सुनको अण्डा दिने कुखुरा मार्न खोजे उद्योगी व्यापारीले- उपेन्द्र पौडेल
पछिल्लो समय अर्थतन्त्रमा संकटको सूचक देखिएका छन् । विदेशी मुद्राको संचिति घटेको छ । रेमिट्यान्स आय पनि घट्न थालेको छ । व्यापार घाटा निरन्तर बढ्दै गएको छ । वित्तीय क्षेत्रमा कर्जा लगानीयोग्य पुँजीको अभाव छ । बैंकहरुले निक्षेप १२ प्रतिशतमा लिइरहेका छन् । कर्जाको व्याजदर वृद्धि गरेको भन्दै उद्योगी व्यवसायीले बैंकिङ क्षेत्रको आलोचना गरिरेका छन् । प्रस्तुत छ यसै सन्दर्भमा नविल बैंकका अध्यक्ष, नेपाल बैंकर्स संघको पूर्व अध्यक्ष, ३ दशकभन्दा बढी बैकिङ क्षेत्रमा काम गरेको अनुभवी बैंकर्स उपेन्द्र पौडेलसँग गरिएको विकास वहस यस पटक । तपाईंको व्यक्तिगत र पेशागत जीवन धेरैको लागि पछ्याउन लायक छ । तपाईंको पारिवारिक जीवन कस्तो छ ? मैले सरल जीवन बिताइरहेको छु । परिवारमा दुई छोरीहरु र श्रीमती छन् । भाईहरु र प्यारेन्ट (अभिभावक) सँगै बस्दै आएको छु । म उमेरले धेरै ठूलो भइकसेपछि विद्यालय गएँ । सुरुमा मैले मामा घरको हजुरबुवासँग गुरुकुल शिक्षा लिएँ । उहाँसँग बसेर नै पढेँ । एकैचोटी ६ कक्षामा भर्ना भएँ । मैले स्नातक गएपछि केही कुरा ‘क्याचअप’ गरेँ । मेरो पढाईको बेस खासै राम्रो रहेन । तर मैले राम्रो संस्कार पाए । नैतिक शिक्षा धेरै सीकियो । मेरो व्यक्तिगत विकासमा पनि यसले धेरै सहयोग पुग्यो । मेरो ‘ग्रोथ’ सकारात्मक हिसावबाट नै भयो । एसएलसी पढेपछि डाक्टर बन्ने योजना थियो । तर, जम्मा ८ जनाको कोटाको कारण नाम निकाल्न सकिएन । त्यसपछि कमर्स नै पढेँ । सुरुमा सोल्टी होटलमा ६ वर्ष जति काम गरेँ । त्यसपछि बैंकमा काम गर्नु पर्छ भन्ने मानसिकताका साथ एउटा सरकारी (वाणिज्य) बैंकमा काम सुरु गरेँ । त्यहाँ पनि १÷२ महिना मात्रै काम गरेँ । त्यस बैंकमा काम गर्ने वातावरण पनि राम्रो थिएन । सिक्ने मौका पनि नपाएपछि त्यहाँबाट बाहिरिएकोह हुँ । म फेरि सोल्टी होटलमै फर्केँ । सोल्टी होटललमा काम र कल्चर पनि सिकियो । त्यसपछि फेरि स्ट्याण्डर्ड चार्टर्ड बैंकमा काम सुरु गरेँ । त्यहाँ निरन्तर १४ वर्ष काम गरेँ । त्यहाँ पनि छोडेर नेपाल मर्चेन्ट बैंकिङ (एनएमबी)मा आएँ । त्यतिबेला एनएमबी फाइनान्स कम्पनी थियो । हामीले फाइनान्स कम्पनीलाई स्तरवृद्धि गरेर एनएबबी बैंक बनायौं । त्यतिखेर धेरै चुनौति थिए । त्यतिखेर धेरै बैंक समस्यामा परेका थिए । धेरैले अब पालो एनएमबीको पनि भनेको सुनिन्थ्यो । तर, हामीले हतार गरेनौं । मलाई थाहा थियो एनएमबीको अवस्था कस्तो थियो भनेर । बैंकहरुले आफ्नो वयवसायलाई आक्रमक रुपमा देखाउँथे । तर, म त्यो बेला पनि बैंकिङ सेवा भनेको अल्पकालीन नभएर दीर्घकालिन व्यवसाय हो भन्ने गर्थें । त्यतिखेर मेरो आलोचना पनि भयो होला । तर, म के गरिरहेको थिएँ मलाई मात्रै थियो । मलाई विदेशी बैंकहरुको कल्चर र अभ्यास पनि थाहा थियो । फेरि हामी मर्जरमा गयौं । मर्जर सँगसँगै भ्यालु बेस बैंकिङको सदस्य पनि भयौं । अहिले पनि एशियन प्यासिफिक रिजनबाट मैले प्रतिनिधित्व गरिरहेको छु । नेपाल मर्चेन्ट बैंक स्तरोन्नतीको वर्षहरुमा वित्तीय क्षेत्रमा ठूलो संकट आएको थियो । किष्ट, नेपाल सेयर मार्केट एण्ड फाइनान्स कम्पनी, क्यापिटल मर्चेन्ट एण्ड फाइनान्स, गोर्खा विकास बैंक, विभोर विकास बैंक, पिपुल्स फाइनान्स जस्ता धेरै संस्थाहरु संकटमा परे । । एउटा वित्तीय कम्पनीबाट वाणिज्य बैंक बनेको नेपाल मर्चेन्ट बैंक पनि समस्यामा पर्न सक्छ भन्ने तपाईंलाई कहिल्यै लाग्यो कि लागेन ? मलाई त्यस्तो कहिल्यै लागेन । हामीले अपग्रेड गर्नुभन्दा अगाडि पनि कमर्सियल बैंकबाट ४/५ जना मानिस ल्याइसकेका थियौं । अनुभवी मान्छेहरु थिए । सबै सेटअपका लागि हामी तयारी अवस्थामा थियौं । विस्तारै विकास गर्दै अगाडि बढ्दा हामीलाई समस्या आएन । तर, लगानीकर्ताबाट दवाव त थियो नि ? हो, दवाव अवश्य थियो । तर, उहाँहरुको मप्रति विश्वास थियो । त्यतिबेला एनएबी फाइनान्सको सेयर पुँजी १३ करोड रुपैयाँ थियो । अपग्रेड हुँदा १३ करोडबाट २० करोड बनायौं । फेरी १ बराबर ४ हकप्रद सेयर जारी गरेर पुँजी १ अर्ब बनाएका थियौं । २० करोडबाट पूँजी बढाएर १ अर्बको पूँजी पुुुुुुुुग्दाको पुरानै अवस्थामा झै लाभांश बाँड्न सकिदैन भनेको थिएँ । सबै योजना अगाडि नै क्रिटल क्लिएर थियो । त्यतिखेर बैंकहरुको घरजग्गामा बढी लगानी थियो । हामीले त्यसो गरेका थिएनौं । बैंकिङ नै दीर्घकालीन लगानी हो भनेर मलाई राम्रोसँग थाहा थियो । हामीले शुरुदेखि नै उत्पादन मुलक क्षेत्रमा लगानीमा जोड दिएको थियौं । विदेशी साझेदार एफएमओको स्ट्याण्डर्डमा रहेर हामीले राष्ट्र बैंकले निर्देशन दिनु अघि नै उत्पादन मुलक क्षेत्रमा लगानी वृद्धि गर्दै लगेका थियौं । १७ वर्ष एनएमबी बैंकमा काम गर्दा तपाईं आफ्नो काम र भूमिकाप्रति सन्तुष्ट