डोङफेङ नामीको सफलता : ४० भन्दा बढी देशमा १२ हजार भन्दा बढी युनिटहरू निर्यात

काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता डोङफेङ नामीको जेएफ-एस३ मोडलले अहिले सम्म १२,००० भन्दा बढी युनिट ४० भन्दा धेरै देश तथा क्षेत्रहरूमा निर्यात भइसकेको छ । जुनफेङ कम्पनीका अनुसार यो सफलताले कम्पनीको अन्तर्राष्ट्रिय रणनीतिक विस्तारमा नयाँ गति दिएको छ । सन् २०२४ को डिसेम्बरबाट युरोपमा डेलिभरी सुरु भएको जेएफ-एस ३, अहिले युरोपेली बजारमा उल्लेखनीय उपस्थितिमा पुगिसकेको छ । नेदरल्याण्डमा जनवरी महिनामै यो मोडल सबैभन्दा धेरै बिक्री हुने चिनियाँ इभी बन्न सफल भयो, जहाँ ३०० युनिटभन्दा बढी डेलिभर गरियो । डिलरहरूका अनुसार, सन्तुलित सवारी अनुभव र पर्याप्त भित्री स्थानले उपभोक्ताहरूको मन जितेको छ । नर्वेमा पहिलो महिनामै १०० भन्दा बढी अर्डर प्राप्त गर्दा, चेक गणतन्त्रमा यसको सेग्मेन्टमा अग्रता कायम भएको छ । लाट्भियामा त यो चिनियाँ इभीहरूमध्ये शीर्ष १०% बजार हिस्सा ओगट्न सफल भएको छ । यस मोडलको प्रयोग क्षेत्रीय आवश्यकताअनुसार फरक-फरक ढंगले भइरहेको छ । मेक्सिको सिटीमा साझा यातायात सेवा प्रदायकहरूको लागि यो मोडल आधिकारिक सवारी बनेको छ भने बैंककमा यो मोबाइल कफी वर्कशपको रूपमा प्रयोग भइरहेको छ । अफ्रिकामा सौर्य चार्जिङ किटसहित प्रयोग भैरहेको यस मोडलले पूर्वाधार अभाव झेलिरहेका देशहरूमा नयाँ आशा देखाएको छ । जुनफेङ कम्पनीले उत्पादन विस्तार पनि तीव्र गतिमा अघि बढाइरहेको छ । युरोपमा इन्टेलिजेन्ट सवारी प्रविधिको अनुसन्धान केन्द्र निर्माणको अन्तिम चरणमा पुगेको छ । यसैबीच, कम्पनीले नयाँ मोडल जेएफ-०६ सार्वजनिक गरेको छ । ‘इन्टरस्टेलर जियोमेट्रिक’ डिजाइन भाषामा बनेको यो मोडल तारामय प्रकाश दिने लाइट स्ट्रिप, २५६-रङको एम्बियन्ट लाइट, र 'लाइट डोमेन सराउन्डिङ ककपिट' ले सुसज्जित छ ।  जुनफेङ कम्पनीले आगामी दिनहरूमा मागअनुसार नयाँ मोडलहरूको विकास गर्ने, उदीयमान बजारमा प्रवेश बढाउने र स्थानीय सहकार्यमार्फत नवप्रवर्तनलाई प्राथमिकता दिने योजना सार्वजनिक गरेको छ । डोङफेङलाई विश्वका अग्रणी नयाँ ऊर्जा सवारी ब्रान्डहरूमध्ये एक बनाउन यो निरन्तर योगदान दिन तयार रहेको कम्पनीको प्रतिबद्धता छ ।

