६ अर्बको जालपादेवी केबलकारले बदलिँदै सुदूरको भविष्य, कोरिँदै समृद्धिको आधार
टिकाराम सुनार काठमाडौं । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिए झैँ लाग्छ । नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा प्रकृति र प्रविधिबीचको अद्भुत संवाद झल्किन्छ । नदीको सुसेली, वरिपरिका हरिया डाँडा र पुलको दृश्यले त्यसमा सौन्दर्य थप्छन्, यसले यहाँ पुग्ने जो कोही सजिलै मोहित हुन्छन् । चिसापानीको सानो भूगोल मात्रै होइन, प्रकृतिले सुदूरपश्चिमलाई धेरै दिएको छ, तर वर्षौदेखि ती उपहारहरू सम्भावनाको सीमाभित्रै कैद छन् । त्यसैले यहाँ दशकौंदेखि एउटा प्रश्न अनुत्तरित छ- के यहाँका प्राकृतिक सम्पदा कहिल्यै समृद्धिको आधार बन्न सक्छन् रु पछिल्ला दिनमा भने सरकारी तथा निजी क्षेत्रबाट त्यसको उत्तर दिन केही प्रयास सुरु भएका छन् । तिनै प्रयासमध्येको एक महत्त्वाकाङ्क्षी परियोजना हो- जालपादेवी केबलकार । कैलालीको लम्कीचुहा नगरपालिका-३ चिसापानीदेखि मोहन्याल गाउँपालिका-७ राजकाँडा क्षेत्रमा केबलकार र यस परियोजना अन्तर्गत विभिन्न पूर्वाधार बन्दैछन् । आईएमई समूहको मुख्य लगानीमा बन्न लागेको यस परियोजनालाई सुदूरपश्चिमको पर्यटन र आर्थिक विकासका लागि महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ । विभिन्न चरणमा गरी करिब ६ अर्ब रुपैयाँ लगानी अनुमान गरिएको परियोजनामा ३.१ किलोमिटर लामो केबलकार, होटल, रेष्टुरेण्ट, स्काइवाक, पार्क, पदमार्ग तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन् । यस परियोजनाले सुदूरपश्चिमको आर्थिक भविष्यको ‘जग’ हाल्नुका साथै चिसापानीलाई नेपालकै आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने धेरैको विश्वास छ । त्यसैले यसलाई एउटा पूर्वाधारमात्र होइन, सुदूरपश्चिमको पर्यटन, रोजगारी र आर्थिक विकाससँग जोडिएको ठूलो सपनाका रूपमा हेर्ने गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमका अध्यक्ष पुष्पराज कुँवर यति ठूलो निजी लगानीको पर्यटन आयोजनालाई ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताउँछन् । उनले भने, ‘सुदूरपश्चिममा यति ठूलो निजी लगानीको पर्यटन आयोजना निर्माण हुनु आफैँमा ऐतिहासिक छ । केबलकार सञ्चालनमा आएपछि होटल, यातायात, कृषि, व्यापार र सेवा क्षेत्र सबैले प्रत्यक्ष लाभ पाउनेछन् ।’ त्यसैगरी, टीकापुर र लम्की उद्योग वाणिज्य सङ्घका अध्यक्ष सन्तोष खड्का र पदमराज चौलागाईं पनि सुदूरपश्चिम क्षेत्रमा आएको यो ठूलो लगानीको आयोजना प्रदेशवासीकै गौरव हो भन्दै यसले प्रदेशमा थप लगानी आकर्षित गर्नका लागि ठूलो मद्दत पुग्ने धारणा राख्छन् । गोण्डोलासँगै झुल्नेछन् समृद्धिका सपना करिब एक दशकअघि स्थानीय व्यवसायीहरूले चिसापानी क्षेत्रमा पर्यटन पूर्वाधार विकास गर्ने महत्त्वाकाङ्क्षी सपना देखेका थिए । त्यो सपनासँग विभिन्न क्षेत्रका ९९ जना व्यवसायी जोडिएका थिए । विभिन्न कारणले लामो समयसम्म अघि बढ्न नसकेको उक्त योजना आईएमई समूहको सहभागितापछि निर्माणको चरणमा पुगेको हो । यो परियोजना २०८१ साल पुस १३ मा शिलान्यास भई गत वर्ष असारमा निर्माण सुरु भएको थियो । आयोजनाका इन्जिनियर विजय पौडेलका अनुसार परियोजनाको निर्माणकार्य