विदेशी मुद्रा पनि नआउने र राजस्व पनि नउठ्ने समस्या आउन सक्छः डा. पौडेल

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको ७ महिनाको तथ्यांकले नेपालसँग अब ६ महिना २१ दिनको लागि मात्रै वस्तु तथा सेवाको आयात धान्न पुग्ने विदेशी मुद्राको संचिति छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकले नै ७ महिनाको लागि वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी मुद्राको संचिति राख्ने भनेको थियो । राष्ट्र बैंक यो लक्ष्यमा असफल भइसकेको छ । विदेशी मुद्राको संचितिमाथि घट्न थालेको स्पष्ट संकेतहरु गत मंसिर महिनादेखि नै देखिन थालिसकेका थिए । विदेशी मुद्रा संचिति कम हुन थालेपछि राष्ट्र बैंकले आयातमा कडाई गरिहेको छ । यस्तै, पछिल्लो समय रसिया तथा युक्रेनबीचको युद्धले नेपाली अर्थतन्त्रमा पनि प्रभाव पार्न सक्ने देखिएको छ । किनभने अन्तराष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेको छ । त्यसको असर नेपालमा पनि परेर पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगिसकेको छ । यस्तै, रसिया तथा युक्रेनबाट आयात हुने वस्तुहरु नपाइने हुँदा पनि मूल्यमा असर परेको छ । यस्ता परिस्थितिले नेपालको अर्थतन्त्रलाई कस्तो असर पर्ला ? विदेशी मुद्राको संचिति कम भएर ६.७ महिनाको लागि आयात धान्न मात्रै पुग्ने हुनु भनेको चिन्ता गर्नुपर्ने अवस्था हो कि होइन भन्ने लगायतका विषयमा त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागका एसोसिएट प्रोफेसर डा. रमेश पौडेलसँग कुराकानी गरेका छौं । विदेशी मुद्रा संचिति कम हुँदै गएर नेपाली अर्थतन्त्रको वाह्य क्षेत्रमा दवाव परेको देखिन्छ, यो परिस्थिति चिन्ता मान्नुपर्ने अवस्था हो कि होइन ? विकसित देशहरुमा ३ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्राको संचिति छ भने त्यसलाई सहज अवस्था मानिन्छ । नेपालमा भने हाम्रो अर्थतन्त्रका धेरे अवयवहरु हेरेर करिब ८ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा संचिति छ भने त्यसलाई सहज अवस्था मान्ने भनिएको छ । तर, अहिले हामीसँग भएको विदेशी मुद्राको संचितिले साढे ६ महिनाको आयात मात्रै धान्न पुग्ने देखिएको छ । यो तथ्यांक पुस मसान्तसम्मको हो । अर्काे, युक्रेन र रसियाबीचको युद्धले गर्दा कतिपय बस्तुहरुको मूल्य बढ्ने देखिन्छ । पछिल्लो ६ महिनामा युक्रेनबाट साढे १३ देखि करिब १४ अर्ब रुपैयाँ बराबरको खाने तेल लगायतका वस्तुहरुको आयात भएको देखिन्छ । त्यसको मूल्य पनि अझै बढ्ने देखिन्छ । त्यसैकारण बजारमा मूल्य बढ्ने र त्यसले विदेशी मुद्राको संचितिमा थप दबाब पर्दै जाने देखिन्छ । पुस मसान्तसम्मको तथ्यांकले ६ महिना १८ दिनको लागि वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा संचिति देखिन्छ, त्यति पैसा हुँदा पनि हामी डराउनु पर्छ र ? अहिलेको अवस्थामा अरु अवयबहरु थपिएनन् भने त्यति डराउनु पर्दैन । विकसित देशहरु त ३ महिनाको लागि पुग्ने विदेशी मुद्रा संचिति हुँदा पनि हामी सहज अवस्थामा छौं भन्दै काम गर्छन् । तर, हामी कहाँ सम्भावनाहरु अप्ठारा छन् । यसका केही राम्रा सम्भावनाहरु पनि छन् । जस्तो कि माघ र फागुनमा थोरै भएपनि रेमिटान्स केही बढेको छ भन्ने संकेतहरु देखिएका छन् । बैंकिङ क्षेत्रमा तरलता पनि बृद्धि भएको देखिदैछ । तर, विभिन्न तथ्यहरु विश्लेषण गर्ने हो भने साढे ६ महिनाको लागि मात्रै आयात धान्न पुग्ने विदेशी मुद्राको संचिति भनेको त्यती सहज अवस्था होइन । हामी डराउनु पर्ने, सतर्क हुनुपर्ने नै अवस्था हो । त्यही भएर नै नेपाल राष्ट्र बैंकले आयातमा केही कडाईहरु गरिरहेको छ । आयातमा गरिएको कडाईले विदेशी मुद्राको संचिति बढ्ने भन्दा पनि अनौपचारिक कारोबारले प्रश्रय पाउन सक्छ भनेर व्यापारीहरुले भनिरहेका छन्, तपाईंलाई कस्तो लाग्छ ? आयातलाई नियन्त्रण गर्ने भन्ने कुरा सन् १९७० पछि सिद्धान्ततः असफल भइसकेको छ । अहिलेको जमानामा अहिलेका उपभोक्तालाई आयात प्रतिस्थापन गर्छु, नेपालमा जे छ त्यही उपभोग गर भनेर सकिने अवस्था छैन । अन्तराष्ट्रिय व्यापारका अर्थशास्त्रीहरुले पनि आयात प्रतिबन्द गर्ने भन्ने विषय अस्वीकार गरिसकेको विषय हो । त्यति राम्रो निर्णय नभएपनि राष्ट्र बैंकले तत्कालको लागि केही सहज हुन सक्छ कि भनेर आयातमा