हुनुहुन्छ ? वा कतै चुकेँ जस्तो लाग्छ ? म पुरै सन्तुष्ट छु । मैले बैंकलाई जुन ठाउँमा पुर्याउँछु भनेर योजना बनाएको थिएँ । त्यो भन्दा माथि पुरयाएँ । अर्को महत्वपूर्ण कुरा, कुनै संस्थामा नेतृत्व परिवर्तनपछि त्यो संस्थामा समस्या आयो भने त्यो नेतृत्वको असफलता हो । कुनै लिडरले संस्था छोडेर गइसकेपछि त्यो संस्थाले राम्रोसँग ग्रोअप गर्छ भने त्यो लिडरको सफलता हो । राम्रो काम गर्न सकेन भने त्यसको समस्या हो । एनएमबी बैंकका नयाँ लिडरसिपले पनि राम्रोसँग काम गरेकोमा म खुशी छु । तपाई अहिले नविल बैंकमा अध्यक्ष हुनुहुन्छ । १७ वर्ष एनएमबीमा सीईओ भएर काम गर्नु भयो । यी दुई संस्थामध्ये एउटा संस्थालाई छनोट गर्दा कसलाई रोज्नुहुन्छ ? यो प्रश्नको उत्तर गाह्रो नै हुन्छ । नेपाली बैंकिङ क्षेत्रमा नबिल बैंकले ठूलो भूमीका खेलेको छ । मैले हाफ्नो कुर्सीमा बसेर मेरो दायित्व निर्वाह गरेको छु । जुनसुकै संस्थामा पनि गभरनेन्सको महत्वपूर्ण भूमिका हुन्छ । त्यो कर्तव्य मैले निर्वाह गरेको छु । यति भन्दै गर्दा आफूले लामो समय काम गरेको संस्थाको माया उतिकै हुन्छ नै । तर, यी दुई बैंक मेरो नजरमा समान छन् । यी संस्थामा मेरो आफ्नै किसिमको लगाव छ । अब नबिल बैंकलाई पनि अहिलेको लेभलबाट अर्को लेवलमा लैजाने मेरो आकांक्षा छ । नबिल बैंक अलग ढंगबाट जान्छ । बैंकले सस्टेनेवेल बैंकिमा जोड दिएको छ । नबिल स्कुल सोसिअल इन्टरपेनरको रुपमा पनि खडा भइसकेको छ । यसका लागि त्रिभुवन विश्वविद्यालय र पोखरा विश्व विद्यालयसँग पनि सम्झौता भइसेको छ । नाफा मात्रै होइन नेपाली बैंकहरुले अर्थतन्त्र र समाजमा ठूलो योगदान गरिरहेका छन् । तर, त्यसलाई हामीले सञ्चार गर्न सकेका छैनौं । यहाँ नाफाकै मात्रै चर्चा छ । बैंकहरुले असामान्य अवस्थामा पनि सामान्य अवस्थामा कमाए भनेर आलोचना पनि भैरहेको छ । बैंकमा ठूलो सेयर पुँजी छ, कोर क्यापिटल धेरै छ । विजनेश ठूलो छ । पुँजी र विजनेशको तुलनामा नाफा कम छ, लाभांश दर कम छ भनेर बैंकहरुले पनि सम्बन्धित सरोकारवालासँग भन्न/बुझाउन सकिरहेनका छैनन् नि ? हामीले भनिरहेका नै छौं । बैंकको नाफाको बारेमा अरु देशमा पनि यस्तो कुरा आउँछ । तर नेपालमा धेरै भएको छ । तर उद्योग, व्यापार वा अन्य सेवा क्षेत्रले गरेको नाफाको तुलनामा बैंकको नाफा कम छ । लगानीकर्ताले पाउने प्रतिफल अरु क्षेत्रमा भन्दा बैंकिङ क्षेत्रमा कम छ । तर, हाम्रो जस्तो सानो मुलुकमा बैंकहरुले कमायो भनेर निकै नकरात्मक रुपमा गरिने गरेको छ । यो बुझाइको कमी पनि हो । बैंकहरुले भन्दा उद्योग, व्यापार र सेवाका अरु क्षेत्रले बढी नाफा गरेको देखिन्छ । यूनिलिभर, डावर, सूर्य नेपाल, एनसेल, गोर्खा बुअ्ररी लगायत कम्पनीहरुको लाभांश बैंकहरुको तुलनामा बढी छ । तर बैंकहरुको नाफामा मात्र किन आलोचना हुन्छ ? बैंक हामी हरेक व्यक्ति र क्षेत्रसँग ठोक्किन्छौं । बैंकिङको इम्प्याक्ट धेरै ठूलो छ । अरु क्षेत्र आफ्नो उपभोक्तासँग मात्रै जोडिन्छ । सूर्य नेपालको कुरा गर्ने हो भने चुरोट खाने मान्छेले मात्रै सरोकार राख्छ । तर, बैंक हरेकसँग जोडिएका छन् । यहाँ काम गर्ने कर्मचारी, नेतृत्वहरु बैंकका लागि नै मरिमेटी काम गरिरहेका छन् । लगानी त्यति धेरै छ । तर, सबै विषयहरु कसैले हेर्दैनन् । अब बैंकहरुले सोसियो–इकोनोमिक इम्प्याक्ट रिपोर्ट पनि दिनु पर्छ भनेर आइरहेको छ । सस्टेनेवल रिपोर्ट नबिल बैंकले पनि सुरु गर्दैछ । यसले अर्थतन्त्र, रोजगारी र अन्य क्षेत्रमा कति योगदान गरेको छ भन्ने तथ्यांक त्यसमा हुन्छ । नेपालमा नाफालाई नकारात्क ढंगले हेर्ने सोच, संस्कार किन विकास भैरहेको छ ? यसमा एउटै कारण छ । समाजमा हुने र नहुनेबीचको विवाद भएर हो । हुनेहरु धेरै छैनन् । नहुने धेरै छन् । अमेरिकामा कसैले पैसा कमायो भने अरुले रिस गर्दैनन् । त्यहाँ हुने धेरै छन् । नहुने कम छन् । जापानमा पनि कसैले धन कमायो भनेर अरुले रिस गर्दैनन् । हुने र नहुनेबीचको ग्याप हामीले चिर्दै जानुपर्छ । नेपाल बंगलादेश बैंकलाई प्राप्तिसँगै अन्य बैंकसँग पनि मर्जर गर्ने केही योजना छ नबिल बैंकले ? त्यो योजना पनि छ । हामीले पहिले एक चरणमा एनसीसी बैंकसँग पनि छलफल गरेका थियौं । त्यतिखेर हामीले एनसीसी र एनबी बैंक लिने कुरा गरेका हौं । दुइटै बैंकलाई लिने हाम्रो प्रयास थियो । अहिले पनि कोही आयो भने हामी तयार छौं । नबिल बैंकको विजनेसप्रति बैंकको प्रमुख लगानीकर्ता विनोद चौधरी नै असन्तुष्ट हुनुहुन्छ भनिन्छ नि ? कसरी सन्तुष्ट नहुने कुरा आउँछ । हामीभन्दा ठूलो भोलुम र नेटवर्क भएको बैंकको लेभलमा हामी विजनेस गरिरहेका छौं । यसप्रति हामी सन्तुष्ट हुनुपर्छ । मसँग उहाँले भन्नु भएको छैन । हामी हरेक सूचकमा अगाडि जाने कुरा गरिहरेका छौं । अब मर्जरमा जाँदैछौं । नेपाल बंगलादेश बैंकसँग सम्झौता गरेर अगाडि