२० हजार बढी मतान्तरसहित बारा २ मा रास्वपाका चन्दन कुमार सिंह निर्वाचित

काठमाडौं । बारा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चन्दन कुमार सिंह निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी नेपालका रामकिशोर प्रसाद यादवलाई २० हजारभन्दा बढी मतले पछि पार्दै प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । चन्दनले ३५ हजार ५९० र यादवले १४ हजार १९८ मत पाएका छन् । नेपाली कांग्रेसका भैयाराम प्रसाद यादवले ११ हजार ८३७, नेकपा एमालेका बलविर प्रसाद चौधरीले ७ हजार २१३ र प्रगतीशिल लोकतान्त्रिक पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा १ हजार ३९६ मत प्राप्त गरे ।

रुकुम पश्चिममा तेस्रो भए जनार्दन, नेकपाका गोपाल शर्मा विजयी

काठमाडौं । रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का गोपाल शर्मा निर्वाचित भएका छन् । उनी २१ हजार ६०९ मतसहित विजयी भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत पाए । प्रगतिशिल लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले भने १४ हजार ३४६ मात्र मत पाए ।

सल्यानमा रास्वपाका चन्दलाई पराजित गर्दै नेकपाका मल्ल निर्वाचित

काठमाडौं । सल्यानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रमेश कुमार मल्ल निर्वाचित भएका छन् । उनले २३ हजार १८९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ललित कुमार चन्दले २० हजार ९०४ मत प्राप्त गरे ।  यस्तै नेपाली कांग्रेसका केशबहादुर विष्ट १७ हजार ५५८ मत, नेकपा एमालेका गुलाब जंग शाहले १५ हजार ३७३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिषा नेपालीले ९०२ मत प्राप्त गरे ।