एमएडब्लू वृद्धिले यसै साता ‘दिपल एस०७ एल’ सार्वजनिक गर्ने

काठमाडौं । एमएडब्लू वृद्धिले इलेक्ट्रिक एसयूभी दिपल एसय०७ को अपग्रेडेड भर्सन यसै साता सार्वजनिक गर्ने भएको छ । थप शक्तिशाली तथा बढी रेन्ज दिने एसयूभीलाई यसै साता सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले  जनाएको छ । फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिका कारण निकै लोकप्रिय बनेको दिपल एसय०७ हालसम्म सात सयभन्दा बढी युनिट बिक्री भइसकेको कम्पनीले जनाएको छ । एस०७ एलले अद्वितीय ईभी अनुभवमार्फत पर्फर्मेन्स, रेन्ज र ड्राइभिङ एक्साइटमेन्टलाई नयाँ उचाइमा पुर्‍याउने वश्विास कम्पनीको छ । थप रेन्ज र पावरफुल पर्फमेन्स दिपल एस०७एलमा १६० किलोवाटको रियर ह्विल ड्राइभ रहेको छ भने ७९.९ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । जसले सिङ्गल चार्जमा ४८५ किलोमिटर डब्लूएलटीपी रेन्ज दिनेछ । स्पिड इन्थुजियास्टका लागि डिजाइन गरिएको यो इलेक्ट्रिक एसयूभीको टप स्पिड एक सय ८० किलोमिटर प्रति घण्टा रहेको छ भने ० देखि १०० किलोमिटर प्रति घण्टाको रफ्तार मात्र ६.६ सेकेन्डमा हासिल गर्ने कम्पनीले जनाएको छ  । अत्याधुनिक डिजाइन र प्रविधि एस०७एलले पनि चर्चित दिपल एस०७ ले जस्तै बोल्ड एक्सटेरियर, फ्रेमलेस डोर ठूला २० इन्चका टायरले सबैको ध्यान आकर्षित गर्ने कम्पनीले जनाएको छ । क्याबिनमा क्वालकम स्नेपड्रागान ८१५५ चिपजडित १५.६ इन्चको सनफ्लावर टचस्क्रिन हुनेछ यसले इन्फोटेन्मेन्ट र भेहिकल कन्ट्रोललाई बेजोड बनाउनेछ । यसबाहेक दिपल एस०७एलमा नेभिगेसन र ड्राइभर इन्फर्मेसनका लागि अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, ह्यान्ड फ्रि अपरेसनका लागि जेस्चर कन्ट्रोल, वेलकम सिट, एन्डभान्स्ड् सेफ्टी ड्राइभिङ, एसाय २.५  जस्ता फिचरहरू रहनेछन् । सुरक्षाका लागि यसमा एआईसीसी एडाप्टिभ क्र्युज कन्ट्रोल, एक्टिभ इमर्जेन्सी ब्रेकिङ, ब्ल्यान्ड स्पट मनिटरिङ, ट्रान्सपेरेन्ट च्यासिस सहितको ३६० डिग्री पानोरामिक क्यामेरा पनि रहेको कम्पनीले जनाएको छ । यी अत्याधुनिक प्रविधि, शक्तिशाली पर्फमेन्स र फ्युचरिस्टिक डिजाइनमार्फत दिपल एस०७एललले नेपालको इलेक्ट्रिक मोबिलिटीमा पुनः एकपटक क्रान्ति ल्याउने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।

बीवाईडीको ‘याङवाङ यू नाइन’ सुपरकार जो ६ मिटर उफ्रिन सक्छ (भिडियोसहित)