कडाई गरेको छ । किनभने अवस्था राम्रो छैन, यस्तो बेलामा केही गर्ने कि नगर्ने, केही उपाय निकाल्ने कि ननिकाल्ने त भन्दा गर्ने भन्ने कुरा भयो । तर, निजी क्षेत्र, व्यापारिक क्षेत्रले प्रश्न उठाए जस्तो आयातमा अहिले गरिएको कडाईले तत्कालको लागि विदेशी मुद्राको संचिति कम हुन केही रोकेपनि केही समयपछि अर्काे ठाउँबाट हागाँ हाल्छ । किनभने औपचारिक माध्यमबाट आयात गर्न महंगो भएपछि अनौपचारिक माध्यमबाट आयात हुन थाल्छ । आयातलाई नियमन र मौद्रिकरण (मनिटरिङ र मनिटाइजिङ) गर्न सकिरहिएको छैन । किनभने हाम्रो देशमा यो यो वस्तु मात्रै आयात हुन दिन्छु भनेर रोक्न सक्ने अवस्था छैन । दोस्रो, जति पनि आयात हुन्छ, त्यसलाई औपचारिक दायरामा ल्याउन सकिएको छैन । अहिले अवस्था नराम्रो छ, त्यसैले केही समय आयातमा कडाई गरौं भन्ने हो भने पनि त्यसलाई सहयोग गर्ने अरु संयन्त्र खै त ? त्यो तयार नभइकन नीति मात्रै बनाउने हो भने तल्लो वर्गलाई केही अप्ठेरो हुन्छ । तर, अक्टोफसको जस्तो चारैतिर हाँगा भएका व्यापारिक क्षेत्रले एकपछि अर्काे बाटो निकालिहाल्छ । त्यसैले कडाई तत्कालको उपाय हुन सक्ला तर दीर्घकालिन उपाय हुन सक्दैन । बैधानिक माध्यमबाट हुने आयातमा कडाई गर्दा अवैधानिक माध्यमबाट आयात हुने र त्यसले विदेशी मुद्रा संचिति घटाउने काम भने गरिरहने खतरा कत्तिको देख्नुहुन्छ ? त्यस्तो खतरा पनि छ । अर्थतन्त्रलाई स्वभाविक गतिमा जान नदिने र सामान्य नियमभन्दा बढी गएर हस्तक्षेप गर्न थालियो भने त्यसका दीर्घकालिन प्रभावहरु धेरै क्षेत्रमा एकैचोटी फैलिन्छन् । केही नीतिगत निर्णयले तत्कालका लागि राम्रो उपलब्धी हासिल हुने अवस्था रहन्छ भने केही नीतिगत निर्णयले लामो समयपछि नकारात्कम असर देखिन पनि सक्छ । जस्तो कि रसिया र युक्रेनबीचको युद्धको कारण अमेरिकाले रसियाको निर्यातलाई प्रतिवन्द लगायो । अब हामीले रसियाको तेल अर्काे ढंगले कुटनीतिक माध्यम प्रयोग गरेर ल्याउन सक्यौ भने अर्थात अमेरिका जाने पेट्रोलियम पदार्थ नेपाल आउन आउन सक्यो भने सस्तो होला । तर, युक्रेनबाट आयात हुने खानेतेलको विकल्प तयार हुन समय लाग्ला । जस्तो कि केही वर्षयता नेपालको निर्यात व्यापारमा पाम आयाल लगायको निर्यात पनि बढेको छ । त्यसको एउटा कारण त युक्रेन रहेछ । हिजोदेखि नै निजी क्षेत्रले के भनिरहेको थियो भने – पाम आयाल र सोयाविन आयालमा भएको निर्यातलाई देखाएर छाती नफुलाउ नीति निर्माताहरु, कुनै पनि बेला ध्वस्त हुन सक्छ । त्यो भनेको त मिल्यो । अहिले ध्वस्त हुन थाल्यो । अब हाम्रो निर्यात घट्ने अवस्था देखिन्छ । यस्तै, पेट्रोलियम पदार्थको आपूर्ति संयन्त्र नै ध्वस्त भयो भने त्यसको मूल्य पनि अकाशिन्छ । पेट्रोलियम पदार्थको मूल्य बढ्नु भनेको सबै विषयको मूल्य बढ्नु हो । बस्तुको मूल्य बढेपछि भएकै विदेशी मुद्राको संचितिबाट आयात गर्नुपर्ने हुन्छ । विदेशी मुद्रा संचितिमा अहिले देखिएको दबाब विगतको कुनै नीतिगत निर्णयको कमजोरीले आएको हो कि हाम्रो काबु बाहिरको परिस्थिति हो ? नीतिगत कारणले भन्दा पनि व्यवहारिक समस्याको कारण देखिएको हो । जस्तो कि विगत २ वर्षजतिदेखि विदेशी मुद्रा आउनले सम्भावनाहरु कम हुँदै गए । त्यो कम भएको बेलामा हामीले हाम्रो आयात रणनीतिलाई केही परिमार्जन गर्नु सक्नु पथ्र्याे । जस्तो कि विदेशी मुद्राको प्रमुख मध्येको स्रोत पर्यटन २ वर्षदेखि ठप्प छ । त्यसको परिपूर्ति कसरी गर्ने भनेर सरकारले रणनीति बनाउनु पर्ने थियो । यहाँ त सिंगो राष्ट्रको कुरा छ । राष्ट्र बैंकको मात्रै कुरा होइन । हामीले हलुका तर महंगा बस्तुको निर्यात गर्ने भन्यौं तर त्यसको लागि पर्याप्त गृहकार्य गर्न सकेनौं । जस्तो कि हामीले पर्याप्त मात्रामा मसला निर्यात गर्न सक्थ्यौ होला । तर, हामीले त्यता पनि काम गरेनौं । हाम्रो स्केल अफ इकोनोमी सानो छ, कहीबाट ठूलो मात्रामा माग आयो भने पनि परिपूर्ति गर्न सक्दैनौं । पर्यटनबाट आउने डलर नआउँदा के गर्ने भन्ने विकल्प हामीसँग हुँदै भएन । त्यो विकल्प नहुँदाको समस्या अहिले देखिएको हो । विदेशी मुद्रा संचिति कम भएपछि राष्ट्र बैंकले नगद मार्जिनको सीमा बढाएर आयात कडाई गरिरहेको छ । यसमा मौद्रिक नीतिमाफर्त भन्दा पनि अर्थमन्त्रालय आफैले केही गर्नु उपयुक्त हुन्थ्यो कि ? मौद्रिक नीतिमार्फत जति छिटो