विकासन्युज

४५ सय मात्रै भारू साट्न भारतको आग्रह, साटिने सम्भावना भने न्यून

काठमाडौं । अर्थ मन्त्रालयले भारतीय पक्षको आग्रहअनुसार प्रतिबन्धित भारु नोट सटही व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । प्रतिबन्धित पाँच सय र हजार दरका भारु नोट प्रतिव्यक्ति ४ हजार ५ सय मात्र सटही गर्न भारतीय पक्षको आग्रह छ । भारत सरकारले पुराना पाँच सय र हजार दरका नोट प्रतिबन्ध लगाएपछि नेपालीसँग भएको ती नोट सटही हुन सकेको छैन । नेपाल र भारतबीच प्रतिव्यक्ति सटही सुविधा दिने अधिकतम सीमाबारे कुरा नमिल्दा नेपालीस“ग भएको तोकिएका दरका सबै भारु सटही हुने वा नहुने अन्योल भएको छ । अर्थ मन्त्रालयले भारतले दिएको सीमाअनुसार नै नेपालीसँग रहेको पुराना भारु नोट सटहीको व्यवस्था गर्न राष्ट्र बैंकलाई मंगलबार पत्राचार गरेको छ । पहिलो चरणमा भारतको प्रस्तावअनुसार नै सटही सुविधा दिने र पछि थप भारु नोट सटहीका लागि सरकार र राष्ट्र बैंकबाट पहल गर्ने निर्णय भएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । राष्ट्र बैंकले प्रतिव्यक्ति २५ हजार भारुसम्म ठूला नोट बोकेर आउजाउ गर्नसक्ने कानुनी व्यवस्था कार्यान्वयनमा ल्याइएकाले सोही परिमाणमा नोट सटही सुविधा दिन माग गरेको थियो । तर, भारतले प्रतिव्यक्ति चार हजार पाँच सय भारुसम्म सटही सुविधा दिन तयार रहेको र १८ चैत ९३१ मार्च० सम्मको समय दिएको थियो । सटही रकमको अधिकतम् सीमामा कुरा नमिलेपछि नेपाली पक्षले कुनै जवाफ दिएको छैन । साटिने सम्भावना न्यून सरकारले सटही सुविधा स्वीकार गर्न निर्देशन दिए पनि अब नेपालीस“ग भएको नोट साटिने सम्भावना भने ज्यादै न्यून रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । ‘भारतीयको नियत नै नेपालीसँग भएको पैसा सटही गर्नुहुन्न भन्नेमा देखिन्छ,’ राष्ट्र बैंकका एक उच्च अघिकारीले भने, ‘अब उनीहरूले नोट साटिदिन्छन् भन्ने हामीलाई लाग्दैन ।’ लिखित प्रतिबद्धता दिन पहिले नै अस्वीकार भारतीय पक्षले ४५ सय भारुसम्म सटही सुविधा दिनेबारेमा पनि लिखित प्रतिबद्धता दिन अस्वीकार गरेको राष्ट्र बैंक स्रोतले बताएको छ । ‘दुई साताअघि नेपाल आएको भारतीय टोलीले मौखिक आग्रहमा ४५ सयसम्म भारु साटही सुविधा दिन तयार भएको बताएको थियो,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘तर, लिखित प्रतिबद्धता वा सम्झौता गर्न उनीहरूले त्यसवेला पनि अस्वीकार गरेका थिए ।’ २५ हजार भारुसम्म सटही गर्नुपर्ने कानुनी जटिलताको अघि ४५ सय रुपैयाँको प्रस्ताव गरेको भारतीय पक्षले लिखित सम्झौता नगर्ने स्पष्ट पारेको ती अधिकारीले बताए । उनले भने, ‘हामी लेखेर दिन सक्दैनौँ, तपाईं ४५ सयसम्म साट्न राजी हो भने खबर गर्नुस् भनेका थिए । नयाँ पत्रिका दैनिकबाट ।

महासंघको बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा ६३ प्रतिशत मतले विजयी, कसकाे मत कति ? (पूर्ण विवरणसहित)

