‘टिभिएस ६ प्राइजको सपराइज’ मा विनोद मानन्धरले जिते कार
काठमाडौं । दशैंतिहारलाई लक्षित गर्दै टिभिएसले ल्याएको टिभिएस ६ प्राइजको सपराइज योजना अन्तर्गत भक्तपुरका विनोद मानन्धरले प्रोटोन सागा कार जितेका छन् । मानन्धरले उक्त योजनाको क्रममा टिभिएस एनटर्क आरटि एफआइ किनेका थिए । ६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले विभिन्न टिभिएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुन्जेल आकर्षक तथा भव्य उपहारहरु प्राप्त गरेका छन् । योजना अन्तर्गत खड्गी माया आङ्देम्बे र बिना नेम्बाङले आरआर ३१० जितेका छन् भने ८ जनाले सय प्रतिशत क्यासब्याक प्राप्त गरेका छन् । जगदम्बा मोटर्स नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १४५ भन्दा बढी डिलरहरुको वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो पकड राखेकाे छ ।
बजाजको नयाँ सर्भिस सेन्टर गुसिङगालमा
काठमाडौं । बजाज मोटरसाइकलको नयाँ शाेरुम कुपण्डोलको गुसिङगालमा खुलेकाे छ ।नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले कुपण्डाेलमा गुसिङगाल मोटरसाइकल सर्भिस सेन्टर खोलेको हाे । अझ बढि सुविधा सम्पन्न बजाज सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुसिङगालमा पनि सर्भिसिङ सेन्टर संचालनमा ल्याएको कम्पनीले जनाएकाे छ । मोटर साइकल सर्भिसिङमा २० वर्षको अनुभव भएका दक्ष प्राविधिकहरुबाट सर्भिसिङ गराइने यस सर्भिसिङ सेन्टरमा जम्मा ५५ मिनेटमा काम सम्पन्न हुने दावी कम्पनीले गरेकाे छ । एक दिनमा ८० भन्दा बढी बाइकहरु सर्भिसिङ गर्न सक्ने क्षमता भएको यस सेन्टरमा ग्राहकहरुको सुविधाको लागि प्रतीक्षालय र क्याफेको सुविधा पनि रहेकाे छ ।
सवारीसाधनमा युरो ६ चरणवद्ध रुपमा लागु गर्नुपर्छ: नाडा
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारको सवारीसाधनहरुमा युरो ६ लागु गर्ने प्रावधानलाई सकरात्कम रुपमा लिएको बताएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै नाडाले यूरो ६ लागू गर्ने प्रावधानलाई सकरात्कम रुपमा लिएको बताएको हो । यद्यपी यसको समग्र पूर्वाधार तयारीका लागि चरणवद्ध रुपमा लागु गर्दे जानु पर्ने नाडाको धारणा छ । देशमा उपयुक्त पूर्वाधारहरु लगायत दक्ष प्राविधिक जनशक्ती पनि तयार नभईसकेकाले यसलाई चरणवद्ध रुपमा नै लागु गर्ने नाडाले सरकारलाई अनुरोध गरेको छ ।