हाल तीव्र गतिमा अघि बढिरहेको छ । हाल यहाँ पोल ठड्याउने, बटम तथा टप स्टेसन निर्माणलगायतका काम अन्तिम चरणमा छन् । त्यसपछि तार तान्ने र गोण्डोला जडान गर्ने प्राविधिक प्रक्रिया अघि बढ्नेछ । ‘हामी तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ । आगामी असोजसम्म परियोजना सञ्चालनमा ल्याउने तयारी छ । सो लक्ष्यसहित प्रथम चरणका काम धमाधम गरिरहेका छौँ,’ उनले भने, ‘पोल ठड्याउने (इरेक्सन), बटम तथा टप स्टेशन निर्माणको काम सम्पन्न हुने क्रममा छ । त्यस लगत्तै तार तान्ने (स्ट्रिङगिङ) र गोण्डोलाहरू जडान गर्ने प्राविधिक काम अगाडि बढ्नेछन् ।’ हाल टप स्टेसनमा होटल, रेष्टुरेण्ट, पार्क, जालपादेवी मन्दिर, स्काई वाक, वाकिङ ट्रेल तथा अन्य पर्यटकीय संरचना निर्माण भइरहेका छन् भने बटम स्टेसनमा पाँचतारे होटल, व्याङक्वेट हल र अन्य सुविधायुक्त संरचना तयार हुँदैछन् । इन्जिनियर पौडेलले भने, ‘यहाँ निर्माण भइरहेका पूर्वाधारले यस क्षेत्रलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नेछन् ।’ लम्कीचुहा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक तिमिल्सेना करिब १३ वर्षअघिको सपनाले साकार रूप लिन थालेकाले स्थानीय क्षेत्रमा उत्साह थपिएको बताउँछन् । केबलकार परियोजना सञ्चालनमा आए कैलालीको अत्यधिक गर्मीबाट जोगिन शीतलता खोज्ने रैथाने नागरिक र बाह्य पर्यटक दुवैका लागि राजकाँडा एउटा उत्कृष्ट ‘हिल स्टेसन’ बन्ने उनको भनाइ छ । यहाँ निर्माण हुने सुविधासम्पन्न पूर्वाधारले पर्यटकको बसाइँ लम्ब्याउन, खर्च बढाउन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन कोशेढुङ्गाको काम गर्ने तिमिल्सेनाको विश्वास छ । पर्यटन र अर्थतन्त्र सुधारको आधार हाल चिसापानी क्षेत्रमा चिसापानी पुलबाहेक धेरै पूर्वाधार छैनन्, तथापि दैनिक जसो करिब पाँचदेखि ७ सय आन्तरिक पर्यटक पुल हेर्नकै लागि यहाँ आउने गरेका जानकारहरू बताउँछन् । यसरी आउने अधिकांश पर्यटक केही घण्टा बिताएर फर्किने गरेका छन्, तर नयाँ संरचना सञ्चालनमा आएमा उनीहरूको बसाइँ लम्बिने र यसबाट स्थानीयस्तरमा आर्थिक अवसरका ढोका खोल्ने पर्यटन व्यवसायी देवराज जैशीको विश्वास छ । यहाँ निर्माण हुने केबलकारले चिसापानीलाई राजकाँडासँग जोड्नेछ, तर यसको प्रभाव केबल केही मिनेटको यात्रामा सीमित रहने छैन । यहाँ निर्माण हुने पूर्वाधारले राजकाँडालाई नयाँ पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । त्यसका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी, र्‍याफ्टिङ (जलपर्यटन) लगायत साहसिक पर्यटनलाई ‘प्याकेज’कै रूपमा विकास गरिनुपर्ने व्यवसायी जैसीको सुझाव छ । ‘राज्यले पनि अब गन्तव्य सुदूरपश्चिमको नीतिअनुसार काम गर्नुपर्छ । यहाँका सम्भावनालाई एउटा प्याकेजमा जोडेर विकास गर्न सकिए कर्णाली चिसापानीबाट समृद्धिको नयाँ यात्रा तय गर्न सकिन्छ । त्यसको आधारका रूपमा केबलकार र त्यससँग जोडिएका संरचनालाई लिन सकिन्छ,’ उनले भने । पर्यटन विकासको सबैभन्दा ठूलो लाभ स्थानीय समुदायले पाउनुपर्छ भन्ने मान्यता छ । होटल व्यवसायी टङ्क पराजुली जालपादेवी केबलकार परियोजना सञ्चालनमा आए स्थानीयस्तरमा रोजगारीका अवसर सृजनामा टेवा पुग्ने बताउँछन् । ‘परियोजना