबाट एग्रिकल्चरमा ग्रयाजुएट गरेको हुँ । त्यसताका बोटनी पनि अध्ययन गरे । बाँकी मेरो गडगिफ्टेड उपचार बिधि हो ।  १९९४ बर रुख भाले होइन पोथि हो भनेर मैले नै प्रमाणित गरेको थिए । त्यसबेला मैले रानी ऐश्वर्यको हातबाट तक्मा पनि पाए । पछिल्लो भारतीय नाकाबन्दीको बेलामा मैले सय लिटर पेट्रोल तथा केही ग्याँस बनाएको थिए । त्यो पनि मेरो गडगिफ्टेड क्षमता हो । विभिन्न जडिबुटी प्रशोधन गरेर बनाएको पेट्रोल बिक्री गरेको थिए । त्यस्तै फोहोर पदार्थहरुबाट ग्याँस निकालेको थिएँ ।  मान्छेहरुले नपत्याउला ? अर्को म यार्सागुम्बालाई जति वर्ष पनि सञ्चय गरेर राख्न सक्छु । मसँग त्यो विधि छ । मैले ठूला–ठूला यार्सागुम्बा व्यवसायीहरुलाई यार्सागुम्बाको बैंक खोल्ने समेत प्रस्ताव गरेको थिएँ । म बिग्रेको यार्सागुम्बालाई पनि जस्ताको त्यस्तै बनाउँदै यार्सागुम्बा व्यवसायीहरुलाई धेरै सहयोग गरेको छु । बिग्रेको यार्सागुम्बालाई राम्रो बनाउँदै लगेका छन् । चित्तबुझेन भने ल्याबमा परिक्षण गर्न सक्नछन् । गुणस्तरमा कुनै सम्झौता हुँदैन । अध्ययन एग्रिकल्चर, बोटनीको गर्नुभएको भन्नुहुन्छ । तपाईलाई आयुर्वेदिक उपचारतर्फ आउने प्रेरणा कहाँबाट मिल्यो ? हो, मैले विगतमा फ्लोरिकल्चर सम्बन्धि काम गरें । बोटनी सम्बन्धि पनि काम गरेँ । त्यसपछि अहिले जडिबुटी क्षेत्रमा आएको हुँ । यस क्षेत्रमा लागेको १७/१८ वर्ष भयो । अहिले म उमेर ४७/४८ वर्षको भइसकेँ । सुरुमा मलाई मान्छेलाई लाग्ने रोगको किन औषधि पाइँदै भन्ने चासो बढ्यो । म त्यसको अध्ययनमा लागे पछि थाहा भयो आयुवेर्दिक उपचारबाट जस्तो रोग पनि निको पार्न सकिने उपाय । त्यसपछि पहिला एचआईभी एड्सको उपचारदेखि मैले मेरो आयुर्वेदिक उपचारको शुरुवात गरेको हुँ । सन् २००४/०५ सालको कुरा हो । एक जना ३० वर्ष उमेर पुगेको महिलालाई एचआईभी एड्स लागेको थियो । उनलाई उनको श्रीमान्ले सारेको थियो । उनको श्रीमान्को देहवसान भइसकेको छ । आमालाई लागेपछि छोरालाई पनि सरको थियो । ती दुवैलाई मैले उपचार गरेको हुँ । अहिले दुवै छन् । तपाईको भावी योजना के छ ? ललितपुर जिल्लामै आयुर्वेदिक अस्पताल खोल्ने योजना छ । बजेट जुटे १०/२० करोडको राम्रै अस्पताल बनाउने सोच छ । अहिले मसँग एम्बुलेन्स छ । अर्को सववहान गाडी किन्ने इच्छा छ । मैले भुकम्पको बेला डेडबडीहरु प्रीजभ गर्न सुरक्षाकर्मीहरुलाई सहयोग गरेको थिए । म कफीन बक्स पनि बनाउँछु । उक्त बक्सभित्र सव लगाएपछि १५/२० दिन केही हुँदैन । त्यस्तै एउटा स्कुल खोल्ने योजना छ । मैले जानेको कुराहरु विद्यार्थीहरुलाई सिकाउन सकौं । मेरो आफ्नै नारा छ, डलर आफ्नै देशमा कमाउन सकिन्छ । मैले अनुसन्धान गरिसकेको छु । नेपाल असाध्यैै धनी देश हो ।