नयाँ दिल्लीमा नेपाल-भारत व्यापार सम्झौताको विषयमा छलफल
काठमाडौं । नाडा अटाेमाेबाइल्स एसाेसिएसन अफ नेपालले शनिबार नयाँ दिल्लीमा भारत सरकारका वाणिज्य विभागका सहसचिव विमल आनन्द र इन्जिनियरिङ एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डीयाका (इइपीसी) राष्ट्रिय अध्यक्ष पंकज चड्डासँग छलफल गरेको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले नेपाल र भारतको व्यापार सम्झौतालाई थप विस्तार र प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बारेमा छलफल गरेको हो । द्विपक्षीय आयात निर्यातलाई कसरी सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा पहिलो चरणको छलफल सम्पन्न भएकाे हाे । अर्को चरणको छलफलको लागि दुबै पक्षले अर्को मिति तोकेर भारतको इइपीसीलाई नेपालमा निमन्त्रण गरिने नाडाले जनाएकाे छ । उक्त छलफलमा अटोमोबाइल कम्पोनेण्ट, अटोमोवाइल स्पेयर पार्टस र विद्युतीय सवारीसाधनहरूका विषयमा छलफल गरिने छ । यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भइरहेको भारत मोबिलिटीअन्तर्गत भईरहेको अटो प्रदर्शनीको सन्दर्भमा नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ । उक्त छलफलमा इन्जिनियरिङ एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डीयाका (इइपिसी) तर्फबाट पूर्व अध्यक्ष अरुण गारोडिया, सह निर्देशक पल्लवी साह, कार्यकारी निर्देशक तथा सचिव अधिप मित्रा र निर्देशक नीशिकान्त जुम्दा समेतको उपस्थिति रहेको थियो । त्यसैगरी नाडाकोतर्फबाट निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, संस्थागत उपाध्यक्ष पुष्कर ओझा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र सहकोषाध्यक्ष पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।
भारतीय कार निर्माताले २०२५ मा ईभी बजार बिस्तार गर्ने, मागको भने कमी
काठमाडौं । भारतमा कार्यरत अटोमेकरहरूले सन् २०२५ मा करिब एक दर्जन नयाँ इलेक्ट्रिक कार मोडलहरू लन्च गर्ने योजना बनाएका छन् । विश्वव्यापी रूपमा इलेक्ट्रिक सवारी (ईभी) को माग घट्दै गए पनि खरिदकर्तालाई आकर्षित गर्न धेरैजसो प्रिमियम बजारमा लामो ड्राइभिङ रेन्ज र छिटो चार्जिङ समय भएका मोडलहरू ल्याउन लागेका हुन् । शुक्रबारदेखि नयाँ दिल्लीमा सुरु भएको पाँच दिने अटो शोमा ईभी कारहरूले मुख्य स्थान पाएका छन् । यहाँ भियतनामी नवप्रवेशी भिनफास्ट, स्वदेशी ब्राण्ड मारुति सुजुकी र महिन्द्रा एण्ड महिन्द्राका साथै विश्वव्यापी प्रतिस्पर्धी बीवाईडी, टोयोटा र हुन्डाइका मोडलहरू प्रदर्शन गरिएको छ । भारतको ईभी बजारका अग्रणी टाटा मोटर्स र चीनको एसएआईसी मोटरको आंशिक स्वामित्व भएको जेएसडब्लु-एमजी मोटरले विश्वको तेस्रो ठूलो कार बजारमा विस्तारित लाइनअप प्रदर्शन गरे । भारतको ईभी बजार सानो छ, जहाँ २०२४ मा बिक्री भएका ४० लाख ३० हजार कारहरूमध्ये इलेक्ट्रिक मोडलहरूको हिस्सा करिब २.५ प्रतिशत मात्र छ । उच्च मूल्य र अपर्याप्त चार्जिङ नेटवर्कले खरिदकर्तालाई रोकिरहेको जनाइएको छ । सरकारले यसलाई २०३० सम्ममा ३० प्रतिशत पुर्याउन चाहन्छ । विश्वव्यापी रूपमा ईभी बिक्रीको वृद्धिदर २०२४ मा गत वर्षको तुलनामा १३ प्रतिशतमा झरे पनि यसले पहिलो पटक एक लाख युनिट नाघेको छ । भारतमा पनि ईभी बिक्री वृद्धि सुस्त गतिमा भइरहेको छ । २०२४ मा गत वर्षको तुलनामा २० प्रतिशतले बढेर करिब १ लाख युनिट पुगेको छ, जुन समग्र कार बजारको सोही अवधिको ५ प्रतिशत वृद्धिभन्दा बढी हो । अटो उद्योगका कार्यकारीहरूका अनुसार लामो रेन्ज र छिटो चार्ज हुने नयाँ मोडलहरूले माग बढाउन सक्छन् । विश्लेषकहरूले भारतमा २०२५ मा ईभी बिक्री दोब्बर हुने अनुमान गरेका छन् । भारतमा पहिलेका इलेक्ट्रिक सवारीहरू जसमध्ये धेरैजसो टाटा मोटर्सका थिए, पेट्रोल कारलाई इलेक्ट्रिकमा रूपान्तरण गरिएका थिए, जसले एक पटक