दशैंमा नयाँ गाडी खरिदमा छुटै छुट, लाखौंको उपहारदेखि विदेश घुम्नेसम्म

काठमाडौं । बजारमा दशैंको चहलपहल सुरु भइसकेको छ । उद्योगी व्यवसायीहरु आफुले उत्पादन गरेको वस्तु बिक्रीका लागि मार्केटिङ गरिरहेका छन् भने ग्राहकहरु चाडपर्वमै नयाँ सामान खरिद गर्न चाहन्छन् । यतिखेर अटो बजारमा पनि नयाँ–नयाँ मोडलका सवारीहरु भित्र्याएर फरक किसिमको रौनक सिर्जना भइरहेको छ । दशैंका लागि चारपाँग्रे गाडीका बिक्रेताहरुले पनि विभिन्न किसिमका अफरहरु ल्याएर ग्राहकलाई तानिरहेका छन् । ग्राहकलाई आफ्ना सवारी साधनमा आकर्षण गर्न बिक्रेता कम्पनीहरुले नयाँ गाडी खरिदमा गाडी उपहार, नगद छुटदेखि विदेश भ्रमणसम्मका अफरहरु सार्वजनिक गरेका छन् । आइशरको गाडी किन्दा मिनी इभी कार पाइने आइशर गाडीको आधिकारिक विक्रेता बतास एमएडब्लु कमर्शियल भेहिकल (बी.एम.सी.वी.) ले नयाँ गाडी खरिद गर्नेमध्येबाट एक जनालाई मिनी इभी कार उपहार दिने घोषणा गरेको छ । कम्पनीले दशैं र तिहारको अबसरमा नयाँ आइशर गाडी खरिद गर्नेमध्येबाट एक जनालाई उक्त कार दिने घोषणा गरेका हो । यस्तै, कम्पनीले घोषणा गरेको चाडपर्वको स्कीममा आइशर बस, ट्रक तथा ट्रिपरकाको खरिदमा सुनको बहार, टुर प्याकेज, यामाहा बाइक र स्कुटर, सवारी साधनको फ्री सर्भिसिङ र स्पेयर पार्ट्स अथवा फ्री ईएमआई मध्येबाट ग्राहकहरुले रोजेर उपहार लिन पाइनेछ । यस्तै, कम्पनीले उक्त उपहार बाहेक चालकलाई पाँच लाख रुपैयाँ र २५ लाख रुपैयायँको आकस्मिक बीमा, १ वर्षको सवारी बीमा तथा १ आर्थिक वर्षको सम्पूर्ण सडक करमा छुट दिएको छ । निसानका गाडी किन्दा पौने १४ लाख छुट नेपालका लागि निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले दशैं, तिहार अफर सार्वजनिक गरेको छ । कम्पनीले निशानको गाडी खरिद गर्दा १३ लाख ७५ हजार रुपैयाँसम्म छुट सुविधाको घोषणा गरेको हो । कम्पनीले निसान फेष्टिभ ड्राइभ २०८० भन्दै १३ लाख ७५ हजार २२६ रुपैयाँसम्मको अफर योजना ल्याएको हो । उक्त अफरसँगै कम्पनीले नगद छुट मात्र ८ लाखसम्म हुने जनाएको छ । यस्तै एक वर्षको बीमा र एक वर्षको सडक कर पनि निःशुल्क प्रदान गर्ने जनाएको छ । टाटाका गाडी किन्दा ७ लाख ३० हजार छुट दशैं, तिहारमा टाटाका गाडी किन्दा ७ लाख ३० हजार रुपैयाँसम्म छुट पाइने भएको छ । नेपालका लागि टाटा गाडीको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले उक्त अफर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको अफरअन्तर्गत टाटा आइस रेञ्जका गाडीको खरिदमा ग्राहकहरुले ७ लाख ३० हजार रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, नगद छुट, वार्षिक सवारी करमा छुट, एक वर्षको बीमा सुविधा, एक्सचेन्ज बोनस र एक्सेसरिजहरु पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । हुन्डाईको गाडी किन्दा ६ लाखसम्म छुट हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले चाडपर्व लक्षित अफर ‘फेष्टिभ डिलाइट–२०८०’ योजना सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त योजना अनुसार हुन्डाईका गाडी किन्ने ग्राहले ६ लाख रुपैयाँसम्म छुट पाउनेछन् । उक्त छुटसँगै कम्पनीले हुन्डाइ फेष्टिभ डिलाइट २०८० अन्तर्गत हुन्डाईका कुनै पनि गाडीको खरिदमा स्क्रयाच कार्डमार्फत थप एक लाख रुपैयाँसम्म ग्राहकले जित्न सक्नेछन् । एक वर्षको लागि निःशुल्क सवारी बीमा र सडक कर ग्राहकले पाउनेछन् । यस्तैगरी, कम्पनीले क्रेटा गाडी खरिदमा २ लाख नगद छुटको घोषणा गरेको छ । कम्पनीले क्रेटा गाडीको खरिदमा स्क्रयाच कार्डमार्फत थप एक लाख रुपैयाँ, एक वर्षको लागि निःशुल्क सवारी बीमा र सडक करमा छुटको घोषणा गरेको छ । फोटोनको गाडी किन्दा थाइल्यान्डदेखि बालीसम्म घुम्न पाइने दशैं तिहारमा फोटोनका गाडी किन्नेहरुले थाइल्यान्डदेखि इन्डोनेसियाको बालीसम्म घुम्न पाउने भएका छन् । नेपालका लागि फोटोन गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले दशैं, तिहारका लागि उक्त अफर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको अफर अन्तरगत फोटोनका जुनसुकै गाडी किन्नेहरुले उपहार पाउनेछन् । फोटोनका गाडी बुकिङ गर्नेहरुमध्ये कम्पनीले एक जनालाई बाली र एक जनालाई थाइल्याण्ड घुम्न जान अवसर घोषणा गरेको हो । यस्तै, कम्पनीले गाडी खरिद गर्नेमध्ये एक जनालाई स्मार्ट टिभी, २ जनालाई स्मार्टवाच, २ जनालाई रेफ्रिजिरेटर, २ जनालाई वासिङ मेसिन र ३ जनालाई मोबाइल फोन प्रदान गर्ने जनाएको छ । एमजीका गाडी किन्दा २ लाखसम्म फाइदा एमजी गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले चाडपर्व लक्षित अफर योजना सार्वजनिक गरेको छ । मोरिस ग्यारेज (एमजी) का विद्युतीय गाडी किन्ने ग्राहकले २ लाख रुपैयाँसम्म फाइदा पाउने भएका छन् । विद्युतीय गाडीको मात्र बिक्री गर्दै आएको कम्पनीले नयाँ गाडी खरिदमा स्पेयर टायर, चार्जर र एक वर्षको बीमा निशुल्क दिने घोषणा गरेको हो । कम्पनीले घोषणा गरेको उक्त अफर २ लाख रुपैयाँ बराबरको भएको जनाईएको छ ।

बाडौँ खुसी चढाैं सुजुकी योजनाका पहिलो बम्पर विजेता घोषणा

काठमाडौं । बाडौँ खुसी चढाैं सुजुकी योजनाका पहिलो बम्पर विजेता घोषणा गरिएको छ । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्सले आइतबार टेकु स्थित शोरुममा गरिएको फेसबुक लाइभ मार्फत पहिलो बम्पर विजेता घोषणा गरिएको छ । धरान निवासी राजु रिजालले धरान स्थित नवदुर्गा अटो प्यालेस बाट एसेस १२५ सीसी बि–६ स्कुटर खरिद गरेका थिए । यस योजना लागू भएदेखी प्रत्येक १५ दिनमा नेपाल अधिराज्य भरिको खरिदकर्ता हरुलाई समावेश गरी गरेको लक्की ड्र मार्फत राजु रिजाल पहिलो बिजेता बन्न सफल भएका छन् । राजु रिजालले पहिलो बम्पर मार्फत १० ग्राम सुनको सिक्का जित्न सफल भएका हुन् । कम्पनीले रिजाललाई बधाई ज्ञापन गरेको छ । यस चाडमा सुजुकीले ल्याएको ‘बाडौ खुसी चढौं सुजुकी’ स्किम अन्र्तगत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा पाउनेछन् । १० हजार पक्का छुट वा कुनै पनि सुजुकी बा्रण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्राहकले १० हजार थप मूल्याङ्गकन प्राप्त गर्न सक्नेछन् । अथवा शुन्य प्रतिशत फाइनान्सको सुबिधाका साथै एक वर्ष निःशुल्क सडक कर पाइने कम्पनीले जनाएको छ । यो स्किम अन्तर्गत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहाकलाई उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

दशैंको लागि २०० सीसीको एड्भेन्चर मोटरसाइकल किन्दा ५० हजार नगद छुट

काठमाडौं । दशैं तिहारको सिजन सुरु भएसँगै बजारमा मोटरसाइकलको बिक्री निकै सुस्त रहेको समयमा कम्पनीहरुले तँछाड मछाड गरेर स्कीम सार्वजनिक गर्दैछन् । यसरी कम्पनीहरु बीच ग्राहकलाई दिने फाइदामा तिब्र प्रतिस्पर्धा हुँदा मोटरसाइकल किन्न पर्खेर बसेका धेरैले फाइदा लिन सक्ने देखिएको छ । एसवाईएमको आधिकारीक बिक्रेता केजी इन्टरनेशनलले ग्राहकलाई आफ्नो १८३ सीसी क्षमताको एड्भेन्चर मोटरसाइकलमा नै ५० हजार नगद छुट दिने स्कीम ल्याएको हो । भोलि असोज २२ गतेदेखि कम्पनीले ग्राहकलाई स्कीम दिन लागेको कम्पनीको जनरल म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन् । उनका अनुसार यो स्कीममा एक्सचेन्ज सुविधा पनि उपलब्ध हुनेछ । रेगुलर मूल्याङ्कनमा थप १५ हजार ग्राहकलाई दिनेछ । ताइवानी ब्राण्ड एसवाईएमले बिक्री गर्दै आएको एनएचटी २०० मोटरसाइकलमा १८३ सीसी क्षमताको इन्जिन छ । उक्त इन्जिनले अधिकतम १८.३५ पीएस पावर र १५.७ एनएम टर्क प्रदान गर्छ । लामो दुरीमा सहज यात्रा गर्न सक्ने मोटरसाइकलमा ११ लिटर क्षमताको इन्धन ट्याङ्क पाउन सकिन्छ ।