सञ्चालनमा आए निश्चय पनि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने छ, जसले राजकाँडा र आसपासका गाउँमा उत्पादित सामग्रीले बजार पाउनेछन् । यसले किसानलाई उत्पादन बढाउन र युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न सहयोग पुर्याउनेछ । त्यसैले यस्ता परियोजनाहरू हाम्रो क्षेत्रमा बन्नु निकै खुसीको कुरा भएकाले नै स्थानीयहरूमा पनि यस्ता आयोजना साझा सम्पत्ति हुन् भन्ने भावना जागृत हुनु आवश्यक छ,’ उनले भने । रोजगारीका नयाँ ढोका सुदूरपश्चिमका धेरै युवाको रोजगारीको अन्तिम विकल्प अझै भारत वा खाडी मुलुक हुन् । गाउँका खाली हुँदै गएका घर, वृद्धवृद्धा र बालबालिकामा सीमित हुँदै गएको सामाजिक संरचनाले यही यथार्थ बोलिरहेको छ, तर जालपादेवी केबलकार परियोजनाले त्यो प्रवृत्तिलाई केही हदसम्म रोक्न सक्ने स्थानीयको आशा छ । केबलकार सञ्चालनसँगै होटल, रिसोर्ट, रेष्टुरेण्ट, यातायात, मनोरञ्जन तथा सेवा क्षेत्र विस्तार हुनेछन् । ती गतिविधिबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौं रोजगारी सृजना हुने व्यवसायी कालु हमालको अपेक्षा छ । ‘हालसम्म एउटा पुल छ, अब केबलकार लगायत पूर्वाधार थपिने भए । त्यसले पर्यटकको आकर्षण बढाउने छ । साहसिक पर्यटकका लागि जलपर्यटन, धार्मिक आस्था राख्नेका लागि जालपादेवी र वातानुकूलित मौसममा रमाउनेका लागि यहाँ तमाम विकल्प छन्,’ उनले भने, ‘यहाँबाट काठमाडौं ६ सय किलोमिटर छ, तर दिल्ली ४ सय मात्रै । धेरै जनसङ्ख्या भएका भारतका विभिन्न स्थानबाट समेत पर्यटक आउने वातावरण बनाएर केबलकारलाई केन्द्रमा राखेर कर्णाली नदीको किनारैकिनार नयाँ सम्भावना स्थापित गर्न सकिन्छ, जसले स्थानीयस्तरमा रोजगारीका धेरै अवसर सृजना गर्नेछ ।’ राजकाँडा क्षेत्रतर्फ मात्र नभई कर्णाली नदीको तीन-चार सय किलोमिटर क्षेत्रमै पर्यटनका नयाँ सम्भावना खोज्न सकिने भएकाले सरकारले सार्वजनिक जग्गाको व्यावसायिक उपयोग र व्यवसायीले एकीकृत प्याकेज बनाएर विकासमा लाग्नुपर्ने हमालको सुझाव छ । बसेरा थारू होमस्टे बल्चौरका अध्यक्ष किशोर थारू पर्यटकको आगमनसँगै घरमै पाहुँनाको स्वागत गरी आर्थिक लाभ लिने अवस्था बन्नेमा आफू विश्वस्त रहेको बताउँछन् । ‘केबलकार सञ्चालनमा आएपछि हाम्रा रैथाने सीप, सभ्यता र सँस्कारको प्रचारप्रसार गर्दै आर्थिक लाभ लिन सहज हुनेछ । स्थानीय कृषि उपज, हस्तकला, होटल व्यवसाय र साना उद्यमले नयाँ जीवन पाउनेमा हामी आशावादी छौँ,’ उनले भने । परियोजनाका लागि यहाँको भूगोल महत्त्वपूर्ण छ । खुला सीमा, सहज सडक सञ्जाल र विशाल भारतीय बजारको निकटताले यस क्षेत्रलाई अन्तर्देशीय पर्यटन केन्द्रका रूपमा विकास गर्न सक्ने सम्भावना छ । भारतसँगको खुला सीमा, निकट बजार र सहज यातायात पहुँचका कारण यस क्षेत्रको सम्भावना निकै ठूलो छ । उत्तराखण्ड र उत्तरप्रदेशजस्ता दुई ठूला भारतीय राज्यसँग हाम्रो प्रत्यक्ष पहुँच छ, जहाँ २७ करोडभन्दा बढी जनसङ्ख्या बसोबास गर्छ । दिल्ली, लखनउ, बरेली, देहरादून लगायतका सहरबाट सडकमार्ग हुँदै सहज रूपमा यहाँ पुग्न सकिन्छ । स्थानीय व्यवसायी एवं नागरिकहरू भने परियोजनाको प्रचारप्रसार व्यापक मात्रामा गर्नुपर्ने र यसबाट बहुआयामिक लाभ लिन सकिने सुझाव