एक अर्बको इक्विटी फण्ड जारी गर्दैछौं

प्रविणरमण पराजुली, प्रमुख कार्यकारी अधिकृत, नविल इन्भेष्टमेन्ट लिमिटेड हामीले स्कीम निकाल्दा ७ प्रतिशत लाभांश दिने घोषणा गरेका थियौं । तर आज हामीले १४ प्रतिशत लाभांश दिने निर्णय गरिसकेका छौं ।  अधिकांश लगानीकर्ता हर्ड मेन्टालिटीमा छन् । घट्यो भने पनि सबैजना हामफाल्ने, बढ्यो भने पनि सबैजना हामफाल्ने । सेयरको मूल्य घट्नुपर्ने आधार छैन । कम्पनीहरूले हामीले सोचेको भन्दा बढी लाभांश घोषणा गर्न थाले । अब साधारणसभा हुन्छ र प्रतिफल आउ“छ । आपूर्ति बढ्दा मूल्य घट्छ भन्ने स्ट्याण्डर्ड नियम हो । तर नेपालको बजार फरक छ । बजार घट्दा साना लगानीकर्ताले मात्र होइन, ठूला लगानीकर्ताले पनि गुमाइराखेको हुन्छ । नबिल इन्भेष्टमेन्ट स्थापनादेखि नै तपाईले यस कम्पनीको व्यवस्थापकीय नेतृत्व लिनुभएको छ । कस्तो रह्यो अनुभव ? नेपालमा इन्भेष्टमेन्ट कम्पनी खुल्ने क्रममा पहिलो चरणमा नै नविल इन्भेष्टमेन्ट खुलेको हो । त्यसैले हाम्रो लागि पनि नया“ अनुभव भयो, नियमनकारी निकायका लागि पनि नया“ अनुभव भयो । त्यसैले लाईसेन्स पाउन नै धेरै समय लाग्यो । लाईसेन्स पाएपछि हामी फटाफट काम गर्न सफल भयौ । हामीले ६० करोडको म्यूचुअल फण्ड जारी ग¥यौं । ६० करोडको फण्ड बिक्री नहोला भन्ने हामीलाई डर थियो । तर सर्वसाधारणबाट नै २ अर्ब रुपैया“भन्दा बढीको आवेदन आयो । ३६ दिनभित्रका बा“डफा“ड, फिर्ता भुक्तानी र नेप्सेमा सूचिकरणको काम सम्पन्न ग¥यौं । यी सबै कार्य नेपालको पु“जीबजारको इतिहासमा हामीले सबैभन्दा छोटो अवधिमा सम्पन्न गरेका थियौं । हामीले स्कीम निकाल्दा ७ प्रतिशत लाभांश दिने घोषणा गरेका थियौं । तर आज हामीले १४ लाभांश दिने निर्णय गरिसकेका छौं । लगानीकर्तालाई दिएको प्रतिबद्धताभन्दा १०० प्रतिशत लाभांश दिन सक्नु नै हाम्रो लागि सबैभन्दा खुशीको विषय भएको छ । लगानीकर्ताले अबको एक सातामा नै लाभांश लिन सक्नुहुनेछ । यो सफलताले हामीलाई उत्साहित गरेको छ । हामीले दोस्रो स्कीम जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन गरिसकेको छौं । अहिले क्रेडिट रेटिङको काम भइरहेको छ । क्रेडिट रेटिङको काम सकिने वित्तिकै १ अर्ब रुपैया“को इ क्विटी फण्ड जारी गर्ने छौं । पूर्वानुमान गरिएको भन्दा १०० प्रतिशत बढी लाभांश दिन सकिने अवस्था कसरी आयो ? अनुकूलताहरू के के थिए ? पहिलो, हामीले राम्रो कम्पनीहरूको सेयरमा लगानी ग¥यौं । हामीले सेयरमा लगानी गर्दा नेप्से परिसूचक ५०० को हाराहारीमा थियो । नेप्से परिसूचक ६५० को हाराहारीमा हु“दा सबै लगानी भइसकेको थियो । नेप्से ५०० हु“दा गरेको लगानी नेप्से १००० पुग्दा डबल त त्यसै भयो । बजार मूल्यले हामीलाई साथ थियो । साथै, हामीले बजारमा भएको औसत वृद्धिभन्दा बढी नै लाभ लिएका छौं । किनकी हामीले सेयरका कुल फण्डको ७० प्रतिशतमात्र लगानी गरेका छौं । यो स्कीममा ६५ देखि ७० प्रतिशतमात्र सेयरमा लगानी गर्न पाउने सीमा छ । बा“की ३० देखि ३५ प्रतिशत रकम मुद्दती निक्षेप वा कर्पोरेट बण्ड, डिबेन्चरमा लगानी गरेका छौं । सरकारी ऋणपत्रमा लगानी छैन । नविल इन्भेष्टभेन्टले कुन कुन कम्पनीको सेयरमा लगानी गरेको छ ? कम्पनीको नाम त हामीले भन्न मिल्दैन । वित्तीय संस्थाको सेयरमा बढी लगानी छ । वाणिज्य बैंक र पोखरा वेसका विकास बैंकको सेयरमा लगानी गरेका छौं । आजको मितिसम्म फाइनान्स कम्पनीको सेयरमा लगानी गरेका छौं । वीमा कम्पनी, जलविद्युत् कम्पनी, उत्पादनमूलक