बढिसकेका छौं । यसमा विभिन्न संयन्त्रहरुले काम गरिरहेका छन् । हामी भोलुम भन्दा पनि नम्बर वान र असल बैंक बन्ने हो । अहिले पनि नबिलको भोलुम पनि पुगिसकेको छ । नबिल बैंकको बार्डको संरचना पनि फरक खालको छ । हालका सीईओसहित ५ जना सीईओहरु बोर्डमा छौं । सबै प्रोफेसनल मान्छे छौं । अब हरेक बैंकमा पनि यो अभ्यास लागु गर्न जरुरी छ । पोफ्रेशनल व्यक्तिहरु बैंकको बोर्डमा जान केले रोकेको छ र ? अहिले केही विषयहरु बाफियाले पनि रोकेको छ । यस विषयमा मैले राष्ट्र बैंकका गभर्नर ज्यूसँग पनि सल्लाह गरेको छु । अब यो वातावरण सिर्जना गर्नु पर्छ । बोर्डमा प्रोफेशनल डाइरेक्टरहरुलाई कसरी राख्ने भन्ने विषय सोच्नु पर्छ । विश्वका अन्य देशमा भएको अभ्यासलाई पनि हामीले हेर्नुपर्छ । भारतमा पार्टटाइम डाइरेक्टका रुपमा पनि काम गरिरहेका छन् । प्रोफिटको निश्चित रकम सञ्चालकलाई दिने अभ्यास पनि छन् । सञ्चालकले केही जोखिम अवश्यनै लिन्छन् । सल्लाहकार अर्थात व्यवस्थापनलाई केही खुराक दिने किसिमका व्यक्तिहरु सञ्चालकमा हुनु पर्छ । उनीहरुका लागि केही सहुलियतको व्यवस्था भने हुनुपर्छ । तपाईंको बैंकिङ करिअरमा धेरै संकटहरु आए होलान् । ती विविध संकटहरुमध्ये सबैभन्दा ठूलो संकट कुन थियो ? अहिलेको यो अवस्था नै सबैभन्दा ठूलो संकट भएको मैले महसुस गरेको छु । अहिले बैंकिङको मात्रै भन्दा पनि माइक्रो इन्डिकेटरको समस्या हो । विदेशी विनिमय सञ्चिति ६ महिना आयात धान्न सक्ने अवस्थामा झरिसक्छ । राजनीतिक अन्डरस्टाण्डिङ सधैं कम छ । हामीले बुझाउन खोजेपनि अर्कै अर्थ लाग्छ । बैंकिङ बुझ्नै चाहिरहेका छैनन् । अहिले असहज अवस्थामा पनि बैकले कमाए भनिन्छ । तर किन र कसरी कमाए भन्ने विषय बुझ्न पनि चाहेनन् । एक ठाउँको गल्तिलाई सबै ठाउँमा जोड्ने प्रवृति छ । अहिलेको इकोनोमीको स्ट्रक्चरले गर्दा मलाई डर लागिरहेको छ । अहिले अर्थतन्त्रका हरेक सूचकहरु कमजोर बन्दै गइरहेका छन् । विजनेस कम्युनिटी तथा ऋणीहरुले पनि बैंकहरुको खुलेर आलोचना गरिरहेका छन् । यस्तो अवस्था कसरी आयो ? त्यो गर्नु भनेको उहाँहरुले सुनको अण्डा दिने कुखुरीलाई मार्न खोज्नु हो । कुनै पनि व्यापारी मसँग तर्क गर्नु हुन्छ भने म तयार छु । उहाँहरु हिजो कहाँ हुनुहुन्थ्यो र अहिले कहाँ हुनुहुन्छ भन्ने कुरा मैले राम्रोसँग देखेको छु । आज बैंकलाई गाली गर्न कतिको न्यायोचित छ भन्ने कुरा बुझ्न आवश्यक छ । हिजो कर्जाको व्याज ६ प्रतिशत हुँदा अर्कोले साढे ५ प्रतिशत दिन्छ, तपाई के गर्नुहुन्छ भनेर बैंकसँग वार्गेनिङ गर्ने पनि उहाँहरु नै हो । हामीले ६ प्रतिशतमै निक्षेप संकलन गर्दा र ६ प्रतिशतमै कर्जा दिँदा त उहाँहरुले केही भन्नुहुन्न । राष्ट्र बैंकले ५ प्रतिशत स्प्रेडदर भने पनि बैंकहरु अहिले साढे ३ प्रतिशतमा काम गरिरहेका छन् । यस्तो हुँदा पनि उहाँहरुलाई चित्त बुझ्दैन । अब हामीले के गर्न सक्छौं । बैंकहरुले ११ प्रतिशतमा निक्षेप लिएका छन् । त्यसमा ८० प्रतिशत मात्रै लगानी गर्न पाउँछन् । त्यसको कष्ट कति आउँछ पनि हेर्नु पर्छ । कर्मचारीहरुलाई पनि पाल्नु पर्छ । अनि बैंकलाई मार्ने त ? बढ्दो आर्थिक संकटको असर बैंकिङ क्षेत्रमा कस्तो पर्ला ? यसले बैंकहरुमा प्रत्यक्ष असर पर्छ । पफर्मेनसमा पनि असर पर्छ । व्याजदर ससटेनेवलका लागि काम गर्नु पर्छ । बण्ड, ऋणपत्र, बचतपत्र लगायतका उपकरणहरु ल्याउनु पर्छ । सिस्टमलाई स्टेवल राख्नका लागि हामीले पनि केही कुराहरु छोड्नु पर्छ ।
मैले गरेजति काम अब आउने कुनै पनि मेयरले गर्न सक्दैनः मेयर शाक्य (भिडियो सहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको ५ वर्षे कार्यकाल पूरा हुन अब करिव ३ महिना मात्र बाँकी छ । कार्यकाल सकिनै लाग्दा मेयर शाक्यको दौडधुप पनि बढेको देखिन्छ । मेयर शाक्यले चुनावी घोषणापत्र अनुसार काम नगरेको, जनप्रतिनिधिको आवश्यकता महसुस गरिएको ठाउँमा उनी देखा नपरेको जस्ता आरोप पनि खेपेका छन् । तर, उनी आफ्नो टीमले धेरै राम्रो काम गरेको दावी गर्छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा मेयर शाक्यको ५ वर्षे कार्यकाल कस्तो रह्यो, उनले के कस्तो काम गर्न सके र संघीयतापछिको काठमाडौं महानगरको मेयरको रुपमा उनको अनुभव कस्तो रह्यो भन्ने लगायतका विषयमा विकासन्युजले गरेको विकास वहसः स्थानीय तहमा जनप्रतिनिधिको रूपमा निर्वाचित हुन भएको ५ वर्ष पूरा हुनै लाग्यो । स्थानीय तहको निर्वाचन पनि घोषणा भइसकेको छ, तपाईंको कार्यकाल तपाईं आफैले समीक्षा गर्दा कसरी कस्तो पाउँनु हुन्छ ? समीक्षा २ किसिमको हुन्छ । परीक्षार्थी आफैले समीक्षा गर्दा जाँचमा पास वा फेल भन्ने एउटा होला । अर्काे, परीक्षा लिने व्यक्ति वा संस्थाले यसको समीक्षा गर्ने भन्ने विषय भयो । मैले समीक्षा गर्दा मेरो कामबाट सबै नागरिक सन्तुष्ट