उपत्यकाका ४५ स्थानमा गोगोरोको स्वापिङ स्टेसन
काठमाडौं । गोगोरोले मंगलबारदेखि सुरु भएकाे नाडा अटो शो २०२४ मा विश्वकै पहिलो हाइपर इलेक्ट्रिक स्कुटर नयाँ पल्स, हाइपरफर्मेसन सिटी राइड जेगो र पहिलो एसयूभी स्कुटर क्रसओभर जीएक्स २५० स्मार्ट स्कुटर सार्वजनिक गरेको छ । स्मार्ट स्कुटर सार्वजनिकसँगै कम्पनीले काठमाडौं उपत्यकामा ४५ नयाँ ब्याट्री स्वापिङ स्टेसन स्थापना गर्ने घोषणा पनि गरेको छ । सहरका लागि सस्टेनेबल मोबिलिटी सोलुसन प्रदान गर्ने, ब्याट्री स्वापिङ टेक्नोलोजी इकोसिस्टममा विश्वकै अगुवा गोगोरो इंक र नेबुला इनर्जीले मंगलबार पल्स र जेगोको साथ गोगोरोका विशेष प्रडक्ट रेन्जहरू लन्च गरेका हुन् । दुई स्वाप स्टेशनको सफ्ट लन्च, फूडमान्डु र जुमजुम जस्ता रणनीतिक साझझेदारसँग स्कुटरको प्रयोग पश्चात् प्राप्त अत्याधिक सकारात्मक प्रतिक्रियापछि गोगोरो अब आफ्ना स्कुटरहरू बिक्रीको लागि तयार रहेको नेबुला इनजीका अध्यक्ष मनोज गोयलले बताए । सस्टेनेबल मोबिलिटी र प्रविधिको नयाँ युगमार्फत गोगोरोले नेपालको जिरो इमिसन लक्ष्यमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, प्रबन्ध निर्देशक सहायु गौयलले दुई पाङ्ग्रे सेग्मेन्टमा ईभीको प्रयोग व्यापक हुनका लागि प्रविधिमा सक्षम हुनुपर्ने आवश्यकता रहेको औंल्याए । ब्याट्री स्वापिङ टेक्नोलोजीद्वारा सञ्चालित गोगोरोका स्कुटर रेन्जले विद्युतीय दुईपांग्रे सवारी खरिद गर्ने उपभोक्ताले सामना गर्ने यस्ता प्रमुख चुनौतीलाई सम्बोधन गर्न मौलिक समाधान प्रदान गर्ने उनले बताए । नेबुला इनर्जीले हाल जीएक्स २५० को लागि रणनीतिक बीटूबी साझेदारलाई ब्याट्री स्वापिङ सेवा प्रदान गर्दैछ । नेबुलाले सेप्टेम्बरको मध्यमा नक्सालको नारायणचौरमा पहिलाे गोगोरो शोरुमको उदघाटन गर्ने नेबुला इनर्जीका जनरल मेनेजर चिरञ्जीवि शाहले बताए । उनका अनुसार उद्घाटनपछि ग्राहकले स्कुटरको परीक्षण र विशेष इन्ट्रोडक्टरी प्राइसमा प्रि-बुकिङ गर्ने र दसैंपछि आफ्नो स्मार्ट स्कुटरको डेलिभरी प्राप्त गर्ने उनले बताए । बिक्री सुरु गर्नुअघि ४१ स्वाप स्टेसनहरू स्थापना गर्ने प्रतिबद्धता अनुरूप नेबुलाले काठमाडौं उपत्यका वरिपरि ४५ वटा ब्याट्री स्वापिङ स्टेसनका लागि निश्चित स्थानको घोषणा गरेको छ । जसअनुसार प्रत्येक २-३ किलोमिटरमा एउटा स्टेसनको उपलब्धता सुनिश्चित हुने उनले बताएका छन् । स्टेसनहरू पेट्रोल पम्प, मार्ट, मल र ग्राहकहरूको सहजता र पहुँचका लागि साझा चासोका क्षेत्रहरूमा राखिने उनको भनाइ छ । गोगोरो स्मार्ट स्कुटरको सबैभन्दा चाखलाग्दो कुरा भनेको यसमा ग्राहकहरूले ब्याट्री खरिद गर्न आवश्यक पर्दैन । किनकि गोगोरोले सुविधाजनक ब्याट्री सब्सक्रिप्सन योजना प्रदान गर्ने कम्पनीकबो दाबी छ । यो योजनाले स्वाप स्टेसनको सम्पूर्ण नेटवर्कमा पहुँच प्रदान गर्ने र प्रयोगकर्तालाई ब्याट्री स्वामित्वको झन्झट बिना नै आफ्नो स्कुटर पावर अप राख्न सजिलो बनाउँने विश्वास कम्पनीले लिएको छ । नेबुला इनर्जीले नेपालमा पेट्रोल पम्पको संख्याभन्दा धेरै ब्याट्री स्टेसन स्थापना गर्ने योजना रहेको शाहले बताए । गोगोरो पल्स भविष्यलाई नियाल्दै गोगोरोले नयाँ एडभान्स्ड