सिमेन्ट उद्योगमा १९ अर्बको लगानी प्रतिबद्धता, कुन कुन ठाउँमा खुल्दैछ नयाँ उद्योग ?
काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा सिमेन्ट उद्योगमा मात्रै निजी क्षेत्रले १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार ५०० बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारले अगाडि सारेको आर्थिक समृद्धिको नारालाई पूरा गर्ने र एक हजार ७५० जनालाई रोजगारी दिने लक्ष्यका साथ उद्योग स्थापनाको प्रतिबद्धता आएको हो । उद्योग विभागमा दर्ता भएका उद्योगको आधारमा पछिल्लो समय निजी क्षेत्र सिमेन्ट उद्योग स्थापनाका लागि आकर्षित भएको र ठूलो मात्रामा लगानी गर्न तयार भएको देखिएको छ । खाना पकाउने ग्यासको व्यवसाय गर्दै आउनुभएका उद्योगी शिवप्रसाद घिमिरेसहित नयाँ उद्योगीले समेत सिमेन्ट उद्योगमा लगानी गर्ने इच्छा देखाएका हुन् । विभागको विवरणअनुसार पछिल्लो दिनमा झापाको तोपगाछीमा ए प्लस सिमेन्ट उद्योग स्थापना गर्ने भन्दै उद्योगी गुणराज खत्रीले आवेदन दिनुभएको छ । कूल पूँजी ४० करोड ८० लाख बराबरको लगानी गर्ने लक्ष्य राखिएको छ । सो उद्योगले छ हजार मेट्रिक टन पिपिसी र छ हजार मेट्रिक टन ओपिसी सिमेन्ट उत्पादन गर्ने र ६० जनालाई रोजगारी दिने छ । यस्तै स्याङजाको वालिङ-१ मा अथर्व सिमेन्ट उद्योग स्थापना गर्ने गरी उद्योगी पिताम्बर गैरेले विभागमा उद्योग दर्ता गराएका छन् । उद्योगमा कूल पूँजी एक अर्ब ५० करोड बराबरको लगानी हुनेछ । सो उद्योगले २५० जनालाई रोजगारी दिनेछ । उद्योगले एक लाख ५० हजार मेट्रिक टन ओपिसी, एक लाख ५९ हजार मेट्रिक टन पिपिसी र ८८ हजार ९८० मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने छ । कपिलवस्तुको शिवराज नपा-८ मा उद्योग स्थापना गर्ने गरी उद्योगी राहुलकुमार अग्रवालले सिनर्जी सिमेन्ट प्रालिले विभागमा उद्योग दर्ता गराउनुभएको छ । सो उद्योगमा नौ अर्ब ७८ करोड ५८ लाख ९५ हजार बराबरको लगानी गरिनेछ । उद्योगले ३९९ जनालाई रोजगारी दिनेछ । विभागमा प्रस्तुत गरिएको विवरणअनुसार उद्योगले आठ लाख ३८ हजार २०० मेट्रिक टन ओपिसी र तीन लाख ३० हजार मेट्रिक टन पिपिसी सिमेन्ट उत्पादन गर्नेछ । यस्तै, हाल सञ्चालनमा रहेको मारुती सिमेन्ट उद्योगले सिरहा गोलबजार–९ मा सोही उद्योगको नयाँ शाखा उद्योग स्थापना गर्ने भएको छ । सो उद्योगले रु दुई अर्ब ५७ करोड ८८ लाख २५ हजार बराबरको लगानी गर्नेछ । उद्योगले ५८७ जनालाई रोजगारी दिनेछ । उद्योगबाट छ लाख ६० हजार मेट्रिक टन ओपिसी र १३ हजार २०० मेट्रिक टन क्लिङ्कर उत्पादन गर्नेछ । यस्तै उद्योगी देवीप्रसाद मैनालीले काबेली सिमेन्ट इन्ड्रस्ट्रिज विभागमा दर्ता गराउनुभएको छ । झापा हल्दिबारीमा उद्योग स्थापना गर्ने तयारी गरिएको छ । उद्योगले रु ५० करोड लगानी गर्ने भएको छ । कूल ७६ जनालाई रोजगारी दिने लक्ष्य राखेको उद्योगले एक लाख ५० हजार मेट्रिक टन ओपिसी र एक लाख मेट्रिक टन पिपिसी सिमेन्ट उत्पादन गर्नेछ । यस्तै ग्याँस व्यवसायी शिवप्रसाद घिमिरेले पनि गरुड सिमेन्ट उद्योग स्थापना गर्ने तयारी गरेका छन् । कूल ३७८ जनालाई रोजगारी दिने लक्ष्यसहित सो उद्योगमा व्यवसायी घिमिरेले कूल पूँजी चार अर्ब ८९ करोड १७ लाख ९२ हजार ५०० बराबरको लगानी गर्ने तयारी गरेका छन् । उद्योगले छ लाख २३ हजार ७०० मेट्रिक टन ओपिसी सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ । सरकारले लिएको नीतिका कारण नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । सो उद्योगमा दुई खर्बको लगानी भएको र वार्षिक एक खर्ब ५० अर्बको कारोवार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यसै वर्षदेखि आत्मनिर्भर भएको हो । निजी क्षेत्र प्रवेश भएको झण्डै १६ वर्षको अन्तरालमा आत्मनिर्भरमा पुगेको बताउँदै नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुवराज थापाले अर्को वर्षदेखि नेपाल सिमेन्ट निर्यात गर्ने अवस्थामा पुग्ने बताए । संसारमा सन् १८४५ देखि सिमेन्ट उत्पादन शुरु भए पनि नेपालमा सन् १९६० देखि मात्रै उत्पादन शुरु गरिएको थियो । नेपालमा हिमाल सिमेन्टले पहिलो