हुन् भन्ने तरिकाले नै काम गरेको छु । हामी निर्वाचित भएर आइसकेपछि महानगर भित्र धेरै कामहरू गरिसकेका छौं । हामीले महानगरवासी खुसी हुने गरी काम गरिसकेका छौं । तपाईंले खुसी हुने काम गरेँ त भन्नु भयो । तर,सामाजिक सञ्जाल लगायतका संयन्त्र हेर्याे भने आलोचना धेरै सुनिन्छ नी ? सामाजिक सञ्जाल पनि अभिव्यक्ति स्वतन्त्रताको माध्यम हो । मलाई माया गर्ने यहाँ हजारौं छन्, गाली गर्ने १० जना हुन्छन् । सबैको प्रक्रिया आ–आफ्ना छन् । राम्रो प्रक्रियालाई ग्रहण गरी अगाडि बढ्नु पर्छ । मुख नै छाडेर हिँड्ने उसको मानसिकता त्यस्तो छ भने त्यसतालाई बढी प्राथमिकता दिनु हुँदैन । सबैको ध्यान नराम्रो नै प्रतिक्रिया तिर जान्छ । बौद्धिक र तार्किक भन्दा पनि मुख छाडेकोलाई तपाईँहरू बढी हेर्नु हुन्छ । यसमा हामी सबैको स्वभाव पनि फेरिनु जरुरी छ । मिडिया समाजको ऐना हो । ऐना पहिला सफा हुन पर्याे । त्यसपछि प्रतिविभेद हुने छाया पनि स्पष्ट देखिन्छ । ५ वर्षको कार्यकालमा तपाईं मिडियामा त्यति धेरै आउनु भएन, सार्वजनिक रूपमा तपाईंको आलोचना गर्नेहरूको पनि टिक्का-टिप्पणी गर्नु भएन, तर अहिले तपाईं मिडियादेखि रिसाउनु पो भएको रहेछ की के हो ? म कोहीसँग पनि रिसाएको छैन । मलाई विभिन्न विषयमा जोडेर मुख छाडेर के गर्नुहुन्छ । यस्ता कुरालाई सपार्ने हो भने सही आलोचना गर्नुपर्छ । उसलाई मुख छाड्ने हैन । एक सय दिने कार्यकालमा यो-यो काम गर्छु भनेको घोषणापत्र थियो, त्यो कत्तिको पुरा गर्न सफल हुनु भयो ? म एउटा पार्टीको उम्मेदवार हुँ । हरेक पार्टीको चुनावी घोषणापत्र छ । चुनावमा जाँदा सबैले प्रतिबद्धता जनाएका छन् । म व्यक्तिबाट हैन पार्टीबाट उमेदवारमा उठेर निर्वाचित भएको हुँ । नेकपा एमाले पार्टीबाट उम्मेदवारी भई मेरो पार्टीले मेरो नेतृत्वमा तयार पारेको घोषणापत्र हो । जनताको बिचमा जाँदा हामी निर्वाचित भयौं भने यो-यो काम अगाडि बढाउँछौं भनेर तयार यो एउटा भिजन हो । त्यो अनुसार नै हामीले महानगर भित्र काम गरेका छौं । हामीले धेरै काम गरिसकेका छौं । तपाईं संलग्न हुन भएको पार्टीको अध्यक्ष प्रधानमन्त्री पनि हुनुभयो, उहाँले पनि रेलको कुरा गर्नु हुन्थ्यो, तपाईंको घोषणापत्रमा पनि रेलको कुरा थियो, जुन कुरा हामीले अलि बढी गरेछौं है ? होइन, हामीले सही कुरा गरेका हौं । हामीलाई हतार भयो । यहाँको यातायात व्यवस्थापन गर्नको लागि माेनो रेल भनेका थियौं । मेरो र पार्टीको घोषणापत्रमा माेनो रेल छ । राजनीति गर्ने मानिसले एउटा सपना देख्नु पर्छ । त्यो सपना कहाँ पुर्याउने हो भनेर सोच त चाहियो नि । मैले भने जस्तो विकल्प अर्को सँग छ ? छ भने त्यो मलाई बताइदिनुहोस् । काठमाडौं महानगरपालिका भित्रको यातायात व्यवस्थापन गर्नको लागि यो भिजन चाहियो । भिजन भन्नाले एकै चोटि धेरै मानिस सवारी हुन सक्ने विकल्प चाहिन्छ । त्यसको विकल्प हामीले माेनो रेल भनेर ल्यायौं । मेट्रो रेल, केबलकार, बस चलाउने भन्ने पनि घोषणापत्रमा छ । यहाँको आवश्यकतालाई मध्यनजर गर्दै यहाँको सम्भाव्यता तथा अवसरको पहिचान गरी यसको सदुपयोग गर्ने हो । माेनो रेल भनेर कसैले पनि आपत्ति जनाउनु आवश्यक छैन । यो सबैको घोषणापत्रमा छ । अहिलेको सरकारले जसरी काम गरी रहेको छ त्यसमा काठमाडौं महानगरपालिका सहमत छैन । गाडी कसले थप्छ हामीलाई थाहा छैन । हरेक वर्ष थपिन्छ, तपाईको घरमा पनि ३/४ वटा गाडी होला गाडी काहाँ राख्ने ठाउँ छैन । ठाउँ-ठाउँमा गाडी तथा मोटरसाइकलका स्वरुमहरु छन् । यहाँ वर्षको लाखौं सवारीसाधनहरू बिक्री हुन्छन् । यी सवारी चलाउने ठाउँ कहाँ ? यसको विकल्प खोज्नको लागि माेनो रेल भनेर प्रस्ताव गरेका थियौं । अहिलेसम्म बनेका सहरलाई नभत्काइकन नयाँ बनाउने ठाउँमा पहिला नै सोचौं । तर, बनिसकेको शहरमा फेरि पनि सडकलाई भत्काएर चौडा गरी त्यहाँ पार्किङ बनाउँदै हिँड्ने हो भने हामीलाई यसले समाधान दिँदैन । यो नेपालको राजधानी हो । राजधानीमा यत्रो मानिसहरू बसको ठाउँमा संघीय सरकारको योजना खोइ ? गाडी थप्ने उहाँहरूले समाधान सबै हामीले दिन सकिन्छ । माथिबाट धारा खोलिदिने तल सोरेर समाधान हुँदैन । यसको समाधान गर्नको लागि सबै निकायहरू बिच सहकार्य गरी अगाडि बढ्नु पर्छ । सवारी सधानको व्यवस्थापन गर्नको लागि माेनो रेल योजना घोषणा पत्रमा राखेका हौं । यो भन्दा राम्रो प्रस्ताव छ भने छलफल गरौं । विरोधले मात्र समाधान हुँदैन । हामी अगाडि बढ्न खोज्छौं हामीलाई पछाडि तान्छन् । माेनो रेलको विरोध कसले गर्यो, खोइ त काम शुरु भएको ? माेनो रेल सञ्चालन गर्नको लागि मैले सम्झौता गरे । सम्झौता गरे पश्चात् यसको सम्भाव्यताको अध्ययन गर्यौं । त्यसको रिपोर्ट आउना साथ मिडियाहरूले लखेट्न थाले । यसमा मिडीयाहरूले विभिन्न आरोप पनि लगाए । सकारात्मक सोच नभएपछि हामी कसरी अगाडि बढ्न सक्छौं ? यस्तो