चांगनको प्रिमियम पिकअप हन्टहरुको बुकिङ्ग खुला, सुरुवाती मूल्य साढे ७५ लाख
काठमाडाैं । चांगन अटोले आफ्नो प्रिमियम पिकअप हन्टरूकाे बुकिंङ्ग खुल्ला गरेको छ । कम्पनीले साढे सुरुवाती मूल्य ७५ लाखमा उक्त पिकअप हन्टहरुकाे बुकिंङ्ग खुल्ला गरेको हाे । उक्त मूल्य पहिलो ३० ग्राहकमा लागु हुनेछ कम्पनीले जानकारी दिएकाे छ । हन्टर सबै खालि भूभाग र बाटो को लागि उचित भएको हुनाले नेपाली ग्राहकहरु को लागि सहि रोजाई हुने कम्पनीले दावी गरेकाे छ । हन्टरमा १.९ टर्बोचार्ज्ड इन्जिन छ जसमा १९१० सीसीको डीसप्लेसमेन्ट रहेको छ र यसले १५० एचपी पावर र ३५० एनएम टर्क उत्पादन गर्दछ । यस प्रिमियम पिकअपको ग्राउन्ड क्लियरेन्स २३० एम एम हो, जुन यो सेग्मेन्टकै सबैभन्दा राम्रो रहेको छ । यसले १ टन को पेलोड वजन उठाउन सक्छ । हन्टर ६-स्पीड औटोमेटिक गेयर ट्रान्स्मिसन्को साथमा आउने गर्दछ, जसले आँफै नै रोडको अवस्था अनुसार गियर बदल्न मदत गर्दछ । हन्टरको अरु विशेषताहरु भनेको १० इन्चको एचडी इन्फोटेनमेन्ट टच स्क्रिन, पुष इन्जिन स्टार्ट बटन, क्रूज कन्ट्रोल, टायर प्रेसर मोनिटरिंग सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम र हिल डिसेन्ट कन्ट्रोल रहेको छ । यसमा आरामदायी पावर अस्सिसटेड सीटकाे साथसाथै स्पोर्ट मोड र इको मोड पनि रहेको छ।
अग्नी ग्रुपद्वारा महिन्द्रा उत्सवको बम्पर पुरस्कार विजेताहरु घोषणा
काठमाडाैं । अग्नि इन्कर्पोरेरेटेडले महिन्द्रा उत्सवक अफरकाे बम्पर पुरस्कार विजेताहरु सार्वजनिक गरेकाे छ । नेपालमा महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक अग्निले आइतबार उक्त अफरका विजेताहरु सार्वजनिक गरेकाे हाे । बम्पर पुरस्कार विजेताहरुमा ताप्लेजुङ्ग निवासी किरण मैनाली, जनकपुरका सास स्टील प्रा.लि, विरगंजकी मीनादेवी, हेटौडा कन्सट्रक्सन र नेपालगंजका बडाइयातल पशुपंंशी तथा यग्रो फार्म रहेका छन् । दशैँ, तिहार, छठ र विश्वकर्मा पूजालाई लक्षित गरी संचालन गरिएकाे महिन्द्राउत्सव अफर¬¬ भाद्र १६गतेदेखि मंसिर १५ गतेसम्म लागु गरिएका थियो । यो योजनाअन्तर्गत बम्पर पुरस्कारमा महिन्द्रापावरोल ५ केभीए डिजी (डिजेल जेनरेटर) राखिएको थियो । यस योजना अन्तर्गत महिन्द्रा ट्रयाक्टर खरिद गरेका हरेक ग्राहकलाई निश्चित उपहारको रुपमा महिन्द्रा रोटाभेटरमा ५० प्रतिशत छुट वा पानासोनिकको ४२ इन्चको स्र्माट एलइडी टिभि साथै १ जनाका लागि ५ लाख बराबरको दुर्घटना विमाको व्यवस्था गरिएको थियो ।
नेपालमा नै एसेम्बल गरिएको इलेक्ट्रिक याक बाइक बजारमा
काठमाडाैं । अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले भर्खरै आफ्नो इलेक्ट्रिक बाइक नेपाली बजारमा ल्याएको छ । जैष्णवी समूहले अन्य बाइकको तुलनामा ऊर्जाको धेरै कम खपत गर्ने चिनियाँ इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्लगसँग साझेदारी गर्दै याक बाइक नामक इलेक्ट्रिक बाइक बजारमा ल्याएको हो । कम्पनीले स्मार्ट सिटी, स्मार्ट राइड’ भन्ने नाराका साथ इलेक्ट्रिक बाइक याक बाइकहरू सार्वजनिक गरेको छ । यसले सवारीमा इन्धनको प्रयोग कटौती गरी नेपालको पर्यावरण मैत्री सवारी बनाउने लक्ष्य राखेको कम्पनीले जनाएकाे छ । यसका साथै यसमार्फत कम आय भएका र बेरोजगार व्यक्तिहरूलाई केन्द्रित गरी ५०० जनासम्मको रोजगारी सिर्जना र तालिम समेत दिने कम्पनीले घोषणा गरेको छ । जैष्णवी ग्रुपका प्रमुख कार्यकारी अधिकृत जोन खड्का र अध्यक्ष स्मृति पालिखेले विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यो पहलले नोपलको अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पुर्याउने बताए ।