वाडा अटो शोमा बीवाईडी, यस्ता छन् अफरहरू

काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले पोखरामा जारी वाडा अटो शो २०२५ मा सहभागिता जनाएको छ । पोखरा प्रदर्शनी केन्द्रमा फागुन १४ देखि सुरु भएको वाडा अटो शो आगामी फागुन १७ सम्म चल्नेछ । उक्त अटो शोमा बीवाईडी डल्फिन, एट्टो ३ र एम ६ गरी विभिन्न तीन मोडलका सवारी साधन प्रदर्शन गरेको छ । आकर्षक ईभी मोडल प्रदर्शन गर्नुका साथै अटो शोमा सवारीसाधन किन्ने ग्राहकका लागि बीवाईडीले सीमित समयका लागि एक्सक्लुसिभ अफरसमेत ल्याएको छ । २० प्रतिशत डाउन पेमेन्टमा वीवाईडीका गाडी किन्न सकिने साइमेक्स इंकले जनाएको छ । यसैगरी, १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी पनि पाइनेछ । १ वर्ष फ्री इन्स्योरेन्स, १ वर्ष रोड ट्याक्स कभरेज, आकर्षक नगद छुट, फ्री एसेसरिज र फ्री होम चार्जरको पनि सुविधा रहेको छ । बीवाईडी विश्वकै नम्बर १ इलेक्ट्रिक भेहिकल सेल्स च्याम्पियनको रूपमा परिचित छ ।

ट्रम्पको ट्यारिफ घोषणा असर : एसियाली अटोमोबाइल कम्पनीको सेयरमा गिरावट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देश बाहिर बनेका कारहरूमा शुल्क लगाउने घोषणा गरेसँगै एसियाली अटोमोबाइल कम्पनीहरूको सेयरमा गिरावट आएको छ । जापानी अटोमोबाइल निर्माता टोयोटा र होन्डाको सेयर क्रमशः ३.६९ र २.९१ प्रतिशतले गिरावट आयो । मेक्सिकोमा दुईवटा प्लान्ट रहेको निसानको सेयर २.९२ प्रतिशतले घट्यो भने माज्डा मोटरको सेयरमा ६ प्रतिशतभन्दा बढी गिरावट आयो । मित्सुबिसी मोटरको सेयर ४.९ प्रतिशतले झर्‍यो । दक्षिण कोरियाली अटोमोबाइल कम्पनी किया मोटर्सको पनि सेयर २.७६ प्रतिशतले घटेको छ । यसको मेक्सिकोमा उत्पादन प्लान्ट छ । चिनियाँ अटोमोबाइल कम्पनीहरू नियो र एक्सपेङ्गको सेयर क्रमशः ३.९४ र १.९७ प्रतिशतले घट्यो । यी नयाँ शुल्कहरू अप्रिल २ देखि लागू हुनेछन् । ह्वाइट हाउसका सल्लाहकार विल शार्फका अनुसार यी शुल्कहरू ‘विदेशमा बनेका कार र हल्का ट्रकहरू’ मा लागू हुनेछन्, जुन पहिलेका शुल्कहरूका अतिरिक्त हुनेछ । यस घोषणाको सम्पूर्ण विवरण अझै स्पष्ट छैन किनभने अधिकांश कारहरू विभिन्न देशमा बनेका पार्ट्सहरू मिलेर बनेका हुन्छन् । शार्फले अनुमान गरेअनुसार यी शुल्कहरूबाट अमेरिकालाई वार्षिक १०० अर्ब डलरभन्दा बढी नयाँ राजस्व प्राप्त हुने अपेक्षा गरिएको छ । ‘अमेरिकामा गाडी बिक्री गर्ने हरेक अटोमोबाइल कम्पनी आफ्नो उत्पादन आपूर्ति शृंखलामा विश्वव्यापी रूपमा निर्भर छन्, जसमा धेरैजसो भागहरू चीनबाट आउँछन्,’ आईसीकार्सका कार्यकारी विश्लेषक कार्ल ब्रुअरले भने । ‘यसको अर्थ यदि होन्डा वा टोयोटाले अमेरिका भित्रै कुनै मोडेल असेम्बल गरे पनि चीनबाट आउने भागहरूले ती गाडीहरू उत्पादन गर्नको लागत बढाउनेछ,’ उनले थपे । विश्लेषकका अनुसार अमेरिकाभित्रै एसेम्बल गरिएका गाडीहरू पनि यस शुल्कको प्रभावमा पर्नेछन् तर तिनीहरूलाई असर थोरै हुनेछ । ट्रम्पको अर्को घोषणा : अमेरिकामा निर्माण नभएका गाडीमा २५ प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको ट्यारिफ असर : क्यानडामा टेस्लाका लागि सबै छुट भुक्तानीहरू रोक्का मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै

नामी ईभी अब ५ लाख ९९ हजार डाउन पेमेन्टमा, ८० प्रतिशतसम्म फाइनान्सिङ

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले एक विशेष फाइनान्सिङ अफर सार्वजनिक गरेको छ । ईभीको माग बढेसँगै नामीले ग्राहकहरूलाई थप सुविधा र सहज सवारीसाधन खरिद अनुभव प्रदान गर्नका लागि फाइनान्सिङको सजिलो विकल्प प्रदान गरेको बताएको छ । कम्पनीका अनुसार यो पेमेन्ट स्किमबाट ग्राहकहरूले अब मात्र २० प्रतिशत डाउनपेमेन्ट गरि डोङफेङ नामीका ईभीहरू किन्न सक्नेछन् । नामी ईभी मोडलहरूको लागि डाउनपेमेन्ट मूल्य ५ लाख ९९ हजार रुपैयाँ तय गरिएको छ । यसले ग्राहकहरूलाई कुनै पनि क्यापिटल अपफ्रन्ट बिना पूर्ण रूपमा प्रिमियम गुणस्तरको ईभी खरिद गर्न सहज बनाउने छ । सरल र सजिलो खरिद प्रक्रिया पूरा गर्न नामीले ८० प्रतिशत सम्म फाइनान्सिङ गर्दछ जसले गर्दा ग्राहकहरूले विश्वसनीय फाइनान्सियल पार्टनरहर मार्फत आफ्नो गाडीको लागतको ठूलो हिस्सा फाइनान्सिङ गर्न सक्ने कम्पनीले बताएको छ । योसँगै ४८ घण्टामा लोन अप्रुभल गरिन्छ जसले गर्दा खरिद गर्न सजिलो हुन्छ। फाइनान्सिङको यस अवसरको बारेमा थप जानकारीको लागि इच्छुक ग्राहकहरूले नजिकैको नामी शोरूम भिजिट गर्न सक्ने कम्पनीले बताएको छ ।