दिन्छन् । कञ्चनपुरको गड्डाचौकी (१२५ किमी), कैलालीको गौरीफन्टा (करिब ८८ किमी) र बाँकेको रूपैडिहा नाका (९३ किमी) बाट सहज सडक पहुँच भएकाले यो क्षेत्र सीमावर्ती भारतीय पर्यटकका लागि पनि आकर्षक गन्तव्य बन्न सक्ने देखिन्छ । यस्तै, टीकापुरस्थित सत्ति छोटी भन्सार र तीकुनिया क्षेत्र पनि नजिकै रहेकाले विशेषगरी गर्मी मौसममा राहत खोज्ने भारतीय पर्यटकका लागि राजकाँडाको शीतल वातावरण, कर्णाली नदीको मनोरम दृश्य, रोमाञ्चक केबलकार यात्रा र धार्मिक पर्यटन विशेष आकर्षण बन्न सक्छ । चिसापानी भौगोलिक रूपमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको सङ्गमस्थलजस्तै छ । लामो समयदेखि पथप्रदर्शकको रूपमा काम गर्दै आउनुभएका बर्दियाका राजन चौधरी कर्णाली क्षेत्र मनोरञ्जन, जङ्गल सफारी, जलपर्यटन र धार्मिक आस्था राख्ने सबै किसिमका पर्यटकका लागि उपयुक्त गन्तव्य रहेको र केबलकार सञ्चालनले त्यसमा थप आकर्षण थप्ने बताउँछन् । ‘पछिल्लो समय नेपालीहरूमा पनि नयाँ ठाउँ जाने र रमाउने बानीको विकास भइरहेको छ । करिब दुई-तीन घण्टाको दूरीमा भारतका ठूलो जनसङ्ख्या भएका क्षेत्र चिसापानीसँग जोडिन सहज सडक सञ्जाल छ । उत्तराखण्डका बनबासा, खटीमा, हल्द्वानी र रुद्रपुरजस्ता सहरबाट पनि सडकमार्ग हुँदै केही घण्टामै चिसापानी पुग्न सकिन्छ । त्यहाँबाट आउने पर्यटकको सानो अंशमात्रै आकर्षित गर्न सकियो भने पनि पर्यटनमार्फत सुदूरपश्चिमको अर्थतन्त्रमा ठूलो परिवर्तन टेवा पुग्न सक्छ । जालपादेवी केबलकार त्यसको एउटा बलियो आधार बन्दैछ,’ उनले भने । समृद्धिको भावी मार्गचित्र र बहुप्रादेशिक लगानी जालपादेवी केबलकार प्रालि तथा आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल यसलाई केवल पर्यटन परियोजना नभई आर्थिक रूपान्तरणको माध्यमका रूपमा हेर्नुपर्ने बताउँछन् । यस आयोजनाले सुदूरपश्चिमको विकासमा पार्ने बहुआयामिक आर्थिक तथा सामाजिक प्रभावबारे उनले भने, ‘नेपालमा पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्न सकेमात्र पर्यटकको सङ्ख्या बढाउन, उनीहरूको बसाइ लम्ब्याउन र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन सकिन्छ । त्यसलाई मध्यनजर गरी बनाउन लागिएको यो आयोजना सुदूरपश्चिमको आर्थिक समृद्धिको संवाहक बन्नेछ भन्नेमा हामी विश्वस्त छौँ ।’ अध्यक्ष ढकालका अनुसार जालपादेवी केबलकार देशभर पर्यटन पूर्वाधार विस्तार गर्ने दीर्घकालीन सोचको एक महत्त्वपूर्ण अध्याय हो । ‘हाम्रो लक्ष्य एउटा परियोजनामा सीमित रहने होइन, सातै प्रदेशमा यस्तै खालका ठूला पर्यटन पूर्वाधार विकास गर्ने हो । सोही रणनीतिक योजनासहित अघि बढिरहेका छौँ । यसले समग्र देशकै आर्थिक रूपान्तरणमा योगदान पुर्याउनेछ,’ उनले भने । वर्षोंदेखि सम्भावनाको रूपमा मात्र चर्चा हुँदै आएका कर्णाली किनारका प्राकृतिक र सांस्कृतिक सम्पदालाई अब जालपादेवी केबलकारले आर्थिक अवसरमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ । चिसापानी पुल, कर्णाली नदी र राजकाँडाको प्राकृतिक सौन्दर्यलाई एउटै पर्यटकीय परिपथमा जोड्ने यो परियोजनाले सुदूरपश्चिमको पर्यटन सम्भावनालाई नयाँ उचाइ दिने यहाँका उद्योगी व्यवसायीको विश्वास छ । रासस