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छा भारी मतले विजयी भएका छन् । गोल्छाले बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानलाई ठूलो मत अन्तरले पराजित गरेका हुन् । गाेल्छाले ६३.३० प्रतिशत मत पाएका छन् भने प्रधानले ३६.७० प्रतिशत मत पाएका छन् । तीन उपाध्यक्षमा बस्तुगत तर्फ गोल्छा प्यानलकै उमेशलाल श्रेष्ठ निर्वाचित भएका छन ।  श्रेष्ठले ४९ मत ल्याएका थिए भने शंकर प्रसाद पाण्डेले ३८ मत पाएका थिए । अर्का उम्मेदवार अनुप बहादुर मल्लले भने ११ मत मात्रै ल्याएका थिए ।  जिल्ला नगर तर्फको उपाध्यक्षमा प्रमोद श्रेष्ठले ५५ मत ल्याएर विजयी भएका छन भने दिनेश श्रेष्ठ ४८ मत ल्याएर पराजित भएका छन् । निर्वाचित भएका प्रमाेद श्रेष्ठ किशोर प्रधान प्यानलका हुन् ।  एसोसिएट तर्फका विजयी उम्मेदवारहरु प्रबलजंग पाण्डे, अशोक कुमार तेमानी, अशोक कुमार तोदी, आनन्द वगरिया, ओमराज भण्डारी, कृष्णप्रसाद दुलाल, गोपाल खनाल, ज्योत्सना श्रेष्ठ (सुब्बा), भरतराज आचार्य, मनिषकुमार अग्रवाल, मंगेशलाल श्रेष्ठ, राजेशकुमार अग्रवाल, रामशरण थपलिया, रंजितराज आचार्य, विजयसिंह बैद्य, शाहिल अग्रवाल, सुनिल नारायण श्रेष्ठ, सौरभ ज्योति र ज्ञानेन्द्रलाल प्रधान निर्वाचित भएका हुन् । बस्तुगत तर्फका विजयी उम्मेदवारहरु अञ्जन श्रेष्ठ, आकाश अधिकारी, कमला श्रेष्ठ, जय प्रकाश सिवाकोटी, प्रकाश सिंह कार्की, बिनोद ढकाल, सञ्जिव अग्रवाल, सुरेन्द्र कुमार श्रेष्ठ र हेमराज ढकाल, डा. त्रिचन्द्र भट्टराई, शिव प्रसाद घिमिरे र सकुन्तलाल हिराचन छन् । मत बराबर भएका चार जना  खेमलाल श्रेष्ठ, नरेशलाल श्रेष्ठ, सुनिल गोपाल श्रेष्ठ र रबिन कुमार श्रेष्ठबिच गोलाप्रथा गर्दा सुनिल गोपाल श्रेष्ठ र रबिन कुमार श्रेष्ठ विजयी भएका थिए ।    

एसोसियट तर्फ १९ सदस्य निर्वाचित

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको एसोसियट तर्फका कार्यकारी समिति सदस्य निर्वाचित भएका छन् । यस अघि नै एसोसियट तर्फको उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध भैसकेका छन् । एसोसियट तर्फको केन्द्रिय सदस्यका लागि २२ जना चुनावी मैदानमा थिए । महासंघका पुर्व अध्यक्ष प्रदिपजंग पाण्डेका छोरा प्रबलजंग पाण्डेले सबै भन्दा धेरै मत ल्याएर निर्वाचन जितेका छन् । एसोसियट तर्फ निर्वाचित हुनेहरुमा अशोक कुमार तेमानी, अशोक कुमार तोदी, आनन्द वगरिया, ओमराज भण्डारी, कृष्णप्रसाद दुलाल, गोपाल खनाल, ज्योत्सना श्रेष्ठ (सुब्बा), भरतराज आचार्य, मनिषकुमार अग्रवाल, मंगेशलाल श्रेष्ठ, राजेशकुमार अग्रवाल, रामशरण थपलिया, रंजितराज आचार्य, विजयसिंह बैद्य, शाहिल अग्रवाल, सुनिल नारायण श्रेष्ठ, सौरभ ज्योति र ज्ञानेन्द्रलाल प्रधान छन् ।

जिल्ला नगरको उपाध्यक्षमा प्रमोद श्रेष्ठ विजयी

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको जिल्ला नगर तर्फको उपाध्यक्ष पदमा प्रमोद श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले उपाध्यक्षका अर्का उम्मेदवार दिनेश श्रेष्ठलाई पराजित गरेका हुन् । प्रमोद श्रेष्ठले ५५ मत ल्याएर निर्वाचन जित्दा दिनेश श्रेष्ठले ४८ मत मात्रै पाएका छन् । बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको समूहबाट प्रमोद श्रेष्ठले चुनाव जितेका हुन । दिनेश श्रेष्ठ अघिल्लो कार्यकालमा बस्तुगत संघका तर्फबाट उपाध्यक्ष निर्वाचित भएका थिए । क्षेत्र परिवर्तन भएकाले  यसपाली उनीले विजय हासिल गर्न सकेनन ।