चार्ज गर्दा ३०० किलोमिटर (१८६ माइल) सम्म मात्र गुड्न सक्थे । जसलाई धेरैले बाहिर यात्राका लागि अपर्याप्त मान्थे । नयाँ लन्च हुने अधिकांश मोडलहरू सुरुदेखि नै इलेक्ट्रिक सवारीको रूपमा डिजाइन गरिएका छन् र न्यूनतम ४०० किलोमिटरको रेन्ज दिन्छन् । महिन्द्राजस्ता केही अटोमेकरहरूले ६०० किलोमिटरभन्दा बढीको रेन्ज र २० मिनेटभन्दा कममा २० देखि ८० प्रतिशतसम्म फास्ट चार्जिङको सुविधा दिइरहेका छन् । महिन्द्राका यस वर्षका दुई इलेक्ट्रिक एसयूभी लन्चको मूल्य २२ देखि ३५ हजार डलर छ । भारतमा कारको औसत मूल्य करिब १२ हजार डलर छ, जहाँ सस्ता मोडलहरूको तुलनामा महँगा मोडलहरूको वृद्धि तीव्र छ । इलेक्ट्रिक सवारी निर्माता भिनफास्ट जसले दक्षिण भारतमा कार कारखाना निर्माण गरिरहेको छ, आफ्नो मिनी-एसयूभी भिएफ थ्री, तीन पङ्क्तिको एमपीभी, भिएफ नाइन लगायत प्रदर्शन गर्नेछ । ‘भारतको बढ्दो मध्यम वर्ग र इलेक्ट्रिक सवारी अपनाउन सरकारी प्रोत्साहनले भिनफास्टको विश्वव्यापी विस्तारका लागि यो स्वाभाविक केन्द्र बनेको छ,’ कार निर्माताले भन्यो । दक्षिण कोरियाली हुन्डाईले भारतमा निर्मित आफ्नो लोकप्रिय क्रेटा एसयूभीको इलेक्ट्रिक संस्करण प्रदर्शन गर्यो, जसले प्रतिस्पर्धीहरूलाई टक्कर दिन मद्दत गर्ने आशा गरेको छ । यता बीवाईडीले आफ्नो सिलायन सेभेन इलेक्ट्रिक एसयूभी प्रदर्शन गर्यो । भारतको सबैभन्दा ठूलो कार निर्माता मारुतिले आफ्नो पहिलो इलेक्ट्रिक सवारी, ई भिटारा एसयूभी प्रदर्शन गर्यो, जुन यस वर्षको अन्त्यतिर लन्च हुनेछ । यो कार मारुतिको मूल कम्पनी सुजुकी मोटर र टोयोटाले संयुक्त रूपमा विकास गरेका हुन् । केही कार निर्माताहरूले इलेक्ट्रिक सवारीका साथै प्लग-इन हाइब्रिड कार, फ्लेक्स-फ्युल मोडल, हाइड्रोजन फ्युल सेल सवारी र ग्यासमा आधारित कारहरू पनि प्रदर्शन गर्ने योजना बनाएका छन् । ‘छिटो इलेक्ट्रिक अपनाउने बाटो सबै इलेक्ट्रिफाइड सवारीलाई समानुपातिक रूपमा प्रोत्साहन गर्दा राम्रोसँग काम गर्छ,’ टोयोटाको भारतीय एकाइका कन्ट्री हेड र कर्पोरेट मामिला तथा गभर्नेन्सका कार्यकारी उपाध्यक्ष विक्रम गुलाटीले भने । बीवाईडीको ‘याङवाङ यू नाइन’ सुपरकार जो ६ मिटर उफ्रिन सक्छ (भिडियोसहित) अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस
सुजुकीको पहिलो इलेक्ट्रीक स्कुटर सावर्जनिक, यस्ता छन् फिचरहरु
नयाँदिल्ली। सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर ‘ई-एक्सेस’ सावर्जनिक गरेको छ । कम्पनीले भारतको नयाँदिल्लीमा सुरू भएको भारत मोबिलिटी एक्स्पो २०२५ मा ‘ई-एक्सेस’ स्कुटर सार्वजनिक गरेको हो । स्लिकर डिजाइनमा तयार भएको सुजुकी ई-एक्सेसमा म्याक्सिमम १५ एनएम टर्क जेनेरेट गर्ने ४.१ किलोवाटको मोटर र ३.०७ किलोवाट आवरको एलएफपी फिक्स्ड ब्याट्रीप्याक दिइएको छ । आइडीसी रेन्ज अनुसार यस ब्याट्रीले एक पटकको फुलचार्जमा ९५ किलोमिटरको रेन्ज दिने बताइएको छ । यस स्कुटरको म्याक्सिमम टप स्पीड ७१ किलोमिटर प्रतिघण्टा रहेको छ । यस स्कुटरमा प्रयोग भएको ब्याट्रीलाई ०-८० प्रतिशत चार्ज हुन पोर्टेबल चार्जरबाट करिब ४ घण्टा ३० मिनेटको समय लाग्छ भने फास्ट चार्जरको माध्ययम बाट ०-८० पुग्न मात्रै १ घण्टा १२ मिनेटको समय लाग्ने छ । कम्पनीले यसको फ्रन्टमा टेलिस्कोपिक क्वेल स्प्रीङ सक र रियरमा स्वीङ आर्म टाइपको क्वेल स्प्रीङ सस्पेन्सन सेटअप दिएको छ । यसको फ्रन्ट टायरमा डिस्कब्रेक र रियरमा ड्रमब्रेकसँगै अलोय ह्वील सहितको ट्युबलेस टायर रहेको छ । फिचर लोडेड पूरा डिजिटल कलरफुल टिएफटी इन्स्ट्रुमेन्ट क्लस्टर रहेको ई-एक्सेसमा स्मार्ट किलेस फङसन, एलईडी हेडलाइट र टेललाइट, हेलोजन बल्ब, भर्टिकल एलईडी बार र डीआरएल जस्ता अत्याधुनिक फिचरहरू पाउन सकिन्छ । त्यस्तै, कम्पनीले जानकारि दिए अनुसार सुजुकी ई-एक्सेस अझै पनि रोड परीक्षणको क्रममा रहेको छ ।