नाडामा प्रि-बूक गरिएका सिट्रोनका गाडीहरु ग्राहकले दशैंअघि पाउने, शुरु भयो डेलिभरी

काठमाडौं । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले नाडा अटो शोमा प्रि-बुकिङ गरेका ग्राहकलाई दशैंअघि नै नयाँ गाडी डेलिभर गर्न सुरु गरेको छ । हालै सम्पन्न भएको नाडा अटो शोमा प्रायः ग्राहकहरूले सिट्रोनको नयाँ विद्युुतीय गाडी सिट्रोन ई सि थ्रि र पेट्रोल गाडी सिट्रोन सि थ्री बुकिङ गरेका थिए । सिट्रोन ई सि थ्री भारतमा बनेको कम्प्याक्ट एसयुभी सेग्मेन्टमा सबैभन्दा आकर्षक मूल्यमा उपलब्ध ईभी हो । आफ्ना ग्राहकहरुको उत्साहजनक प्रतिक्रियाको लागि कृतज्ञता व्यक्त गर्न सिट्रोनले दशैं अगावै गाडीहरुको डेलिभरी प्रक्रिया सुरु गरेको कम्पनीले जनाएको छ । सांग्रिला मोटर्स प्रालिका म्यानेजिङ्ग डाइरेक्टर हेमन्त गोल्छाले भने, ‘नाडा अटो शोमा हाम्रा ग्राहकहरुले देखाउनुभएको माया र साथ प्रति हामी आभारी छौँ । जति पनि गाडीहरु नाडा अटो शोमा बूक भएका थिए तिनीहरु सबै दशैं अगाडि नै उहाँहरुको हातमा पुर्याइसक्ने उद्देश्यले हामीले यी गाडीहरुको डेलिभरी पनि सुरु गरिसकेका छौँ ।’ सिट्रोन आफ्ना ग्राहकहरूको नवीनतम आवश्यकताहरू पुरा गर्न ईनोभेटिभ र स्टाइलिश गाडीहरू बजारमा ल्याउन प्रतिबद्ध छ । सांग्रिला मोटर्सले पोखरा र चितवन लगायत थापाथली, बिर्तामोड, इटहरी, विराटनगर, बुटवल, नेपालगंज, दाङ्ग र धनगढीमा पनि आफ्ना नयाँ शोरुमहरु विस्तार गरेको छ ।

आइशरको गाडी किन्दा रोजेर उपहार पाइने, भाग्यमानीलाई मिनी इभी कार

काठमाडौं । आइशरले दशैं र तिहारको अवसरमा नयाँ आइशर गाडी खरिद गर्दा रोजेर उपहार लिन पाइने योजना ल्याएको छ । बतास एमएडब्लु कमर्शियल भेहिकल (बी.एम.सी.वी.) ले दशैं तिहार स्कीमको घोषणा गरेको हो । यस योजना अन्तर्गत आइशर बस, ट्रक तथा ट्रिपरकाको खरिदमा सुनको बहार, टुर प्याकेज, यामाहा बाइक र स्कुटर, सवारी साधनको फ्री सर्भिसिङ र स्पेयर पार्ट्स अथवा फ्री ईएमआई मध्येबाट ग्राहकहरुले रोजेर उपहार लिन पाउने छन् । यो योजनाको अन्त्यमा बम्पर उपहार अन्तर्गत एकजना भाग्यमानीले मिनी इभी कार पनि प्राप्त गर्ने छन् । उल्लेखित उपहारहरु बाहेक चालकलाई पाँच लाख रुपैयाँ र २५ लाख रुपैयायँको आकस्मिक बीमा, १ वर्षको सवारी बीमा तथा १ आर्थिक वर्षको सम्पूर्ण सडक करको सुविधा पनि आइशरले प्रदान गर्नेछ । ७० भन्दा बढी देशहरूमा फैलिएको आइशर, भोल्भो र आइशरको संयुक्त परियोजनामा बिबिध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आइरहेको छ । साथै, हालसालै भएको बतास र एमएडब्लूको एकताले ब्यवसायिक सवारी साधनको बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखाहरु, ४ डिलर र १६ टच पोइण्टस्को साथ देशैभर व्यवसायिक सवारी साधन उपलब्ध गराउँदै आएको छ ।

एनओजीको पहिलो जनकपुर च्याप्टर राइड सम्पन्न

काठमाडौं । टिभिएस मोटर कम्पनीका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले जनकपुरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) पहिलो पटक राइड सम्पन्न गरेको छ । शनिबार आयोजना भएको उक्त राइड टिभिएसको जनकपुर  शोरूम (आर्यन आटोमोबाइल्स) बाट शुरु भएर बर्दिबास रिसोर्ट, बर्दिबास पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागि सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । करिब ५० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै, उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।