बस्तुगत संघ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बस्तुगत संघ तर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले आफ्ना निकटतम प्रतिद्धन्द्धी भन्दा ११ मत बढि ल्याएर उपाध्यक्ष जितेका हुन् । श्रेष्ठले ४९ मत ल्याएर विजय हुँदा शंकर प्रसाद पाण्डेले ३८ मत ल्याएका थिए । उपाध्यक्ष पदका अर्का उम्मेदवार अनुप बहादुर मल्लले ११ मत ल्याएका थिए । केन्द्रिय कार्यसमिति तर्फ  श्रेष्ठको समूहबाट ११ जना निर्वाचित भएका छन भने शंकर पाण्डे समुहका ३ जना मात्रै निर्वाचित भएका छन् । श्रेष्ठ समुहबाट अञ्जन श्रेष्ठ, आकाश अधिकारी, कमला श्रेष्ठ, जय प्रकाश सिवाकोटी, प्रकाश सिंह कार्की, बिनोद ढकाल, सञ्जिव अग्रवाल, सुरेन्द्र कुमार श्रेष्ठ र हेमराज ढकाल निर्वाचित भएका छन । पाण्डे समुहबाट भने डा. त्रिचन्द्र भट्टराई, शिव प्रसाद घिमिरे र सकुन्तलाल हिराचन निर्वाचित भएका छन् । चार जना उम्मेदवारको भने मत बराबर भएको छ । तीमध्ये गोलाप्रथाद्धारा २ जनालाई निर्वाचित गरिएकाे छ । खेमराज पन्त, नरेशलाल श्रेष्ठ, रबिन कुमार श्रेष्ठ र सुनिल गोपाल श्रेष्ठको मत बराबर भएको हो । गाेला प्रथाबाट रबिन कुमार श्रेष्ठ र सुनिल गोपाल श्रेष्ठ विजयी घाेषणा गरिएकाे छ ।

बुम रेमिट्यान्सको एजेन्टमा प्रोग्रेशिभ फाइनान्स नियूक्त

काठमाडौं । बुम रेमिट्यान्स प्रा लि र प्रोग्रेशिभ फाइनान्स लिमिटेडलाई आफ्नो एजेन्ट नियूक्त गरेको छ । बुम रेमिट् मार्फत नेपालीले विदेश बाट पठाएको रकम प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र प्रोग्रेशिभ फाइनान्स लिमिटेडको तर्फबाट वरिष्ठ प्रबन्धक उमा लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै जाने रणनिति रहेको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिए । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूसँग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिए । धिरेन्द्र पन्त “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने बताउछन् । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् ।