लक्जरियस ‘जीकर एक्स’ ७५ लाखमै उपलब्ध, २० प्रतिशत डाउन पेमेन्टमा किन्न पाइने

काठमाडौं । पायोनियर मोटोकर्पले कम्प्याक्ट लक्जरी एसयुभी ‘जीकर एक्स’को नयाँ र परिमार्जित मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।  ८४ लाख ९९ हजार बजारमूल्य रहेको जीकर एक्स हाल १० लाख कम मूल्यमा उपलब्ध गराइएको हो ।  ‘अनचेन्ड ड्युटी, अनबिटेबल प्राइस’ नाम रहेको यस योजनाअनुसार ग्राहकहरूले मात्र २० प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन् भने एक्सचेन्ज बोनस, अटो प्लस बीमा, सडक करमा १ आर्थिक वर्षको छुट र निःशुल्क ७ किलोवाट वाल चार्जर जस्ता थप विशेष सुविधाहरूको समेत लाभ लिन सक्नेछन् । जिकर एक्समा प्रभावशाली २०० किलोवाट मोटर छ जसले उत्कृष्ट पर्फमेन्स र सहज, रेस्पोन्सिभ ड्राइभ अनुभव प्रदान गर्छ । यसको डब्लुएलटीपी रेन्ज ४४० किलोमिटर रहेको छ र पर्फमेन्स पनि अग्रणी युरोपियन प्रतिस्पर्धीहरूसँग बराबर रहेको छ । जीकर एक्स, जीकर ००१ र जीकर सेभेन(एक्स जस्तै उन्नत ‘एसइए’ प्लेटफर्ममा आधारित छ।  यसको संरचना ७३ प्रतिशत हाइ-स्ट्रेन्थ स्टिल प्रयोग गरेर बनाइएको छ, जसले गाडीलाई मजबुत सँगै सुरक्षामा कुनै सम्झौता नगरी तौल पनि कम गर्छ ।  जीकर एक्स २०२४ युरो एनक्यापमा दुई विधामा विजेता बन्ने एकमात्र गाडी हो जसले प्रतिष्ठित ५- स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ ।  नेपालका लागि जीकरको आधिकारिक वितरक पायोनियर मोटोकर्प हो । साथै यो निसान मोटर कम्पनीको नेपालमा आधिकारिक वितरक पनि हो ।

मस्कले घोषणा गरेको टेस्लाको सस्तो ईभी परियोजना रद्द, कार्यकारी र लगानीकर्ता आक्रोशित