पहाडमा चट्याङसहित वर्षा, तराईमा तातो हावा र तापक्रम वृद्धि हुने
काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका हिमाली र पहाडी भाग तथा कोशी प्रदेशको तराईमा सामान्यतया बदली रहनेछ । मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराईमा आंशिक बदली रहने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा मुख्यतया मौसम सफा रहने छ । देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराईका तथा मधेस प्रदेशका केही स्थानमा, बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा तथा बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कोशी प्रदेशका तराई र मधेस प्रदेशमा सामान्यतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा बागमती र गण्डकी प्रदेशको तराईमा आंशिक बदली रहने छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मुख्यतया मौसम सफा रहने छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही तथा लुम्बिनी प्रदेशका हिमाली एवं पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले तातो हावा चल्ने र तापक्रम वृद्धि हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । साथै महाशाखाका मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन पनि अनुरोध गरिएको छ ।
पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौं: अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने बताएका छन् । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धमा सुझाव सङ्कलनका लागि पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई बिहीबार (आज) भर्चुअल सम्बोधन गर्दै उनले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाएर विश्वास दिलाएका हुन् । नेपाल कम्युनिष्ट पार्टीले २०७४ को निर्वाचनमा राम्रो मत हासिल गरी सरकार सञ्चालन गरेको र त्यस कार्यकालमा देशको आर्थिक विकास, राष्ट्रियता, गरिबी निवारण, शान्ति सुव्यवस्था र सुशासनका दृष्टिले ऐतिहासिक काम गरेको अध्यक्ष ओलीको दाबी थियो । उनले एउटा निर्वाचनमा हार्दैमा सुदृढ सङ्गठन र व्यापक जनाधार रहेको एमालेका नेताकार्यकर्ताले निराश हुन नहुने बताए । पार्टीले सातवटै प्रदैशमा पार्टी पुनर्गठन सम्बन्धमा सुझाव सङ्कलनका अभियान सञ्चालन गरिरहेको छ ।
रास्वपा महाधिवेशन: भूगोलतर्फ कुन प्रदेशबाट कसले कति पाए मत ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनमा प्रदेशगत (भूगोल समूह) तर्फका उम्मेदवारहरूको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । कुन प्रदेशबाट कसले कति पाए मत ? कोशी प्रदेश निशा मेहता १ हजार ८६१ विश्वराज पोखरेल १ हजार ४६० शोभा कार्की १ हजार २०४ कल्पना थापा ९३९ सुजाता तामाङ ८३९ क्जष्खबm ऋझभलत द्यबललभच लालविक्रम थापा ७८३ सयमलाल चौधरी ७५८ प्रकाश पाठक ७४३ वीरेन्द्र श्रेष्ठ ६३१ राजकुमार राई ६२४ पारमणि गेलाल ६१३ धनेश्वर शाह ५६७ नवीन खड्का ५५५ प्रजना राई ५३९ भूमिनन्द बराल ५२६ पीताम्बर तिम्सिना ४९७ रमेशप्रसाद ओझा ४८८ ऋतुराज लिम्बू ४४४ कृष्णबहादुर चोङबाङ लिम्बू ४०० सिर्जना लामा फोम्बो ३२४ । मधेश प्रदेश सुष्मा बस्नेत १ हजार ४१८ सरिताकुमारी चौधरी १ हजार २८० नमिता यादव १ हजार ११९ मञ्जु सिंह १ हजार १३ अंकितकुमार यादव ९५० गणेश धिमाल ८६३ दिलपाल शाह ८५१ बरुणकुमार झा ७६५ विजय पोखरेल (टंकप्रसाद) ७४० रविन महतो ६५९ सरोजकुमार शाह ६५२ राजकिशोर महतो कोइरी ५९६ उदयनारायण सापकोटा ५९१ मनोजकुमार रजक ५२३ रसोलकुमार जयसवाल ४६० रामबाबु कुमार सिंह ३९७ विष्णुकुमार शाह ३८९ हरेराम ठाकुर ३३६ कैलाश शाह सुढी ३१५ तेजविक्रम कार्की (आरसी) ७८ बागमती प्रदेश प्रभा ढकाल १ हजार ५१३ विदुषी राणा १ हजार ३१० आकांक्षा पोखरेल ८५० अनिता श्रेष्ठ ८०२ पार्वती थापा ७४९ जगदीशचन्द्र शर्मा ७४० दीपा लामिछाने ७१२ सुमनविक्रम पाण्डे ६५७ प्रदीप तिम्सिना ६४२ दिवाकर दंगाल ५९३ यदुकुमार गिरी ५३४ भरतप्रसाद पराजुली ४८६ झलककुमार श्रेष्ठ (अजय) ४८२ प्रशान्त उप्रेती ४७३ प्रभाकर घिमिरे ४५० सन्तोष थापा ४१७ सागर रिजाल ४१३ हिमाल महत ३९६ रामेश्वर थापा ३८० सुरेश मास्के ३७५ नम्रता बनियाँ ३१५ अनिश खत्री २९६ दयाराम अधिकारी २९३ मछिन्द्र खकुरेल २८७ प्रह्लाद केसी २६१ राजु फुयाँल २४१ वसन्तराज कुइँकेल २२८ गण्डकी प्रदेश पवित्रा थापा १ हजार ४२ मनिष खनाल १ हजार १२ सोम शर्मा ९५५ पूजा बास्तोला ८९३ पार्वती अधिकारी ८१५ विष्णुकुमारी गुरुङ ७७४ सन्तोष पन्त ७४४ झबिलाल डुम्रे ७०८ जीवनकुमार श्रेष्ठ ६५९ श्रीराम न्यौपाने ६४९ सुदेश गुरुङ ५९२ मोहनबहादुर थापा ४५९ धर्मराज केसी ४५८ अशोक खड्का ४११ पदमराज पन्थी ३७० प्रकाश थापा ३६४ मुक्ति अधिकारी ३४९ पुष्पराज अधिकारी ३३३ राजु दाहाल ३१८ महेन्द्र खड्का ३१५ विकास सिग्देल २९५ तोयराज अधिकारी २९० सन्तोष एक्मिन २८८ दीपककुमार बोगटी २३६ दाताराम चपाईं १५८ लुम्बिनी प्रदेश कल्पना पाण्डे १ हजार १०७ संगीता ढकाल १ हजार ९२ ज्ञानु पौडेल ८९७ देवराज पाठक ८२० शर्मिला खनाल ६६४ कमल सुबेदी ६०१ बिराज पौडेल ५९९ सरस्वती भण्डारी ढकाल ५३४ गोविन्द पन्थी ५२१ टंकबहादुर धानी ४७३ महेशराम थारु ४६० जनक भुसाल ४२४ बुद्धिप्रसाद शर्मा ४३२ सुशील अधिकारी ४२७ दीपक अधिकारी ४०६ अर्जुनबहादुर शाही ४०४ गोपाल पाण्डे ४०१ नीलराज अधिकारी ३७० महेशकुमार शाह ३६१ अमृत भुसाल ३६० चेतन राणा ३४२ कमल केसी ३२६ सुभाष शर्मा ३१६ नरेशबहादुर पछाई क्षेत्री ३१४ गोपाल घिमिरे ३१२ शीतल भुसाल २९३ रमेश थापा क्षेत्री २७३ भीमबहादुर खड्का २५५ राहुल केसी २४४ देवराज भण्डारी २२९ महेश भण्डारी १४६ कर्णाली प्रदेश सीता वादी १ हजार ७५१ विनिता कठायत १ हजार ५०० टासी ल्हाजोम १ हजार १३५ मेनुका शाही ७९८ गोमा थापा ६१६ प्रकाश न्यौपाने ६१२ अनिल बनियाँ ६०३ संगीताकुमारी थापा ५७२ गणेश पाण्डे ५७१ महेशप्रसाद पाण्डे ५१४ प्रेमबहादुर बोहरा ४७१ प्रकाशबहादुर बोहरा ४५१ तेजकुमार बिक ४१४ मानबहादुर शाही ३९१ नरेश त्रिमलसिंह ३५१ सुदीप पुरी ३५० टंकप्रसाद जैसी ३१९ हिमा केसी बन्जरा ३१४ पवनराज देवकोटा ३१० मिनराज आचार्य ३०२ सुनिल हमाल २८२ प्रेमबहादुर भण्डारी २६७ नेत्रकुमार केसी २६२ शेरबहादुर राउत २५३ नरेश तिम्सिना २५१ गोपाल प्याकुरेल २३३ कमलबहादुर खड्का २२६ राघव कार्की २२४ टेकबहादुर सिंह ठकुरी २२० अविनाश थानी २१५ उदयकुमार मल्ल २०४ धिरजबहादुर ओली १६४ सुदूरपश्चिम प्रदेश केपी खनाल १ हजार ८४० रत्न थापा ९६१ शैलेशकुमार सिंह ७६३ चन्द्रा ए चाँदनी १ हजार १२६ ज्ञानेन्द्रसिंह मेहता ५१८ जानकी जोशी १ हजार १४८ दीपकराज मोहरा १ हजार ४५० नमराज न्यौपाने ५२३ शिवराज पन्त ६३७ पदमराज शर्मा ४४५ हेमराज थापा २ हजार ३० सागर टमाटा ४४२ मदनसिंह विष्ट ४३९ मिनबहादुर बोहरा ४८६ उमेशराज पाण्डे ४७१ कृष्णबहादुर पटाला ४१९ हरिमोहन भण्डारी ५४१ बहादुर विष्ट ५५०