काम गर्न सकिन्छ, वित्त नीति (बजेट) मार्फत त्यति छिटो काम गर्न सकिदैन । जस्तो कि अहिले नेपाल राष्ट्र बैंकले कुनै आयातमा कडाइ गर्यो । आयात नगर भनिएको छैन, तर आयातमा कडाई त भयो । राष्ट्र बैंकले अहिले गरेको नीतिगत व्यवस्थाले ५ महिनासम्म धान्ला । त्यसपछि के गर्ने भनेर अर्थमन्त्रालयले ध्यान दिनुपर्यो । अहिले आयातमा कडाई गरिएका वस्तुहरुको नेपालमै उत्पादन गर्ने वातावरण अर्थ प्रशासनले गरिदिनु पर्यो । त्यसकारण तत्कालको लागि राष्ट्र बैंकले जे गर्यो त्यो ठीक छ । तर, दीर्घकालिन समस्या समाधान भने होइन । हाम्रो भिजन यो हो है भनेर अर्थ मन्त्रालयले प्रष्ट पार्न सक्नु पथ्र्याे, त्यसमा अर्थ मन्त्रालयले चुकेको छ जस्तो लाग्छ । नेपाल राष्ट्र बैंकले पुनकर्जा भन्दै २ खर्ब ५० अर्ब रुपैयाँ नोट छापेर बाढेको थियो, अहिले देखिएका आर्थिक समस्याहरुको कारण त्यो पनि हो ? मौद्रिक उपकरणहरुलाई जुनबेलासम्म वित्त नीतिका उपकरणहरुले सहयोग गर्दैन, त्यो बेलासम्म प्रभावकारी हुँदैन । मौद्रिक नीतिले लिएका लक्ष्यहरु प्राप्त गर्न वित्त नीतिले सहयोग गर्नुपथ्र्याे । यी दुबै नीतिहरु सँगै नहिड्दाको परिणति हो । जस्तो कि अहिले राष्ट्र बैंकले पुनरकर्जाको लागि जति पनि उपायहरु अपनाएको छ, त्यसमा अर्थमन्त्रालयले सहयोग कहाँ गरेको छ र । वाणिज्य बैंकहरुले आफ्नो किसिमले कर्जा प्रवाह गरेका छन् । उनीहरुलाई त्यसको लागि वाध्य बनाइएको पनि छ । मौद्रिक उपकरणलाई वित्त उपकरणले सहयोग गर्नुपर्छ । पोलिसीलाई टेलरिङ गर्नुपर्छ ।

नबिलमा गाभिदा नेपाल बंगलादेश बैंकका सेयरधनीलाई राम्रो फाइदा हुन्छ-इन्द्रबहादुर थापा

नेपाल बंगलादेश बैंक लिमिटेडको सञ्चालक इन्द्रबहादुर थापा सिजर्नी पावर डेभलपमेन्ट लिमिटेडको अध्यक्ष पनि हुनुहुन्छ । उहाँ गौरीशंकर पावर डेभलमेन्ट लिमिटेड, आईबी इनर्जी लिमिटेड, एपेक्स मकालु हाइड्रोपावर लिमिटेडको प्रबन्ध निर्देशक समेत रहनु भएको थापा धेरै अन्य धेरै कम्पनीको प्रवद्र्धक तथा सेयर लगानीकर्ता हुनुहुन्छ । खासै राम्रो प्रतिफल नदिए पनि लगानीकर्ताहरु किन जलविद्युत कम्पनीहरुको सेयरमा आकर्षित भएका छन् ? नेपाल बंगलादेश बैंकले किन नबिल बैंक नै रोज्यो ? यसबाट लगानीकर्तालाई के फाइदा छ ? प्रस्तुत छ यिनै विषयमा केन्द्रीत थापासँगको विकास वहस । तपाईले कति वटा कम्पनीमा लगानी गर्नु भएको छ ? नेपालमा स्टक ट्रेडिङ सुरु भएदेखि नै आइपिओमा लगानी गरेँ । त्यसपछि सेकेन्डरी बजारमा आफनो हैसियत अनुसारको सानो तिनो लगानी गर्दै गरेको हुनाले मलाई पनि थाहा छैन । कति वटा कम्पनीमा लगानी छ । धेरै थोरै गरेर धेरै वटा कम्पनीमा लगानी चाहिँ होला । एउटा लगानीकर्तालाई कतिवटा कम्पनीमा यति शेयर छ भन्ने ज्ञान पनि हुदैन र ? त्यस्तो भन्दा पनि जम्मा समग्रमा कति लगानी गरेको छ भन्ने चाहिँ हुनसक्छ । तर आज किनिन्छ, भोलि बेचिन्छ, फेरि कुनै नयाँ किनिन्छ, कुनै बेचिन्छ । त्यसकारण कुनै दश/बिस कित्ता, कुनै लाख कित्ता पनि हुनसक्छ । त्यसकारणले कति कित्ता कति कम्पनीको छ भन्ने कुरा चाहिँ सधैं फेरि रहने बिषयबस्तु भाको हुनाले परिर्वतन भइरहन्छ । तपाईंसँग कति मूल्य बराबरको शेयर छ ? मैले पनि आँकलन गरेको छैन । ऋणहरू पनि हुन्छन । अरु दायित्वहरू पनि हुन्छन । त्यसकारण ठयाक्कै कति छ भनेर भन्न चाहिँ अलिक गाह्रो हुन्छ । लगानीबारे खुलाउँदा कुनै जोखिम छ ? जोखिमको बिषय भन्दा पनि कतिपय कुराहरू सार्वजानिक गर्न नहुने कुराहरू हुनसक्छ । सार्वजानिक गरिरहने कुरा पनि हँुदैन । दिनपर्ने कुराहरू त दिइनैहाल्छौ । सार्वजानिक गर्न अलिक अप्ठेरो पनि हुन्छ । तपाईं कति वटा कम्पनीमा नेतृत्वदायी भूमिकामा हुनुहुन्छ ? नेतृत्वदायी भूमिकामा माथिल्लो निकाय भनेको सञ्चालक समिति हो । सञ्चालक समितिमा नेपाल बङलादेश बैंक लिमिटेड बोर्ड सदस्य छु । त्यसपछि सूचीकृत कम्पनी सिनर्जी पावर डेभ्लोप्मेन्ट लिमिटेडमा म अध्यक्ष छु । त्यसपछि केही हाइड्रोपावर कम्पनीका बोर्ड सदस्य छु । हाइड्रोपावर शेयर पछिल्लो समय बजारमा लगानीकर्ताको नजरमा निकै आकर्षक मानिन्छ, किन ? एक वर्ष अगाडि हेर्ने हो भने हाइड्रोपावरमा सुचिकृत कम्पनी निकै थोरै थिए । पाँच वर्ष अगाडि हेर्ने भए तीन चार वटा कम्पनी बाहेक थिएन होला । अहिले चाहिँ थुप्रै कम्पनीहरू सूचिकृत आए । बजार कस्तो देखिरहेको