मुक्तिनाथ विकास बैंकद्धारा कुमारीटोल सुधार समितिलाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले वैधानिक गैर नाफामूलक संस्था कुमारी टोल सुधार समितिलाई सहयोग गरेको छ । कुमारी मन्दिर परिसरमा सिसिटिभी जडानका लागि ७५ हजार सहयोग स्वरुप चेक प्रदान गरेको हो । उक्त चेक कुमारी टोल सुधार समितिका दिपेश अधिकारीलाई प्रदान गरेको छ । हाल, कुमारी मन्दिर परिसरमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा केन्द्रित रहेको छ ।

सुबिसुले ल्यायो भयंकर अफर, इन्टरनेट र क्लियर टिभी सेवामा विशेष छुट

काठमाडौं । सुबिसु केबलनेट (प्रा.) लि.,नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीले सुबिसु भयंकर अफर प्रस्तुत गरेको छ । कम्पनीले आफ्नो १८औँ वार्षिकोत्सवको अवसर पारि आफ्नो ग्राहकहरुसँग खुशी साट्ने उद्देश्यले उक्त अफर सार्वजनिक गरेको हो । उक्त अफर अन्तर्गत रिटेल ग्राहकहरुका लागि क्लियर टिभी, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभी सेवामा फरक फरक आकर्षक अफरहरु रहेका छन् । क्लियर टिभी प्रिमियम प्याक अफरः क्लियर टिभी सेवा अन्तर्गत मात्र ९९९ रुपैयाँ (कर सहित) मा १ महिनाको प्रिमियम सेवा पाइने छ । २६५ भन्दा बढी डिजिटल च्यानलहरु तथा ७० भन्दा बढीएच डि च्यानलहरु हुने । साथै, सेट–टप बक्स र जडान सेवा पाउन सकिने कम्पनीले जनाएको छ । सुबिसु इन्टरनेट– फाष्ट प्याक अफर इन्टरनेट सेवा अन्तर्गत १५ एमबीपीएस अनलिमिटेड इन्टरनेट १ महिनाको लागि पाइने छ । साथै, माेडेम र जडान सेवा मात्र १५०० हजार(कर सहित)मा प्राप्त गर्न सकिनेछ । सुबिसु इन्टनेट एण्ड क्लियर टिभी– कम्बो प्याक अफर इन्टरनेट र क्लियर टिभी सेवा अन्र्तगत मात्र २३०० रुपैयाँ(कर सहित)मा १ महिनाका लागि २३ एमबीपीएस अनलिमिटेड इन्टरनेट पाइने छ । साथै, क्लियर टिभी प्रिमियम प्याकेज र २६५ भन्दा बढी डिजिटल च्यानलहरु तथा ७० भन्दा बढीएच डि च्यानलहरु हेर्न पाइने छ। साथैं माेडेम, सेट–टप बक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ । साथै, सम्पुर्ण ग्राहकहरु मध्ये हरेक हप्ता १० जनाले ३ महिनाको लागि निशुल्क सब्स्क्रिपशन प्राप्त गर्ने छ । बम्पर उपहार स्वरुप १ जना भाग्यशाली ग्राहकले स्मार्ट टिभी पाउने छन् । अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ र सर्त तथा नियमहरु लागु हुने कम्पनीले जनाएको छ ।

एनसीसी बैंकले पाल्पाको अर्गलीमा खोल्यो नयाँ शाखा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले पाल्पा जिल्लाको अर्गलीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । उक्त अवसरमा रुरु संस्कृत विद्यापिठका प्राचार्य लिलामणी शर्मा, उद्योग वाणिज्य संघ पाल्पाका सदस्य विष्णु न्यौपाने र तानसेन न.पा.वडा नं.१४ का वडा अध्यक्ष कमल रानाले शुभकामना व्यक्त गरेका थिए । बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले अध्यक्षता गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।