कलाकार प्रदीप खड्का र विक्रम शाहीले किने दिपल एस-०७ प्लस
काठमाडौं । नेपालका कलाकारद्वय प्रदीप खड्का र विक्रम शाहीले अत्याधुनिक डिजाइन र प्रविधिका कारण लोकप्रिय बन्दै गएको दिपल एस-०७ प्लस खरिद गरेका छन् । पछिल्ला डेलिभरीसँगै दिपल एस-०७ प्लस चर्चित व्यक्तिहरुको रोजाइमा निरन्तर परिरहेको दीपल गाडीको आधिकारिक विक्रेता एमएडब्लुले जनाएको छ । हालै बजारमा आएको साइन्स-फिक्सन चलचित्र एक्लोलगायत थुप्रै सफल फिल्ममार्फत दर्शकको मन जित्न सफल कलाकार तथा स्टाइल आइकन प्रदीप खड्काले दिपल एस-०७ प्लसको फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिले आफूलाई आकर्षित गरेको बताए । उनले आधुनिक जीवनशैलीसँग मेल खाने भएकाले आफ्नो ग्यारेजमा दिपल थपेको प्रतिक्रिया दिए । बलिउड सुपरस्टार सलमान खानसँग बहुप्रतिक्षित चलचित्र ब्याटल अफ गल्वानमा स्क्रिन सेयर गर्दै अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएका कलाकार विक्रम शाहीले पनि हालै दिपल एस-०७ प्लस खरिद गरेका छन् । नवीन प्रविधि, आरामदायी ड्राइभिङ अनुभव र प्रिमियम फिचरले आफूलाई आकर्षित गरेको उनले बताए ।कलाकार द्वयलाई दिपल परिवारमा स्वागत गर्न पाउँदा एमएडब्लू वृद्धि गौरवान्वित भएको जनाएको छ । कम्पनीका अनुसार उत्कृष्टताप्रतिको उनीहरूको प्रतिबद्धता र स्टाइल आइकनको पहिचान दिपल एस-०७ प्लसको इनोभेसन, स्टाइल र फ्युचर-रेडी पर्फर्मेन्ससँग पूर्ण रूपमा मेल खान्छ । एक दर्जनभन्दा बढी इन्डस्ट्रि-फस्ट फिचर र विशिष्ट डिजाइन फिलोसोफीका लागि परिचित दिपल एस-०७ प्लसले नेक्स्ट जेनेरेसन इन्टेलिजेन्ट कनेक्टिभिटी प्रदान गर्दछ। जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड-अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्टिग्रेटेड हेडरेस्ट तथा आउटडोर स्पिकरजस्ता अत्याधुनिक फिचरले दिपललाई नेपालकै नम्बर १ लक्जरी इलेक्ट्रिक भेहिकलको रूपमा स्थापित गरेको कम्पनीको दाबी छ ।
जगदम्बा मोटर्सले ल्यायो ‘टीभीएससँग सुनको सगुन’ विशेष अफर
काठमाडौं । नेपालमा टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले आफ्ना ग्राहक लक्षित नयाँ राष्ट्रव्यापी योजना ‘टीभीएससँग सुनको सगुन’ विशेष अफर सार्वजनिक गरेको छ । विश्व बजारमा बढ्दो सुनको मूल्य र नेपाली समाजमा विहे तथा चाडपर्वसँग जोडिएको भावनालाई समेट्दै, यो अफर ग्राहकलाई मूल्य र भरोसाको अनुभूति दिलाउने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ । जगदम्बा मोटर्सका अनुसार यस अफरको मूल भावना ग्राहकको जीवनका महत्वपूर्ण मोड नयाँ परिवारको सुरुवात, नयाँ घर र नयाँ यात्रासँग टीभीएस सवारी साधनलाई विश्वासयोग्य साझेदारका रूपमा प्रस्तुत गर्नु हो । सुनको दीर्घकालीन मूल्य र टीभीएस सवारीको विश्वसनीयताबीचको संयोजनमार्फत कम्पनीले स्मार्ट निर्णय र भावनात्मक सन्तुष्टि एउटै प्लेटफर्ममा ल्याउने प्रयास गरेको जनाएको छ । अफर अवधिमा टीभीएस बाइक वा स्कुटर खरिद गर्ने ग्राहकले नगद, फाइनान्स वा एक्सचेन्ज सबै माध्यममा आकर्षक सुविधा प्राप्त