बिवाइडीका सिल र डल्फिनले पाए पाँचतारे स्तरको ‘एनक्याप सुरक्षा रेटिङ’

काठमाडौं । चीनको अग्रणीमध्ये एक विद्युतीय सवारीसाधन निर्माता कम्पनी बिवाइडीका दुई मोडेल ‘बिवाइडी सिल’ र ‘बिवाइडी डल्फिन’ ले अष्ट्रेलियन न्यू कार एसेसमेन्ट प्रोग्राम (एनक्याप) बाट पाँचतारे स्तरको ‘एनक्याप सुरक्षा रेटिङ’ प्राप्त गरेका छन् । बिवाइडीका दुवै मोडेलले पछिल्लो एनक्याप परीक्षण मापदण्डअन्तर्गत पाँचतारे स्तरको सुरक्षा रेटिङ प्राप्त गरेका हुन् । सवारीसाधन सुरक्षाका लागि एनक्याप अष्ट्रेलिया र न्यूजील्यान्डको स्वतन्त्र आवाज हो । यसले सन् २०२३ मा परीक्षण मापदण्ड थप विस्तार गरेको छ । पाँचतारे स्तरको सुरक्षा रेटिङ प्राप्त गर्न सवारीसाधनले सबै परीक्षणमा उच्च मापदण्ड प्राप्त गर्नुपर्छ र उन्नत सुरक्षा सहायता प्रविधिहरू समावेश गर्नुपर्छ । एनक्यापको रिपोर्ट अनुसार बिवाइडी सिलले खम्बा (पोल) परीक्षणमा चालक र बालबालिका यात्रुहरूलाई ‘साइड इम्प्याक्ट टेस्ट’ मा सुरक्षा गर्नेतर्फ पूर्णअंक प्राप्त गरेको छ । यसले वयस्क यात्रुका लागि ८९ प्रतिशत, बालबालिकाको सुरक्षाका लागि ८७ प्रतिशत, जोखिमपूर्ण सडक प्रयोगकर्ता सुरक्षाका लागि ८२ प्रतिशत र सुरक्षा सहायताका लागि ७५ प्रतिशत अंक प्राप्त गरेको छ। यी नतिजाले सुरक्षाप्रति बिवाइडीको दृढ प्रतिबद्धता देखाउँछन् । त्यसैगरी बिवाइडी डल्फिनले बालबालिकाको सुरक्षाका लागि फ्रन्ट (अगाडि) र साइड इफेक्ट दुवै परीक्षणमा सुरक्षाको उच्च अंक प्राप्त गरेको छ । त्यसबाहेक डल्फिनले जोखिमपूर्ण सडक प्रयोगकर्ताको सुरक्षाका लागि ८५ प्रतिशत अंक हासिल गरेको छ । यो २०२३ मा परीक्षण गरिएका सबै मोडेलले पाएका अंकभन्दा धेरै बढी हो । बिवाइडीका यी दुवै मोडेलको ‘एईबी हेडअन सिस्टम’ ले पर्याप्त क्षमता प्रस्तुत गरेका छन् । त्यस्तै दुवै मोडेलमा ढोका खोल्न यस्तो फिचर छ जसले गाडी पानीमा पस्यो भने दुई मिनेटसम्म ढोका स्वचालितरूपमा खुला रहने गर्छ । यो फिचरलाई एनक्यापको पछिल्लो मापदण्डमा समावेश गरिएको छ । एनक्यापकी प्रमुख कार्यकारी अधिकृत कार्ला हूरवेगले बिवाइडी मोेडेलको प्रदर्शन क्षमताबाट आफू सन्तुष्ट रहेको बताइन् । ‘हाम्रो २०२३ को परीक्षण र रेटिङ मापदण्डले उच्चस्तरको संरचनात्मक सुरक्षासँगै सक्रिय सुरक्षा प्रणालीको क्षेत्रमा सवारीसाधन निर्माताका लागि नयाँ चुनौती पेस गरेको छ,’ उनले भनिन्, ‘खुसीको कुरा के छ भने यो वर्ष हालसम्म परीक्षण गरिएका तीन मोडेल सबैले पाँचतारे स्तरको सुरक्षा रेटिङ प्राप्त गरेका छन् ।’ यसअघि बिवाइडी सिल र बिवाइडी डल्फिनले ‘यूरो एनक्याप’ सुरक्षा रेटिङमा पनि पाँचतारे स्तर प्राप्त गरेका थिए । बिवाइडीले आगामी दिनमा पनि विश्वभरिका आफ्ना ग्राहकको सुरक्षित यात्राका लागि ‘ई–प्लेटफर्म’ ३.० र एड्भान्स ड्राइभर एसिस्टेन्ट प्रणालीजस्तो अत्याधुनिक प्रविधिमा थप जोड दिने प्रतिबद्धता जनाएको छ ।

