बिक्री सुरु भएको पहिलो दिनमै १०० भन्दा बढी टाटा पन्च ईभी बुकिङ

काठमाडौं । नाडा अटो शो २०२४ मा बिक्री सुरु गरेको टाटा पन्च ईभीको नेपालमा उत्साहजनक सुरुवात भएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार बिक्री सुरु गरेको पहिलो दिनमै नेपालभरि १ सयभन्दा बढी बुकिङ भएको छ । कम्पनीले केही दिन अघिबाट टाटा पन्च ईभीको प्रि–बुकिङ सुरु गरिसकेको थियो । ३३ लाख ९९ हजार रुपैयाँ सुरूवाती मूल्यमा यो गाडी सार्वजनिक गरिएको छ । यो मूल्य नाडा शोसम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीको भनाइ छ । साथै, नाडामा गाडी बुकिङ गर्ने ग्राहकहरूले सिप्रदीको चार्जिङ स्टेसनमा निःशुल्क चार्जिङ पनि पाउने टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदीले ट्रेडिङ प्रालिले जनाएको छ । सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीले भने, ‘टाटा पन्च ईभीलाई लिएर नेपालमा जुन प्रकारको उत्साह थियो, त्यो बुकिङमा पनि देखिएको छ। विगतमा पनि टाटा मोटर्सले सधैँ नेपाली जनताको चाहअनुसारको गाडीहरू ल्याउन सफल भएको छ र यो पन्च ईभीको सकारात्मक सुरुवात देखेर यसमा सफल भएको महसुस गरेका छौँ ।’ उनले थपे, ‘गत वर्ष नाडाबाटै बिक्री सुरू गरिएको टियागो ईभी नेपालको सर्वाधिक बिक्री हुने ईभी ह्याचब्याक बन्न सफल भएको थियो र पन्च ईभीले पनि नेपालमा राम्रो बजार लिनेमा हामी विश्वस्त छौँ ।’ साथै, ग्राहकहरूले टाटा ईभी नाडा अटो शो २०२४ मा टियागो ईभीको हरेक बुकिङमा ग्राहकहरूले जोडीको लागि थाइल्याण्ड यात्रा पाउनका साथै १ वर्षको सवारी कर र एसोसरिज प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

वर्कशप टुल्स र ओएलएस अब पञ्चकन्या मार्केटिङले बिक्री गर्ने

काठमाडौं । वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने भारतको प्रतिष्ठित कम्पनी ओएलएस (आयल ल्युब सिस्टम) अब पञ्चकन्या मार्केटिङले नेपाली बजारमा बिक्री गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ को अवसरमा ओएलएसका बिजनेस डेभलपमेन्ट जीएम सञ्जय कुमार र अटो वर्कशप व्यवसायी संघका अध्यक्ष शरणकुमार गुरुङले सो सिस्टमका टुल्स र इक्विपमेन्ट सार्वजनिक गरे । सो अवसरमा बिजनेस डेभलपमेन्ट जीएम सञ्जय कुमारले ४१ वर्ष पुरानो प्रतिष्ठित विश्वस्तरीय कम्पनीका उत्पादन नेपालमा उपलब्ध गराएको र यसलाई पञ्चकन्या मार्केटिङमार्फत प्रयोग गर्नका लागि सबैलाई आग्रह गरे । भारतका टप कम्पनीहरूमा पर्ने र धेरै अटोमोबाइल निर्माता कम्पनीहरूले ओइएमको रूपमा र आफ्ट मार्केटका रूपमा समेत प्रयोग गर्ने यी टुल्स र इक्विपमेन्ट नेपालमा समेत सबैले रुचाउने अपेक्षा गरे । अटो वर्कशप व्यवसायी संघका अध्यक्ष गुरुङले वर्कशपका लागि विभिन्न टुल्स र इक्विपमेन्टको आवश्यकता हुने तथा त्यस्ता टुल्स र इक्विपमेन्ट गुणस्तरीय भएमा मात्रै सवारीसाधन राम्रो कन्डिसनमा हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । पञ्चकन्या मार्केटिङका म्यानेजिङ डाइरेक्टर बालकृष्ण पुरीले अटोमोबाइल क्षेत्रमा लामो समयदेखि लागेको र नेपाली उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने प्रतिबद्धताको रूपमा ओएलएसका टुल्स र इक्विपमेन्ट भित्र्याएको बताए । उनले गुणस्तरीय भएकै कारण यी टुल्स र इक्विपमेन्ट सबैको रोजाइमा पर्ने विश्वास व्यक्त गरे । ओएलएसले फोर ह्विलर र कमर्सियल भेइकल तथा टु ह्विलरको वर्कशपका लागि आवश्इक टु पोस्ट, फोर पोस्ट, ट्रली, वर्क स्टेसन, पेन्ट बुथ लगायत यससँग सम्बन्धित सबै स्पेयर पार्ट्स उपलब्ध गराउछ । ओएलएस सिस्टम प्रालि एक भारतीय ब्रान्ड हो । ओएलएसले ओईएम अर्थात ओरिजिनल म्यानुफ्याक्चररको रुपमा कम्पनीको मापदण्ड अनुसार विभन्नि उपकरण निर्माण गर्छ भने आफ्टर मार्केटको रूपमा त्यसै अनुसार ब्रान्डिङ गरेर उपलब्ध गराउने गर्छ । ओएलएस किया, हुन्डाई, टाटा, सुजुकी, टीभीएस, रोयल इन्फिल्ड जस्ता भारतका अटोमोबाइलसँग सम्बन्धित ७२ कम्पनीद्वारा स्वीकृत प्रदान गरिएको उत्पादक कम्पनी हो । कम्पनीले भारतबाहेक मिडिल इस्ट, अफ्रिकाका साथै एसियामा नेपालबाहेक बंगलादेश, श्रीलंका, भुटान लगायतका विभिन्न देशमा यी इक्विपमेन्ट उपलब्ध गराएको छ । पछिल्लो समयमा चर्चामा रहेका इलेक्ट्रिक भेइकलको मर्मत सम्भारका लागि आवश्यक टुल्स र इक्विपमेन्ट समेत ओएलएसले उत्पादन गर्छ । आयल ल्युब सिस्टम ४१ वर्ष पुरानो कम्पनी हो । विश्व स्तरीय गुणस्तरीय उत्पादनका लागि ओएलएस लोकप्रिय छ । यो आईएसओ ९००१ : २०१५ र सीई सर्टिफाइड कम्पनी हो । भारतको फरिदावाद, पुणे र बैंगलोरमा यसको कारखाना छ ।

