नयाँ वर्षको अवसरमा टेलिकमले ल्यायो तीन नयाँ अफर

<p>काठमाडौं । नेपाल टेलिकमले नव वर्ष २०७४ को शुभअवसरमा आफ्ना उपभोक्ताहरुलाई बिभिन्न किसिमका सेवाहरुमा सहुलियत प्रदान गरेको छ । कम्पनीको नव वर्ष प्रोमोसनल अफर अन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक रहेका छन् । रिचार्ज बोनस अन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्ताहरुलाई एमपोस तथा रिचार्ज कार्ड माफर्त १०० रुपैयाँ र २०० रुपैयाँको [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकमले नव वर्ष २०७४ को शुभअवसरमा आफ्ना उपभोक्ताहरुलाई बिभिन्न किसिमका सेवाहरुमा सहुलियत प्रदान गरेको छ । कम्पनीको नव वर्ष प्रोमोसनल अफर अन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक रहेका छन् ।

रिचार्ज बोनस अन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्ताहरुलाई एमपोस तथा रिचार्ज कार्ड माफर्त १०० रुपैयाँ र २०० रुपैयाँको कार्ड प्रयोग गर्दा १० प्रतिशत बोनस पाउने छन् । साथै, ५०० रुपैयाँ र १००० रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा १५ प्रतिशत बोनस उपलब्ध पाउने छन् । यसको भ्यालिडिटि तीन दिनको हुनेछ । यसरी उपलब्ध गराइने रिचार्ज बोनस चैत्र ३० देखि बैशाख १३ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

डाटा प्याकेज अन्तर्गत जिएसएम सेवाका उपभोक्ताहरुलाई वि.सं.२०७३ चैत्र ३० देखि २०७४ बैशाख २८ गतेसम्म लागू हुने गरी अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज उपलब्ध गराइएको छ । अल टाइम डाटा प्याकेज अन्तर्गत १०० रुपैयाँ, २०० रुपैयाँ र ३०० रुपैयाँ (कर सहित) मा ३० दिनको भ्यालिडिटि सहित चौबिसै घण्टा प्रयोग गर्न मिल्ने गरी क्रमशः ४०० एमबी, ८५० एमबी र १५०० एमबी डाटा भोल्यूम उपलब्ध गराइनेछ ।

त्यस्तै, नाइट डाटा प्याकेज अन्तर्गत २०० रुपैयाँ र ३०० रुपैयाँ (कर सहित) मा ३० दिनको भ्यालिडिटि सहित राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी क्रमशः ३ जिबी र ६ दशमलव ५ जिबी डाटा भोल्यूम उपलब्ध गराइनेछ । यो अफर अन्तर्गत डाटा सेवाको मूल्य प्रति एम बी ४.५ पैसा देखि २५ पैसा (करसहित) मात्र पर्नेछ ।

अल टाइम डाटा प्याकेज सेवा लिनका लागि DATA टाइप गरी आपूmलाई जति एमबी चाहिएको हो सो उल्लेख गरेर १४१५ मा म्यासेज पठाउनु पर्दछ । जस्तै: ४०० एमबी डाटा लिनका लागि DATA400MB टाइप गरी १४१५ मा म्यासेज पठाउनु पर्दछ भने नाइट डाटा प्याकेज सेवाको उपभोग गर्न NIGHT टाइप गरी आफुलाई जति एमबी चाहिएको हो सो उल्लेख गरी १४१५ मा म्यासेज पठाउनु पर्दछ । जस्तै: ६.५ जिबी डाटा लिनका लागि NIGHT6GB टाइप गरी १४१५ मा म्यासेज पठाउनु पर्दछ ।

त्यसैगरी, नाइट भ्वाइस प्याक अन्तर्गत जिएसएम सेवाका उपभोक्ताहरुलाई वि.सं.२०७३ चैत्र ३० गतेदेखि २०७४ बैशाख २८ गतेसम्म लागू हुने गरी २५ रुपैयाँ (कर सहित) मा सात दिनको भ्यालिडिटि सहित राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी २५० मिनेटको भ्वाइस प्याक उपलब्ध गराइनेछ । नाइट भ्वाइस प्याक सेवा लिनका लागि NIGHTVOICE टाइप गरी १४१५ मा म्यासेज पठाउनु पर्दछ ।

Share News