छ भने जुन कम्पनीको सप्लाइ कम हुन्छ त्यो कम्पनी ट्रेडिङ बढी हुन्छ । यो दीर्घकालिन लगानीको हिसाबले चाहिँ राम्रो होइन । ट्रेडिङको हिसाबले माग र आपूर्तिले कारोबार भइरहेको त्यही अनुसार मूल्य पनि बढिरहेको छ । पिई हेर्ने हो भने बैंकहरूको मूल्य १५÷२० मा बसिरहेको छ । हाइड्रोपावरको साठी, सत्तरी, असी अथवा इन्सुरेन्स कम्पनीहरूमा सयभन्दा माथिसम्म बसिरहेको छ । त्यसकारण जुन कम्पनीको सीमित सप्लाई छ त्यो कम्पनीमा मान्छेको ट्रेडिङ आकर्षण हुँदोरहेछ । सिनर्जीको सेयर प्रतिकित्ता पाँच सयको हाराहारीमा कारोबार भैरहेको छ । यो मूल्य जायज हो ? सिनर्जी पावर डेभलपमेन्टमा लामो समयदेखि विभिन्न समस्याहरू थियो । एउटा त भूकम्पले निकै क्षतिग्रस्त भएकोले एक डेढ वर्ष पछि पूर्नस्थापना गरेर हामीले सञ्चालन गरेका छौं । त्यसपछि ट्रान्समिसन लाइनको समस्या थियो । त्यो समस्यालाई पनि हामीले यसपालीबाट समाधान गरेका छौं । उत्पादन भइरहेको जति विद्युत हामीले बेच्न पाइरहेको थिएनांै । यस वर्ष पनि सिजन अनुसार असार, साउन र भदौमा पनि सबै बेच्न सकेनौं । अब चाहिँ यो समस्या रहँदैन । हामीले हल गरिसकेको छांै । त्यस हिसाबले हाम्रो आम्दानी यो सालबाट बढ्न पनि सक्छ । त्यसबाहेक अहिले हामीले सिनर्जीपावर डेपलोप्मेन्टको शेयर धनीहरूलाई लाभ दिन अर्को योजना बनाउनु पर्छ भनेर हामीले २२ मेघावाटको योजना अगाडी बढेको छ । २२ मेघावाटमा ४० प्रतिशत सिनर्जीले लगानी गरेको छ । यो निकै राम्रो योजना छ । एपेस मकालु हाइडोपावर योजनामा हामीले चालीस प्रतिशत लगानी गरेको छौ । अहिले निर्माणको चरणमा छ । त्यसको रेभिन्यु हेर्दा सिनर्जी पावरको भन्दा बढी हुन्छ । त्यसको लगानीको स्रोतको लागि हामी राइट शेयरमा पनि जादैछौं । त्यसले अहिलेको मूल्यलाई जस्टीफाई गर्छ । कम्पनीले लगानीलाई कति लाभांश दिन्छ होला ? सिनर्जी पावरले कमाएको शेयरबाट प्रति शेयर रु १० दिन सक्छ । अर्को दुई योजना दुई वर्षभित्र पूरा गर्ने लक्ष्य लिएका छौं । त्यो योजना पूरा गर्न सकियो भने ५० प्रतिशत पूँजी लगानी गरे पछि ५० प्रतिशत नै अतिरिक्त शेयरहरूबाट फाईदा हुन्छ । नविल बैंकले नेपाल बंगलादेश बैंक एक्वाएर गर्दैछ । जुन मूल्यमा बङगलादेश बैंक नविल बैंकमा मर्ज हुदैछ, त्यो सन्तृस्ट गर्न लायक छ ? नेपाल बङगलादेशको १०० शेयर बराबर ४३ वटा शेयर चाहिँ नविल बैंकको शेयर नेपाल बङगलादेशको शेयर धनीहरूले पाउने भनेर मोटामोटी सैद्धान्तिक सहमति गरेका छौं । यसमा दुई वटा कुरा छ । एउटा राष्ट्र बैंकले दिएको दिशानिर्देश अनुसार डिडिएले निकालेको मूल्य हाम्रो सहमति भन्दा १० प्रतिशत तलमाथि भए मात्रै हामी फेरी नयाँ स्वाप रेसियो हुन्छ । अर्को कुरा सबै भन्दा ठूलो कुरा चाहिँ बङ्लादेश बैंकको लगानीकर्ताको अधिकारको कुरा हो । त्यो सबै प्रक्रिया सकेपछि हामी विशेष साधारणसभामा जान्छौ । त्यसले पास गरेपछि मात्र लागू हुन्छ । तपाईंले मर्जको लागि नविल बैंक नै किन रोज्नु भो ? बङगलादेश बैंकमा ४१ प्रतिशत विदेशी लगानीकर्ता छ । विदेशी लगानीकर्ता भएकोमा उहाहरूको इच्छाविना मर्ज गर्न सकिदैन । उहाँहरू इच्छुक हुनुहुन्थेन त्यसकारण हामीले कसैसँग पनि यो कुरा चलाको छैनौ । अहिले चाहिँ नविल बैंकको प्रमोटरसँग किनबेचको कुरा पनि चलेको रहेको छ । किनबेचको कुरा पछि होला तर पहिले मर्ज गरौ भन्ने कुरामा सहमति भएर मर्ज गर्न लागेको हौ । तपाई लामो समयदेखि नेपाल बंङगलादेश बैंकको सञ्चालक हुनुहुन्छ । यो बैंकलाई टिकाइराख्न नसक्दा कस्तो अनुभूति भैरहेको छ ? नेपाल बंङगलादेश बैंक अगाडि बढ्न सकेन । किनभने बङगलादेश बैंकमा ५० प्रतिशतको दरले बङ्गाली साझेदारहरू आउनु भयो । उहाँहरूबाट हाम्रो राष्ट्रले जे अपेक्षा गरेको थियो, त्यो भएन । विदेशी पूँजी, विदेशी प्रविधि, विदेशी सीप, यी तिन कुराको आस गरेको थियौं । पूँजी चाहिँ आयो तर अरु आएन । २०६५ सालमा उहाँहरूले सञ्चालन गर्दा गर्दै समस्याग्रस्त भयो । त्यसपछि राष्ट्र बैंकले टेककभर गर्यो । राष्ट् बैंकले लगानीकर्तालाई व्यवस्थापन हस्तान्तरन गरेपछि म सञ्चालक भएको हो । त्यतिबेला २७ प्रतिशतको सेरोफेरोमा एनपीए थियो । त्यो एनपीए व्यावस्थापन गर्दा गर्दै केही वर्ष हामीलाई लाग्यो । यो बैंकले खुट्टा टेक्न नै धेरै समय लाग्यो । र, २०६९/२०७० बल्ल सेयरधनीलाई लाभांश