राम्रो काममा त मिडियाले पनि मद्दत गर्नु पर्ने हो । मिडियाले खेदेको कारण रेलको काम अगाडि नबढाउनु भएको हो त ? यसको वातावरण बनाउने काम मिडियाको पनि हो । मिडियाले नराम्रो कुरा मात्र लेख्नु पर्छ भन्ने मात्र हैन । मिडियाले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्दा पुग्छ । माेनो रेल काठमाडौं भित्र उपयुक्त हो भनेर हामीले भन्यौं । हामीले त्यो बेला काठमाडौंको रिङ्ग रोडमा रेल सञ्चालन गर्ने भनेर अध्ययन गरेका हौं । त्यसको प्रारम्भिक रिपोर्ट हामीसँग छ । रिङ्ग रोडमा रेल सञ्चालन गर्ने भनेका थियौं । रिङ्ग रोड हाम्रो पाटो नै परेन । अब हामीले रेल कहाँ सञ्चालन गर्ने ? यसमा हामीलाई के दोष । रिङ रोड सञ्चालन गर्ने त हाम्रो जिम्मा हैन । रिङ्ग रोडमा रेल सञ्चालन गर्ने भनेका थियौं, रिङ रोड नै नबनेका कारण हामीले त्यहाँ रेल सञ्चालन गर्न सकेनौं । यसको लागि जसले रिङ्ग रोड चलाउने जिम्मा लिएको छ त्यसले रिङ्ग रोड छिटो बनाइ दिनु पर्यो । त्यसपछि रिङ रोड भित्र रेल सञ्चालन गर्न सकिन्छ भन्ने हाम्रो ठम्याई हो । सामूहिक यातायातको व्यवस्थापन जिम्मा निजी क्षेत्रलाई दिँदा हुन्छ ? सार्वजनिक यातायात हुन्छ । तर, त्यसलाई कुनै निजी क्षेत्रले नै सञ्चालन गर्छ । भएका सबै सवारी सडकका आउने हो भने सडकले सवारीको चाप थेग्न सक्छ की सक्दैन भनेर यसको बारेमा कसले अध्ययन गरेको छ ? मलाई लाग्छ यो कसैले अध्ययन गरेको छैन । त्यसको लागि हामी सबैले सवारी चढ्न नपर्ने सबैले एकै चोटि सवारी गर्न सकोस् भनेर हामीले रेलको कल्पना गरेका हौं । त्यो भएपछि हामीलाई गाडी किन्ने आवश्यकता नै परेन । त्यस पछि हुने र नहुने बिच विभेद पनि भएन । एउटै डिब्बामा तपाईं हामी सँगै यात्रा गर्ने सकिने भएपछि विभेद पनि भएन । अहिले विभेद जस्तो देखियो । कोही हिँडेर जाने, कोही गाडी, कार, मोटरसाइकलमा जाने भएकाले विभेद जस्तो पनि देखियो । यसको विकल्प जसले पनि कार्यान्वयन गरे पनि हुन्छ । कुनै निजी क्षेत्र आएर हामी बनाउँछ सरकारलाई घाटा हुँदैन भन्यो भने त्यो परियोजनालाई अगाडि बढाउनको लागि कन्जुस्याईं गर्नु हुँदैन । सामूहिक यातायातको काम निजी क्षेत्रलाई दिए हुन्छ । भूकम्पपछि भत्किएका पुरातात्विक संम्पदाहरुको पुनर्निर्माण राम्रोसँग भएको छ, तर, यहाँका पुराना वस्ती कला, संस्कृति र सदियौंदेखि मान्दै आएका संस्कृतिको संरक्षण गर्न नभ्याउनु भएको हो ? भूकम्पपछि काठमाडौं भित्र जताततै अस्तव्यस्त भएका घरहरू देखिन्थे । टेका नै टेका लगाको सहरको रूपमा थियो । सडकका खाल्डा नै खाल्डा थिए । त्यो बेला मोटरसाइकलमा चढेर बिहान निस्कियो भने बेलुका घर फर्किदा आफ्नो अनुहार आफैले नचिन्ने स्थिति थियो । तर, हामी निर्वाचित भएर आएपछि यसलाई हामीले धेरै सुधार गरिसकेका छौं । मलाई लाग्छ हाम्रो कार्यकालमा जति काम भएको छ सायद यति काम भोलि दिनमा पनि हुँदैन होला । किनभने हामीले धेरै काम गरिसकेका छौं, थोरै काम मात्र गर्न महानगर भित्र बाँकी छ । त्यी कामको पनि शिलान्यास भइसकेको छ । त्यस कामलाई सम्पन्न गर्न मात्र बाँकी छ । यो कार्यकालमा शिलान्यास भएको काम सम्पन्न भएन भने पनि अर्को कार्यकालमा त्यी कामहरू सम्पन्न हुन्छ । निजी घरहरूको कतिपय टेका लगाएका छन् । ति घरको मर्मत गर्नको लागि घर नै भत्काउनु पर्छ । राज्यले देश नै भर एउटै निति बनायो । त्यो एउटै नीतिले सबै ठाउँमा काम हुँदैन । पुरानो र नयाँ सहरको फरक फरक निति बन्नु पर्छ । मेयरलाई काम गर्न लगाउने हो धेरै बोल्न लगाउने होइन । संघीय सरकारले अझै पनि स्थानीय तहलाई हेर्ने दृष्टिकोण चाहिँ म अन्तर्गतको सानो निकायको हो भनेर आदेश तामेलीको रूपमा मात्र हेरेको हो ? जो जहाँ रह्यो आफै ठूलो भन्दो रहेछ । विभिन्न ठुला पार्टीका व्यक्तिहरु छन् माथिल्लो निकायमा पनि । त्यही व्यक्ति ठूलो ठाउँमा पुग्दा सोचाइ अर्कै हुँदो रहेछ । जस्तै तपाई कुनै कम्पनीमा काम गर्नु हुन्छ त्यो कम्पनीको बारेमा बोल्नु हुन्छ । त्यो कम्पनीलाई छाडेर अर्को कम्पनीमा जानु भयो भने त्यसको बारेमा बोल्न छोड्नु हुन्छ । हाम्रो राजनीति भित्र पनि त्यस्तै रह्यो । त्यो कुरा सुधार हुनु पर्छ । संघ, प्रदेश र स्थानीय सरकारको आआफ्नै काम रहेको छ । पूर्वाधारको काममा दोहोरोपनको काम भयो है भनेर पटक–पटक भन्दै आएका छौं । माथिल्लो निकायले ठुलो परियोजनामा हात हालिदियोस् । नाम नै ठुलो छ संघीय सरकार । सबै भन्दा माथिको सरकारले ठुलो परियोजनामा हात हाल्नु पर्याे । साना काम गर्न स्थानीय तह छदैछ । जसले जे भने पनि अंकुस चाहिँ संघीय सरकारको छ । चुनाव फेरी पनि लड्नु हुन्छ ? हिजो पनि म स्वतन्त्र उमेदवार थिइन । जति तर जुन उम्मेदवार भएर लडेँ त्यो पनि जितेँ । म व्यक्तिगत उम्मेदवार को रूपमा उठ्दिन । पार्टीले अगाडि बढ् भन्यो भने पार्टीको तर्फबाट पुनः