कम्पनी, टेलिकममा लगानी गरेका छौं । हामीले कुनै पनि एक कम्पनीको सेयरमा १० प्रतिशतभन्दा लगानी गर्न पाउ“दैनौ । अझ हामी परम्परागत सोचमा चलेका छौं, अधिकतम सीमासम्म पनि लगानी गरेका छैनौं । लगानी गर्ने सेयर छनौटको आधार के के हुन् ? मुख्यतया दुईटा विषयलाई हेर्छौ । पहिलो, कम्पनीको आधारभूत वित्तीय परिसूचक राम्रो भएको हुनुपर्छ । दोस्रो, कम्पनीको रिर्टन रेसियो हेर्छौ । त्यसबाहेक कम्पनीको सेयर मूल्यमा भइराखेको उतार–चढाव, कम्पनीको पृष्ठभूमि, वर्तमान व्यवस्थापन पक्षको गहिरो विश्लेषण गरेर लगानी गछौं । बण्ड, डिबेन्चर, सेयर र मुद्दती बचतको रिर्टन अवस्था कस्तो छ ? मुद्दती, बण्ड तथा डिबेन्चरको रिर्टन त ८÷९ प्रतिशत हो । हामीले ८ प्रतिशतभन्दा कम कही“ पनि राखेका छैनौ । सेयरमा गरिएको लगानीको रिर्टन त धेरै राम्रो छ । कम्पनीपिच्छे फरक हुन्छ । हाम्रो लगानी राम्रो भएकैले १० रुपैया“को स्कीम बजारमा १५/१६ रुपैया“मा बिक्री भइराखेको छ । अरू क्षेत्रमा भन्दा सेयरमा लगानी गर्दा बढी प्रतिफल पाइने हो ? एक्पर्टीज (विज्ञ) हरूस“ग परामर्श गरेर गरेको लगानीको प्रतिफल राम्रो हुन्छ । वास्तविकता नबुझेर लगानी ग¥यो भने समस्या आउ“छ । सेयर बजारमा बुझेर लगानी गर्ने कति छन्, नबुझी लगानी गर्ने कति छन् ? लगानीको अवसर छ । वित्तीय बजारमा तरलता प्रशस्त छ । व्याजदर कम छ । सेयर बजारमा मूल्य एक वर्षको अवधिमा डबल नै भयो । यसबीचमा धेरैले राम्रो आम्दानी गरे । र, बजारमा धेरै नया“ लगानीकर्ता पनि आए । जति नया“ लगानीकर्ता आएका छन् उनीहरूले कम्पनीको वास्तविकता बुझेर, विश्लेषण गरेर लगानी गरेको छन् जस्तो मलाई लाग्दैन । पछिल्लो दिनमा दैनिक नेप्से परिसूचक बढे पनि सर्किट बे्रक लगाउनुपर्ने गरी बढ्ने र घटे पनि सर्किट ब्रेक लगाउनु पर्ने गरी घट्ने गरेको देखिन्छ, किन यस्तो भइराखेको ? राष्ट्र बैंकको निर्देशनले एक हदसम्म लगानीकर्तामा अन्यौलता र भ्रम सिर्जना गरिदियो । राष्ट्र बैंकले जे निर्देशन जारी गरेको छ त्यो ठिक छ । तर बजारमा नेगेटिभ सेन्टीमेन्ट गयो । बजार घट्नुपर्ने आधार छैन । सक्रिय लगानीकर्ता नै ३/४ लाख छन् भनिन्छ । के उनीहरू कुरै नबुझी हल्लाको पछि दगुरिराखेका छन् ? म त त्यही भन्छु । अधिकांश लगानीकर्ता हर्ड मेन्टालिटीमा छन् । घट्यो भने पनि सबैजना हामफाल्ने, बढ्यो भने पनि सबैजना हामफाल्ने । हामीका वित्तीय साक्षरता ज्यादै कम छ । हल्लाको भरमा निर्णय गर्छन् भन्ने आधार के ? राष्ट्र बैंकले एउटा सर्कुलर जारी ग¥यो । सेयर बजार ह्वात्तै घट्यो । राष्ट्र बैंकले प्रष्टीकरण मात्र दियो, निर्णय परिवर्तन गरेको छैन, बजार फेरि बढ्न थाल्यो । राष्ट्र बैंकले नया“ नीति ल्याउ“दैछ भन्ने हल्ला चल्यो, फेरि बजार घट्यो । प्रधानमन्त्रीको आर्थिक सल्लाकारले एउटा स्पीच दिए, सर्किट ब्रेक लगाउनु पर्नेगरी बजारमा वृद्धि आयो । त्यो कुनै निर्णय थिएन । यस्तो हल्लाको भरमा लगानीकर्ताले निर्णय गर्ने होइन नि । पछिल्ला दिनहरूमा नविल इन्भेष्टमेन्टले सेयर किनिरहेको छ कि बेचिरहेको छ ? हामी अहिले बेच्दैनौ । बेच्नुपर्ने कारण नै छैन । सके किन्थ्यौं । तर हामीस“ग सेयर किन्ने फण्ड नै छैन । सेयर बढ्नुपर्ने कारण के छ ? बढ्नुपर्छ भन्ने होइन । तर घट्नुपर्ने आधार छैन । कम्पनीहरूले हामीले सोचेकोभन्दा बढी लाभांश घोषणा गर्न थाले । अब साधारण सभा हुन्छ । प्रतिफल आउ“छ । कम्पनीहरूको ग्रोथ राम्रो छ । वृहत् अर्थतन्त्रको परिसूचकहरू पनि राम्रै छ । संविधान