दिन थाल्यौ । बैंक सञ्चालन भएको झन्डै १५ वर्ष सम्म हामीले शेयर धनीहरूलाई केही पनि दिन सकेनौ । समग्रमा हामीले जति अपेक्षा गरेका थियौं, त्यो अनुसार व्यवसाय विस्तार गर्न पनि सकेनौं । बैंकहरुको संख्या पनि धेरै भए । राष्ट्र बैंकको चाहाना पनि मर्जमा जाने, संख्या घटाउने भन्ने रह्यो । सबै परिस्थितिलाई नियालेर हामी मर्जमा जान लागेका हौं । बङगालीहरूले किन यो बैंक छोड्ने निश्कर्षमा पुगे ? एक त बङगलादेश हामी जस्तै हो । उहाँहरूले जुन हिसावले लगानी गरेको हो, जुन हिसाबले प्रतिफल हुने अपेक्षा थियो, त्यो भएन । २७ वर्ष पुरानो बैंकमा उहाँहरूले जति लगानी गरेर जति प्रतिफल लानु भो सुरुमा गरे अनुसारको प्रतिफल पाउनु भएन । त्यसकारण यहाँबाट लगानी निकाल्नु पर्ने रैछ ठन्नु भो होला । यो शेयर बेच्ने कुरा क्रममा पनि त बङगालीहरूले सनराइज बैंकको प्रमोटरसँग साझेदारी गरेको कुरा बाहिर आयो । फेरी पछि नविल बैंकसँग मर्जको प्रक्रिया अगाडि बढ्यो । यस विषयमा मुद्दा मामिला चलिरहेको छ । किन यस्तो समस्या भयो ? मैले जाने अनुसार के हो भने एउटा प्रमोटरले अरुलाई बेच्छ भने सञ्चालक समितिमा आउनु पर्छ । सञ्चालक समितिमा नआएको विषयलाई उहाँहरूले बेच्दै हुनुहुन्छ भन्ने कुरा हामीलाई जानकारी हुँदैन । सनराइज बैंकको समूहलाई उहाँहरूले बेच्न खोज्नु भएको कुरा म सञ्चालक समितिको सदस्य भएको हैसियतले मेरो सञ्चालक समितिमा कहिले पनि त्यस्तो कुरा आएको थाहा छैन । हामीले यति शेयर बेच्दै छौ भनेर सूचना नै सार्वजानिक गरेको होइन र ? उहाँहरूले बेच्ने कुरा गर्नुभयो । हामीले प्रमोटरहरू तपाईहरू को किन्नु हुन्छ, आउनुहोस् भनेर सञ्चालक समितिले निर्णय गरेर सूचना निकाल्यौं । सूचना निकालि सकेपछि एक्जेस्टिङ प्रमोटरहरूले हाल्नु पनि भो । त्यसको निश्चित प्रक्रिया पनि हुन्छ । त्यो पूरा गर्न उहाँहरू सफल नभएको निष्र्कष निस्क्यो । त्यही अनुसारको राष्ट्र बैंककबाट पनि निर्देशन प्राप्त भयो । त्यो अनुसार फेरी अरुलाई बेच्न सक्ने अवस्था छ अहिले । एउटाले भन्दा अर्कोले बढी मूल्य तिरेको कारणले फरक परेको होइन ? त्यस्तो पनि होइन तर यहाँले सोधिहाल्नु भो मलाई । एउटा कुरा चाहिँ मैले के भन्नु पर्छ भने सनराइज बैंक अध्यक्ष मोतीलाल दुगडबाट चाहिँ के आको थियो भने –‘हामीले उहाँहरूसँग सटेन मूल्यमा नेगोसेसन गरेका छौं । त्यसको कागज यो हो । यो अनुसार दिलाई पाऊ’ भन्नु भाथ्यो । त्यो चाहिँ गत २०२१ अप्रिलको कुरा हो । उहाँहरूले त्यो बेला गरेको ड्राफको एमओयू पनि पेस गर्नु भाथ्यो जसमा हस्ताक्षर चाहिँ थिएन । अचम्मको कुरा त के छ भने नेपालको एक्जेस्टी कानुुन अनुसार जो मान्छेले त्यो शेयर लिन एमेयु गरे भन्नु भो, एक जना मान्छे जो चाहिँ अर्को बैंकको १० प्रतिशत भन्दा माथि शेयर धनी हुनुहुन्छ, यसको बैंकको ४० प्रतिशत शेयर किन्न इलिजिबल नै हुनुहुन्न । अर्काे कूरा नेपालको एकजेस्टी कानून अनुसार कुनै पनि बैकको प्रमोटर शेयर, प्रमोटर शेयरको पहिलो प्राथमिकता हुन्छ, अरुलाई हुदैन । त्यो मोतिलाल दुगडहरूले खरिद गरेको जुन प्रक्रिया चाहिँ बंगलादेश बैंकले साबिकका संस्थापकहरूलाई शेयर किन्न अपिल गर्नु भन्दा अगाडिको प्रोसेस रैछ ? अगाडिको प्रोसेस हो । हामीलाई जे डकुमेन्ट प्राप्त भो त्यो चाहिँ हामीले जुलाई २४ मा सूचना निकाल्नु भन्दा अगाडिको रहेछ । नविलमा मर्ज भैसकेपछि बंगलादेश बैंकका सेयरधनीलाई के फाईदा हुन्छ ? शेयरधनीले मुख्य हेर्ने भनेको लाभांश हो । नविल बैंकको विगतलाई हेरेर दुई/चार वर्ष अध्यायन गर्यौ भने ३० प्रतिशत ४० प्रतिशतको हाराहारीमा उनीहरूले चाहिँ लाभांश पाइरहेका छन् । जबकी हाम्रो १० प्रतिशतको हाराहारीमा छ । हामीले नबिलमा ४३ प्रतिशत पाएर त्यहाँ गयौं र हामीले त्यहाँ ३० प्रतिशत पायौ भने अहिलेको भन्दा राम्रो फाइदा पाउछौं । ट्रेडिङकै हिसाब गर्नुहुन्छ भने अहिले हाम्रो सेयर प्रतिकित्ता ४०० मा बन्द भएको छ । नविल बैंकको ११०० को हाराहारीमा छ । ४३ प्रतिशत गर्दा खेरी ५०० हाराहारीमा हुन्छ । एउटा पब्लिक शेयर ५०० को हुनेभो त्यसमा १०० फाईदा भयो । त्यस हिसाबले हाम्रो शेयर धनीलाई फाइदा नै हुन्छ ।

सुनको अण्डा दिने कुखुरा मार्न खोजे उद्योगी व्यापारीले- उपेन्द्र पौडेल