काठमाडौं । विश्व अटोमोबाइल बजारमा हलचल मच्चाएको चिनियाँ इलेक्ट्रिक गाडी (ईभी) कम्पनी बीवाईडीले आफ्नो ‘याङवाङ यू नाइन’ सुपरकारको नयाँ भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा चालकविहीन गाडीले पानीले भरिएको खाल्डो र सडकमा रहेका काँटीजस्ता अवरोध १२० किमी/घण्टाको गतिमा पार गरेको छ । याङवाङ बीवाईडीको प्रिमियम इलेक्ट्रिक ब्रान्ड हो र यू नाइन यसको दोस्रो मोडल हो । यसमा डिसअस-एक्स नामक विशिष्ट सस्पेन्सन प्रणाली छ, जसले गाडीलाई उफ्रन र तीन पाङ्ग्रामा पनि चल्न सक्षम बनाउँछ । यू नाइन ६ मिटर माथिसम्म उफार्न सस्पेन्सन सिस्टम प्रयोग गरेर सहजै पार गर्ने कम्पनीले जनाएकाे छ । याङवाङ यू नाइन फेब्रुअरी २०२४ मा चीनमा १.६८ मिलियन युआन (२ लाख ३० हजार अमेरिकी डलर) मा लन्च गरिएको थियो । यू नाइन एक पूर्ण-विद्युतीय सुपरकार हो जुन बीवाईडीको ईफोर प्लेटफर्ममा आधारित छ । यो ९६० किलोवाट र १ हजार ६८० टर्कको संयुक्त शक्तिको साथ चार विद्युतीय मोटरहरूद्वारा सञ्चालित छ । यसले २.३६ सेकेन्डमा ०-१०० किमी/घण्टाको गति लिन सक्छ र ९.७८ सेकेन्डमा ४०० मिटर ड्र्याग रेस गर्न सक्छ । अन्य सुपरकारहरूभन्दा फरक यो लिथियम निकल म्याङ्गनीज कोबाल्ट अक्साइड (एनएमसी) ले सुसज्जित छैन तर सस्तो लिथियम आइरन फस्फेट (एलएफपी) प्याकले सुसज्जित छ । यसमा ब्याट्री क्षमता ८० किलोवाट छ । यो सुपरकार १० मिनेटमै ३० प्रतिशत चार्जबाट ८० प्रतिशत चार्ज गर्न सकिने दाबी कम्पनीको छ । बीवाईडीको स्थापना सन् १९९५ फेब्रुअरीमा भएको थियो । सुरुमा बीवाईडी रिचार्जेबल ब्याट्री उत्पादनमा केन्द्रित थियो । सन् १९९८ मा यो विश्वकै दोस्रो ठूलो ब्याट्री उत्पादक कम्पनी बन्यो । बीवाईडी मोटोरोला र नोकियालाई ब्याट्री उपलब्ध गराउने प्रमुख कम्पनीसमेत बनेको थियाे । सन् २००३ मा बीवाईडी इन्धनबाट चल्ने सवारीसाधन उत्पादनका साथ अटोमोटिभ इन्डस्ट्रीमा प्रवेश गरेको थियो । २००८ मा बीवाईडीकाे बिक्री बढ्न थाल्यो । २०१२ सम्ममा माग बढेपछि उत्पादन बढ्यो । कम्पनीका सीमित मोडलमात्र थिए । २०१६ मा कम्पनीले अडीका प्रख्यात डिजाइनर वोल्फगाङ एगरलाई बोर्डमा भित्र्यायाे । एगरले सयौं कार इन्जिनियरहरू ल्याए र बीवाईडीको मोडलहरूको मुहार पूर्ण रूपमा परिवर्तन गरे । हालै १ करोड न्यु इनर्जी भेहिकल उत्पादन गर्ने पहिलो कम्पनी बन्न बीवाईडी सफल भएको छ । सान्दर्भिक सामग्री : अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस

एसएआईसी मोटर र सीएटीएलबीच सहकार्य हुने, ब्याट्री स्वाप समाधान प्रयोग गरी नयाँ ईभी निर्माण गर्ने

काठमाडौं । एमजी कारको निर्माता एसएआईसी मोटरले सीएटीएलको ब्याट्री स्वाप समाधान प्रयोग गरी नयाँ इलेक्ट्रिक गाडी निर्माण गर्ने घोषणा गरेको छ । जनवरी १० मा सीएटीएलका अध्यक्ष रोबिन जेंग र एसएआईसी मोटरका अध्यक्ष वाङ शियाओकियू ले फिजियान प्रान्तको निङ्डे सहरमा सीएटीएलको मुख्यालयमा सहकार्य सम्झौतामा हस्ताक्षर गरे । यस सहकार्यअन्तर्गत एसएआईसी मोटरले सीएटीएलको चोको-एसईबी ब्याट्री स्वाप प्रणालीसँग उपयुक्त हुने ईभी मोडलहरू विकास गर्नेछ । साथै उपभोक्ताहरूलाई छिटो र सुविधाजनक ब्याट्री परिवर्तन सेवा प्रदान गर्नेछ । यस कदमले एसएआईसी मोटर र सीएटीएल बीचको सम्बन्धलाई अझ सुदृढ बनाउने र ईभी बजारमा नयाँ सम्भावनाहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ । सीएटीएलले २०२५ मा १ हजारभन्दा बढी ब्याट्री स्वाप स्टेशनहरू स्थापना गर्ने योजना बनाएको छ, जसले ईभी धनीलाई छिटो र सुविधाजनक ब्याट्री परिवर्तन सेवा प्रदान गर्नेछ । ती स्टेसनहरूमा ३० वटा ब्याट्री कम्पार्टमेन्ट राख्न सकिनेछ । एक खाली ब्याट्रीलाई पुरा ब्याट्रीसँग बदल्न १०० सेकेण्ड लाग्नेछ । सीएटीएलले २०२२ मा आफ्नो ब्याट्री स्वाप नेटवर्कको विकास सुरु गरेको थियो, जसले पहिलो पुस्ताको चोको-एसईभी ब्याट्रीहरू सार्वजनिक गर्‍यो । २०२४ को अन्त्यमा संसारको सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएलले दोस्रो पुस्ताको चोको-एसईबी जारी गर्‍यो । यी ब्याट्रीहरूको क्षमता ४२ देखि ७० किलोवाट आवर्सबीचको छ, जसले ६०० किमि सम्म माइलेज दिन सक्छ । चीनमा सीएटीएलको चेसिस लन्च, बिक्रीको मुख्य कारण सुरक्षा रहने कम्पनीको दावी स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी