आशा लघुवित्तले एकैदिन खोल्यो चार नयाँ शाखा, २८ जिल्लामा सेवा विस्तार

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले एकैदिन थप चारवटा शाखा कार्यालयहरु स्थापना गरी कारोबार शुरु गरेको छ । संस्थाले बिहीबार मात्रै महोत्तरीको एकडारा गाउँपालिका, धनुषाको मुखियापट्टी मुसहर मनिया गाउँपालिका, सिराहाको सखुवानान्कार कट्टीगाउँपालिका तथा सप्तरीको रुपनी गाउँपालिकाबाट कारोबार शुरु गरेको हो । यी सहित संस्थाको शाखा संख्या ४५ पुगेको छ । त्यस्तै, संस्थाले २८ वटा जिल्लाहरुमा विस्तार भएको छ । एकडारा गाउँपालिकाका प्रमुख राम छविलाल साह, मुखियापट्टी मुसहर मनिया गाउँपालिकाका उपाध्यक्ष मीरादेवी महतो, रुपनी गाउँपालिकाका उपाध्यक्ष सरिता यादव तथा सखुवानान्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले शाखा कार्यालयहरुको उद्घाटन गरेका हुन् । संस्थाले विपन्न वर्गलाई आर्थिक क्रियाकलापहरुमा संलग्न गराई उनीहरुको जीवनस्तर उकास्ने उद्देश्यका सहित विभिन्न स्थानमा नया नया शाखा विस्तार गरिरहेको छ । साथै, संस्थाले आगामी दिनहरुमा अझ सहज र प्रभावकारी रुपमा वित्तीय सेवा प्रवाह गर्ने प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले जानकारी दिए । संस्थाले हालसम्म १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । साथै, सदस्यहरुबाट ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

ग्लोबल आइएमई बैंकको थप ३ शाखा रहित बैंकिङ्ग सेवा विस्तार

काठमाडौं । ग्लोबल आइएमई बैंकले थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । पौष १०, ११, १२ गते नवलपरासी वर्दघाट —सुस्ता पूर्वजिल्लाको मध्यविन्दु नगरपालिका -१५, सो जिल्लाको कावासोती नगरपालिका- १७ र पाल्पाको रम्भागाँउपालिका -१ मा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । तीनै शाखारहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि तथा स्थानीय वासीहरुको रोहवरमा भएको छ । ग्लोबल आइएमई बैंकको हालसम्म १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ११५ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधि युुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत तथा अन्य राष्ट्रहरु र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आएकाे छ ।

नेपालगञ्जमा गरिमा विकास बैंकको शाखा विस्तार

काठमाडौं । गरिमा विकास बैंकले बाँके जिल्लाको नेपालगञ्जमा शाखा कार्यालय विस्तार गरेको छ । शाखा कार्यालयको उद्घाटन नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा.धवल शमशेर जवराले गरेका हुन् । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकको हाल उपत्यका भित्र ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन । हाल गरिमा विकास बैंकले रु.२५ अर्ब ८५ करोड निक्षेप संकलन गरी २२ अर्ब ३० करोड कर्जा लगानी गरेको छ । गरिमा विकास बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्ने भएको छ ।