नयाँ वर्षको अवसरमा टेलिकमले ल्यायो तीन नयाँ अफर

काठमाडौं । नेपाल टेलिकमले नव वर्ष २०७४ को शुभअवसरमा आफ्ना उपभोक्ताहरुलाई बिभिन्न किसिमका सेवाहरुमा सहुलियत प्रदान गरेको छ । कम्पनीको नव वर्ष प्रोमोसनल अफर अन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक रहेका छन् । रिचार्ज बोनस अन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्ताहरुलाई एमपोस तथा रिचार्ज कार्ड माफर्त १०० रुपैयाँ र २०० रुपैयाँको कार्ड प्रयोग गर्दा १० प्रतिशत बोनस पाउने छन् । साथै, ५०० रुपैयाँ र १००० रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा १५ प्रतिशत बोनस उपलब्ध पाउने छन् । यसको भ्यालिडिटि तीन दिनको हुनेछ । यसरी उपलब्ध गराइने रिचार्ज बोनस चैत्र ३० देखि बैशाख १३ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । डाटा प्याकेज अन्तर्गत जिएसएम सेवाका उपभोक्ताहरुलाई वि.सं.२०७३ चैत्र ३० देखि २०७४ बैशाख २८ गतेसम्म लागू हुने गरी अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज उपलब्ध गराइएको छ । अल टाइम डाटा प्याकेज अन्तर्गत १०० रुपैयाँ, २०० रुपैयाँ र ३०० रुपैयाँ (कर सहित) मा ३० दिनको भ्यालिडिटि सहित चौबिसै घण्टा प्रयोग गर्न मिल्ने गरी क्रमशः ४०० एमबी, ८५० एमबी र १५०० एमबी डाटा भोल्यूम उपलब्ध गराइनेछ । त्यस्तै, नाइट डाटा प्याकेज अन्तर्गत २०० रुपैयाँ र ३०० रुपैयाँ (कर सहित) मा ३० दिनको भ्यालिडिटि सहित राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी क्रमशः ३ जिबी र ६ दशमलव ५ जिबी डाटा भोल्यूम उपलब्ध गराइनेछ । यो अफर अन्तर्गत डाटा सेवाको मूल्य प्रति एम बी ४.५ पैसा देखि २५ पैसा (करसहित) मात्र पर्नेछ । अल टाइम डाटा प्याकेज सेवा लिनका लागि DATA टाइप गरी आपूmलाई जति एमबी चाहिएको हो सो उल्लेख गरेर १४१५ मा म्यासेज पठाउनु पर्दछ । जस्तै: ४०० एमबी डाटा लिनका लागि DATA400MB टाइप गरी १४१५ मा म्यासेज पठाउनु पर्दछ भने नाइट डाटा प्याकेज सेवाको उपभोग गर्न NIGHT टाइप गरी आफुलाई जति एमबी चाहिएको हो सो उल्लेख गरी १४१५ मा म्यासेज पठाउनु पर्दछ । जस्तै: ६.५ जिबी डाटा लिनका लागि NIGHT6GB टाइप गरी १४१५ मा म्यासेज पठाउनु पर्दछ । त्यसैगरी, नाइट भ्वाइस प्याक अन्तर्गत जिएसएम सेवाका उपभोक्ताहरुलाई वि.सं.२०७३ चैत्र ३० गतेदेखि २०७४ बैशाख २८ गतेसम्म लागू हुने गरी २५ रुपैयाँ (कर सहित) मा सात दिनको भ्यालिडिटि सहित राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी २५० मिनेटको भ्वाइस प्याक उपलब्ध गराइनेछ । नाइट भ्वाइस प्याक सेवा लिनका लागि NIGHTVOICE टाइप गरी १४१५ मा म्यासेज पठाउनु पर्दछ ।