काठमाडौं । टेस्लाले बहुप्रतीक्षित २५ हजार डलरको नयाँ इलेक्ट्रिक गाडी परियोजना रद्द गरिसकेको रिपोर्ट रोयटर्सले गत वर्ष सार्वजनिक गरेपछि टेस्लाका केही वरिष्ठ कार्यकारीहरू चकित भए । मस्कले उक्त विषयको खण्डन गरेका थिए ।  ‘रोयटर्सले झुट बोलिरहेको छ’ मस्कले २०२४ अप्रिल ५ मा खबर सार्वजनिक भएपछि केही मिनेटमै एक्समा लेखेका थिए । यस बयानले टेस्लाको सेयर मूल्यमा आएको ६ प्रतिशत गिरावटलाई रोकिदियो । यद्यपि सेयरमा केही सुधार आयो, दिनको अन्त्यमा टेस्लाको स्टक ३.६ प्रतिशतले घटेको थियो । लगानीकर्ताहरूले उक्त गाडी कम्पनीको तीव्र बिक्री वृद्धिको प्रमुख कारण बन्ने अपेक्षा गरेका थिए । तर कार्यकारीहरूले भने त्यो गाडी (धेरै लगानीकर्ताहरूले मोडेल २ भनेर चिन्ने) वास्तवमै रद्द गरिएको थाहा पाइसकेका थिए । कम्पनीले आफ्ना कर्मचारीहरूलाई हप्तौंअघि नै परियोजना रद्द भएको जानकारी गराएको थियो । मस्कको पोस्टपछि केही वरिष्ठ प्रबन्धकहरूले उनलाई प्रश्नसमेत गरेका थिए । तर, केही अन्य कार्यकारीहरू भने मस्कको उक्त पोस्टप्रति चिन्तित थिएनन् । एक व्यक्तिले भनेअनुसार टेस्लाले आफ्नो उत्पादन योजना सधैं लचिलो राख्छ ताकि बजारको अवस्था अनुसार परिवर्तन गर्न सकियोस् । तर अहिले पुराना मोडेलहरूसँग जुधिरहेको र विश्वभर बिक्री घटिरहेको अवस्थामा पनि टेस्लाले अझै त्यो २५ हजार डलरको नयाँ इलेक्ट्रिक गाडी सार्वजनिक गरेको छैन । जसलाई लिएर मस्कले टेस्लाको भविष्यको लागि निर्णायक हुने बताएका थिए । उक्त मोडेल ३ ९४२ हजार ५००० भन्दा सस्तो हुने अपेक्षा गरिएको थियो । बुधबार मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष सल्लाहकारको भूमिकाबाट राजीनामा दिएको घोषणा गरे र अब पुनस् टेस्ला, स्पेसएक्स, एक्सएआई, न्युरालिङ्क, र सामाजिक सञ्जाल एक्समा ध्यान केन्द्रित गर्ने बताए । मस्कको पोस्टको केही हप्तापछि टेस्लाले लगानीकर्तालाई अपडेट दिँदै अझै ‘नयाँ सस्तो गाडीहरू’ हालको उत्पादन लाइनमा नै बनाइने योजना जारी रहेको बताएको थियो । पहिले मस्कले योजनाअनुसारको २५ हजार डलरको गाडीलाई पूर्ण रूपमा नयाँ मोडेलको रूपमा घोषणा गरेका थिए जुन नयाँ प्लेटफर्ममा डिजाइन र निर्माण हुने जनाइएको थियो । यस परियोजनामार्फत मस्कले सस्तो इलेक्ट्रिक गाडी उत्पादनमा क्रान्तिकारी प्रविधि प्रयोग हुने बताएका थिए । तर अब टेस्ला ‘मोडेल ३’ र ‘मोडेल वाई’ का सस्ता संस्करणहरू बनाउने तयारीमा छ । ती मोडेलहरूको मूल्य हालसम्म सार्वजनिक गरिएको छैन र सन् २०२५ को पहिलो छ महिनामा आउने भनिए पनि ढिला भइसकेको छ । टेस्लाको अप्रिलको आम्दानी सम्मेलनमा इन्जिनियरिङ प्रमुख लार्स मोरावीले भनेका थिए, ‘यी सस्ता मोडेलहरू अहिलेको गाडीहरू जस्तै देखिनेछन् । मुख्य कुरा तिनीहरू सस्तो हुनेछन्- र तपाईंले किन्न सक्नुहुनेछ ।’ मस्कले रोयटर्सको रिपोर्ट अस्वीकार गरेपछि कार्यकारीहरूले उनलाई सोधेका थिए - ‘अब हामी यसबारे आपूर्तिकर्ता र लगानीकर्तालाई के भनौं?’ उनीहरू अन्योलमा परेका थिए । एक स्रोतका अनुसार टेस्लाले सस्तो ईभी बनाउनको लागि वर्षौं विभिन्न रणनीतिहरू विचार गर्दै आएको छ । टेस्लाका लगानीकर्ता ग्यारी ब्ल्याकले मस्कको बयानलाई पूर्ण अस्वीकारको रूपमा नलिएको बताए । मस्कका धेरै बयान छोटो, अस्पष्ट र भावनात्मक हुने गरेको उनको भनाइ छ । तर हालै ब्ल्याकले आफ्नो फन्डको टेस्लामा लगानी ९१।२ मिलियन डलर बराबर० फिर्ता लिएको बताएका छन् ।  मस्कको अस्वीकारले उनलाई नै समस्या केही कार्यकारीहरूले भनेका छन् कि मस्कको अस्वीकारले उनलाई समस्यामा पार्न सक्छ, किनभने लगानीकर्तालाई भविष्यको उत्पादन लाइनबारे झुटो आश्वासन दिएको मानिन सक्थ्यो । सन् २०१८ मा मस्कले कम्पनी निजीकरण गर्ने भनाइमा निवेशकलाई भ्रममा पारेको आरोपमा ४० मिलियन डलर जरिवाना तिरेका थिए । धेरै लगानीकर्ताहरूले अब सस्तो २५ हजार डलरको टेस्लाको आशा त्यागिसकेका छन् । २०२४ मा टेस्लाले पहिलोपटक वार्षिक बिक्री गिरावट भोग्यो र २०२५ को पहिलो त्रैमासिकमा बिक्री १३ प्रतिशतले घट्यो । ट्रम्प प्रशासनमा मस्कको संलग्नताविरुद्धको प्रदर्शनले समेत टेस्लाको छवि बिगारेको छ । अप्रिलमा चिनियाँ कम्पनी बीवाईडीले पहिलोपटक युरोपमा टेस्लाको बिक्री पार गर्‍यो र सस्तो ईभी बजारमा नेतृत्व लिइरहेको छ । बीवाईडीको सीगल ह्याचब्याक गाडी चीनमा १० हजार डलरभन्दा सस्तोमा उपलब्ध छ र अन्य देशहरूमा पनि प्रतिस्पर्धी मूल्यमा बिक्री भइरहेको छ । चीनको दुर्लभ खनिज निर्यात प्रतिबन्धले कार उद्योग संकटमा, उत्पादन बन्द हुने चेतावनी