हाई पर्फर्मेन्स स्मार्ट स्कुटरलाई पुनः डिजाइन गर्ने क्रममा पल्सको निर्माण गरेको हो । पल्स विश्वकै पहिलो हाइपर इलेक्ट्रिक स्कुटर हो र यसले गोगोरोको नवीनता र क्षमतालाई स्पष्ट रूपमा प्रदर्शन गर्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार पल्सले एडभान्स्ड एरोडायनामिक डिजाइन, नयाँ ९ किलोवाटको गोगोरो-डिजाइन पावरट्रेन, रिभोलुसनरी एडेप्टीभ एक्टिभ-म्याट्रिक्स लाइटनिङ र प्यानोरामिक हाई- डेफिनिशन टच डिस्प्ले प्रयोग गर्दछ । पल्स गौगोरोको नयाँ हाइपर इाइम पावरट्रेनद्वारा सञ्चालित छ, जुन ऊर्जा खपत घटाएर पर्फर्मेन्स बढाउन डिजाइन गरिएको हो । गोगोरोको नयाँ हाई पर्फर्मेन्स एच वान मोटर, पूर्ण रूपमा पुनः डिजाइन गरिएको इलेक्ट्रिक पावर प्लान्ट र पछिल्लो ह्वीलमा ३७८ एनएम टर्कको साथमा अत्याधुनिक ट्याक्सन कन्ट्रील प्रदान गर्ने एक शक्तिशाली स्मार्ट प्रणाली हाइपरकोर रहन्छ । गोगोरोको हाइपर ड्राइभले नयाँ हाइब्रिड वाटर र एयर डुअल-कूलिङ प्रणालीलाई पनि एकीकृत गर्दछ । पल्स ३.०५ सेकेण्डमा नै फुल चार्ज हुन्छ भने म्याक्सिमम पावर आउटपुट ९.० किलोवाट रहेको छ । त्यस्तै, म्याक्सिमम ११ हजार आरपीएम र ३७८ एनएम टर्क रहेको छ । गोगोरो जेगो गोगोरो जेगोले ईभी स्कुटरको बजारमा अरूभन्दा फरक विभिन्न सुविधाहहरू प्रदान गर्छ । यो स्लोक नयाँ बडी डिजाइन र गोगोरोका मुख्य आविष्कारसँग तयार पारिएको कम्पनीले जनाएकाे छ । यसका मुख्य विशेषतामा डुअल ब्याट्री अप्सनहरू समावेश छन् । जसले उच्च गति र लामो रेन्जहरू प्रदान गर्दछ । जेगोमा फराकिला आरामदायी सिट, चौडा ट्रंक र हल्का तौल उपलब्ध छन् जसले यसलाई सजिलै चलाउन र डोहोर्याउन मिल्ने कम्पनीले बताएको छ । गोगोरो जीएक्स २५० गोगोरो जीएक्स २५० अल्टिमेट दुई पांग्रे एसयूभी हो । भारतको महाराष्ट्रमा बनाइएको जीएक्स २५० भारतमा निर्मित गोगोरोको पहिलो स्मार्ट स्कुटर हो । पुनः डिजाइन गरिएको क्रसओभर सिरिज, अल टेरेन फ्रेममा बनाइएको छ जसले विभिन्न स्टोरेज, राइडिंग र कस्टोमाइजेसन क्षमता प्रदान गर्दै बढ्दो रिजिडिटी र कम्फर्ट प्रदान गर्दछ । कम्पनीका अनुसार क्रसओभर जीएक्स २५० को नयाँ फ्रेम डिजाइनले सस्पेन्सन प्रणालीको स्थायित्वलाई बढाउँछ, आराम र स्थिरतालाई जोड दिँदै ठूला भार पनि अटाउन सक्छ । गोगोरो ब्याट्री टेक्नीलोजी विश्व बजारमा हलुका सहरी सवारीसाधनका लागि अग्रणी ब्याट्री स्वापिङ कम्पनीको रूपमा परिचित गोगोरोको इकोसिस्टमको केन्दमा एउटा खुला र इन्टर अपरेबल ब्याट्री स्वापिङ प्लेटफर्म रहको छ । गोगोरी ब्याट्री स्वापिङ भनेको स्वापेबल ब्याट्री रिफ्युलिंगको नयाँ जेनेरेसन हो जसले स्मार्ट, सुरक्षित व्यवसाय र समुदायका लागि गतिशील र बहुमुखी हुन निरन्तर अप्टिमाइज गर्छ । ताइवानमा गोगोरो नेटवर्कले ६,१०,००० भन्दा बढी सवारलाई समर्थन गरेको छ । त्यस्तै २,१०० भन्दा बढी स्थानमा १२,५०० ब्याट्री स्वापिङ स्टेशनको नेटवर्कमार्फत यसका १.