१ करोडको लगानीमा चितवनमा ‘प्रेसिडेन्ट सेकुवा’, फागुन ६ गतेदेखि सञ्चालन

चितवन। पर्यटकीय नगरी चितवनको सदरमुकाम भरतपुरमा खानाको स्वादका पारखीहरुका लागि नयाँ रेष्टुरेण्ट “प्रेसिडेन्ट सेकुवा” सोमबारदेखि सञ्चालनमा आउने भएको छ । घरकै शैलीमा फरकपनसहित मौलिक खानाका परिकारहरुसहित राजधानी काठमाडौँमा चर्चित बनेको “प्रेसिडेन्ट ग्रुप अफ होटल” को आठौँ शाखा चितवनको भरतपुरमा सञ्चालन आउन लागेको हो । प्रेसिडेन्ट ग्रुप होटल अन्तर्गत २०६३ सालबाट सामान्य किराना पसलसहित सुरु भएको प्रेसिडेन्ट ग्रुप अफ होटलले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आठौँ शाखा भरतपुरमा संचालन गर्न लागिएको जानकारी दिएको हो । मुलुककै केन्द्र भागमा रहेको चितवनको भरतपुरमा बिस्तार गरिएको प्रेसिडेन्ट ग्रुप अफ होटलका अध्यक्ष तथा प्रबन्ध निर्देशक शंकर भण्डारीले जानकारी दिए । “चितवनवासी र यस वरपरका खाना पारखीहरुलाई जानकारी गराउन पाउदाँ निकै हर्षित समेत भएका छौँ, उनले भने, “सेकुवा पारखीहरुको सुविधालाई ध्यानमा राख्दै चितवनमा प्रेसिडेन्ट सेकुवाको शाखा खोलेका हौँ । ” बजारमा सञ्चालन भइरहेका सेकुवा कर्नरहरुको भीडमा आफ्नो छुट्टै विशेषतासहित प्रेसिडेन्ट सुकुवाले आफ्नो शाखा चितवनमा बिस्तार गरेको उनले स्पष्ट पारे । भरतपुरमा खोल्ने प्रेसिडेन्ट सेकुवाको नयाँ शाखाको सबै तयारी पूरा भएको र फागुन ६ गतेदेखि सञ्चालन आउने उनले बताए । शुभारम्भकै अवसरमा ५ गते प्रेसिडेन्टको खानाका स्वाद चाख्ने कार्यक्रम राखेको उनले बताए । प्रेसिडेन्टको राजधानीमा ६ वटा तथा भ्याली बाहिर लुम्बिनीमा एउटा शाखा सञ्चालनमा छ । यो शाखामा विभिन्न कलात्मक आट्र्सले श्रृगारिएको छ । जसमा प्रेसिडेन्टको स्वाद लिन आउने ग्राहकवर्गहरुलाई आर्कषित गर्न अध्यक्ष भण्डारीको दावी छ । सेकुवालाई विशेष प्राथमिकतामा राखेर सञ्चालन हुन लागेको प्रेसिडेन्ट सेकुवामा सबै प्रकारका खानाका पारखीहरुका लागि (मल्टी क्विजन) फेमिली रेष्टुरेन्ट सञ्चालन हुने उनले बताए । एक करोड लगानीमा संचालनमा हाउन लागेको प्रेसिडेन्टको भरतपुर शाखामा किड्स प्ले रुम, व्यवसायिक मिटिङ, वार्षिक साधारण सभा तथा शुभकार्यका लागि पूर्ण एसीसहितको हलको व्यवस्था हुने सञ्चालक भण्डारीले बताए । किड्स प्ले रुममा बच्चाहरुलाई निःशुल्क व्यवस्था गरिने भण्डारीको भनाइ छ । प्रेसिडेन्ट सेकुवामा ठूलो स्कृनमा लिरिक्स हेर्दै गीत गाएर मनोरञ्जन लिने जापानीज शैली ‘काराओके’ समेत रहने भण्डारीले जानकारी दिए । भरतपुरमा शाखा सञ्चालन गर्नुपूर्व नै चितवनका उपभोक्ताहरुलाई सेवा दिने उद्देश्यले प्रेसिडेन्ट सेकुवाले फुड फेस्टिबलमा आफ्नो उपस्थिति देखाएको छ । शुभारम्भको अवसरमा केहि दिन विशेष छुट समेत व्यवस्था गरिएको उनले बताए ।

अब ५० स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी, सरकारको लक्ष्य पूरा हुने चरणमा

काठमाडौँ । हरेक स्थानीय तहमा बैंकका शाखा पुर्याउने सरकारको लक्ष्य पूरा हुने चरणमा पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको विवरणअनुसार कूल ७५३ स्थानीय तहमध्ये ७०३ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । नागरिकलाई वित्तीय पहुँच पुर्याउने लक्ष्यका साथ सरकारले बैंकको शाखा विस्तारलाई प्रमुख प्राथमिकतामा राखेको छ । बाँकी रहेको ५० स्थानीय तहमध्ये चालू आर्थिक वर्षको अन्त्यसम्म धेरैजसो स्थानीय तहमा बैंकका शाखा पुग्ने विश्वास व्यक्त गरिएको छ । केन्द्रीय बैंकका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये चालू आवको छ महीनासम्ममा १२७ तहमा बैंकका शाखा पुगेका छन् । सो प्रदेशमा अझै दश स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी रहेका छन् । प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये हालसम्म १३३ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । सो प्रदेशका तीन वटा तहमा मात्रै बैंकका शाखा पुग्न बाँकी रहेका छन् । प्रदेश नं ३ का ११९ तहमध्ये चालू आवको छ महीनामा ११३ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । सो प्रदेशमा छ स्थानीय तहमा मात्रै बैंकका शाखा खुल्न बाँकी रहेको राष्ट्र बैंकको तथ्याङ्कमा समावेश छ । गण्डकी प्रदेशका कूल ८५ तहमध्ये ८२ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । सो प्रदेशका तीन स्थानीय तहमा नै बैंकका शाखा खुल्न बाँकी रहेका छन् । प्रदेश नं ५ का कूल १०९ स्थानीय तहमध्ये १०७ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । कर्णली प्रदेशका ७९ स्थानीय तहमध्ये ६३ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । बैंककाअनुसार सुदूरपश्चिम प्रदेशका कूल ८८ स्थानीय तहमध्ये ७८ तहमा बैंकका शाखा खुलेका छन् । केही दिन पहिले प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले बैंकका शाखा नपुगेका स्थानीय तहमा चालू आवको अन्त्यसम्ममा बैंकका शाखा पुर्याउने लक्ष्यअनुसार काम भइरहेको जानकारी दिएका थिए । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने लक्ष्यका साथ राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई गाभ्ने तथा प्राप्तिसम्बन्धी प्रक्रिया शुरु गरेपछि गत पुस मसान्तसम्म कूल १६४ बैंक तथा वित्तीय संस्था गाभिएका छन् । त्यसमा कूल १२२ संस्थाको इजाजत खारेज भइ कूल ४२ मा सिमित भएका छन् । गत पुस मसान्तसम्म २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी, ७२ लघुवित्त संस्था सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाको शाखा २०७५ असारमा छ हजार ६५१ रहेकोमा पुस मसान्तसम्म सात हजार ५९१ पुगेको छ । प्रतिव्यक्ति विद्युत् खपत दर बढ्यो यता, पछिल्लो दिनमा नेपालीको ऊर्जा खपतको मात्रामा बढोत्तरी भएको छ । वर्तमान सरकार गठन भएपछिको एक वर्षको अवधिमा प्रतिव्यक्ति ऊर्जा खपत दर बढेर २०० किलोवाट घण्टा पुगेको छ । नियमित विद्युत् आपूर्ति तथा विद्युत् प्रणालीमा भएको सुधारका कारण विद्युत् खपत बढेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गरेको सम्बोधनमा प्रतिव्यक्ति विद्युत् खपत दर १७७ किलोवाट घण्टाबाट बढेर २०० किलोवाट घण्टा पुगेको जानकारी दिएका थिए । सरकारले आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति विद्युत् खपतलाई बढाएर एक हजार ५०० किलोवाट घण्टा पुर्याउने लक्ष्य राखेको छ । आर्थिक समृद्धिको आधारका रुपमा समेत प्रतिव्यक्ति विद्युत् खपतलाई लिने गरिन्छ । सरकारले गत वैशाखमा सार्वजनिक गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको वर्तमान अवस्था तथा भविष्यको मार्गचित्र समेटिएको श्वेतपत्रमा आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र प्रतिव्यक्ति विद्युत् खपतलाई समेत बढाउने लक्ष्य राखेको छ । आगामी वर्षदेखि माथिल्लो तामाकोशी जस्ता केही महत्वपूर्ण आयोजना निर्माण सम्पन्न हुने भएकाले देशभित्रै विद्युत् कति बढाउनुपर्ने आवश्यकता बढेर गएको छ । विद्युत् खपत बढाउन सरकारले विद्युतीय सवारी साधन, घरेलुरुपमा विद्युतीय चुलोको प्रयोग लगायतलाई बढावा दिएको छ । रासस

टफउड गोल्ड प्लाई नेपाली बजारमा भित्रियो

काठमाडौँ । भारतको प्रिमियर प्लाइउड कम्पनी टफउड इन्डिया प्रालिद्धारा उत्पादित टफउड ब्राण्डको प्रिमियम प्लाइउड नेपालका लागि आधिकारिक बिक्रेता जसी एक्साइमले नेपाली बजारमा बिक्री शुरु गरेको छ । टफउडको गोल्ड ब्राण्डको यो प्लाइउड नवीनतम प्रबिधि प्रयोग गरी निर्माण हुन्छ र यो टिकाउ र कडा रहेको कम्पनीले जानएको छ । यो प्लाइउडको डिजाइन र सजावट धेरै किसिमको समकालीन जीवनशैली सुहाउँदो रहेको तथा उच्च बास्तुशिल्प र व्यवसायिक तवरको रहेको छ । यो प्लाइउड १६ एम.एम, १९ एम.एम.,२२ एम.एम, ३२ एम.एम.मा उपलब्ध रहेको छ । अत्याधुनिक उत्पादन प्रबिधि प्रयोग गरी उत्पादन हुने यो प्लाइउडमा उच्च गुणस्तरता कायम रहेको छ । नेपालको हावापानी सुहाउँदो यो प्लाइउड हिमाल, पहाड, तराई र मधेशमा बर्षौ बर्ष टिक्दछ र नेपालको हावापानी सुहाउँदो रहेको हुँदा यो प्लाइउड अत्यन्तै उपयोगी हुनेमा कम्पनी बिश्वस्त रहेको छ । टफउड गोल्ड मध्यम घनत्व फाइबरबोर्ड प्राक्टिकल बोर्ड, ब्लकबोर्ड, लचक प्लाई, सुटरिङप्लाई र अन्य समावेश गरिएको छ । बिभिन्न एम.एममा उत्पादन हुने प्लाईमा एकदमै टिकाउपन हुन्छ, यसले उत्पादनलाई पातलो हल्का बनाई महत्वपूर्ण लाभ प्रदान गर्ने कम्पनीले जनाएको छ ।