उम्मेदवारको रूपमा उठ्ने हो । आगामी निर्वाचनको लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौँ । म एउटा पार्टीको कार्यकर्ता हो । पार्टीले आवश्यक्ता अनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो । अर्को भनेको महानगरवासीको चाहना के छ ? त्यो पार्टीले बुझेर पार्टीले जिम्मा दिए काम गर्ने हो, होइन भने पार्टीले जसलाई जिम्मा दिएपनि काठमाडौं महानगरपालिका हामीले जित्ने गरेर तयारी अवस्थामा छौं । मेरो व्यक्तिगत बिचार भन्दा पनि पार्टीको निर्णय आधिकारिक हुन्छ । पार्टीको निर्णयलाई पर्खनुहोस् । तपाईं जुन पार्टीको उम्मेदवार बनेर काठमाडौं महानगरपालिकाको मेयर बन्नु भयो, ५ वर्षको अवधिमा एमालेको शाखा कतिको बढ्यो ? अब आउने वैशाख ३० गतेको निर्वाचनले यसको परिणामले देखाउँछ । नेकपा एमाले पार्टी काठमाडौं महानगरपालिकामा अत्याधिक बहुमतका साथ जित्छ । हामीले सबैको चित्त बुझाउन नसके पनि भनेका सबै काम गर्न नसके पनि महानगरवासी खुशी हुने काम हामीले गरेका छौं । भिडियाे:
लघुवित्तहरुको सेयर मूल्य स्वभाविक छैन, पूँजी वृद्धि आवश्यक छः सीईओ ओझा
तीन दशकसम्म राष्ट्रिय वाणिज्य बैंकमा काम गरेका बैंकर ज्योतिचन्द्र ओझा हाल आरएमडीसीको सीईओको रुपमा कार्यरत छन् । राष्ट्रिय वाणिज्य बैंकमा वि.स २०४० सालमा ७औं तहको अधिकृतको रुपमा प्रवेश गरेका उनले २०७० सालमा सोही बैंकको कार्यकारी निर्देशकबाट अनिवार्य अवकाश पाए । राष्ट्रिय वाणिज्य बैंकमै हुँदा उनले नेको इन्स्योरेन्सको अध्यक्ष, ग्रामीण विकास बैंकको कार्यकारी निर्देशक हुने अवसर पनि प्राप्त गरे । त्यस हिसावले पनि बैंकर ओझासँग बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रको बारेमा पनि राम्रो दख्खल छ । २०७१ सालमा आरएमडीसीमा सीईओको रुपमा प्रवेश गरेका ओझा एक अब्बल र अनुभवी बैंकरका रुपमा परिचित छन् । आरएमडीसीमा सीईओ ओझाको दोस्रो कार्यकाल पनि अब केही समयपछि सकिँदैछ ।उनै ओझासँग आरएमडीसीको आन्तरिक विजेसन र समग्र लघुवित्तको विषयमा विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् । लघुवित्तहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । आरएमडीसी र समग्रमा लघुवित्तहरुको वित्तीय विवरण कस्तो आयो ? प्रकाशित वित्तीय विवरणहरुका अनुसार सबैको ग्रोथ राम्रै छ । हामी पनि आरएमडीसीको ग्रोथमा सन्तुष्ट नै छौं । रिपोर्टमा कुनै समस्याहरु नदेखिए पनि हामी माझ केही चुनौतिहरुपक्कै पनि छन् । अहिले तरलताको समस्याले पनि लघुवित्तहरुलाई केही गाह्रो भएको देखिन्छ । लघुवित्तहरुमा फण्डको व्यवस्थ नहुँदा आगामी दिनहरुमा समस्या हुने देखिन्छ । लघुवित्तहरुको लगानी बढी जसो विपन्न वर्ग खासगरी महिलाहरुमा बढी जान्छ । ती विपन्न वर्गहरु संलग्न भएको लघुवित्तहरुमा भोलिको दिनमा उनीहरुलाई लगानी गर्न नसक्ने अवस्था आयो भने समस्या सिर्जना हुन सक्छ । अहिलेको तरलताको संकटले लघुवित्तहरुले पनि पैसा पाइरहेका छैनन् । नेपालमा लघुवित्तहरुको कर्जाको स्रोत नै वाणिज्य बैंकहरु नै हुन् । अहिले आफ्नो पूँजी र सदस्यहरुको बचत परिचालनबाट ५० प्रतिशत जति र ‘एक्स्ट्रनल बरोइङ’बाट ५० प्रतिशतले जति धानेको छ । श्रोतको व्यवस्थाको लागि सबै स्टेक होल्डर, बैंक तथा वित्तीय संस्थाले सोच्नु पर्छ । नेपालको वित्तीय पहुँच र वित्तीय साक्षरतामा लघुवित्तहरुको ठूलो योगदान छ । अरु बैंक तथा वित्तीय संस्थाले धितोमाा ऋण दिने र लघुवित्तले विनाधितमो कर्जा दिने गरेका छन् । अरुले नपत्याएको क्षेत्रलाई हामीले कर्जा दिइरहेका छौं । लघुवित्तहरुले विनाधितो कर्जा दिन्छन् भन्नुभयो, धितो राखेकै कर्जामा त जोखिम हुन्छ भनेपछि विनाधितोमा कर्जामा त झन बढी जोखिम होला नी ? लघुवित्तहरुले विनाधितो कर्जा दिने भएपनि यसमा सामुहिक जमानी हुन्छ । लघुवित्तहरु ग्रामिण मोडलमा सञ्चालित हुन्छन् ।समूहले निर्णय गरेर आउनुहुन्छ, सो समूहका सबैलाई जमानी राखेर लघुवित्तहरुले ऋण प्रवाह गर्छन् । कर्जा दिँदा पनिसल्लाहमा दिइन्छ । एकले अर्कालाई सहयोग पनि गर्छन् । समूहहरुको नियमित बैठक पनि हुन्छ । यसले पनि नियमित फलोअप गर्न सहयोग पुग्छ । कसले के काम गरिरहेको छ । सोही समूहले पनि जानकारी पाउँछ । उसले ऋण तिरेन भने हामीलाई पनि दवाव पर्छ भनेर उनीहरुले ऋण तिर्ने माहोल सिर्जना गर्छन् । सो समूहले नै एकअर्काबीच समन्वय गर्छन् । यो प्रक्रियाले पनि हामीलाई कर्जा असुलीमा धेरै समस्या हुँदैन । ऋणमा जोखिम पनि कम हुन्छ । लघुवित्तको नेपालमाराम्रो अभ्यास छ । लघुवित्तमा वित्तीय अनुशासन राम्रो छ । हाम्रो मेकानिज्म राम्रोे छ । तर, कहिलेकाहीँ केही जोखिम सिर्जना हुने उदाहरणहरु भने हुनु सामान्य नै हो । बैंकिङ व्यवसाय आफैमा जोखिममा आधारित क्षेत्र नै हो । लघुवित्तहरुले दिने सबै प्रकृतिको कर्जा विनाधितो नै होकी केही निश्चित ‘अमाउन्ट’ मात्रै हो ? लघुवित्तहरुले कुल लगानीको ३३ प्रतिशत कर्जा धितो लिएर नै ऋण प्रवाह गर्न सक्ने व्यवस्था छ । धितो लिएर ठूलो कर्जा मात्रै जान्छ । त्यसवाहेकको धितोविना नै लगानी हुन्छ । अहिले बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको संकट छ, बैंक तथा वित्तीय संस्थाहरुले नै कर्जा लगाी गर्न पैसा नपाइरहेको अवस्थामा तपाईंहरु कसरी लगानी गरिरहनु भएको छ, पैसा कहाँबाट ल्याउँदै हुनुहुन्छ ? अहिले हामी पनि खुम्चिएका छौं ।