बन्ने आस छ । दलहरू झगडा मात्र गरेर बसेका छैनन्, राजनीति एउटा प्रोसेसमा चलिरहेको छ । अरू क्षेत्रमा लगानीको अवसरका कम छ । सस्तो र सजिलो कर्जाले सेयर बजारमा लगानी बढाउन ºयूलको काम गरेको छ । यसबीचमा संस्थागत लगानीकर्ता पनि आए । वित्तीय संस्थाहरूले नगदभन्दा बोनस सेयरलाई प्राथमिकतामा राखेको देखियो । प्रमोटर सेयर साधारण सेयरमा परिवर्तन गर्ने सूचनाहरू प्रकाशित भइराखेको छन् । हकप्रद सेयर जारी गरेर पु“जी बढाउने पक्षमा पनि थुपै्र कम्पनीहरू देखिन्छन् । निकट भविष्यमा सेयरको आपूर्ति पक्ष कस्तो होला ? त्यसले मूल्यमा कस्तो प्रभाव पार्ला ? हो, सेयर आपूर्ति बढ्छ । आपूर्ति बढ्दा मूल्य घट्छ भन्ने स्ट्याण्डर्ड नियम हो । तर नेपालको बजार फरक छ । बोनस सेयर आउने भनेपछि कम्पनीको सेयर मूल्य बढेको पाइन्छ । हकप्रद सेयर जारी हुने अवस्थामा पनि सेयर मूल्य बढेको पाइन्छ । सेयर आपूर्ति पक्कै पढ्छ । तर बजारमा माग पनि छ । इन्भेष्टमेन्ट कम्पनीहरू थपिदैछन्, नया“ स्कीम आउ“दैछन् । बीमा कम्पनीहरूले सेयरमा लगानी गर्ने दायरा फाराकिलो हु“दैछ भन्ने खबर आएको छ । विगतमा संस्थागत लगानीकर्ता आएपछि बजारमा स्थायीत्व आउ“छ भनिन्थ्यो । अहिले बजारमा संस्थागत लगानीको उपस्थिति छ, तर बजारमा देखिएन, किन ? म्युचूअल फण्डहरू बजार मेकर होइनन् । उनीहरूको पनि आफ्नै सीमा र दायित्व छ । उनीहरूले पनि पब्लिकको पैसा चलाएका छन् । उनीहरू पनि पब्लिकप्रति जवाफदेही बन्नुपर्छ । बजार घट्दै गएको अवस्थामा अझै घट्छ कि भनेर वेट त गर्नैपर्छ । मल्टिपलस्किम आईपछि म्युचूअल फण्डको क्यापासिटी बढ्छ । त्यसले बजारमा स्थायीत्व ल्याउन अहिलेभन्दा बढी सहयोग गर्छ । ठूला लगानीकर्ताले चलखेल गरेर बजार घटाए भन्ने भनाईहरू मिडियामा आइराखेको देखिन्छ, सा“च्चै हो ठूला लगानीकर्ताले बजारमा अस्थिरता ल्याएको ? यो भन्न गाह्रो छ । प्रमाण कसैस“ग छैन । तर २/४ जनाले चाहेर बजारमा मूल्य घटाउन वा बढाउन सक्दैनन् । त्यसको लागि ठूलो ग्रुप चाहिन्छ । ठूलो गु्रपमा सबैको कमन इन्टे«ष्ट, विनविन सिच्युएसन नहुन सक्छ । बजार घट्दा साना लगानीकर्ताले मात्र होइन, ठूला लगानीकर्ताले पनि गुमाइराखेको हुन्छ । नविल इक्विटी फण्ड कहिले आउ“छ, यो कस्तो प्रकारको फण्ड हो ? क्रेडिट रेटिङको काम सकिने बित्तिकै हामीले स्कीम ल्याउ“छौं । यो इक्विटी फण्ड हो, ९० प्रतिशतसम्म सेयरमा लगानी गर्न पाइन्छ । १० प्रतिशतमात्र लिक्विटी वा फिक्स डिपोजीटमा बस्छ । यसको साईज १ अर्ब भनिए पनि माग बढी आयो भने १ अर्ब २५ करोड रुपैया“सम्म जान सक्छौं । यो स्कीममा लागत पहिलाको तुलनामा ५० प्रतिशत कम गछौं । यसको लाभ लगानीकर्ताले पाउ“नेछन् । त्यसका १ प्रतिशत फण्ड म्यानेजर फि, शून्य दशमलव २५ प्रतिशत डिपोजिटरको फि छ, सुपरभाईजर शूल्य दशमलव १२५ छ । खर्चलाई एक दशमलव ३७ प्रतिशतभित्र राख्ने प्रयास गरिरहेको छौं । यसले दिने लाभांश प्रक्षेपण गरिसकेका छैनौ । तर ७ देखि १० प्रतिशत राख्न सकिएला ।

अटो उद्योग स्थापना गर्न ठूलो लगानी आवश्यकता पर्छ