रास्वपाको खुला केन्द्रीय सदस्यमा स्वर्णिम, सोविता, शिशिर र सागर ढकाल सर्वाधिक मतसहित निर्वाचित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्य पदको निर्वाचन परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार डा. स्वर्णिम वाग्लेले सबैभन्दा बढी २ हजार ६०७ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यसैगरी, सोविता गौतमले २ हजार ५९४ मत, शिशिर खनालले २ हजार ४९५ मत र सागर ढकालले २ हजार ३३३ मत ल्याएर विजयी भएका छन् । निर्वाचनबाट निशा डाँगीले २ हजार ०८९ मत, तोसिमा कार्कीले २ हजार २५७ मत, रञ्जु दर्शनाले २ हजार २४९ मत, मनिष झाले २ हजार २३७ मत र हरि ढकालले २ हजार २१९ मत प्राप्त गर्दै केन्द्रीय समितिमा आफ्नो स्थान सुरक्षित गरेका छन् । यस्तै, कविन्द्र बुर्लाकोटीले २ हजार १८४ मत, विपिन आचार्यले २ हजार १२६ मत, रमेश प्रसाईंले २ हजार १२३ मत, बिराजभक्त श्रेष्ठले २ हजार ०९४ मत र इन्दीरा रानामगरले २ हजार ०४७ मत प्राप्त गरी निर्वाचित भएका छन् । अन्य विजयी उम्मेदवारहरूमा गणेश पराजुली (२ हजार ०४५ मत), जगदिश खरेल–ललितपुर (२ हजार ०४४ मत), पुकार बम (२ हजार ०३० मत), प्रमोद न्यौपाने (१ हजार ८९२ मत), यज्ञमणी न्यौपाने (१ हजार ८६९ मत), सस्मित पोखरेल (१ हजार ८३३ मत), राजुनाथ पाण्डे (१ हजार ८१२ मत), रिमा विश्वकर्मा (१ हजार ८१० मत), असीम साह (१ हजार ७२८ मत), खगेन्द्र सुनार (१ हजार ७०८ मत) र राजीव खत्री (१ हजार ७०१ मत) रेहका छन् । यसैगरी, समिक्षा बास्कोटाले १ हजार ६९९ मत, गणेश कार्कीले १ हजार ६९३ मत, जगदिश खरेल–दोलखाले १ हजार ५१३ मत, लिमा अधिकारीले १ हजार ५०४ मत, टिका संग्रौलाले १,४९० मत, शंकर श्रेष्ठले १ हजार ४८४ मत, आशिका तामाङले १ हजार ४३० मत र सुदीप ढकालले १ हजार ४२९ मत ल्याएर खुला केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल भएका छन् । क्रान्तिशीखा धितालले १ हजार ४७९ मत, अनुष्का श्रेष्ठले १ हजार ३५३ मत, रोहन कार्कीले १ हजार ०२२ मत, अरनिको पाण्डेले ९१२ मत, धनञ्जय रेग्मीले ८९० मत र रामजी यादवले ८६९ मत प्राप्त गर्दै रास्वपाको खुला केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएका छन् ।
व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का, सम्पत्ति शुद्धीकरण विभागले काट्यो पत्र
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेय सुमार्गीको पासपोर्ट (राहदानी) रोक्का गरेको छ । सुमार्गीमाथि चलिरहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई प्रभावकारी बनाउन विभागले अध्यागमन विभागलाई पत्राचार गर्दै उनको पासपोर्ट रोक्का राख्न निर्देशन दिएको हो । विभागका उच्च स्रोतका अनुसार अनुसन्धान प्रक्रिया जारी रहेका बेला सुमार्गी विदेश जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै यो कदम चालिएको हो । व्यवसायी सुमार्गीमाथि कर उन्मुक्ति हुने विभिन्न मुलुकहरूबाट