चांगन अटोले आफ्नो प्रिमियम पिकअप हन्टर नेपालमा सार्वजनिक गर्दै

काठमाडौं । चीनको अग्रणी अटोमोबाइल ब्रान्ड चांगन अटोले आफ्नो प्रिमियम पिकअप हन्टर नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले चांगन हन्टरलाई जनवरी २०२२ सम्म नेपालमा सार्वजनिक गर्ने जनाएको छ । हन्टरमा १।९ टर्बोचार्ज्ड इन्जिन रहेको छ जसमा १९१० सीसीको डीसप्लेसमेन्ट रहेको छ । यसले १५० एचपी पावर र ३५० एनएम टर्क उत्पादन गर्दछ। हन्टरको ३९१० एमएमको व्हील बेस रहेको छ र यो २३० एम एम ग्राउन्ड क्लियरेन्स सहित आउँदछ जुन यो सेग्मेन्टकै सबैभन्दा राम्रो रहेको कम्पनीले दावी गरेको छ । कम्पनीको अनुसार यसबाट गाडीको अन्डरबडी र चेसिसमा हुन सक्ने सबै प्रकारको क्षतिबाट गाडीलाई बचाउन सकिन्छ । हन्टरमा पुष इन्जीन स्टार्ट बटन जडान गरिएको छ । अझ सुविधा युक्त बनाउन हन्टरमा क्रूज कन्ट्रोल सुविधा रखिएको  छ । क्रूज कन्ट्रोलले बाटोको अवस्था अनुसार मिल्दो स्पीड ,सुनिस्चित गर्न मदत गर्दछ । हन्टर ६(स्पीड अटोमेटिक गेयर ट्रान्समिसनको साथमा आउने गर्दछ, जसले आँफै नै रोडको कन्डीसन अनुसार गेअर बदल्न मदत गर्दछ । यस प्रिमियम पिकअपले इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम मार्फत तपाईंको र तपाईंको गाडीको उचित खयाल राख्दछ । येसमा अटो स्टप क्लाईम्ब सुविधा भएकोले गर्दा ग्राहकहरुले उकालो पहाड चढ्दा कुनै पनि किसिमका समस्याहरुबाट नपर्ने कम्पनीले जनाएको छ ।

मोटरहेडको आधिकारीक मर्मत केन्द्र कपनमा

काठमाडौं । मोटरहेडको आधिकारीक मर्मत केन्द्र कपनामा खुलेको छ । मोटरहेड ब्राण्डको आधिकारी विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेडले बुढानिलकण्ठ नगरपालिकाको कपन बीमा समिती चोकमा उक्त मर्मत केन्द्र खोलेको हो । बिहीबार वडा अध्यक्ष शुद्ध डंगोलले उक्त वर्कशपको उद्घाटन गरेका छन् । कम्पनीले सो वर्कशप २० वर्षदेखि सोही स्थानमा आवद्ध दिपक मोटरसाइक वर्कशपका प्रोपराइटर दिपक चौधरीलाई आधिकारीक्ता प्रदान गरेको छ । कम्पनीले आज र भोली सो स्थानमा एक्सचेन्ज क्याम्प पनि संचालन गर्ने जनाएको छ । उक्त एक्सचेन्ज क्याम्पमा १० हजार छुट, फाइनान्समा ७ हजार र बजार मुल्यांकनमा थप १५ हजार पाउने सुविधा रहेको छ । यसका साथै पार्टसमा विशेष छुट र जुनसुकै ब्राण्डको बाइक ल्याउँदा फ्रि वास पनि पाइने कम्पनीले जनाएको छ । कम्पनीले यस अवसरमा गिफ्टको पनि व्यवस्था गरेको छ ।

पोखरामा टीभीएस रेडर सार्वजनिक

काठमाडौं । शंकर ग्रुप अन्तरगतको जगदम्बा मोटर्सले पोखरामा टीभीएस रेडर सार्वजनिक गरेको छ । भीएसले पोखराको एक्स्क्लयूजिव शोरुमबाट युवा लक्षित १२५ सीसी श्रेष्णी अन्तरगत अत्याधुनिक फिचर्स भएको नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा सप्तरंग ३ का चर्चित गायक राम कृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार सन्दिप क्षेत्री, मिडिया व्यक्तित्व नरेश भट्टराई, विवेक खतिवडा र निता प्रधानाङ्ग, टिकटक स्टार उषा उप्रेतीको उपस्थितिमा सार्वजनिक गरिएको थियो। यूवा लक्षित साे स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फर्ष्ट-ईन-क्लास फिचर्सका साथै फर्ष्ट-ईन-सेग्मेन्ट अन्डर सिट स्टोरेजपनि समेत उपलब्ध गर्दै आएकाे छ ।