नेपालको अटो मार्केटको अवस्था कस्तो छ ? नेपालको अटोमार्केटमा प्रचुर सम्भावना र थुप्रै अवसरहरू छन् । त्यसका साथै चुनौती पनि उत्तिकै छ । विश्वका जुन–जुन मुलुकमा अटोमोवाइको विकास भएको छ, ती देशहरू विकसित पनि भएका छन् । तसर्थ अटो व्यवसाय विकासको सम्वाहक हो । अटो मार्केटले एक व्यक्तिलाई स्थानान्तरण गर्न सहयोग गर्नुका साथै इफेक्टीफनेश, इफीसेन्सी र कम्पीटेटिभनेश बढाउन सहयोग गरेको छ । नेपालको हरेक जिल्ला सदरमुकाममा सडक सञ्जाल पुगेको छ । हामीस“ग विभिन्न खालका गरी झन्डै ८० हजार किलोमिटर सडक छन् । पछिल्लो समय पूर्वाधारको विकास बढिरहेको छ । जति पूर्वाधारको विकास हुन्छ उति नै अटो क्षेत्रको विकास हन्छ । तर, नेपालमा त्यसमध्ये ८ हजार किमी जति सडकमात्र राम्रोखालको छ । यसले गर्दा केही समस्या भने उत्पन्न भएको छ । नेपालमा वार्षिकरुपमा अटो मार्केट बढिरहेको छ तर किन व्यवसायीहरूले नेपालमै उत्पादन गर्न सकिरहेका छैनन् ? नेपालको अटो मार्केटको बजार बढे पनि धेरै वटा ब्राण्डका सवारीसाधनको बिक्री भइरहेको छ । धेरै वटा ब्राण्डका गाडीहरू बिक्री हु“दा ठूलो भोलूममा बिक्री भएको देखिएको हो । एउटै मोडलका गाडी यसअनुसार बिक्री हु“दैन । यस्तै, अटो उद्योग स्थापना गर्न ठूलो लगानीको आवश्यकता पर्छ । यो उद्योगका लागि पर्याप्त मात्रामा बिजुलीको आवश्यकता पर्छ । तर, हामीकहा“ दैनिक १२ घण्टाको लोडसेडिङ छ । यस्तैगरी, जग्गा पनि प्रशस्त चाहिन्छ । जग्गा प्राप्तिका लागि स्थानीय अवरोध छ । नेपालमा सवारीसाधनमा निर्माणका लागि आवश्यक दक्ष जनशक्तिको पनि अभाव छ । यस्तै, अटोमोवाइल उद्योग एसम्बलिङ उद्योग हो । एउटा गाडी निर्माणका लागि ६ देखि ७ हजार पार्टपूर्जाहरू जोड्नुपर्छ । तर, नेपालमा एसम्बलिङ उद्योगलाई हेर्ने दृष्टिकोण त्यति राम्रो छैन । सरकारले अटो उद्योगलाई स्थापित हुनेगरी नीतिगतरुपमै छुट्टै व्यवस्था गर्नुपर्छ । यसका लागि आवश्यक पार्टपूर्जा स्वदेशमै बन्ने वातावरण बन्नुपर्छ । उदाहरणका लागि टर्कीमा हुण्डाईले उद्योग स्थापना गर्दा त्यसका लागि आवश्यक सम्पूर्ण सामग्री कोरियाबाट लैजान्थ्यो । तर, अहिले ६० प्रतिशत पार्टपूर्जा टर्कीमै बन्न थालेका छन् । यसले देशको कुल ग्राह्स्थ्य उत्पादनमा ठूलो सहयोग पु¥याएको हुन्छ । नेपालमा पनि त्यस्तै वातावरण भएमा मात्र अटो उद्योग खुल्नसक्छ । यस्तै, अटो क्षेत्रमा सरकारले ठूलो मात्रामा कर लगाएको छ । यदि विद्यमान करको दरलाई घटाउने हो भने पनि बिक्रीदर दोब्बरले बढ्नेछ र अटो उद्योग खुल्ने सम्भावना पनि रहन्छ । अहिलेको जस्तै व्यवस्था रहेसम्म नेपालमा अटो उद्योग खुल्न सक्ने अवस्था छैन । नेपालको अटो मार्केटमा व्यवसायीका लागि के–कस्ता नीतिगत समस्याहरू रहेका छन् ? मुख्य कुरा सोचमा परिवर्तन ल्याउनु जरुरी छ । सरकारले अटो मार्केटलाई बिलाशिताको सूचीमा राखेको छ । यो विलाशिताको साधन हो वा होइन छुट्याउनु जरुरी छ । अटो क्षेत्रलाई विलाशिताको सूचीबाट हटाएर मध्यम बर्गमा पु¥याउनु पर्छ । सरकारले सवारीसाधनलाई राजस्वमुखी बनाएर बढी भन्सारदर लगाएको छ । विद्यमान भन्सारदर घटाउनु पर्छ । भन्सारदर घटाउने हो भने मध्यमवर्गमा सवारीसाधनको पहु“च पुग्नुका साथै राजस्व उठौतीदर पनि बढ्नेछ । नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ)मा गएपछि भन्सारदर घटाउनुपर्नेमा घटाईएको छैन, यसलाई घटाउन नाडाले कसरी लिएको छ ? नेपालको अटो क्षेत्रमा लगाएको भन्सारदर विश्वको सबैभन्दा बढी हो । अन्य देशले सवारीसाधन आयात गर्दा यति धेरै भन्सार लगाएका छैनन् । यसमा सरकार आपैm“ले सोच्नुपर्ने विषय हो । नेपाल डब्लूटीओमा गएपछि अन्य उद्योगलाई सुविधा दि“दैआएको छ । तर, अटो उद्योगलाई चासो दिएको छैन । अरू उद्योगले पाउनुपर्ने सुविधा अटो उद्योगले पनि पाउनुपर्छ । सरकारले सवारीसाधन पूर्णरुपमा आयातित बस्तु भएको र यसमा लाग्दै आएको भन्सारदर घटाउ“दा आयात झन् बढ्ने भएकाले नघटाएको