बिक्री घटे पनि मर्सिडिजले रणनीति नबदल्ने, चीनमा प्रिमियम दाउ कायमै

काठमाडौं । जर्मन लक्जरी अटोमेकर मर्स‍िडिज बेन्जले आफ्नो मुख्य बजार चीनमा पनि प्रिमियम रणनीति कायम राख्ने निर्णय गरेको छ । जहाँ कडा मूल्य प्रतिस्पर्धाले कम्पनीको बजार हिस्सा घटाएको छ र स्थानीय उपभोक्ताहरू क्रमशः सस्ता घरेलु मोडेलतर्फ मोडिरहेका छन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओला केलेनियसले म्युनिखमा हुने आईएए अटो शोअघि रोयटर्ससँग कुरा गर्दै आइतबार सार्वजनिक गरिएको नयाँ इलेक्ट्रिक जीएलसी एसयूभीले विश्वकै सबैभन्दा ठूलो अटो बजार चीनमा कम्पनीले गुमाएको स्थान पुनः प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । पोर्शेजस्तै मर्सिडिज–बेन्जले पनि चीनमा बजार हिस्साभन्दा नाफा सुरक्षित गर्नेतर्फ ध्यान दिएको छ । सन् २०२५ को दोस्रो त्रैमासमा कम्पनीको गाडी बिक्री १९ प्रतिशत घटेर १ लाख ४० हजार ४०० मा झरेको छ । केलेनियसका अनुसार कम्पनीले चीनमा आफ्नो रणनीति परिवर्तन गर्ने छैन र प्रिमियम दृष्टिकोणलाई निरन्तरता दिनेछ । मर्सिडिज–बेन्ज र अन्य युरोपेली प्रतिस्पर्धीहरूले हाल अमेरिकी अटो आयात शुल्क २७.५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा ल्याइने आशा गरिरहेका छन्, जुन वाशिङ्टनले युरोपेली संघसँगको सहमतिअनुसार अमेरिकी सामानमा कर कटौती गर्ने वाचा गरेको छ । ‘युरोपियन कमिसन र उनीहरूको व्यापार टोली यसबारे अमेरिकी प्रशासनसँग काम गरिरहेका छन्,’ केलेनियसले भने । र उनले अमेरिकी प्रशासनले चाँडै नै कार्यकारी आदेशमा हस्ताक्षर गरेर कर घटाउने आशा व्यक्त गरे। करहरूले हालसम्म समूहको परिणाममा कस्तो वित्तीय असर पारेका छन् भन्ने उनले ठ्याक्कै खुलाएनन् ।  सान्दर्भिक सामग्री : इतिहासकै ठूलो तलब डिल : मस्कलाई टेस्लाको १ ट्रिलियन डलर प्रोत्साहन प्याकेज युरोपेली बजारमा चिनियाँ इलेक्ट्रिक कारहरूको आक्रामक प्रवेश विश्वकै ठूलो ईभी निर्माता बीवाईडीको नाफा घट्दै, उत्पादन विस्तार योजनामा ढिलाइ पोर्शेमा नयाँ सीईओको खोज सुरु, फक्सवागनसँगको दोहोरो भूमिका अन्त्य हुने संकेत

जय नेपालमा यामाहा ब्लु फेस्ट सुरु

काठमाडौं । नेपालको सबैभन्दा ठूलो दुईपाङ्ग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ आइतबारबाट हत्तिसारस्थित जय नेपाल सिनेमा हलमा सुरु भएको छ ।  भदौ २२ देखि भदौ २७ सम्म सञ्चालन हुने यामाहा ब्लु फेस्टमा बाइक र स्कुटरप्रेमीहरूले आफ्नो पुरानो सवारी साधनलाई नयाँ यामाहामा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउनेछन् ।  फेस्टमा कुनै पनि ब्राण्डका बाइक एक्सचेन्ज गर्न पाइनेछ । कुनै पनि यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजारको मूल्याङ्कन हुनुका साथै अन्य ब्राण्डमा भने न्यूनतम २५ हजारको मूल्याङ्कन (कर म्याद पुरा गर्नुपर्ने) गरिनेछ । यसैगरी, एक्सचेन्जमा अतिरिक्त १० हजार बोनस ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स हुने जनाइएको छ । त्यस्तै हरेक यामाहा खरिदमा निःशुल्क हेल्मेट पाइनेछ । साथै द्यभाग्यशाली विजेताहरूका लागि ‘राइड द ब्लु विथ रोडिज’ अनुभव पनि प्राप्त हुनेछ । एक्सचेन्जमा यामाहाले आरवनफाइभ भी फोन, एमटी फिफ्टिन भी टु, एफजेड भी थ्री डिलक्स, रेजेडआर १२५ एफआई हाइब्रिड, एईरोक्स १५५ लगायतका मोडेलहरू राखेको छ ।  नेपालमा यामाहाको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेज हो ।

शोरुम उद्घाटन अघि नै बुटवलमा १० युनिट प्रोटोन इमास ७ हस्तान्तरण

बुटवल । प्रोटोन नेपालले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी प्रोटोन इमास ७ को लोकप्रियता नयाँ स्तरमा पुर्‍याएको छ । कम्पनीले बुटवलमा आफ्नो शो–रुम औपचारिक रूपमा उद्घाटन गर्नुअघि नै १० युनिट इमास ७ ग्राहकलाई हस्तान्तरण गरेको हो । यो शोरुम बुटवल–भैरहवा क्षेत्रका लागि बालाजी ई अटोमोबाइल्ससँग साझेदारीमा सञ्चालनमा आउनेछ ।यसअघि पोखरामा सामूहिक हस्तान्तरण सम्पन्न गरेको प्रोटोनले बुटवलमा गरेको हस्तान्तरणले पनि नेपालभर आफ्ना ग्राहकबीच इमास ७ को विश्वास र लोकप्रियता बढ्दो अवस्थामा रहेको स्पष्ट देखाएको छ । नेपालमा प्रोटोनका आधिकारिक वितरक जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले शोरुम उद्घाटनअघि नै १० परिवारले आफ्नो इमास ७ घर लैजानु कम्पनीका लागि गौरवको विषय भएको बताए । उनले नेपाली ग्राहकहरूले विश्वस्तरीय प्रविधि, सुरक्षा र सुविधासहितको सवारी साधनलाई प्राथमिकता दिइरहेको प्रष्ट भएको उल्लेख गरे । ग्राहकलाई आकर्षित गर्न प्रोटोनले शून्य प्रतिशत ब्याजदरमा वित्तीय सुविधा, उत्कृष्ट वारेन्टी र भरपर्दो सेवा सञ्जालजस्ता अफरहरू उपलब्ध गराएको छ । चीनको अग्रणी ईभी निर्माता जिलीको संयोजनमा बनेको प्रोटोन इमास ७ ले आधुनिक डिजाइन, स्मार्ट सुविधा र उच्चस्तरीय सुरक्षा संयोजन गर्दै नेपालका ईभी पारखीहरूबीच उत्तम विकल्प बनेको कम्पनीले जनाएको छ ।