गर्न सक्नेछन् । जसमा दैनिक सुनको सिक्का जित्ने अवसर, १ लाख रुपैयाँसम्मको क्यास छुट, सबै टीभियस मोडलमा एक्सचेन्ज सुविधा, नागरिकता वा ड्राइभिङ लाइसेन्सका आधारमा सजिलो फाइनान्स तथा सबै टीभीएस मोडलमा लाइफटाइम वारेन्टीलगायत अफर अवधिसम्म पाउन सकिनेछ । ‘टीभीएससँग सुनको सगुन’ विशेष अफर माघ १८ गतेदेखि चैत ३ गतेसम्म (४५ दिन) नेपालभरका सबै आधिकारिक त्ख्क् शोरुमहरूमा लागू हुनेछ । अफरबारे प्रतिक्रिया दिँदै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, ‘यो विशेष अफर केवल सवारी खरिदको योजना मात्र होइन, नयाँ सुरुवातको उत्सव हो । हामी ग्राहकलाई सवारीसँगै दीर्घकालीन मूल्य र विश्वासको अनुभूति दिलाउन चाहन्छौं । ’ नेपालभर फैलिएको सशक्त डिलर नेटवर्क, प्रभावकारी सेवा प्रणाली र विश्वसनीय उत्पादन पोर्टफोलियोका साथ जगदम्बा मोटर्सले टीभीएस ब्रान्डलाई नेपाली उपभोक्ताको भरोसिलो मोबिलिटी पार्टनरका रूपमा मजबुत बनाउँदै आएको छ । नेपालको दुई-पांग्रे सवारी उद्योगको अग्रणी संस्थामध्ये एक रहेको जगदम्बा मोटर्सले इन्जिनियरिङ गुणस्तर, इन्धन दक्षता र दीर्घकालीन विश्वसनीयताका लागि परिचित टीभीएस मोटर कम्पनीका मोटरसाइकल तथा स्कुटरहरूको प्रतिनिधित्व गर्दै आएको छ । ‘टीभीएससँग सुनको सगुन’ जस्ता अभियानमार्फत कम्पनीले नवप्रवर्तन, मूल्य र ग्राहक-केन्द्रित दृष्टिकोणलाई समेट्दै नेपाली बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउँदै आएको छ ।
हुन्डाई क्रेटा ईभीको ड्राइभिङ रेन्ज बीएमएस अपडेटमार्फत १५ देखि २५ किलोमिटरसम्म बढ्ने
काठमाडौं । हुन्डाई नेपालले क्रेटा ईभी प्रयोगकर्ताका लागि ड्राइभिङ रेन्ज थप विस्तार गर्ने उद्देश्यले ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) सफ्टवेयर अपडेट सार्वजनिक गरेको छ। कम्पनीले सबै क्रेटा ईभी ग्राहकलाई नजिकको आधिकारिक हुन्डाई सेवा केन्द्रमा पुगेर यो अपडेट गराउन आग्रह गरेको छ । हुन्डाई नेपालका अनुसार नयाँ बीएमएस अपडेटमा ब्याट्री प्रणालीलाई नेपाली सडक अवस्था र ड्राइभिङ शैलीलाई ध्यानमा राखेर विशेष रूपमा अप्टिमाइज र क्यालिब्रेट गरिएको छ । यसले ब्याट्रीको कार्यक्षमता अझ प्रभावकारी बनाउँदै ऊर्जा प्रयोगलाई सन्तुलित गर्नेछ । कम्पनीको दाबीअनुसार यस अपडेटपछि क्रेटा ईभीको ड्राइभिङ रेन्ज हालको तुलनामा करिब १५ देखि २५ किलोमिटरसम्म बढ्ने अपेक्षा गरिएको छ । नयाँ अपडेटले दैनिक आवागमनदेखि लामो यात्रासम्म क्रेटा ईभी प्रयोगकर्तालाई थप सुविधा, सहजता र भरोसा प्रदान गर्ने हुन्डाई नेपालले जनाएको छ । यो बीएमएस अपडेट सेवा देशभर रहेका हुन्डाईका आधिकारिक सेवा सञ्जालमार्फत निःशुल्क रूपमा उपलब्ध गराइएको छ, जसको लाभ क्रेटा ईभीका सबै ग्राहकले लिन सक्नेछन् । विश्वसनीय अटोमोबाइल ब्राण्डका रूपमा परिचित हुन्डाई नेपालले भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीसँग देशभर ६३ भन्दा बढी ‘रिल्याक्स रिचार्ज’ नेटवर्क सञ्चालनमा छन्, जसले ईभी प्रयोगकर्तालाई अझ सहज र ढुक्क यात्राको अनुभूति गराइरहेको छ ।