बताउ“दै आएको छ । यसमा नाडाको के धारणा छ ? पछिल्लो २० वर्षको अवधिमा सवारीसाधन दर्ता हुने क्रम ८ सय गुणभन्दा बढीले बृद्धि भएको छ । तर, सोहीअनुरुप सडक सञ्जाल बृद्धि भएको छैन । नेपालमा सार्वजनिक यातायातको न्यून व्यवस्था भएकाले निजी सवारीसाधनको प्रयोग बढीरहेको छ । काठमाडौं उपत्यकाको जनघनत्व दिनानुदिन बढिरहेको छ । यस्तै, सवारीसाधनले कुनै पनि व्यक्तिको इफेक्टीफनेश, इफीसेन्सी र कम्पीटेटिभनेश बढेको छ । जसले गर्दा निजी सवारीसाधन किन्ने क्रम बढीरहेको छ । राज्यले आवश्यकता अनुसार स्रोत र साधनको बा“डफा“ड गर्नुपर्छ । अहिलेले अवस्थामा द्रूत गतिमा सडक विस्तार गर्नुपर्ने बाध्यता छ । सडक विस्तार गर्ने हो भने सवारीसाधन बिक्री अझै बढ्छ । नेपालका कति प्रतिशत जनसंख्याले निजी सवारीसाधन प्रयोग गरिरहेका छन् ? सम्पूर्ण निजी सवारीसाधनको प्रयोग हेर्ने हो भने कुल जनसंख्याको तुलनमा ५ प्रतिशतभन्दा कमले मात्र प्रयोग गरिरहेका छन् । त्यसमा पनि चारपाङ्ग्रे सवारीसाधनको हिस्सा जेरो दशमलव ५ प्रतिशत मात्र छ । अन्य सबै मोटरसाइकल छन् । नेपालको निजी सवारीसाधन प्रयोगकर्ताको संख्या एकदमै न्यून छ । यति न्यून निजी सवारीसाधको प्रयोगकर्ताको संख्या अन्य देशमा छैन होला । कि यस्तो भएको ? सरकारले जुनरुपमा उच्च भन्सारदर लगाउ“दै आएको त्यसअनुसार नेपाली जनताले सवारीसाधन नै किन्न सक्दैनन् । यस्तै, सवारीसाधन किनेर चलाउने ठाउ“ पनि छैन । आगामी दिनमा निजी सावारीसाधन प्रयोगकर्ताको संख्या बढाउन विद्यमान भन्सार महसुल घटाउनुका साथै सडक सञ्जाल बृद्धि गर्नुपर्छ । नेपालमा स्पेयर पार्ट चोरी पैठारी भइरहेको आरोप छ । यसमा नाडाको के धारणा छ ? नाडा जहिले पनि फ्री एण्ड फेयर ट्रेडमा विश्वास राख्छ । सरकारले व्यवसायीलाई फ्रीरुपमा व्यवसाय गर्नसक्ने वातावरण बनाइदिनुपर्छ । केही वर्षअघि गाडीहरूमा विकृति छ भन्ने गुनासो आएपछि नाडाले सरकारस“ग सहकार्य गरेर सवारीसाधनको एमआरपी प्रकाशित गर्दैआएको छ । उक्त व्यवस्था सफल पनि भएको छ । स्पेयर पार्टमा केही विकृति भने छ । यसो हुनुको मुख्य कारण भारतस“गको खुला सिमाना हो । यस्तै, सरकारले पार्टपूर्जामा पनि उच्च भन्सारदर लगाउ“दै आएको छ । जसले गर्दा चोरी पैठारीलाई प्रोत्साहन गरेको छ । स्पेयर पार्टको चोरी–पैठारी कम गर्न नाडाले सरकारलाई भन्सारदर घटाउन आग्रह गर्दैआएको छ । तर, यसमा सुनुवाई भएको छैन । नेपालमा जेन्यूयन, ओरजिनल र नक्कली गरी तीन प्रकारको स्पेयर्स पार्ट भित्रिरहेका छन् । सरकारको गलत नीतिका कारण नक्कली स्पेयर्स पार्टको बिक्री बढी भइरहेको छ । यदि स्पेयर पार्टस्मा लाग्दैआएको भन्सार दर घटाउने हो भने नक्कली स्पेयर्स पार्टको चोरी–पैठारी घट्नुका साथै सरकारको राजस्व उठौतीमा पनि बृद्धि हुनेछ । यसले दुर्घटना न्यूनिकरणमा सहयोग गर्छ । स्पयेर्स पार्ट बिक्री गर्ने प्रायः व्यवसायीहरू नाडामा आवद्ध छन् र उनीहरूले नै चोरी–पैठारीका नक्कली पार्टसहरू बिक्री गर्दैआएका छन् । नाडाले यसलाई रोक्न सक्दैन ? नाडास“ग रेगुलेटरी अथोरिटी छैन । नाडाले राम्रो कामको प्रोत्साहन गर्ने काम गरिरहेको छ । नक्कली तथा चोरी पैठारी भएर आउने सवारीसाधनको आयात रोक्ने काम सरकारको हो । पछिल्लो समय सवारी प्रदूषण मापदण्ड २०६९ आएको छ । यसको कार्यान्वयनको अवस्था चाही“ कस्तो छ ? मापदण्ड निर्माणपछि आयातमा एकदमै कडाइका साथ कार्यान्वयन भएको छ । तर, मापदण्ड आउनुभन्दा अघिका एकदमै पुराना सवारीसाधन हटाउनेजस्ता विषयमा