हामीले कर्जा लिने भनेको पनि बैंक तथा वित्तीय संस्थाहरुबाट नै हो । हाम्रो लगानी पनि धेरै हुन्छ । त्यस वाट हाम्रो किस्ता तथा व्याज आइरहेको हुन्छ । त्यसबाट नै हामी काम गरिरहेका छौं । धेरैका माग सम्बोधन गर्न त सकेका छैनौं । तर, केहीकामाग पुरा गरिरहेका छौं । फण्डहरु जुटाउन नै हामी प्रयत्न गरिरहेका छौं । लघुवित्तहरुले राष्ट्र बैंकबाट पाएको सहुलियतहरु तपाईंहरुका ग्राहक तथा कृषकहरुले पाउँदैनन् भन्ने विषय पनि व्यापक रुपमा सुनिन्छ, तपाईंहरु आफ्नै नाफा मात्रै किन हेर्नुहुन्छ ? रिटेल व्यवसाय गर्ने संस्थाहरुले बाहिरबाट कतिमा लिएका हुन्छन् ? उनीहरुको कष्ट अफ फण्ड कति छ ?त्यसमा सञ्चालन खर्च जोडेर उनीहरुले लगानी गर्ने हो । यसमा राष्ट्र बैंकले सीमा तोकेको छ । लघुवित्तमा स्वस्थ प्रतिस्पर्धा छ । सोही अनुसार हामीले शुल्क पनि लिने हो । हाम्रो अभ्यास एकदमै फेयर नै छ । नेपालमा लघुवित्तको जस्तो फेयर अभ्यास अरुकमै होला । आरएमडीसी लघुवित्तको लगानी कुन क्षेत्रमा बढी छ ? हामीले लगानी गर्ने भनेको विभिन्न लघुवित्तहरुर सहकारीहरुमा नै हो । उहाँहरुले नै कृषि र पशुपालनामा बढी लगानी गरेका छन् । हामीले हाम्रा ग्राहकहरुलाई पैसा मात्रै दिँदैनौं । उनीहरुको सीप विकास, क्षमता अभिवृद्धिका लागि पनि काम गर्दै आएका छौं । तालिम दिने, फिल्डमा गएर अनुगमन पनि गर्दै आएका छौं । विभिन्न व्यक्ति तथा संस्थाहरुले जुन प्रयोजनका लागि लघुवित्तहरुबाट ऋण लिएका हुन्छन् सो प्रयोजनमा त्यो रकम खर्च नभएको विषय पनि बेला बखत उठ्छ, फिल्डमा जाँदा यस्तो परिपाटी कत्तिको देख्नुहुन्छ ? हो, कहिले काँही त्यस्तो प्रवृति पनि हामी भेट्टाउँछौं । हामी होलसेल गर्ने संस्था भएकोले हामीले संस्थालाई कर्जा दिने हो । रिटेलबाट प्रवाह हुने कर्जामा त्यस्तो परिपाटी केही मात्रामा भेटिन्छ । व्यापक रुपमा भने छैन । सहकारीलाई तपाईंहरु पाटर्नरका रुपमा लिनुहुन्छ । तर, सहकारी र लघुवित्तहरुको काम कारवाही एउटै भयो भनेर पनि विभिन्न समयमा प्रश्न गरिन्छ । यी दुवैको औचित्य किन ? नेपालमाअझै पनि वित्तीय पहुँच र वित्तीय साक्षरता एकदमै आवश्यक छ । कुनै व्यक्तिसँग सीप छ, क्षमता छ । तर, उसले पैसा पाएको हुँदैन । नेपालमा लघुवित्त र सहकारीहरुको विकासले वित्तीय पहुँचमा ठूलो सहयोग पुगेको छ । यो प्रतिस्पर्धा हो । सेवाग्राहीलाई यो ‘च्वाइस’ गर्न मिल्ने अवसर पनि हो । पहिले थोरै बैंक हुँदा कर्जा पाउन पनि गाह्रो थियो । तर अहिले ऋण पाउन पनि सजिलो छ । यो सहरकारी र लघुवित्तहरुको कारणले सम्भव भएको हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर तथा एक्विजिसन गर्ने विषयलाई प्राथमिकता दिइहरेको छ । लघुवित्तहरु पनि दिनप्रतिदिन घटिरहेको छन् । लघुवित्तहरु कतिसम्म हुनु पर्छ भन्ने तपाईंहरुको माग हो ? मर्जर तथा एक्विजिसन स्वभाविक हो । पूँजी कम भयो भने संस्थामा समस्या हुन्छ । एउटा संस्थामा समस्या हुने वित्तीकै प्रणालीमै समस्या आउँछ । सानो डुङ्गा छ, तर, नदिमा ठूलो छाल आयो भने डुङ्गा डुब्न सक्छ । संस्था हरेक किसिमबाट बलियो बनाउन र सुदृढ गर्नको लागि नै राष्ट्र बैंकले यो नीति ल्याएको हो । यसमा हामी सबैले सहयोग गर्नुपर्छ । नेपालमा ४०/५० लघुवित्त आवश्यक छ जस्तो मलाई लाग्छ । वित्तीय तथा लघुवित्तहरु ‘कोर बैंकिङ’ भन्दा पनि सेयर कारोबारमै व्यस्त भए भन्ने आरोप पनि आउँछ नी ? होइन, आफ्नो मुख्य काम छोडेर सेयरमा कारोबार गरेका छैनन् । पुँजी कम भएको र कारोबार धेरै भएको हुनाले लघुवित्तहरुको लाभांश बढी छ । यसले पनि सेयरको मूल्य बजारमा बढी छ । लघुवित्त नै गर्ने काम छोडेर सेयर कारोबार भने गरिरहेका छैनन् । अहिले राम्रा–राम्रा वाणिज्य बैंकहरुको सेयर मूल्य कम छ । तर, सानो लघुवित्तको सेयर मूल्य राम्रो बैंकको भन्दा लगभग दोव्वर नै देखिन्छ, तपाईंले यसको कारण के देख्नु भएको छ ? सुरुमा त लघुवित्तहरुमा सेयरधनी थोरै हुन्छन् । कारोबार धेरै छ । पूँजी पनि कम भएपछि लाभांश पनि राम्रै दिन्छन् । लाभांश धेरै आउने रहेछ भनेर पनि लगानीकर्ताहरु लघुवित्ततर्फ आएका हुन सक्छन् । सेयरको मूल्य मार्केटले बढाएको हो ।