पछिल्लो समय अर्थतन्त्रमा संकटको सूचक देखिएका छन् । विदेशी मुद्राको संचिति घटेको छ । रेमिट्यान्स आय पनि घट्न थालेको छ । व्यापार घाटा निरन्तर बढ्दै गएको छ । वित्तीय क्षेत्रमा कर्जा लगानीयोग्य पुँजीको अभाव छ । बैंकहरुले निक्षेप १२ प्रतिशतमा लिइरहेका छन् । कर्जाको व्याजदर वृद्धि गरेको भन्दै उद्योगी व्यवसायीले बैंकिङ क्षेत्रको आलोचना गरिरेका छन् । प्रस्तुत छ यसै सन्दर्भमा नविल बैंकका अध्यक्ष, नेपाल बैंकर्स संघको पूर्व अध्यक्ष, ३ दशकभन्दा बढी बैकिङ क्षेत्रमा काम गरेको अनुभवी बैंकर्स उपेन्द्र पौडेलसँग गरिएको विकास वहस यस पटक । तपाईंको व्यक्तिगत र पेशागत जीवन धेरैको लागि पछ्याउन लायक छ । तपाईंको पारिवारिक जीवन कस्तो छ ? मैले सरल जीवन बिताइरहेको छु । परिवारमा दुई छोरीहरु र श्रीमती छन् । भाईहरु र प्यारेन्ट (अभिभावक) सँगै बस्दै आएको छु । म उमेरले धेरै ठूलो भइकसेपछि विद्यालय गएँ । सुरुमा मैले मामा घरको हजुरबुवासँग गुरुकुल शिक्षा लिएँ । उहाँसँग बसेर नै पढेँ । एकैचोटी ६ कक्षामा भर्ना भएँ । मैले स्नातक गएपछि केही कुरा ‘क्याचअप’ गरेँ । मेरो पढाईको बेस खासै राम्रो रहेन । तर मैले राम्रो संस्कार पाए । नैतिक शिक्षा धेरै सीकियो । मेरो व्यक्तिगत विकासमा पनि यसले धेरै सहयोग पुग्यो । मेरो ‘ग्रोथ’ सकारात्मक हिसावबाट नै भयो । एसएलसी पढेपछि डाक्टर बन्ने योजना थियो । तर, जम्मा ८ जनाको कोटाको कारण नाम निकाल्न सकिएन । त्यसपछि कमर्स नै पढेँ । सुरुमा सोल्टी होटलमा ६ वर्ष जति काम गरेँ । त्यसपछि बैंकमा काम गर्नु पर्छ भन्ने मानसिकताका साथ एउटा सरकारी (वाणिज्य) बैंकमा काम सुरु गरेँ । त्यहाँ पनि १÷२ महिना मात्रै काम गरेँ । त्यस बैंकमा काम गर्ने वातावरण पनि राम्रो थिएन । सिक्ने मौका पनि नपाएपछि त्यहाँबाट बाहिरिएकोह हुँ । म फेरि सोल्टी होटलमै फर्केँ । सोल्टी होटललमा काम र कल्चर पनि सिकियो । त्यसपछि फेरि स्ट्याण्डर्ड चार्टर्ड बैंकमा काम सुरु गरेँ । त्यहाँ निरन्तर १४ वर्ष काम गरेँ । त्यहाँ पनि छोडेर नेपाल मर्चेन्ट बैंकिङ (एनएमबी)मा आएँ । त्यतिबेला एनएमबी फाइनान्स कम्पनी थियो । हामीले फाइनान्स कम्पनीलाई स्तरवृद्धि गरेर एनएबबी बैंक बनायौं । त्यतिखेर धेरै चुनौति थिए । त्यतिखेर धेरै बैंक समस्यामा परेका थिए । धेरैले अब पालो एनएमबीको पनि भनेको सुनिन्थ्यो । तर, हामीले हतार गरेनौं । मलाई थाहा थियो एनएमबीको अवस्था कस्तो थियो भनेर । बैंकहरुले आफ्नो वयवसायलाई आक्रमक रुपमा देखाउँथे । तर, म त्यो बेला पनि बैंकिङ सेवा भनेको अल्पकालीन नभएर दीर्घकालिन व्यवसाय हो भन्ने गर्थें । त्यतिखेर मेरो आलोचना पनि भयो होला । तर, म के गरिरहेको थिएँ मलाई मात्रै थियो । मलाई विदेशी बैंकहरुको कल्चर र अभ्यास पनि थाहा थियो । फेरि हामी मर्जरमा गयौं । मर्जर सँगसँगै भ्यालु बेस बैंकिङको सदस्य पनि भयौं । अहिले पनि एशियन प्यासिफिक रिजनबाट मैले प्रतिनिधित्व गरिरहेको छु । नेपाल मर्चेन्ट बैंक स्तरोन्नतीको वर्षहरुमा वित्तीय क्षेत्रमा ठूलो संकट आएको थियो । किष्ट, नेपाल सेयर मार्केट एण्ड फाइनान्स कम्पनी, क्यापिटल मर्चेन्ट एण्ड फाइनान्स, गोर्खा विकास बैंक, विभोर विकास बैंक, पिपुल्स फाइनान्स जस्ता धेरै संस्थाहरु संकटमा परे । । एउटा वित्तीय कम्पनीबाट वाणिज्य बैंक बनेको नेपाल मर्चेन्ट बैंक पनि समस्यामा पर्न सक्छ भन्ने तपाईंलाई कहिल्यै लाग्यो कि लागेन ? मलाई त्यस्तो कहिल्यै लागेन । हामीले अपग्रेड गर्नुभन्दा अगाडि पनि कमर्सियल बैंकबाट ४/५ जना मानिस ल्याइसकेका थियौं । अनुभवी मान्छेहरु थिए । सबै सेटअपका लागि हामी तयारी अवस्थामा थियौं । विस्तारै विकास गर्दै अगाडि बढ्दा हामीलाई समस्या आएन । तर, लगानीकर्ताबाट दवाव त थियो नि ? हो, दवाव अवश्य थियो । तर, उहाँहरुको मप्रति विश्वास थियो । त्यतिबेला एनएबी फाइनान्सको सेयर पुँजी १३ करोड रुपैयाँ थियो । अपग्रेड हुँदा १३ करोडबाट २० करोड बनायौं । फेरी १ बराबर ४ हकप्रद सेयर जारी गरेर पुँजी १ अर्ब बनाएका थियौं । २० करोडबाट पूँजी बढाएर १ अर्बको पूँजी पुुुुुुुुग्दाको पुरानै अवस्थामा झै लाभांश बाँड्न सकिदैन भनेको थिएँ । सबै योजना अगाडि नै क्रिटल क्लिएर थियो । त्यतिखेर बैंकहरुको घरजग्गामा बढी लगानी थियो । हामीले त्यसो गरेका थिएनौं । बैंकिङ नै दीर्घकालीन लगानी हो भनेर मलाई राम्रोसँग थाहा थियो । हामीले