दीपेन्द्रसिंह ऐरीलाई अर्को लाभ, बन्ने भए ओमोडाको ब्रान्ड एम्बेस्डर
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिंह ऐरी ओमोडाको ब्रान्ड एम्बेस्डर बन्ने भएका छन् । ऐरीलाई ओमोडाको ब्रान्ड एम्बेस्डर बनाउन लागिएको शारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले जनाएको छ । एसपीजी अटोमोबाइल्स ओमोडा एन्ड जेइको ब्रान्डका लागि नेपालकाे आधिकारिक बिक्रेता रहेको छ । सोही दिन नै ऐरीलाई ओमोडा ई फाइभ हस्तान्तरण गरिने पनि कार्यक्रम रहेको छ । साथै उक्त कार पाएवापत लाग्ने सम्पूर्ण कर (करिब १५ लाख रुपैयाँ) पनि कम्पनीले बेहोर्ने जनाइएको छ । ९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ । ऐरी हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सका कप्तान हुन् । उनको नेतृत्वमै सुदूरपश्चिम फाइनल पुगेको थियो । दीपेन्द्रले एनपीएलको नेपाली खेलाडीतर्फ ‘प्लेयर अफ दी सिरिज’ बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन् । प्रतियोगिताभरि ऐरीले ९ खेलमा २२७ रन बनाउनुका साथै ९ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
एमएडब्लू राइड्सले गर्यो ब्लू स्ट्रिक्स च्याप्टर लिडर नियुक्ति कार्यक्रमको सफल आयोजना
काठमाडौं । नेपालमा यामाहाको एकमात्र आधिकारिक वितरक एमएडब्लू राइड्सले देशभरिका च्याप्टर लिडरहरूलाई स्वागत गर्न ब्लू स्ट्रिक्स च्याप्टर लिडर अनबोर्डिंग इभेन्टको आयोजना सफलतापुर्वक सम्पन्न गरेको छ । सुर्खेत, इटहरी, काठमाडौं (पेप्सीकोला, महाराजगञ्ज, कलंकी), भक्तपुर, सिन्धुली र पोखराका प्रतिनिधिहरू ब्लू स्ट्रिक्स पहलअन्तर्गत सहकार्य, नेतृत्व र समुदाय सञ्चालित प्रगतिको यात्रामा जुटेका थिए । कार्यक्रमको मुख्य आकर्षण एमएडब्लू राइड्स र च्याप्टर लिडरहरू बीचको समझदारी पत्रमा दुवै पक्षले हस्ताक्षर गरेका थिए । यसले यामाहा र यसका राइडर कम्युनिटीहरू बीचको सम्बन्धलाई सुदृढ बनाउने साझा प्रतिबद्धताको प्रतीकका रूपमा काम गर्नेछ । यो माइलस्टोन सम्झौताले स्थानीय नेतृत्वलाई बढावा दिन र ब्लू स्ट्रिक्स कार्यक्रममार्फत् क्षेत्रीय संलग्नता बढाउन बलियो आधार तय गर्ने कम्पनीको दाबी छ । यस अवसरमा एमएडब्लू राइड्सका कार्यकारी निर्देशक र सीईओ दीपककुमार अग्रवालले नवनियुक्त लिडरहरूलाई सेरेमोनियल च्याप्टर लिडर किटहरू हस्तान्तरण गरे । कार्यक्रममा सम्बोधन गर्दै अग्रवालले भने, ‘ब्लू स्ट्रिक्स पहल समुदाय र नेतृत्वको शक्तिप्रति हाम्रो अटल विश्वासको प्रमाण हो । स्थानीय लिडरहरूलाई सशक्तिकरण गरेर हामीले साझा जोश, जिम्मेवारी र नवीनतामा हुर्किने एउटा बलियो र थप एकताबद्ध यामाहा परिवार सिर्जना गर्ने लक्ष्य राखेका छौँ ।’ कम्पनीका अनुसार सामुदायिक विकास र सहायताको प्रमुख चालकको रूपमा आफ्ना लिडरहरूलाई पहिचान र सशक्तिकरण गर्ने यामाहाको समर्पणलाई यस कार्यक्रमले थप सुदृढ बनाएको छ । कार्यक्रमले साझा मूल्य, सुरक्षा र नेतृत्वमा आधारित राइडर समुदायको निर्माण गर्न एमएडब्लू राइड्सको क्रियाशीलताको प्रमाणको रूपमा पनि काम गरेको बताइएको छ । ब्लू स्ट्रिक्स कार्यक्रममार्फत् स्थानीय लिडरहरूलाई सशक्तिकरण गरेर एमएडब्लू राइड्सले आफ्ना राइडरहरूसँगको गहिरो सम्बन्धलाई मात्र नभइ नेपालभरि नै एक जीवन्त र एकताबद्ध सवारी संस्कृतिलाई बढावा दिन पनि योगदान पुर्याइरहेको कम्पनीको भनाइ छ ।
चीनमा सीएटीएलको चेसिस लन्च, बिक्रीको मुख्य कारण सुरक्षा रहने कम्पनीको दावी
काठमाडौं । चिनियाँ ब्याट्री कम्पनी सीएटीएलले विद्युतीय सवारीसाधन (ईभी) को चेसिस लन्च गरेको छ । उक्त चेसिस १२० किमी/घन्टाको रफ्तारमा गुड्दा पनि आगो तथा विष्फोटनको कुनै जोखिम नरहेको कम्पनीले जनाएको छ । यसले सुरक्षालाई प्रमुख बिक्री बिन्दुको रूपमा लिने जनाइएको छ । सीएटीएल संसारको सबैभन्दा ठूलो इलेक्ट्रिक ब्याट्री निर्माता कम्पनी हो । चेसिसमा रहेको ब्याट्री एक पटक फूल चार्ज गर्दा करिब १ हजार किलोमिटर चल्न सक्ने कम्पनीले जनाएको छ । चीनमा सुरक्षाको परीक्षण गति सामान्यतया ५६ किमी प्रति घन्टा हो । तर चेसिस १२० किमी/घन्टाको रफ्तारमा कुद्दा पनि यसमा कुनै समस्या नहुने सीएटीएल प्रमुख निर्माण अधिकारी नी जुनले जानकारी दिए । ‘कुनै पनि नयाँ ऊर्जा वाहन (एनईभी) १२० किलोमिटर पर हावरमा गाडी दाैडाउँदा हुने क्षतिलाई चुनौती दिने साहस गरेको पहिला कुनै उदाहरण थिएन,’ उनले भने । सीएटीएलका अध्यक्ष रोबिन जेङको चिनियाँ ब्याट्री कम्पनीलाई थप विकासतर्फ धकेल्ने महत्त्वाकांक्षाका लागि चेसिस महत्त्वपूर्ण छ । यसबाहेक, सीएटीएलले माइक्रो पावर ग्रिडहरू पनि खोजिरहेको छ र ब्याट्री स्वापिङ सेवा निर्माण गरिरहेको छ । ब्याट्री मार्केट ट्र्याकर एसएनई रिसर्चका अनुसार ईभी ब्याट्रीहरूमा सीएटीएलको विश्वव्यापी बजार हिस्सा लगभग ३७ प्रतिशत छ । कम्पनीले नयाँ ईभी प्लेटफर्म ‘पान्शी’ (चिनियाँमा ‘बेडरक’)लाई प्रिमियम गाडी निर्माताहरूलाई बेच्ने लक्ष्य राखेको छ । यसले विकास प्रक्रियालाई तीव्र बनाउने र लागत घटाउने प्रयास गर्नेछ । होन्डासँगको मर्जरले निसान ‘नरसंहार’ को शिकार हुनसक्ने