महिन्द्राको नयाँ ट्विन पीक २ एस सर्भिस सेन्टर अब कुपन्डोलमा
काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुप ( बालाजु अटो वर्कसले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति कुपन्डोल, ललितपुरमा नया ट्विन पीक २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । उक्त २ एस सर्भिस सेन्टरको उद्घाटन असोज २९ गते क्षेत्रीय प्रबन्धक एपीएसी र समर्थन कार्यहरू अन्तर्राष्ट्रिय अपरेसन्स्, महिन्द्रा एण्ड महिन्द्रा जोइदीप मोइत्रा, क्षेत्रीय प्रबन्धक (नेपाल, भुटान र बंगलादेश), महिन्द्रा एण्ड महिन्द्रा चैतन्य कगलकार, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक सुसन श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले गरेका हुन् । यो नयाँ सेवा केन्द्र स्थापना गर्नुको उद्देश्य ललितपुर र वरपर बसोबास गर्ने ग्राहकहरूलाई सुविधाजनक पहुँच र समयमै सहयोग सुनिश्चित गर्नु हो । बालाजु अटो वर्क्सले नयाँ २ एस ट्विन पीक सर्भिस सेन्टरमा गुणस्तरीय सेवाको अनुभव गर्न सबै ग्राहकहरूलाई स्वागत गर्दछ । अग्नी ग्रुपले हाल नेपाल अधिराज्यभरि रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिईरहेको छ । उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ अग्नी ग्रुप बालाजु अटो वर्कसले आफ्ना सेवाहरु यसरी नै नेपाल अधिराज्यभरि विस्तार गर्ने लक्ष्य पनि लिएको छ । साथै, ग्राहकहरुले सर्भिस बुक गर्न वा थप जानकारीका लागि टोल फ्रि नम्बरहरुः १६६००-१००-२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा सम्पर्क गर्न सक्नेछन् ।
चीनको चांगन अटोले नेपाली बजारमा भित्राउँदै विद्युतीय गाडी
काठमाडौं । चीनको चांगन अटोले नेपाली बजारमा पहिलो विद्युतीय गाडी भित्र्याउने भएको छ । चांगनले अत्याधुनिक प्रविधिबाट बनेको चांगन डीपल एस७ इभी एसयूभीलाई नेपाली बजारमा ल्याउने भएको हो । कम्पनीका अनुसार उक्त गाडी स्न २०२४ को पहिलो त्रैमासमा नेपाल भित्रिने छ । एमएडब्लु भ्रिद्धी चांगन अटोको लागि नेपालको आधिकारिक बिक्रेता हो । कम्पनीको अनुसार डीपल एस७ इभी एसयूभी एउटा महत्वपूर्ण गाडी भएको र यसले चांगन अटोलाई नेपाली बजारमा थप नयाँ आयाम प्रदान गर्नेमा कम्पनी विश्वास छ ।
हुन्डाई कोनाः नेपालको सबैभन्दा सिद्ध र सफल विद्युतीय गाडी
काठमाडौं । नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरूको बजारमा हुन्डाई कोनाले आफ्नो पृथक पहिचानसहित दरिलो उपस्थिति जनाउँदै आइरहेको छ । नेपाली बजारमा इलेक्ट्रिक भर्सनमा आएको एसयुभीमा सम्भवतः पहिलो गाडी हुन्डाई कोना हो । सन् २०१९ देखि नेपाली बजारमा बिक्री सुरु भएको हुन्डाई कोना हालसम्म एक हजारभन्दा बढी बिक्री भएको छ । २०१९ मा भारतबाट सुरु गरिएको ‘इमिशन इम्पोसिबल’ नामक मिशनअन्तर्गत कोना इलेक्ट्रिकले विश्वको सबैभन्दा अप्ठ्यारो भू-भागमा पर्फरमेन्स गर्दा कुनै सम्झौता नगरी ७०० किलोमिटरको यात्रा १७ हजार फिटको उचाई र १२ डिग्रीको तापक्रम पार गर्दै सगरमाथाको आधार शिविरसम्म पुगेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएको थियो । यस अभियानमा कोना इलेक्ट्रिकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफिलो परिस्थितिजस्तो कठोर मौसमी अवस्थामा उच्च प्रदर्शन गरेको थियो । नेपालमा सन् २०१९ मा पहिलोचोटि लन्च गरिएको कोना अहिले फेसलिफ्ट भर्सनमा उपलब्ध छ । ५ वर्षसम्म बजारमा रहनु र धेरैको पहिलो रोजाइ बन्नुले यो एउटा सफल र सिद्ध विद्युतीय गाडी बन्न सफल भएको कम्पनीको भनाई छ । नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले विद्युतीय गाडीलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। अक्टोबर ६ देखि ८ सम्म सञ्चालन गरिएको ‘हुन्डाई फेस्टिभ कार्निवल’मा २०० भन्दा बढी सवारीधनीको इभी एमए परीक्षण गरिएको थियो । जसअनुसार ४ वर्षसम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति ९५ प्रतिशतभन्दा बढी पाइएको थियो । कम्पनीका अनुसार विश्वव्यापी रूपमा निकै रुचाइएको कोना नेपाली बजारमा पनि धेरै रुचाइएको छ। हुन्डाई कोनाले स्थापना गरेको विद्युतीय गाडीप्रतिको विश्वास, आफ्नो सर्वाधिक रि-सेल भ्यालुबाट दोस्रो बजारमा समेत आफ्नो पहिचान मजबुत बनाएको कम्पनीको दावी छ ।