शुरुदेखि नै उत्पादन मुलक क्षेत्रमा लगानीमा जोड दिएको थियौं । विदेशी साझेदार एफएमओको स्ट्याण्डर्डमा रहेर हामीले राष्ट्र बैंकले निर्देशन दिनु अघि नै उत्पादन मुलक क्षेत्रमा लगानी वृद्धि गर्दै लगेका थियौं । १७ वर्ष एनएमबी बैंकमा काम गर्दा तपाईं आफ्नो काम र भूमिकाप्रति सन्तुष्ट हुनुहुन्छ ? वा कतै चुकेँ जस्तो लाग्छ ? म पुरै सन्तुष्ट छु । मैले बैंकलाई जुन ठाउँमा पुर्याउँछु भनेर योजना बनाएको थिएँ । त्यो भन्दा माथि पुरयाएँ । अर्को महत्वपूर्ण कुरा, कुनै संस्थामा नेतृत्व परिवर्तनपछि त्यो संस्थामा समस्या आयो भने त्यो नेतृत्वको असफलता हो । कुनै लिडरले संस्था छोडेर गइसकेपछि त्यो संस्थाले राम्रोसँग ग्रोअप गर्छ भने त्यो लिडरको सफलता हो । राम्रो काम गर्न सकेन भने त्यसको समस्या हो । एनएमबी बैंकका नयाँ लिडरसिपले पनि राम्रोसँग काम गरेकोमा म खुशी छु । तपाई अहिले नविल बैंकमा अध्यक्ष हुनुहुन्छ । १७ वर्ष एनएमबीमा सीईओ भएर काम गर्नु भयो । यी दुई संस्थामध्ये एउटा संस्थालाई छनोट गर्दा कसलाई रोज्नुहुन्छ ? यो प्रश्नको उत्तर गाह्रो नै हुन्छ । नेपाली बैंकिङ क्षेत्रमा नबिल बैंकले ठूलो भूमीका खेलेको छ । मैले हाफ्नो कुर्सीमा बसेर मेरो दायित्व निर्वाह गरेको छु । जुनसुकै संस्थामा पनि गभरनेन्सको महत्वपूर्ण भूमिका हुन्छ । त्यो कर्तव्य मैले निर्वाह गरेको छु । यति भन्दै गर्दा आफूले लामो समय काम गरेको संस्थाको माया उतिकै हुन्छ नै । तर, यी दुई बैंक मेरो नजरमा समान छन् । यी संस्थामा मेरो आफ्नै किसिमको लगाव छ । अब नबिल बैंकलाई पनि अहिलेको लेभलबाट अर्को लेवलमा लैजाने मेरो आकांक्षा छ । नबिल बैंक अलग ढंगबाट जान्छ । बैंकले सस्टेनेवेल बैंकिमा जोड दिएको छ । नबिल स्कुल सोसिअल इन्टरपेनरको रुपमा पनि खडा भइसकेको छ । यसका लागि त्रिभुवन विश्वविद्यालय र पोखरा विश्व विद्यालयसँग पनि सम्झौता भइसेको छ । नाफा मात्रै होइन नेपाली बैंकहरुले अर्थतन्त्र र समाजमा ठूलो योगदान गरिरहेका छन् । तर, त्यसलाई हामीले सञ्चार गर्न सकेका छैनौं । यहाँ नाफाकै मात्रै चर्चा छ । बैंकहरुले असामान्य अवस्थामा पनि सामान्य अवस्थामा कमाए भनेर आलोचना पनि भैरहेको छ । बैंकमा ठूलो सेयर पुँजी छ, कोर क्यापिटल धेरै छ । विजनेश ठूलो छ । पुँजी र विजनेशको तुलनामा नाफा कम छ, लाभांश दर कम छ भनेर बैंकहरुले पनि सम्बन्धित सरोकारवालासँग भन्न/बुझाउन सकिरहेनका छैनन् नि ? हामीले भनिरहेका नै छौं । बैंकको नाफाको बारेमा अरु देशमा पनि यस्तो कुरा आउँछ । तर नेपालमा धेरै भएको छ । तर उद्योग, व्यापार वा अन्य सेवा क्षेत्रले गरेको नाफाको तुलनामा बैंकको नाफा कम छ । लगानीकर्ताले पाउने प्रतिफल अरु क्षेत्रमा भन्दा बैंकिङ क्षेत्रमा कम छ । तर, हाम्रो जस्तो सानो मुलुकमा बैंकहरुले कमायो भनेर निकै नकरात्मक रुपमा गरिने गरेको छ । यो बुझाइको कमी पनि हो । बैंकहरुले भन्दा उद्योग, व्यापार र सेवाका अरु क्षेत्रले बढी नाफा गरेको देखिन्छ । यूनिलिभर, डावर, सूर्य नेपाल, एनसेल, गोर्खा बुअ्ररी लगायत कम्पनीहरुको लाभांश बैंकहरुको तुलनामा बढी छ । तर बैंकहरुको नाफामा मात्र किन आलोचना हुन्छ ? बैंक हामी हरेक व्यक्ति र क्षेत्रसँग ठोक्किन्छौं । बैंकिङको इम्प्याक्ट धेरै ठूलो छ । अरु क्षेत्र आफ्नो उपभोक्तासँग मात्रै जोडिन्छ । सूर्य नेपालको कुरा गर्ने हो भने चुरोट खाने मान्छेले मात्रै सरोकार राख्छ । तर, बैंक हरेकसँग जोडिएका छन् । यहाँ काम गर्ने कर्मचारी, नेतृत्वहरु बैंकका लागि नै मरिमेटी काम गरिरहेका छन् । लगानी त्यति धेरै छ । तर, सबै विषयहरु कसैले हेर्दैनन् । अब बैंकहरुले सोसियो–इकोनोमिक इम्प्याक्ट रिपोर्ट पनि दिनु पर्छ भनेर आइरहेको छ । सस्टेनेवल रिपोर्ट नबिल बैंकले पनि सुरु गर्दैछ । यसले अर्थतन्त्र, रोजगारी र अन्य क्षेत्रमा कति योगदान गरेको छ भन्ने तथ्यांक त्यसमा हुन्छ । नेपालमा नाफालाई नकारात्क ढंगले हेर्ने सोच, संस्कार किन विकास भैरहेको छ ? यसमा एउटै कारण छ । समाजमा हुने र नहुनेबीचको विवाद भएर हो । हुनेहरु धेरै छैनन् । नहुने धेरै छन् । अमेरिकामा कसैले पैसा कमायो भने अरुले रिस गर्दैनन् । त्यहाँ हुने धेरै छन् । नहुने कम छन् । जापानमा पनि कसैले धन कमायो भनेर अरुले रिस गर्दैनन् । हुने र नहुनेबीचको ग्याप हामीले चिर्दै जानुपर्छ । नेपाल बंगलादेश बैंकलाई प्राप्तिसँगै अन्य बैंकसँग पनि मर्जर गर्ने केही योजना छ नबिल बैंकले ? त्यो योजना पनि छ । हामीले पहिले एक चरणमा एनसीसी बैंकसँग पनि छलफल गरेका थियौं । त्यतिखेर हामीले एनसीसी र एनबी बैंक लिने कुरा गरेका हौं । दुइटै बैंकलाई लिने हाम्रो प्रयास थियो । अहिले पनि कोही आयो भने हामी तयार छौं । नबिल बैंकको विजनेसप्रति बैंकको प्रमुख लगानीकर्ता विनोद चौधरी नै असन्तुष्ट हुनुहुन्छ भनिन्छ नि ? कसरी सन्तुष्ट नहुने कुरा आउँछ । हामीभन्दा ठूलो भोलुम र नेटवर्क भएको बैंकको लेभलमा हामी विजनेस गरिरहेका छौं । यसप्रति हामी सन्तुष्ट हुनुपर्छ । मसँग उहाँले भन्नु भएको छैन । हामी हरेक सूचकमा अगाडि जाने कुरा गरिहरेका छौं । अब मर्जरमा जाँदैछौं । नेपाल बंगलादेश बैंकसँग सम्झौता गरेर अगाडि बढिसकेका छौं । यसमा विभिन्न संयन्त्रहरुले काम गरिरहेका छन् । हामी भोलुम भन्दा पनि नम्बर वान र असल बैंक बन्ने हो । अहिले पनि नबिलको भोलुम पनि पुगिसकेको छ । नबिल बैंकको बार्डको संरचना पनि फरक खालको छ । हालका सीईओसहित ५ जना सीईओहरु बोर्डमा छौं । सबै प्रोफेसनल मान्छे छौं । अब हरेक बैंकमा पनि यो अभ्यास लागु गर्न जरुरी छ । पोफ्रेशनल व्यक्तिहरु बैंकको बोर्डमा जान केले रोकेको छ र ? अहिले केही विषयहरु बाफियाले पनि रोकेको छ । यस विषयमा मैले राष्ट्र बैंकका गभर्नर ज्यूसँग पनि सल्लाह गरेको छु । अब यो वातावरण सिर्जना गर्नु पर्छ । बोर्डमा प्रोफेशनल डाइरेक्टरहरुलाई कसरी राख्ने भन्ने विषय सोच्नु पर्छ । विश्वका अन्य देशमा भएको अभ्यासलाई पनि हामीले हेर्नुपर्छ । भारतमा पार्टटाइम डाइरेक्टका रुपमा पनि काम गरिरहेका छन् । प्रोफिटको निश्चित रकम सञ्चालकलाई दिने अभ्यास पनि छन् । सञ्चालकले केही जोखिम अवश्यनै लिन्छन् । सल्लाहकार अर्थात व्यवस्थापनलाई केही खुराक दिने किसिमका व्यक्तिहरु सञ्चालकमा हुनु पर्छ । उनीहरुका लागि केही सहुलियतको व्यवस्था भने हुनुपर्छ । तपाईंको बैंकिङ करिअरमा धेरै संकटहरु आए होलान् । ती विविध संकटहरुमध्ये सबैभन्दा ठूलो संकट कुन थियो ? अहिलेको यो अवस्था नै सबैभन्दा ठूलो संकट भएको मैले महसुस गरेको छु । अहिले बैंकिङको मात्रै भन्दा पनि माइक्रो इन्डिकेटरको समस्या हो । विदेशी विनिमय सञ्चिति ६ महिना आयात धान्न सक्ने अवस्थामा झरिसक्छ । राजनीतिक अन्डरस्टाण्डिङ सधैं कम छ । हामीले बुझाउन खोजेपनि अर्कै अर्थ लाग्छ । बैंकिङ बुझ्नै चाहिरहेका छैनन् । अहिले असहज अवस्थामा पनि बैकले कमाए भनिन्छ । तर किन र कसरी कमाए भन्ने विषय बुझ्न पनि चाहेनन् । एक ठाउँको गल्तिलाई सबै ठाउँमा जोड्ने प्रवृति छ । अहिलेको इकोनोमीको स्ट्रक्चरले गर्दा मलाई डर लागिरहेको छ । अहिले अर्थतन्त्रका हरेक सूचकहरु कमजोर बन्दै गइरहेका छन् । विजनेस कम्युनिटी तथा ऋणीहरुले पनि बैंकहरुको खुलेर आलोचना गरिरहेका छन् । यस्तो अवस्था कसरी आयो ? त्यो गर्नु भनेको उहाँहरुले सुनको अण्डा दिने कुखुरीलाई मार्न खोज्नु हो । कुनै पनि व्यापारी मसँग तर्क गर्नु हुन्छ भने म तयार छु । उहाँहरु हिजो कहाँ हुनुहुन्थ्यो र अहिले कहाँ हुनुहुन्छ भन्ने कुरा मैले राम्रोसँग देखेको छु । आज बैंकलाई गाली गर्न कतिको न्यायोचित छ भन्ने कुरा बुझ्न आवश्यक छ । हिजो कर्जाको व्याज ६ प्रतिशत हुँदा अर्कोले साढे ५ प्रतिशत दिन्छ, तपाई के गर्नुहुन्छ भनेर बैंकसँग वार्गेनिङ गर्ने पनि उहाँहरु नै हो । हामीले ६ प्रतिशतमै निक्षेप संकलन गर्दा र ६ प्रतिशतमै कर्जा दिँदा त उहाँहरुले केही भन्नुहुन्न । राष्ट्र बैंकले ५ प्रतिशत स्प्रेडदर भने पनि बैंकहरु अहिले साढे ३ प्रतिशतमा काम गरिरहेका छन् । यस्तो हुँदा पनि उहाँहरुलाई चित्त बुझ्दैन । अब हामीले के गर्न सक्छौं । बैंकहरुले ११ प्रतिशतमा निक्षेप लिएका छन् । त्यसमा ८० प्रतिशत मात्रै लगानी गर्न पाउँछन् । त्यसको कष्ट कति आउँछ पनि हेर्नु पर्छ । कर्मचारीहरुलाई पनि पाल्नु पर्छ । अनि बैंकलाई मार्ने त ? बढ्दो आर्थिक संकटको असर बैंकिङ क्षेत्रमा कस्तो पर्ला ? यसले बैंकहरुमा प्रत्यक्ष असर पर्छ । पफर्मेनसमा पनि असर पर्छ । व्याजदर ससटेनेवलका लागि काम गर्नु पर्छ । बण्ड, ऋणपत्र, बचतपत्र लगायतका उपकरणहरु ल्याउनु पर्छ । सिस्टमलाई स्टेवल राख्नका लागि हामीले पनि केही कुराहरु छोड्नु पर्छ ।