नाडा अटो शोमा यामाहा डब्लुआर १५५ आर र एमटी-१५ भर्सन २ को अनावरण

काठमाडौं । यामाहाले नाडा अटो शो २०२४ मा आफ्नो नयाँ एडभेन्चर बाइक यामाहा डब्लुआर १५५ आर र एमटी-१५ भर्सन २ अनावरण गरेको छ । प्रदर्शनीमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको हातबाट ती बाइकहरु अनवरण गरिएको हो । यामाहा डब्लुआर १५५ आर अफ-रोड एडभेन्चर सेगमेन्टमा गेम चेन्जर बाइक हो । १५५ सीसी लिक्विड कूल्ड इन्जिन रहेको यसले प्रभावशाली १६.५ बीएचपी र १४.३ एनएम टर्क प्रदान गर्छ जसले जुनसुकै भूभागमा यात्रा गर्नका लागि एजिलिटीसँग शक्तिको संयोजन गर्छ। यामाहाको डब्लूआरसी बाइकहरूबाट प्रेरणा लिएको डब्लूआर १५५ आरमा हल्का तौलको फ्रेम, एडजस्टेबल सस्पेन्सन, डुअल–च्यानल एबीएस र आधुनिक डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छ जसले यसलाई शहरी राइडरहरू र अफ–रोड एडभेन्चर दुवैका लागि उपयुक्त बनाउने कम्पनीकाे भनाइ छ । कम्पनीका अनुसार एमटी–१५ भर्सन २ मा सुधारिएको स्थिरताको लागि अपसाइड डाउन फ्रन्ट फोर्कहरू, उच्च चपलताका लागि हल्का एल्युमिनियम स्विङ आर्महरू, र फरक आरपीएममा उत्कृष्ट शक्ति वितरणको लागि भेरिएबल भल्भ एक्टुएशन समावेश छन् । यसमा राम्रो नियन्त्रणका लागि ट्र्याक्सन कन्ट्रोल सिस्टम, सुरक्षित ब्रेकिङका लागि डुअल च्यानल एबिएस र वाई(कनेक्ट फिचर समावेश गर्दछ, जसले सवारहरूलाई स्मार्टफोनमार्फत उनीहरूको बाइकसँग जडानमा राख्न सक्षम बनाउँछ । कार्यक्रममा बुकिङ गर्ने आगन्तुकहरूलाई ६ हजार रुपैयाँ विशेष छुटका साथै चाँदीको सिक्का र विशेष यामाहा मर्चेन्डाइजबाट पुरस्कृत गरिएको छ । यामाहाको स्टल नम्बर एमएम १५ मा एरोक्स, यामाहा एफजेड एस डिलक्स पनि प्रदर्शनमा राखिएको छ । नाडा अटो शो २०२४ यही भाद्र १६ गतेसम्म जारी रहनेछ ।