विर्तामोडमा खुल्यो स्कोडाको शोरुम, आकर्षक नगद छुट पाइने

काठमाडाैं । नेपालका लागि युरोपको चर्चित अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बिर्तामोडमा यसकाे नयाँ शाेरुम खाेलेकाे छ । स्कोडाको नयाँ शाेरुमको उद्घाटन बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईं र एमएडब्लु स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रुपमा गरे । कम्पनीले यस शाेरुममार्फत सेल्स, सर्भिस र स्पेयर्सकाे सेवा दिनेछ । हलेसी अटोमोबाइललाई कम्पनीले यसकाे डिलरशिप प्रदान गरेकाे छ । हलेसी अटोमोबाइलले यस अवसरमा दुई दिने विशेष ‘टेस्ट ड्राइभ इभेन्ट’ पनि आयोजना गरेकाे छ । यो अवधिमा स्कोडा कार बुकिङ गर्ने ग्राहकले आकर्षक क्यास डिस्काउन्ट, निःशुल्क सडक कर, एक्सचेन्ज बोनसको सुविधा पाउने हलेसी अटोमोबाइलकका प्रबन्ध निर्देशक चुडामणी पौडेलले बताए । हाल पोखरा, नारायणघाट, विराटनगर, बुटवल, जनकपुर, धनगढी र काठमाडौंमा स्कोडाको डिलरसिप रहेको छ । नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लु स्कोडाले आफ्नो डिलर सञ्जाललाई विस्तार गर्दै आएको छ । एमएडब्लुले सन् २००८ देखि नेपालमा स्कोडा कार भित्र्याउन सुरु गरेको थियो ।

पुस ११ गतेदेखि निसान गाडीको नेसनवाइड सर्भिस क्याम्प हुँदै

काठमाडाैं । नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले देशभर नेसनवाइड सर्भिस क्याम्प आयोजना गर्ने भएको छ । नेपाली सडकमा गुडिरहेका निसान गाडीको आवश्यक हेरचाह तथा मर्मत सम्भार प्रदान गर्न सो क्याम्प आयोजना गरिने कम्पनीले जनाएकाे छ । कम्पनीकाे अनुसार आगामी पुस ११ गते आइतबारदेखि प्रारम्भ भई पुस १३ गते मंगलबारसम्म हुने उक्त सर्भिस क्याम्पमा ग्राहकलाई निःशुल्क लेबर चार्ज, निःशुल्क टप वास र निःशुल्क ९० चेक प्वाइन्ट सुविधा प्रदान गरिने छ । त्यसैगरी एसेसरिजमा ८० प्रतिशत सम्म छुट प्रदान गरिने छ भने नियमित सेवा र उपभोग्य वस्तुहरूमा १० प्रतिशत सम्म छुट प्रदान गरिने पायोनियर मोटोकर्पले जनाएको छ ।

नाडा महासचिवमा उप्रती र कोषाध्यक्षमा मल्ल निर्वाचित, पदाधिकारीमा क–कसले जिते ?

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को महासचिवमा सुरेन्द्र कुमार उप्रेती र कोषाध्यक्षमा मिलनबाबु मल्ल निर्विरोध निर्वाचित भएका छन् । उप्रेती यसअघि नाडा कार्यसमितिका कोषाध्यक्ष रहेका थिए । गत मंसिर २३ गते काठमाडौंमा नाडाको ४५ औं वार्षिक साधारण सभाले नाडाको अध्यक्षमा निर्वाचित ध्रुववहादुर थापा सहित कार्यसमिति सदस्यहरूले बुधबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण सँगै नाडा कार्यसमिति समेत चयन भएको हाे । यस्तैगरी, केन्द्रीय उपाध्यक्षमा राजनबाबु श्रेष्ठ, सुनिल रिजाल र निराकर श्रेष्ठ, सचिवमा बिक्रम सिंघानिया र सहकोषाध्यक्षमा पंकज अग्रवाल निर्वाचित भएका छन् । उपाध्यक्षको निर्वाचनमा रिजाल र निराकर श्रेष्ठले बराबर मत ल्याएपछि दुई कार्यकाल हुने नाडा कार्यसमितिमा एक÷एक वर्ष कार्यकाल बाड्ने सहमति भएको छ । पहिलो वर्ष रिजाल र दोस्रो वर्ष श्रेष्ठले उपाध्यक्षमा बस्ने सहमति भएको अध्यक्ष थापाले जानकारी दिए । यस्तै, प्रदेश उपाध्यक्षमा सुवास आचार्य र मोहनबाबु खड्का निर्वाचित भएका छन् । थापाले पदभार ग्रहण कार्यक्रममा अध्यक्ष थापाले जगदम्बा मोटर्सका निर्देशक दीपक अग्रवाल, हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यू गोल्छा र स्याकार ट्रेडिङका जनरल मेनेजर सोहनलाल श्रेष्ठलाई सदस्यमा मनोनित गरेका हुन् । मनोनित तीनै सदस्य मोटरसाइकल आयात तथा विक्री गर्ने कम्पनीका प्रतिनिधि हुन् । नाडाको विधान अनुसार १७ जना निर्वाचित सदस्य, ७ जना प्रदेशबाट निर्वाचित सदस्य र तीन जना मनोनित सदस्यसहित २७ जना सदस्य रहने व्यवस्था छ । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष स्वतः कार्यसमिति सदस्य रहने छन् । याे पनि: नाडा कार्यसमिति सदस्यमा तीन जना मनोनित