काव्य स्कूलले थप्यो १६ हाइगर ईभी भ्यान
काठमाडौं । काव्य स्कूलले एकैदिन १६ वटा हाइगर ईभी भ्यान थपेको छ । काठमाडौंस्थित सशीला मोटर्स प्रालिले विद्यालयलाई एकै पटक १६ वटा विद्युतीय गाडी हस्तान्तरण गरेको हो । नयाँ बानेश्वरस्थित काव्य स्कूलको प्रांगणमा आयोजित कार्यक्रममा सशीला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले विद्यालयका प्रिन्सिपल नवराज बास्कोटालाई गाडीको चाबी हस्तान्तरण गरेका हुन् । विद्यालयले १६ सिट क्षमताका ४ र १४ सिट क्षमताका १२ वटा हाइगर ईभी भ्यान खरिद गरेको हो । प्रिन्सिपल बास्कोटाले हाइगर ब्राण्डको विश्वसनीयता र सशीला मोटर्सको सर्भिसका कारण विद्यालयले हाइगर इभी भ्यान रोजेको बताए । उनले नयाँ विद्युतीय भ्यान थपिएपछि विद्यार्थीलाई प्रदान गरिने सेवा झनै गुणस्तरीय हुने विश्वास व्यक्त गरे । सशीला मोटर्सका प्रबन्ध निर्देशक खतिवडाले गाडी बिक्री मात्र नभई बिक्रीपछिको सेवा प्रभावकारी बनाउने आफ्नो प्राथमिकता रहेको उल्लेख गरे । उनले गाडीको दीर्घकालीन सञ्चालनका लागि आवश्यक सेवा तथा समन्वय सुनिश्चित गर्ने प्रतिबद्धता जनाए । सशीला मोटर्स नेपालमा कमर्सियल गाडीहरूको बिक्री तथा वितरणमा स्थापित डिलर हो। कम्पनी विश्व प्रसिद्ध हाइगर ब्राण्डको आधिकारिक बिक्रेता रहेको छ । हाइगरले १३० भन्दा बढी देशमा उपस्थिति जनाइसकेको छ भने ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’को उपाधि समेत प्राप्त गरेको छ ।
यामाहा नेपालले महिला टी-२० त्रिकोणात्मक शृङ्खलाको टाइटल प्रायोजन गर्ने
काठमाडौं । यामाहा नेपालले बिहीबारदेखि सुरु भएको नेपाल, नदेरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित त्रिकोणात्मक टी-२० सिरिजको टाइटल प्रायोजन गरेको छ । नेपालमा लोकप्रिय खेलहरूमध्येको एक क्रिकेट यामाहा ब्रान्डसँग जोडिँदा युवा महिला खेलप्रेमीहरूलाई आत्मविश्वास र दृढ संकल्पका साथ आफ्ना सपनाहरू पछ्याउन प्रेरणा मिल्ने कम्पनीले जनाएको छ । त्रिकोणात्मक शृङ्खलाको बारेमा एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले नेपालमा क्रिकेटको विकासमा योगदान पुर्याउन पाउँदा उत्साहित भएको बताए । अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र असाधारण विश्वसनीयताका लागि परिचित यामाहा एमएडब्लू राइड्स अन्तर्गतको नेपालको अग्रणी दुईपाङ्ग्रे ब्रान्ड हो ।
एमएडब्लू वृद्धिले थप १ सय स्थानमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने
काठमाडौं । दिगो गतिशीलता समाधानमा अग्रणी कम्पनी एमएडब्लू वृद्धिले नेपालभरि कुल ८६ विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ स्टेसनहरू स्थापना गरेको छ । पर्यावरणमैत्री यातायात अपनाउने प्रतिबद्धताअनुरूप यी ईभी चार्जिङ स्टेसनहरूको स्थापना गरिएको हो । निकट भविष्यमा थप १०० चार्जिङ स्टेशनहरू थपेर नेटवर्कलाई अझ विस्तार गर्ने योजना बनाइरहेको कम्पनीले पहुँचयोग्य र कुशल ईभी पूर्वाधारको लागि बलियो जग खडा गरिरहेको छ । सीसीएसटु-कम्प्याटिबल चार्जिङ नेटवर्क कुशल ईभी पूर्वाधारको बढ्दो माग पूरा गर्ने दिशामा एक उत्कृष्ट कदम हो । यस रणनीतिक विस्तारसँगै एमएडब्लू वृद्धिले नेपालको ईभी इकोसिस्टमलाई सुदृढ बनाउन लागेको हो । बढ्दो नेटवर्कसँगै समुदाय र उद्यमहरूलाई हरित भविष्य अँगाल्न आवश्यक पर्ने कुराहरू प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । फोटोन नेपाल र एमएडब्लू वृद्धि ग्रुपको बारेमा फोटोन नेपाल सञ्चालन गर्ने एमएडब्लू वृद्धि एमएडब्लू समूह र वृद्धि समूह बीचको साझेदारी हो जसले सन् २०१४ देखि नेपालभरि अन्तर्राष्ट्रिय अटोमोटिभ ब्रान्डहरूको प्रतिनिधित्व गर्दै आएको छ । एमएडब्लू वृद्धिले फोटोन, सोकोन, सेरेस, नामी र चांगन जस्ता ब्रान्डहरूको प्रतिनिधित्व गर्दै सेवा दिँदै आइरहेको छ ।