जगदम्बा मोटर्सले महाएक्स्चेन्ज महोत्सव आयोजना गर्ने

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले महा एक्स्चेन्ज महोत्सव ‘उमंगै उमंग’को आयोजना गर्ने तयारी गरेको छ । महा एक्स्चेन्ज महोत्सव उमंगै उमंगको महोत्सव काठमाडौंको भृकुटी मण्डपमा नोभेम्बर ७ देखि ११ सम्म आयोजना हुने कम्पनीले जानकारी दिएको छ । महोत्सवकै माध्यमबाट कम्पनीले आपाचे आरटीआर १६० फोरभी एफ आइ सई पनि सार्वजनिक गर्ने कम्पनीले तयारी गरेको छ । सवारी साधनमा उत्कृष्ट गुणस्तरको प्रतिबद्धता र उत्कृष्ट उपभोक्ता अनुभवका लागि परिचित जगदम्बा मोटर्सले महा उत्सवका रुपमा मनाउन महोत्सवको आयोजना गर्न लागेको हो । महा एक्स्चेन्ज महोत्सव उमंगैउमंगको महोत्सवमा उपभोक्ताले कुनैपनि ब्राण्डको पुरानो बाईक वा स्कुटरको एक्स्चेन्ज गर्दा विभिन्न सुविधा तथा अफरहरु हात पार्न सक्नेछन् । उपभोक्ताले मेला मार्फत आफ्ना पुराना बाईक वा स्कुटरको एक्स्चेन्ज गर्दा ५० हजार सम्मको एक्स्चेन्ज भ्यालु एडिशन, नकिन्दा १ लाख र किन्दा ५ लाख सम्मको क्याश डिस्काउन्ट र साथै बम्पर उपहारमा १० लाख नगद जित्ने अवसर समेत प्राप्त गर्नेछन् । साथै २५ प्रतिशत सम्मको न्यून डाउन पेमेन्ट, हेल्मेट, बाईक कभर र ब्याग लगायत फ्रि एक्सेसरिजको स्विधापनि महोत्सवमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसारयी लगायत सम्पुर्ण सुविधाका साथै शुन्य प्रतिशत ब्याजदरमा नयाँ बाईक खरिद गर्ने अफरपनि महोत्सवमा उपलब्ध हुनेछ । जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।

सर्वाेत्तम सिमेन्टले एकैपटक ६४ वटा सवारी बेच्दै, मूल्य ३५ हजार रुपैयाँ

काठमाडौं । सर्वाेत्तम सिमेन्टले पुराना सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले विभिन्न कम्पनी चालू अवस्थामा रहेका ६४ वटा सवारी साधन लिलामीमा बिक्री गर्ने जनाएको छ । कम्पनीले बिक्री गर्न लागेका सवारी जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी १५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न कम्पनीले आग्रह गरेको छ । काठमाडौं महानगरपालिका ३२, तिनकुनेस्थित केन्द्रीय कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र प्रस्ताव पेश गर्न कम्पनीले आग्रह गरेको छ । गोप्य शिलबन्दी मार्फत बिक्री हुने प्रत्येक सवारी साधनको न्यूनतम मूल्य ३५ हजार रुपैयाँ तोकिएको छ ।