शंकास्पद ढंगले नेपालमा ठूलो परिमाणमा रकम भित्र्याएको आरोप छ । विशेषगरी मुक्तिश्री सिमेन्ट र स्याटलाईट टेलिकममा भित्रिएको वैदेशिक लगानीको स्रोतलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको थियो । यसअघि उक्त रकम रोक्का नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिए पनि पछि सो आदेशले निरन्तरता पाएको थिएन । करिब एक दशक पुरानो उजुरीका आधारमा विभागले हाल अनुसन्धानलाई पुनः सक्रिय बनाएको छ ।
चिकित्सकविरुद्ध उजुरी दिन अब काठमाडौं धाइनु नपर्ने, अनलाइनबाटै सुनुवाइ हुने
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी लिने भएको छ । काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले ‘हेलो एनएमसी’ मार्फत गुनासो तथा उजुरी र सुझाव सङ्कलन गर्नेगरी अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘हेलो एनएमसी’ सञ्चालनमा आएपछि सर्वसाधारण र दर्तावाला चिकित्सक सामान्य गुनासाका लागि काउन्सिलको कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटेको उनले बताए । दूरदराजबाट आउने सेवाग्राहीले सामान्य कामका लागि पनि काठमाडौंको कार्यालयमै धाउनुपर्दा समय र खर्च बढी लाग्ने गरेको थियो । चिकित्सकविरुद्ध उजुरी दिने प्रक्रिया झन्झटिलो हुँदा सर्वसाधारणले सहजै आफ्ना गुनासा दर्ता गराउनसक्ने अवस्था थिएन । यस पोर्टलमार्फत उजुरीकर्ताले आफ्नो पहिचान खुलाएर वा नाम गोप्य राखी उजुरी दर्ता गराउनसक्ने व्यवस्था छ । विगतमा उजुरीको अवस्था र कारबाहीको प्रक्रियाबारे जानकारी पाउन कठिन हुने गरेकामा अब उजुरी दर्ता भएपछि प्रणालीले स्वचालित रूपमा एउटा ‘ट्र्याकिङ नम्बर’ उपलब्ध गराउने छ । उक्त उजुरीमाथि भइरहेको छानबिन वा कारबाहीको अवस्थाबारे सम्बन्धित उजुरीकर्तालाई सिधै एसएमएस र इमेलमार्फत निरन्तर जानकारी गराइने छ । दर्तावाला चिकित्सकले doctor.nmc.org.np मा गई आफ्नो व्यक्तिगत एकाउन्टमा लगइन गरेर गुनासो दर्ता गर्न सक्नेछन् । सर्वसाधारणले काउन्सिलको आधिकारिक वेबसाइट www.nmc.org.np मा रहेको ‘हेलो एनएमसी’ पोर्टलमा क्लिक गरी उजुरी दर्ता गर्नसक्ने व्यवस्था मिलाइएको छ ।
रास्वपाको खुला केन्द्रीय सदस्यमा स्वर्णिम सर्वाधिक मतसहित निर्वाचित, सोविता दोस्रो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन् । सार्वजनिक मतपरिणामअनुसार डा. वाग्लेले २ हजार ६ सय ७ मत प्राप्त गर्दै खुलातर्फ पहिलो स्थान हासिल गरेका हुन् । उनलाई सोविता गौतम ले पछ्याएकी छन् । गौतमले २ हजार ५ सय ९४ मत प्राप्त गरी दोस्रो स्थान सुरक्षित गरिन् । यस्तै, सागर ढकाल ले २ हजार ३ सय ३३ मत प्राप्त गरेका छन् भने शिशिर खनाल ले १ हजार ४ सय ९५ मत ल्याएका छन्। महाधिवेशनअन्तर्गत खुला समूहबाट ३५ जना केन्द्रीय सदस्य चयनका लागि मतदान भएको थियो । मतपरिणामले पार्टीभित्र स्थापित तथा चर्चित नेताहरूको प्रभाव कायम रहेको संकेत गरेको छ । डा. वाग्ले, गौतम, ढकाल र खनालले प्राप्त गरेको मतले प्रतिनिधिमाझ उनीहरूको लोकप्रियता अझै बलियो रहेको देखाएको छ । रास्वपाको केन्द्रीय नेतृत्व चयन प्रक्रिया अन्तर्गत अन्य समूहको मतगणना तथा परिणाम सार्वजनिक गर्ने कार्य पनि जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।