संस्थाका विभिन्न सूचक तथा स्ट्रेन्थभन्दा पनि सर्टटर्मकै फाइदा हेर्न भएकोले पनि सेयर मूल्यमा यस्तो भएको हुनसक्छ । वाणिज्य बैंकहरुको न्यूनतम ८ अर्ब पँजी भइसक्यो । उनीहरुले लाभांश वितरण गर्दा त्यसको आधारमा लाभांश वितरण हुन्छ । लघुवित्तहरुको पुँजीको तुलनामा कारोबार बढी छ । सेयरधनीको पुँजी कम तर कारोबार बढी भएको कारणले उनीहरुले लाभांश बढी दिन सक्ने भए । लाभांशकै कारणले लघुवित्तहरुको मूल्य बढेको हुनसक्छ । लघुवित्तहरुको अहिलेको सेयर मूल्य स्वभाविक हो ? यसलाई म स्वभाविक पनि भन्दिन । मार्केटले लाभांश हेरेर लगानी गरेको होला । नेपाली सेयर बजार त्यति परिपक्क भइसकेको छैन । दीर्घकालीनभन्दा पनि अल्पकालीन रुपमासेयर बजार चलेको छ । हल्लाको भरमा सेयर लगानीकर्ताले लगानी गरिरहेको अवस्था छ । लघुवित्तहरुको दीगो विकासका लागि पूँजी आवश्यक छ । सेयर बजार पूँजी निर्माणको महत्वपूर्ण क्षेत्र हो । यसमा सबै नियकाहरुले ध्यान दिनु पर्छ । हाम्रो हेर्ने दृष्टिकोण परिपक्क नभएको कारणले पनि केही समस्या आएको हुन सक्छन् । समग्रमा सेयर बजार विकासको क्रममा छ । नेपाल राष्ट्र बैंकले लघुवित्तको सेयर खरिद गर्न नपाउने व्यवस्था गरेसँगै नाफा घट्यो भन्ने विषय छ नी, यो कति यर्थाथ हो ? यसले खासै असर गरेको छैन । राष्ट्र बैंकले जुन संस्थाहरु जुन उद्धेश्यका लागि स्थापना भएका हुन् तिनीहरुको प्राथमिकता त्यसैमा होस् भन्ने किसिमबाट यस्तो गरेको हालो । त्यो व्यवस्था नै नाफा घटेको हो जस्तो मलाई लाग्दैन अहिले बैंक तथा बीमा क्षेत्रमा पूँजी वृद्धिको चर्चा छ, लघुवित्तहरुको पूँजी बढाउन आवश्यक छ कि छैन ? लघुवित्तहरुको पूँजी बढाउन एकदमै आवश्यक छ । यति नै पूँजी बढाउनु पर्छ भन्दा पनि पूँजी वृद्धि हुुनु भनेको संस्था बढ्नु हो । संस्थासँग जति धेरै पूँजी छ कारोबार पनि बढ्छ । संस्था बलियो र सुदृढ बनाउनका लागि संस्था हरेक तबरबाट सक्षम हुनुपर्छ ।नाफा बढाउनेभन्दैमा पनि निक्षेपभन्दा बढी लगानी गर्नु भएन । आफ्नो मापदण्डमा बस्नु पर्छ । सधैं नाफा मात्रै हेरेर पनि हुँदैन । संकटको बेला बाँच्न सक्नु नै ठूलो कुरा हो । आरएमडीसीको अहिलेको नाफालाई नै आधार मानेर हेर्दा यस लघुवित्तका सञ्चालकले यो वर्ष कतिसम्म लाभांश पाउन सक्छन् ? प्रत्येक वर्ष हाम्रो लाभांश राम्रो रहेको छ । हामीले गत वर्षको नाफाबाट २५ प्रतिशत दिएका छौं । अब यो वर्ष यति नै दिन्छौं भनेर अहिले नै भन्न सकिने अवस्था छैन । भोलिको दिनमा नियामकले कुनै नयाँ व्यवस्था गर्ला वा अझै कुनै संकट आउन सक्ला । त्यसैले अहिले यति नै दिन सक्छौं भन्न सकिन्न । लघुवित्त र सहकारीहरुको व्याजदरको विषयमा समय–समयमा प्रश्नहरु उठ्छन्, विपन्न नागरिकहरुबाट नै चर्को व्याज लिने गुनासो तपाईंहरुमाथि छ, लघुवित्तहरुको व्याजदर कम गर्न सकिँदैन ? संसारकै लघुवित्तहरुको व्याजदर हेर्ने हो भने सायद नेपालमै सबैभन्दा कम होला । यो विषयमा ठूलो भ्रमबीच हामी बाँचिरहेका छौं । लघुवित्तहरुमा व्याजभन्दा पनि भनेको बेला र चाहेको जति पाउने विषय महत्वपूर्ण हो । लघुवित्तहरुले घरमै गएर ऋण दिइरहेका छन् । लघुवित्तहरुको विकास र व्यवस्थापनका लागि सम्बन्धित निकायहरुबाट के कस्तो पहल हुन आवश्यक छ ? सरकार, नियामक र लघुवित्तहरुले पनि अब स्रोतसाधनकोउपलब्धतामा ध्यान दिनु पर्छ । लघुवित्त फण्ड स्थापना गरेर कर्जा प्रवाह गर्न सकिन्छ कि भन्ने तर्फ हामीले सोच्नु पर्छ । त्यससँगै लघुवित्तको नियमन पनि चुस्त बनाउन आवश्यक छ । यो क्षेत्रमा केही समस्या पनि छन् । एउटै व्यक्ति ५÷६ संस्थाबाट ऋण लिने परिपाटी छ । यस्ता विभिन्न समस्याहरु समाधानका लागि सम्बन्धित निकायबाट पहल हुन जरुरी छ । लघुवित्तहरुले अब पैसा दिने मात्रै भन्दा पनि त्यससँगै वित्तीय साक्षरता र क्षमता अभिवृद्धिको विषयमा प्राथमिकता दिनु पर्छ । तब मात्र लघुवित्तहरु प्रभावकारी हुन सक्छन् । आरएमडीसीमा तपाईं सीईओको रुपमा आइसकेपछि संस्थाको मुहार कत्तिको फेकियो ? आरएमडीसी थोक कर्जा प्रवाह गर्ने संस्था हो । म २०७१ सालबाट यसमा आवद्ध भएँ । हामीले यसलाई व्यापकप्रभावकारी बनाउने तर्फ काम गरिरहेका छौं । हाम्रा पाटर्नर र कारोबारको वृद्धि सँगै विभिन्न निकायको समन्वयमा क्षमता विकास र लुघवित्तको विकासका लागि पनि हामीले काम गरिरहेका छौं । यो संस्थामा म आवद्ध भइसकेपछि राम्रै रिजल्ट दिएँ जस्तो मलाई महसुस हुन्छ । ग्राहकहरुले चाहेको बेलामा थोक कर्जा दिएका छौं । उहाँहरुको कामको फिल्डमा अनुगमन गरेका छौं । उनीहरुलाई बेला–बेला सहयोग र सल्लाह दिइरहेका छौं । विभिन्न तालिम पनि दिँदै आएका छौं । यो संस्थालाई थप परिस्कृत बनाउन आगामी योजना के कस्ता छन् ? यसलाई अझै व्यापाक रुपमा देशधर नेटवर्क बढाउने र स्थानीय लेभलका सहकारी र वित्तीय संस्थाहरुलाई पाटर्नरका रुपमा अगाडि लैजानेतर्फ हाम्रो ध्यान हुनेछ । हाम्रा ग्राहकहरुको कामलाई स्तरिय वनाउन तर्फ पनि हाम्रो जोड रहनेछ ।