टाटा मोटर्सको आरामदायी नयाँ पर्यटक बसहरु सञ्चालनमा, बस भित्रै वासरुमको सुविधा

काठमाडौं । ट्राभल नेपाल बस सर्भिस प्रा. लि. ले नेपाली तथा विदेशी यात्रुहरुलाई लक्षित गरि “उमङ्ग को अनुभुति” का साथ नयाँ पर्यटक बसहरुको सेवा सञ्चालन शुभारम्भ गरेको छ । पर्यटकहरुलाई सुविधा सम्पन्न र आरामदायी पर्यटक बसहरुको सेवा दिँदै आएको कम्पनीले थप सुविधा सम्पन्न, आरामदायी र एयर कण्डिसनयुक्त नयाँ बसहरु सञ्चालनमा ल्याएको हो । टाटा मोटर्स लि भारतको एमसीभी बस सेग्मेन्टको नयाँ मोडल एलपी०१५१२टीसी ५५ एयर सस्पेन्सन च्यासिस्मा नयाँ दिल्लीको प्रख्यात कोच तथा क्याराभान निर्माता कम्पनिमा निर्मित विशेष सुविधा सम्पन्न बढी बनाइएको छ । ११ मिटर लामो यो बस टाटा चुम्मिन्स टुरबोचार्ज इन्टरकुल्ड डिजेल इन्जिनको शक्तिले सम्पन्न छ । १३३ हर्ष पावरको इन्जिन भएको यस वाईड बडी बस, एयर सस्पेन्सन अनि २८ रिक्लाइनिङ थाई रेष्ट सिटहरुमा फोल्डेबल टेबल (ट्रे) जडीत छ । उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यो बस सुरक्षाको दृष्टिकोणले पनि सर्वोत्कृष्ट छ । १३३ हर्ष पावरको ईञ्जिन, ४९० न्युटन मिटरको टर्क ,२५३ मिलि मिटरको क्लचप्लेट र जि-६०० गियर बक्स जस्ता विशेषताले अप्ठ्यारा, पहाडी क्षेत्रमा पनि सहज रुपले बसले भार बहन गर्ने क्षमता राख्दछ । यसैगरी यो बसमा जि–६०० गियर बक्समा पनि ओभरड्राइभ विशेषता र ४१/७ अनुपातको क्राउन भएको कारण यो बसले कम इन्धनमा नै उच्च गति प्रदान गर्दछ । बसको भित्रि भागमा काठले बनाइएका सामानहरुको प्रयोग गरिएको छ जुन अति आकर्षक देखिन्छ र बस भित्रै वासरुमको सुविधा पनि छ । धुम्रपानको बानी भएका यात्रुहरुको लागी छुट्टै ठाउँको व्यबस्था पनि बस भित्रै रहेको छ । साथै यात्रुहरुलाई चिसो तातो पेय पदार्थ र खानेकुराको व्यबस्था पनि बस भित्रै रहेको छ । सुविधा संग खान र पिउनको लागी हरेक सिटमा फोल्डेबल टेबल (ट्रे) जडीत छ र आरामदायी र सुविधायुक्त यात्राको लागी रिक्लाइनिङ थाई रेष्ट सिटहरु रहेका छन् । यस बसको सञ्चालन संगै नेपाल अधिराज्यभरि नै विशेष सुविधायुक्त र आरामदायी यात्रामा यो बस अग्रणी स्थानमा रहनेमा सञ्चालकहरु विश्वस्त छन् । सञ्चालनको शुभारम्भमा ४ वटा बसहरुले काठमाण्डौं – पोखरा-काठमाण्डौं र काठमाण्डौं – लुम्बिनि-काठमाण्डौं को विशेष सेवा शुरु गरिनेछ र नयाँ बसको यात्रा गर्न चाहने यात्रुले मोबाइल एप्सको प्रयोग गरेर आफ्नो गन्तब्यको टिकट बुक गर्न सकिन्छ । ट्राभल नेपाल बस सर्भिसमा टिकट बुकिङ्गको लागि मोबाइल एप्सको सुविधा ई-सेवा नेपालले उपलब्ध गराउने छ । साथै, टाटा मोटर्स मार्कोपोलो लिको बडि बिल्ट बसहरु स्टारबस अल्ट्राका बिभिन्न श्रेणीहरुमध्ये स्टारबस अल्ट्रा लक्जरी श्रेणीको एउटा मोडल एलपी०७.५टी अल्ट्र एयर कण्डिसन बस नेपाली बजारमा ल्याएको छ । ३७८३ सि सि को १२३ हर्ष पावरको भिस्कोस् फ्यान टेक्नोलोजी जडित ईञ्जिन भएको बसमा एउटै ईञ्जिनबाट चल्ने एयर कण्डिसन रहेको छ । उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यो बस सुरक्षाको दृष्टिकोणले पनि सर्वोत्कृष्ट छ । पाराबोलिक सस्पेन्सन र रेडियल टायर जडित एलपिओ च्यासिसमा बनेको विश्वस्तरीय बडि अति आकर्षक देखिन्छ । पर्यटकलाई सुविधा सम्पन्न र आरामदायी बस उपलब्ध गराउन चाहने पर्यटन उद्योग व्यबसायीलाई लक्षित गरि नेपाली बजारमा ल्याइएको बसमा विशेष प्रकारको सुविधाहरु रहेका छन् । अति आधुनिक ड्यासबोर्ड रहेको बसमा न्युमेटिक सिस्टमको ढोका रहेको छ जुन चालक आफैंले खोल्न र बन्द गर्न सक्दछ र चालकको सुविधालाई ध्यानमा राखेर अलग्गै क्याबिन कम्पार्टमेन्ट बनाइएको छ । बसमा २९ आरामदायी सेमि रिक्लाइनिङ सिटहरु छन् । बसमा सामानहरु राख्नको लागी पर्याप्त ठाँउको साथै हातको व्याग समेत राखेर आरामसगं बस्न मिल्ने व्यबस्था छ । ८४० मिमि को फ्लोर हाईट भएको बसमा फिक्स्ड विण्डो ग्लास र भेन्टिलेसन, प्रत्येक सिटमा पंखाहरु, सबै विण्डोहरुमा आकर्षक पर्दा अनि स्टेरियो साउण्ड सिस्टम नयाँ बसको थप विशेषताहरु हुन् । एलपी०७.५टी एयर कण्डिसन बस ग्राहक वर्गहरुलाई विश्वस्त पार्ने क्षमता राख्दछ । साथै यस गाडीमा ३ बर्ष वा ३ लाख किलोमिटर सम्मको वारेन्टी उपलब्ध छ ।