४ मिलियनभन्दा बढी स्मार्ट ब्याट्रीहरू सर्कुलेसनमा रहेका छन् । ताइवानमा गोगोरोको ब्याट्री स्वापिङ स्टेसन पेट्रोल स्टेसन भन्दा बढी रहेको कम्पनीले जनाएको छ । ४००,००० भन्दा बढी दैनिक ब्याट्री स्वाप हुन्छन् । गोगोरो ब्याट्री स्वापिङले सन् २०१५ मा सुरु भएदेखि १० लाख टनभन्दा बढी कार्बन डाइअक्साइड बचत गरेको कम्पनीको दाबी छ । ब्याट्री स्वापिङ एउटा इनोभेटिभ अवधारणा हो । जसले चार्ज सकिएको ब्याट्रीसँग फुल चार्ज भएको ब्याट्रीलाई तत्काल प्रतिस्थापन गर्दै प्रयोगकर्तालाई आफ्नो सवारीसाधनको रेन्ज विस्तार गर्न छिटो र प्रभावकारी तरिका प्रदान गर्छ । ब्याट्री स्वापिङ टेक्नोलोजीले दुईपांग्रे ईभी अपनाउनका लागि विद्यमान वर्तमान अवरोधहरू समाधान गर्न मद्दत गर्छ । त्यस्तै, सुरक्षित, दिगो र स्केलेबल तरिकामा सहरी मोबाइल ऊर्जा मागको पनि सम्बोधन गर्ने कम्पनीले बताएको छ ।
नाडामा दिपलको बिग ब्यांग अफर, दिपल एस०७ अब प्रि-बजेट मूल्य ७१.९९ लाखमा
काठमाडौं । नेपालका लागि प्रिमियम र इन्टेलिजेन्ट दिपल इभी कारको आधिकारिक वितकर एमएडब्लू वृद्धि अटोकर्प प्रालिले दिपल एस०७ इलेक्ट्रिक एसयूभी तथा भर्खरै बिक्री सुरु गरेको फ्युचरिस्टिक दिपल एल०७ इलेक्ट्रिक सेडानको लागि नाडा अटो शो केन्द्रित ग्राहक स्किम बिग ब्यांग अफर घोषणा गरेको छ । बिग ब्यांग अफरअन्तर्गत ग्राहकले अब दिपल एस०७ प्रि बजेट मूल्य अर्थात् ७१ लाख ९९ हजार रुपैयाँ वा सात वर्षका लागि निश्चित ६.९९ प्रतिशत ब्याजदरमा किन्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अफरमार्फत ग्राहकले दिपलको लोकप्रिय मोडेल एस०७ सहज ढंगमा किन्न सक्नेछन् । यसका साथै चांगानले नाडा अटो शोमा सार्वजनिक गरेको दिपल एल०७ इलेक्ट्रिक सेडानलाई ७ वर्षका लागि ७.९९ प्रतिशत निश्चित ब्याजदरमा आफ्नो बनाउन सक्ने सुविधा दिएको छ । यो अफरमार्फत ग्राहकले नेपालकै सबैभन्दा बढी फिचरले भरिएको दिपल ईभीको अनुभव लिन पाउने कम्पनीले बताएको छ । नेपालमा सार्वजनिक भएको केही महिनामै दिपल एस०७ आफ्नो अत्याधुनिक डिजाइन र प्रविधिका कारण लोकप्रिय बनेको कम्पनीको दाबी छ । यसमा १५ भन्दा बढी फिचरहरू छन् जुन नेपालमै पहिलो पटक कुनै पनि कारमा प्रयोग भएका छन् । वेलकम सिट, जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्जेलिजेन्ट एडास २.५ आदि जस्ता आकर्षक फिचरहरू रहेका छन् जसले दिपललाई लक्जरी र सुरक्षाका हिसाबले सबैभन्दा बढी फ्युचरिस्टिक ईभी बनाएको छ । भर्खरै सार्वजनिक गरिएको दिपल एल०७ पनि एस०७ जस्तै लक्जरियस, इन्टेलिजेन्ट र प्राविधिक रूपमा बेजोड रहेको कम्पनीले बताएको छ । ६६.८ किलोवाट आवर ब्याट्री भएको यो इभीले सिंगल चार्जमा ५४० किलोमिटरको रेन्ज दिन्छ ।
सेरेस-३ को मूल्य ५० लाखभन्दा कम, बाहिरियाे दुवै भेरियन्टको मूल्य
काठमाडौं । नेपालका लागि सेरेसको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले नाडा अटो शोमा विशेष अफर घोषणा गरेको छ । कम्पनीले नाडा अटो शोमा कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुने सेरेस ३ को मूल्य तोकेको छ । सेरेस ३ को मूल्य कम्फर्टो मूल्य ४५ लाख ४९ हजार रुपैयाँ तोकिएको छ भने र प्रिमियमको मूल्य ४८ लाख ८७ हजार रुपैयाँ तोकिएको छ । यी विशेष मूल्यहरू नाडा विशेष अफरअन्तर्गत पर्न आउने कम्पनीले जनाएको छ । नाडा अटो शोमा सेरेस स्टल ए६ मा सेरेस ब्राण्डका गाडीहरू प्रदर्शनीमा राखिएका छन् ।