उत्पादन शुरु गरेको थियो । निजी क्षेत्रबाट भने १६ वर्ष पहिलेदेखि मात्रै लगानी शुरु गरिएको हो । नेपालमा हाल ५६ सिमेन्ट उद्योगले उत्पादन गर्दै आएका छन् । उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारी स्वामित्वको हो । नेपालमा गत वर्ष ९० लाख टन सिमेन्ट उत्पादन भएको र झण्डै त्यति नै खपत भएको छ । नेपालका उद्योगको क्षमता भने एक करोड ३० लाख टन रहेको छ । विश्वमा सिमेन्टको कूल उत्पादन वार्षिक चार अर्ब २० करोड टन रहेकामा सबैभन्दा बढी चीनले सिमेन्ट उत्पादन गर्दै आएको छ । कूल उत्पादनको ५५ प्रतिशत चीनले उत्पादन गर्ने गरेको छ । खानी तथा भूगर्भ विभागका अनुसार १६८ उद्योगलाई उत्खनन अनुमति दिइएको र ४० वटालाई उत्खनन अनुमतिको प्रक्रियामा रहेको छ । रासस
साङ्गयोङ्ग मोटर्सको सोरुम अब पोखरामा, टेस्ट ड्राइभमा उपहारको व्यवस्था
काठमाडौँ । आइएमएस ग्रुपको आधिकारीक बिक्रेताको साङ्गयोङ्ग मोटर्सले आजदेखि आफ्नो शोरुम पोखराको उत्तमचोकमा सुरु गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश अर्थ तथा योजना मन्त्रालयका मन्त्री किरण गुरुङ्ग, मिस नेपाल २०१२ सृस्टी श्रेष्ठ, आइएमएस ग्रुपका अध्यक्ष दीपक मलहोत्रा, प्रेसिडेन्ट तथा सिइओ दिकेश मलहोत्रा, आइएमएस मोटर्सका निर्देषक विमल सावर्थिया र मिस नेपाल २००९ जेनिशा मोक्तान मलहोत्राद्वारा शो रुमको उद्घाट्न भएको छ । स्याङ्योङ्ग मोटरको सर्भिस सेन्टर क्लब मोटर्स प्रालि पोखराको नयाँबजारमा अवस्थित रहेको छ ।सोरुम उद्घाटनका अवसरमा साङ्गयोङ्ग मोटर्सले “साङ्गयोङ्ग सुपर सेभिङ्ग र जेएरो मेन्टनेन्स् मूल्य” योजना पोखराका ग्राहकहरुका लागी भारी छुटका साथ प्रदान गर्ने भएको छ । – गाडीको खरिदमा२ वर्षको मेन्टनेस् खर्च निशुल्क गरिनेछ । – स्पेश मूल्य र एक्सचेन्जगर्दा उत्कृष्ट भ्यालुसेनको व्यवस्था । – झन्झ्ट मुक्ततरिकाले बैङ्गफाइनान्सीङ्गको व्यवस्था । (बेस्ट भ्यालुसेनग्यारेन्टी) ११.७२% -फ्रि रोड् ट्याक्स्(२०७५/२०७६ ) -६०,००० किलो मिटर सम्मतिनबर्षे वारेन्टी । -५ बर्ष सम्मफ्रि सर्भिसङ्गि । -गाडीका पार्टहरु सहुलीयत दरमा प्राप्त गर्न सकिने । -अन्य आवश्यक उपकरणहरु निःशुल्क । -प्रत्येक टेस्ट ड्राइभमा उपहारको व्यवस्था ।
चैत १४ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै, ३ सय भन्दा बढी स्टल रहने
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा चैत १४ देखि १८ गतेसम्म आठौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । राजधानीको भृकुटी मण्डपमा हुने मेला “नेपाली वस्तुको प्रवद्र्धन समृद्ध नेपाल निर्माण” भन्ने मूल नारा सहित आयोजना गरिएको महासंघले आइतबार पत्रकार सम्मेलन गरी जनाएको छ । महासंघकी अध्यक्ष भवानी राणाले ‘नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न तथा स्वदेशी उत्पादनको बजार प्रवद्र्धन गरी समग्र मुलुकको अर्थतन्त्रलाई उकास्न मेलाले सघाउ पुग्ने बताइन् । मेला आयोजना गर्न वाणिज्य मन्त्रालयले सहयोग गर्ने भएको छ भने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले प्रवद्र्धन गर्ने भएको छ । महासंघको अनुसार मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको ३ सयभन्दा बढी स्टल रहनेछ । सार्क मुलुकका देशहरु सहित चीन, थाइल्याण्ड, मलेशिया लगायतका देशहरूको सहभागिता रहनेछ । मेलामा मुख्य आकर्षण हस्तकलाका उत्पादनहरू, एनटीआइएसका प्रोडक्टहरू रहने छन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रियाको व्यवस्था गरिने जनाइएको छ । हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन, शिक्षा तथा निर्माण सम्बन्धी छुट्टाछुट्टै स्टलहरु राखिने आयोजकले जानकारी दिएको छ । विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीबारे छलफल हुने सो मेलाको स्वदेशी र विदेशी गरी करिव २ लाखले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ । मेलाका लागि चीनबाट ८०, भारतबाट १०, पाकिस्तानबाट १५, बङ्गलादेशबाट ४० वटा र मेलामा नेपाली हस्तकला र एनटीआईएस बस्तुहरूको ५० वटा स्टल बुकिङ भैसकेको आयोजकले जानकारी दिएको छ ।