भने कुनै पनि कार्यान्वयन भएको छैन । २०५६ सालको सवारी प्रदूषण मापदण्डले यूरो १ को मात्र सवारीसाधन आयात गर्न मिल्थ्यो । तर, नेपालमा यूरो १ मापदण्ड नै नभएका झन्डै ३ लाख सवारीसाधन चलिरहेका छन् । यसको उचित व्यवस्थापन गरिनुपर्छ । नेपालमा सावारीसाधले प्रदूषण ग¥यो भन्ने आरोपछ । तर, त्यसमा प्रयोग हुने उपयुक्त खालका पेट्रोलियम पदार्थ आयात भएको छैन । यसले गर्दा प्रदूषण बढेको छ । नेपालको लुब्रिकेन्ट्स उद्योग हेर्दा ३ अर्बभन्दा बढी लगानी भइरहेको छ । ती उद्योगहरू पूmल फेजमा सञ्चालन गर्ने हो भने नेपालका लागि आवश्यक लुब्रिकेन्ट्स उत्पादन गर्न सक्ने क्षमता छ । तर, बजार हिस्सा हेर्दा नेपाली उत्पादनको प्रतिनिधित्व ३० प्रतिशतमात्र छ । किन यस्तो भइरहेको छ ? पछिल्लो समय नेपाली लुब्रिकेन्ट्स उद्योगको बजार क्रमशः बढीरहेको छ । उद्योगी व्यवसायीहरू पनि उत्साहित छन् । तर, सरकारले लुब्रिकेन्ट्स उत्पादका लागि आवश्यक कच्चा पदार्थ बेस आयल आयातमा बढी भन्सारदर लगाएको छ । जसले गर्दा विदेशी उत्पादनस“ग प्रतिस्पर्धा गर्न कठिन भएको छ । यसमा सरकारले सोच्नुपर्ने हुन्छ । अर्कोतर्फ नेपालमा वर्षोदेखि विभिन्न विदेशी ब्राण्डका लुब्रिकेन्टसको वर्सच्व छ । यसलाई प्रतिस्थापन गर्न केही समय लाग्छ ।

नियत खराब होइन, ढंग नपुगेको मात्रै

परशुराम कुँवर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत ग्राण्ड बैंक नेपाल लिमिटेड गत चैतमा ८ करोड ९४ लाख रुपैयाँ खुद मुनाफामा गएको ग्राण्ड बैंक असार मसान्तसम्ममा आउदा १ अर्ब ६० करोड ६५ लाख रुपैयाँ खुद नोक्सानमा गएको रिपोर्ट सार्वजनिक गर्नुभयो, कसरी यस्तो भयो ? हामीले जति नोक्सान भएको रिपोर्ट प्रकाशित गरेका छौं, त्यो नगद नोक्सानी होइन । बुक लस हो । राष्ट्र बंैकको नियमअनुसार व्याज भुक्तानी नभएका कर्जाहरूको प्रोभिजन गरेका छौं । १ अर्ब ९३ करोड रुपैया“ प्रोभिजन गर्नुपर्दा बुक लस देखिएको हो । बैंकको सञ्चालन मुनाफा अहिले पनि २७ करोड रुपैया“भन्दा बढी छ । कसैले संसारको बैंकमध्ये राम्रो मानिने अमेरिकाको सिटी बैंक पनि यस्तो नोक्सानमा गएको थियो । ऊ बाउन्स व्याक भयो । अहिले राम्रोस“ग सञ्चालन भइरहेको छ । हाम्रो कर्जा डुबेको होइन, प्रोभिजन गरिएको मात्र हो । धितो बेच्दा कर्जा असुली हुन्छ । कोही पनि अत्तालिनुपर्ने अवस्था छैन । बैंकले फेरि नाफा कमाउ“छ । प्रोभिजन गरिएका कर्जा उठ्छन् ? जुन कर्जाहरूमा प्रोभिजन गरिएको छ तीमध्ये अधिकांशको धितो पर्याप्त छ । घर–जग्गा धितो राखिएको छ । धितो पर्याप्त भएकोले अधिकांश कर्जा धितो लिलामी गरेर पनि उठ्छ । सबैभन्दा राम्रो पक्ष के छ भने हाम्रा सम्पूर्ण ग्राहक ९ऋणी० सम्पर्कमा छन् । कोही पनि भागेका छैनन् । उनीहरूले कर्जा तिर्न समय मागिरहेका छन् । धितो वा घर–जग्गा बेच्न समय चाहियो भनिरहेका छन् । ऋणीले समय माग्नु स्वाभाविक हो, बैंकले कति समय दिन्छ  ? म यस बैंकमा आएको तीन महिनामात्र भयो । उनीहरूले केही समय माग्दा मैले हुदै हुदैन, आजै पैसातिर, भोलि नै तिम्रो धितो लिलामी प्रक्रियामा पठाउ“छु भन्नु पनि फियर हु“दैन । त्यसैले ग्राहकलाई केही समय दिइरहेका छौं । तर जसले कर्जा तिर्न सहयोग नै गरिरहेको छैन, सम्पर्कमै आउन चाह“दैन, कर्जा तिर्न प्रयास नै गर्दैन भने उसको धितो लिलामी प्रक्रिया अघि बढी सकेको छ । कर्जा असुलीको पनि लामो प्रक्रिया छ । ३५ दिने सूचना दिन प¥यो । फेरि १५ दिनको सूचना दिनुप(यो । फेरि ७ दिनको सूचना दिनुपर्छ । दुई महिना नियमित प्रक्रियामा बित्छ । पुस मसान्तसम्ममा उल्लेखनीय प्रगति हुनेछ । एक वर्षभित्रमा धेरै बैंक सामान्य अवस्थामा फर्कन्छन् । पहिलाको व्यवस्थापनले कर्जा असुलीमा पर्याप्त ध्यान दिएको रहेनछ ? म कसैको विगतलाई लिएर कमेन्ट गर्न चाहान्न । अहिलेसम्मको मेरा बुझाईमा सायद अलिकति ढङ्ग पुगेन कि । ढड्ड नपुगेको कि नियत नै खराब थियो ? नियत खराब भन्दिन, त्यस्तो देखिदैन । तर ढङ्ग नपुगेको चाही हो । यस बैंकको महत्वपूर्ण लगानीकर्ता र १४ वर्षसम्म प्रमुख कार्यकारी अधिकृत रहेका सुधीर खत्रीले बैंक छाडेको ५ महिना भयो । राष्ट्र बैंकको दबाबमा उनले राजीनामा गरेको खबर पनि आए । उनी अहिले नेपाल बाहिर छन् । सुधीर खत्रीले बैंक डुवाएर भागेको हो कि भन्ने आशंका बजारमा छ । के उनले बदमासी नै गरेका रहेछन् ? म यस विषयमा केही पनि टिप्पणी गर्न चाहान्न । सरसर्ती विश्लेषण गर्दा अलिकति ढङ्ग नपुगेको देखिन्छ । ढड्ड के केमा नपुगको देखिन्छ ? मानौं, अहिले लिलामी गर्नुपर्ने धितो दुई वर्ष पहिले नै लिलामी गर्नुपर्ने अवस्था थियो कि । त्यता ध्यान गएन कि । तपाईंले धेरै बैंकमा काम गर्नुभएको छ र बैंक सिस्टममा चलाउनुपर्छ भन्ने स्कूलिङबाट आउनुभएको छ । यो बैंक सिस्टममा चलेको रहेछ कि व्यक्तिले मनोमानीरुपमा सञ्चालन गरेको अवस्था रहेछ  ? सुधारको गुञ्जायस जहा पनि हुन्छ । अमेरिका जस्तो महाशक्ति देश, जहा स्रोत, साधन, जनशक्ति केही अभाव छैन । त्यहा पनि ठूला ठूला समस्या आए । २००८ को मन्दी अमेरिकाबाटै सुरु भयो । अमेरिकाको बेष्ट बैंक मानिने सिटी बैंक पनि आर्थिक संकटमा प¥यो । यो ग्राण्ड बैंकमा पनि धेरै सुधार जरुरी छ । म अहिले दैनिक १४ घन्टा काम गर्छु । हरेक दिन बिहान ६ बजेदेखि १० बजेसम्म स्टाफलाई तालिम दिइरहेको छु । के के सुधार गर्नु छ, कसरी सुधार गर्न सकिन्छ भनेर स्टाफसग अन्तरक्रिया गरिरहेको छु । राम्रो पक्ष के छ भने यो बैंकको कर्मचारी क्षमतावान छन् । उनीहरूलाई अतिकति तालिम आवश्यक छ । तपाई यो बैंकमा आउने वित्तिकै कर्मचारीलाई तालिम किन आवश्यक प¥यो ? म कर्मचारीको बारेमा फष्ट ह्याण्ड इम्फरमेशन लिन चाहान्छु । सिइओको कक्षमा एकजना कर्मचारीलाई सिकाउनुभन्दा समूहमा नै राखेर आफ्ना कुरा भन्यो भने सबैले सिक्ने अवसर पाउ“छन् । मैले के चाहेको छु भन्ने कुरा कर्मचारीलाई जानकारी हुन जरुरी छ र कर्मचारीले के चाहेका छन् भन्ने कुरा मैले जानकारी लिन जरुरी छ । कर्मचारीलाई तालिम दिनु पनि सुधारको एउटा महत्वपूर्ण पाटो हो । केपीएमजीको एक टोलीले ग्राण्ड बैंकमा स्थलगत अनुगमन गरेका र उसले जनाएको कैफियतका आधारमा बैंकको धेरै कर्जामा प्रोभिजन गर्नुपर्ने बाध्यता आएको भन्ने सुनिएको छ, हो ? मैले यस बैंकमा नियुक्ति पाउदा केपीएमजी र राष्ट्र बैंकको प्रतिनिधिले संयुक्तरुपमा यस बैंकको स्थलगत अध्ययन गरिरहेको थियो । म आएको दुई हप्तामा उनीहरूले काम सिध्याए । त्यसको फाइनल रिपोर्ट हामीले पनि पाएका छैनौं । तर केपीएमजीले मौखिकरुपमा हामीलाई धेरै कुरा भनेका छन् । उनीहरूको भनाई यस बैंकको भविष्य निर्माणको लागि निकै महत्वपूर्ण छन् । त्यो हाम्रो भविष्यको रोडम्याप पनि हो । उनीहरूको भनाईको सार के हो ? ग्राहकको वास्तविक अवस्था, व्यवसायको वास्तविकता र रिपेमेन्ट क्षमता पर्याप्तरुपमा नबुझी धितोलाई मुख्य आधार बनाएर कर्जा लगानी गर्नु पहिलो गल्ती थियो । दोस्रो, कारोबार पारदर्शी नभएका ग्राहकलाई कर्जा दिनु हुदैन भन्नेमा उनीहरूले जोड दिए । तेस्रो, ग्राहकको मनिटरिङ गरिएन । केहीमा गरियो, केहीमा गरिएन । ग्राहकले जुन उद्देश्यका लागि कर्जा लिएका थिए, त्यसमा खर्च नभई अन्तै खर्च भयो । अब यस बैंकको चुनौती के के हुन् ? मेरा लागि पहिलो चुनौती पनि कर्जा असुली हो, दोस्रो, तेस्रो चुनौती पनि कर्जा असुली हो । कर्जा असुलीपछि अहिले गरिएको प्रोभिजन राईट व्याक हुन्छ । बैंकको एनपीए घट्छ, मुनाफा देखिन्छ । बैंकका सबै परिसूचक ठिक ठाउ“मा आउछन् । तत्कालका लागि बैंकको क्यापिटल एडेक्वसी कम भएको छ । यो समस्या समाधान गर्न बैंकले के गर्छ ? तीनवटा विकल्पमा छलफल चलिरहेको छ । पहिलो, हकप्रद सेयर जारी गरेर सेयर पुजी ४ अर्ब पु¥याउने । दोस्रो, पुजी प्रयाप्त भएको बैंक तथा वित्तीय संस्थालाई यस बैंकमा मर्ज गराउने । तेस्रो, अरू बलियो बैंकमा मर्ज हुन जाने । जुनसुकै विकल्पमा जानुपूर्व हामीले कर्जा असुली गर्नैपर्छ । १९ प्रतिशतको एनपीए १० प्रतिशतभन्दा तल झार्नै पर्छ । सञ्चालक, प्रवद्धकहरू थप लगानी गर्न इच्छुक छन् वा मर्जमा जान ? सञ्चालक तथा ठूला लगानीकर्ताहरूसग छलफल भइरहेको छ । रुपैयाँ बैंकलाई अगाडि लैजान जे आवश्यक पर्छ त्यो गर्न तयार देखिनुभएको छ । मैले त्यो पाएको छु । समस्या के छ भने पुजी थपेर ४ अर्ब बनाउने हो भने त्यसपछि मर्जको सम्भावना टरेर जान्छ । तर अहिलेसम्म कुनै निर्णय भएको छैन । अहिले हाम्रो सम्पूर्ण ध्यान खराब कर्जा असुलीमा दिएका छौं । कुन क्षेत्रमा कर्जा असुलीमा बढी समस्या छ ? त्यसरी तथ्याङ्क त विश्लेषण गरिएको छैन । अतिकति बढी घर–जग्गामा गएका कर्जाको असुलीमा समस्या छ । ऋण नतिर्ने ठूला ऋणी वा साना ऋणी हुन ? ठूला ऋणी बढी छन् । कुल एनपीएको करिव ७० प्रतिशत हिस्सा ४०र४२ वटा ठूला ग्राहकले लिन्छ । ठूला ऋणी को को हुन् ? माफ गर्नुहोला, बैक तथा वित्तीय संस्था ऐनले हाम्रो पनि हात बाधेको छ । कुन ग्राहकले कति कर्जा लिएको छ वा कुन ग्राहकले कर्जा तिरेको छैन जस्ता विषयमा हामीले भन्न मिल्दैन । ठूला ऋणीको धितो पनि ठूलै हुन्छ । तर रियलस्टेटमा ठूलो लगानी गर्ने लगानीकर्ता नै छैनन् भनिन्छ । यो अवस्थामा बैंकले धितो लिलामी गर्न सक्छ ? दुई वर्षअघिको अवस्था हो भने हामीलाई गाह्रो हुने थियो । तर अहिले जग्गा, सेयरको मूल्य बढिरहेको छ । ठूलो सम्पत्ति खरिद गर्ने प्रपर्टी डिलरर्सहरू, होलसेलर्सहरू सम्पर्कमा आएका छन् । बैंकले निक्षेपको व्याज कम गरेकोले ठूला निक्षेपकर्ताहरू बैंकबाट पैसा निकालेर घर जग्गा किन्न थालेका छन् । त्यसैले धितो बिक्री नहुने समस्या हट्दै गएको छ । बैंकको निक्षेप कर्जा अनुपात ७१ प्रतिशत छ । तरलता पर्याप्त देखिन्छ । थप कर्जा लगानी गर्न क्यापिटल एडेक्वीसी कम छ । तर उच्च ब्याजदरमा निक्षेप संकलन गरिरहनु भएको छ, किन ? हो, हामीले अहिले पनि ७ प्रतिशत व्याजदरमा व्यक्तिगत निक्षेप लिइरहेका छौं । संस्थागत होइन । संस्थागत निक्षेप कम गर्न र व्यक्तिगत निक्षेप बढाउन यो योजना ल्याएका हौ । नाफा कमाउने उद्देश्यले यो निक्षेप योजना होइन, लिक्विडिटी म्यानेज गर्ने हिसावले यो काम गरिएको हो । यदि राष्ट्र बैंकले यस बैंकलाई सीघ्र सुधारात्मक कारबाही ग(यो भने अवस्था के हुन्छ ? यो राष्ट्र बैंकसग सम्बन्धित प्रश्न हो । राष्ट्र बैंक कसरी प्रस्तुत हुन्छ मैले भन्न सक्दिन । यस विषयमा बोल्नु उपयुक्त पनि हुदैन । म यति मात्र भन्छु, हामी निष्क्रिय कर्जा असुलीमा केन्द्रित छौं । राष्ट्र बैंकबाट हुनुपर्ने सबै सहयोग हामीले पाइरहेका छौं ।